Wednesday, December 25

Author: Admin

आजको मौसम पूर्वानुमान : यी स्थानमा छ वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान : यी स्थानमा छ वर्षाको सम्भावना

ताजा समाचार, मौसम
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । हाल देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी,मधेश र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागको एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । देशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,बाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, लुम्बिनी...
तिलोत्तमाको शंकरनगरमा एकाविहानै बस दुर्घटना : ८ जना घाइते

तिलोत्तमाको शंकरनगरमा एकाविहानै बस दुर्घटना : ८ जना घाइते

ताजा समाचार
बुटवल । रुपन्देहीको तिलोत्तमा २ शंकरनगरमा आज (मँगलबार) विहानै बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । प्रहरी चौकी ड्राइभरटोलका अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको बस आफै अनियन्त्रीत भई सडकमा पल्टेको हो । बसमा सवार ८ जना घाइते मध्य सहचालकको अवस्था मध्यम रहेको र अन्य सामान्य घाइते भएको बताइएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । बसमा करिब १५÷१६ जना सवार रहेका थिए । तीब्र गतीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानबाट बताएको छ ।...
४० सहकारीमाथि महानगरको अनुगमन, सुमेरुको ३ अर्ब भरत महर्जनले अपचलन गरेको पुष्टि

४० सहकारीमाथि महानगरको अनुगमन, सुमेरुको ३ अर्ब भरत महर्जनले अपचलन गरेको पुष्टि

What's Hot, ताजा समाचार
२४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले ४० वटा सहकारी संस्थाको सघन अनुगमन गरेको छ । तीमध्ये सातवटा सहकारी संस्थाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाइएको महानगरपालिकाले जानकारी दिएको छ । महानगरले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार १६ चैतदेखि ७ असारसम्म ती सहकारीको अनुगमन गरेको थियो । अनुगमनमा परेको कालीमाटीको सुमेरु बचत तथा ऋण सहकारी संस्था कालीमाटी र स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको आवश्यक कागजपत्र र विवरणसमेत फेला नपरेको महानगर स्रोतले जनाएको छ । दुवै सहकारी संस्थामा बचतकर्ताको रकम फिर्ता हुने अवस्था नदेखिएको भन्दै थप छानबिन गरी कारबाही गर्न महानगरले प्रहरीको सीआईबीमा पठाएको छ । ‘हामीले यसअघि नै ९१ वटा सहकारी संस्थालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइसकेका छौँ,’ महानगर स्रोतले भन्यो ।...
पहिरोले अरनिको राजमार्ग अवरुद्ध

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

Travel, ताजा समाचार
२५ असार, काभ्रेपलाञ्चोक । वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा सोमबार रातिदेखि सडक अवरुद्ध भएको छ । सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । पाँचखाल नगरपालिका-८ स्थित उक्त सडकमा पहिरो खसेर करिब १५० मिटर सडक अवरुद्ध भएको हो । सोमबार राति ९ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी रोकिएका छन् । साना सवारीलाई वैकल्पिक बाटोबाट पठाइएको प्रहरीले जनाएको छ । प्रवक्ता श्रेष्ठका अनुसार पहिरो खस्न केही कम भएकाले आज बिहानदेखि मेसिनद्वारा पहिरो पन्छाउने काम सुरु हुँदैछ ।...
शासनको मर्यादा र सचिवको पद – कुमार दाहाल

शासनको मर्यादा र सचिवको पद – कुमार दाहाल

What's Hot, अन्तरास्ट्रिय, समाज
कुमार दाहाल :- डा,भेषबहादुर थापा २४ वर्षको उमेरमा अर्थसचिव बने। योभन्दा अगाडि नै उनी राष्ट्रिय योजना परिषद्को सदस्य बनिसकेका थिए। अमेरिकामा पढ्दै गरेका उनलाई राजा महेन्द्रले स्वदेश फर्काएका थिए। विकास र कुटनीतिकमा उचाइ चुमेका डा, भेषबहादुर थापाको किताब राष्ट्र परराष्ट्र नेपालका राजनीतिज्ञ प्रशासक, कूटनीतिज्ञ सबैको लागि महत्वपूर्ण कृति हो। उनको कृतिमा देखिएको नेपालको दर्पण आजको भन्दा निकै सुन्दर र लोभ लाग्दो छ। उनी भन्छन् त्यतिखेरका शासक र प्रशासकको इमान्दारिताले नै आज हामीले स्वतन्त्र नेपाल पाएका छौं। नत्र यो देशको अस्तित्व नै अप्ठ्यारोमा पर्ने स्थिति थियो। तिनै इमान्दार शासक , प्रशासक र कूटनीतिज्ञको परिश्रमको फल आज ती सबैले प्रसादको रूपमा बाडीचुडी उपयोग गर्दैछन्। किताबले यो विषयको प्रष्ट झल्को दिन्छ। जतिखेर उनी अर्थसचिव बने त्यतिखेर लोकसेवा आयोग निलम्बनमा थियो। उनी लोकसेवा आयोग पास ...
५ सय विद्यार्थीको उत्तरपुस्तिका हराइदिने दोषीलाई भएन कारबाही

