Thursday, December 26

Author: Admin

स्थानीय तहमा नगएकालाई प्रमुख प्रशासकीय अधिकृतमा खटाइने

स्थानीय तहमा नगएकालाई प्रमुख प्रशासकीय अधिकृतमा खटाइने

ताजा समाचार
३० असार, काठमाडौं । सरकारले स्थानीय तहमा खटाइने प्रमुख प्रशासकीय अधिकृतलाई कम्तीमा दुई वर्ष सरुवा नगर्न प्रस्ताव गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मनपरी हुने सरुवालाई रोक्न सरुवा, काज तथा कामकाज सम्बन्धी मापदण्ड, २०८१ प्रस्ताव गर्दै त्यसमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा हालसम्म स्थानीय तह नगएका खटाउनेसहितका विशिष्ट व्यवस्था प्रस्ताव गरेको हो । अहिले स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड, २०७४अनुसार सरूवाहरू हुँदै आएका छन् । तर, संघीय मामिला मन्त्रालयले जथाभावी सरूवाका निर्णय गर्दा २२० भन्दा बढी स्थानीय तहमा अहिले प्रमुख प्रशासकीय अधिकृतहरू छैनन् । ६ असारको सचिव बैठकले सरुवा मापदण्ड बनाउने र आगामी सचिव बैठकमा सहमति जुटाएर मन्त्रिपरिषदमार्फत निर्णय गरेर लागु गर्ने निर्णय गरेको थियो । त्यसअनुसार प्रस्तावित मापदण्डमा प्रत्येक स्थानीय तहमा एक प्रमुख प्रशासकीय अधिकृत ख...
सिमलताल पहिरो : गैंडाकोट र गोलाघाटमा भेटिएका मृतक दुवै भारतीय नागरिक

सिमलताल पहिरो : गैंडाकोट र गोलाघाटमा भेटिएका मृतक दुवै भारतीय नागरिक

ताजा समाचार, समाज
३० असार, चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–७ स्थित नारायणी नदी किनार र चितवनको भरतपुर–२८ गोलाघाटमा भेटिएका दुवै पुरुषको शवको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गैंडाकोटमा भेटिएको शव भारत बेतिया मझेलिया थाना, गुठिया ईन्दु घर भएका ३० वर्षका सजाद अन्सारीको हो । उनका दाजु मेराज हुसेनले शवको सनाखत गरेका हुन् । उनी कलंकीमा ब्यवसाय गरेर बस्ने गरेको खुलेको छ । उनी वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसका यात्रु रहेको प्रहरीले जनाएको छ । उनको शव मुचुल्का गरेपछि पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ । यस्तै पश्चिम चितवनको भरतपुर–२८ गोलाघाटमा आइतवार बिहान भेटिएको अर्को शवको पनि सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार मृतक व्यक्ति ३० वर्षीय भारतीय नागरिक जयप्रकाश ठाकुर हुन् । भारत ब...
अर्जुनरसिंह केसीको प्रस्ताव– शेखर वा गगनले सरकारमा नेतृत्व गर्नुस्, नभए म जान्छु

अर्जुनरसिंह केसीको प्रस्ताव– शेखर वा गगनले सरकारमा नेतृत्व गर्नुस्, नभए म जान्छु

राजनीति
३० असार, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आफ्नो समूहका दुई नेतामध्ये एकले कांग्रेसबाट सरकारमा नेतृत्व गर्नुपर्ने बताएका छन् । नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आइतबार बसेको बैठकमा नेता कोइरालाले डा. शेखर कोइराला वा महामन्त्री गगन थापा पार्टीबाट सरकारमा सम्मिलित हुनुपर्ने जोड गरेका हुन् । शेखर वा गगन कांग्रेसबाट नेतृत्व गरेर नजाने भए आफूलाई पठाउन केसीले समूहको बैठकमा प्रस्ताव गरेका हुन् । सरकारमा कांग्रेसबाट जानेले गठबन्धनमा समन्वय गर्नसक्ने हुुनुपर्ने बताउँदै केसीले समूह बैठकमा भने, ‘शेखर जी जाने भए जानुस्, होइन भने महामन्त्री जानुस् ।’ शेखर र गगन सरकारमा नेतृत्व गरेर नजाने हो आफूलाई पठाउन केसीले आग्रह गरे । दुई शीर्ष तहका नेता नगए समूहबाट नेतृत्व गरेर जाने स्वभाविक व्यक्ति आफू भएको केसीले सुनाएका थिए । ‘तपाईंहरु जानुहुन्न भने शीर्ष तहका आधार...
त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीमा सशस्त्रका ९० जना परिचालन, गोलाघाटसम्म खोजी गरिने

त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीमा सशस्त्रका ९० जना परिचालन, गोलाघाटसम्म खोजी गरिने