५ सय विद्यार्थीको उत्तरपुस्तिका हराइदिने दोषीलाई भएन कारबाही

शिक्षा
काठमाडौँ — परीक्षा नियन्त्रण कार्यालयबाटै स्नातक तहका करिब ५ सय विद्यार्थीको उत्तरपुस्तिका हराएको घटनामा संलग्न दोषीलाई कारबाही गर्नुको सट्टा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलगायत पदाधिकारीले संरक्षण गरेका छन् । पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेल संयोजकत्वको उच्चस्तरीय छानबिन समितिले परीक्षा नियन्त्रक पुष्पराज जोशीलगायत ७ जनालाई कारबाही गर्न सिफारिस गरेको थियो । गत वैशाख अन्तिम साता बुझाएको छानबिन प्रतिवेदन डेढ महिनासम्म लुकाएर पदाधिकारीले नै दोषीहरूलाई संरक्षण गरेका हुन् । उपकुलपति केशरजंग बराल, रजिस्ट्रार केदार रिजाल र रेक्टर खड्ग केसीले प्रतिवदेन कार्यकारी परिषद्मा पेस गरेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए । तर डेढ महिनासम्म प्रतिवेदन कार्यकारी परिषद्मा समेत छलफलका विषय नबनेको उपकुलपति कार्यालय निकट एक प्राध्यापकले बताए । स्रोतका अनुसार उत्तरपुस्तिका हराउनुमा लापरब...
सशस्त्रका १८ एसपी र २३७ डीएसपीको सरुवा

सशस्त्रका १८ एसपी र २३७ डीएसपीको सरुवा

ताजा समाचार
१० असार, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले १८ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र २३७ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ । निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमाण्ड जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई कमाण्ड जिम्मेवारीभन्दा अन्यत्र सरुवा गरिएको सशस्त्र हेडक्वाटरले जनाएको छ । गत १ असोजमा प्रकाशित डीएसपीहरुको कमाण्ड पूर्वानुमान सूचीको आधार उनीहरुको सरुवा गरिएको सशस्त्रले जनाएको छ । २ वर्ष अवधि पूरा भएका र कमाण्डको जिम्मेवारीमा रहेका एसपीहरुको एकैपटक सरुवा गरिएको हो । सरुवा गरिएका मध्ये १४ जनाले आश्रित गुल्म र २६ जनाले अनाश्रित गुल्मको जिम्मेवारी पाएका छन् । पूर्वानुमान सूची अनुसार कमाण्ड जिम्मेवारीमा खटिन बाँकी रहेका र अन्य डीएपीहरुलाई समेटी आगामी कमाण्डको लागि संगठनले छिट्टै नयाँ पूर्वानुमान सूची प्रकाशन गर्ने योजना रहेको...
पोषराज पोखरेल २ दिनका लागि एआईजी

पोषराज पोखरेल २ दिनका लागि एआईजी

What's Hot, ताजा समाचार
१० असार, काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई दुई दिनका लागि अतिरिक्त महानिरीक्षक (एआईजी) बनाउने प्रस्ताव गरिएको छ । गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले सोमबार डीईआईजी पोखरेललाई २ दिने एआईजी बढुवाका लागि सिफारिस गरेको हो । एआईजी बढुवा सिफारिस समितिमा गृहसचिव संयोजक हुन्छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ । उक्त समितिले २१ असारबाट अवकाशमा जान लागेका डीआईजी पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो । यही असार १८ गते राति १२ बजेबाट एआईजी उमेशराज जोशी अनिवार्य अवकाशमा जाँदैछन् । ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका जोशीको ठाउँमा बढुवा गर्न पोखरेललाई बढुवा सिफारिस समितिले सोमबार सिफारिस गरेको हो । यद्यपि एआईजीको फुली लगाएको २ दिनमै पोखर...
गृहमन्त्रीविरुद्धको रिटमा आज सुनुवाई हुँदै

गृहमन्त्रीविरुद्धको रिटमा आज सुनुवाई हुँदै

ताजा समाचार
काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए। यसअघि जेठ २८ गते न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा रूपन्देही जिल्ला अदालतमा दायर भएको अभियोग पत्र मगाउन आदेश गरेको थियो। बहसका क्रममा निवेदकहरूले गृहमन्त्री लामिछानेविरुद्ध रूपन्देही जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा नाम उल्लेख भएको र उनले लिएको ऋणसमेत उल्लेख भएको जिकिर गरेका थिए। न्यायाधीशद्वय शर्मा र श्रेष्ठको इजलासले जितेन्द्रबाबु राई समेत भएको सहकारी ठगी विवाद सम्बन्धी मिसिल झिकाएर पूर्व आदेशअनुसार अग्राधिकार समेत दिने आदेशमा उल्लेख गरेको छ। ला...
ज्यान जोखिममा राखेर तुइनबाट वारपार

ज्यान जोखिममा राखेर तुइनबाट वारपार

ताजा समाचार, समाज
हुम्ला, असार ४ गते । कर्णाली नदीमा हालसम्म नयाँ पक्की पुल बन्न नसक्दा स्थानीय बासिन्दा तुइन चढ्न बाध्यता छन् । पूर्वाधार विकास कार्यालय सिमकोटले लालीबगरमा कर्णाली नदीमाथि पक्की पुल निर्माणका लागि निर्माण कम्पनी छनोट गरेको भए पनि निर्माण कम्पनी पक्षले पुल नबनाउदा खार्पुनाथ गाउँपालिकाका तीन वटा वडाका बासिन्दालाई तुइनमा ओहोरदोहोर गर्न बाध्य छन् । खार्पुनाथ गाउँपालिका वडा नम्बर १ र २ लाली, प्युस, गोक्पा, देउखुरी, राया र थाली गाउँका सयौँ बासिन्दाले वारपार गर्ने ठाउँमा तुइन छ, न त पक्की पुल बन्न सकेको छ, न त झोलुङ्गे पुल बन्न सकेको छ । स्थानीय वीरसिंह रावलले लालीबगरमा स्थानीयलाई नदी वारपार गर्न तुइन तर्नु पर्दा ज्यान जोखिममा पर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “तुइन नतरे ४ घण्टा लामो बाटो हिँड्नुपर्छ । तुइन चढाँै, ज्यान कतिबेला कर्णाली नदीमा खस्ला भन्ने डर छ । हाल तुइन भएको क...