ताजा समाचार, समाज
चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालको पहिरोसँगै त्रिशूलीमा खसेका दुई यात्रुवाहक बस खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित ४५ जनाको टोलीले सोनार क्यामरा प्रयोग गरी घटनास्थलदेखि नारायणी नदीसम्म खोजी कार्यलाई निरन्तरता दिएको छ । त्यस्तै अर्को सर्च टोलीले यसअघि प्रयोग भएका विभिन्न डिभाइसहरूको प्रयोग गरी घटनास्थलदेखि १ किलोमिटर तल अर्थात् भरतपुर महानगरपालिका–१६ स्थित देवघाटदेखि ज्ञानेश्वर सामुदायिक वनसम्म खोजी कार्य गर्नेछ । त्यसैगरी नम्बर १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौज घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्याफ्टिङ बोट र नदी किनारामा पैदल गस्ती गर्दै खोजी कार्यको लागि परिचालन गरिएको सशस्त...
गोली प्रहारपछि सामाजिक सञ्जालमार्फत ट्रम्पले दिए यस्तो प्रतिक्रिया

गोली प्रहारपछि सामाजिक सञ्जालमार्फत ट्रम्पले दिए यस्तो प्रतिक्रिया

अन्तरास्ट्रिय
अमेरिका । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि पेन्सल्भिनियामा आयोजित एउटा र्‍यालीमा गोली प्रहार भएको छ। उनको हत्या गर्ने उद्देश्यले आक्रमण भएको ठानिएको उक्त घटना लगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ। उक्त घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा हात राखेको र अनुहारमा रगत पोतिएको देखिन्छ। उक्त र्‍यालीमा स्थिति नियन्त्रणमा लिनुअघि पटकपटक गोली चलेको आवाज सुनिएको थियो। गोलीको आवाज आएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै मञ्चबाट निकालेर गाडीतर्फ लगेका थिए। त्यस क्रममा ट्रम्पले मुट्ठी कसेर हात उचाल्दै समर्थकहरूप्रति सङ्केत गरेको देखिएको छ। ट्रम्पले आफैँले खोलेको सामाजिक सञ्जाल ट्रूथमा एउटा सन्देश लेख्दै आफू सकुशल रहेको र स्थानीय स्वास्थ्य संस्थाले आफ्नो उपचार गरिरहेको जनाएका छन्। उनले प्रवर्तनलाई धन्यवाद दिनुको साथै मारिएका वा घाइते भएका सहभागीहरूका लागि शोक र समवेदना व...
सिमलताल घटना : थप एकजनाको सनाखत

सिमलताल घटना : थप एकजनाको सनाखत

What's Hot, ताजा समाचार
३० असार, चितवन । सिमलतालमा पहिरोमा बस परेर मृत्यु भएकामध्ये थप एक जनाको शव सनाखत भएको छ । सनाखत गरिएको शव चितवनको माडी नगरपालिका-१ का विकास परियारको भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल्स बसमा चढेका विकासको शव पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-७, नारायणी नदी किनारमा शनिबार दिउँसो भेटिएको थियो । मृतकका दाइ विजय परियारले शवको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । बिहेको भिडियो खिच्न भन्दै विकास आफ्ना एक साथी जनासहित भरतपुरबाट काठमाडौं जान बस चढेका थिए । विकासकी ७० वर्षीया हजुरआमा हरिमाया परियार नातिको खोज्न शनिबार घटनास्थल सिमलताल पुगेकी थिइन् । विकासका दुवै दाजुभाइ भिडियो तथा फोटोको काम गर्छन् । उनीहरु माडीबाट भरतपुर आएर बस्दै फोटो/भिडियोको काम गर्थे । विकासका अर्का साथीको अवस्था भने अज्...
गृहसचिव र आईजीसहितको टोली आज चितवन जाँदै

गृहसचिव र आईजीसहितको टोली आज चितवन जाँदै

Travel, What's Hot, ताजा समाचार
३० असार, काठमाडौं । चितवनको नारायणगढ मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थाबाट त्रिशूली नदीमा वेपत्ता भएका दुईवटा बस र तिनमा सवार यात्रुहरुको खोजी आज पनि जार आज दुर्घटनास्थलमा भइरहेको खोजीको निरीक्षण गर्न गृह मन्त्रालयका सचिव एक नारायण अर्यालसहित सुरक्षा अंगका प्रमुखहरु पनि चितवन जाँदै छन् । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘आज गृह मन्त्रालयका सचिवज्यू आईजीसापहरुका साथ चितवन आउँदै हुनुहुन्छ ।’ त्रिशुलीमा हराइरहेका यात्रुहरुको आज बिहान ७ बजेदेखि खोजी गरिने भनिए पनि पानी परिरहेकाले खोजी कार्य केहीबेर ढिला सुरु भएको थियो । गृह मन्त्रालयका अनुसार गत शुक्रबारदेखि हराइरहेका बस र ती बसमा सवार यात्रुहरुको खोजीका लागि ५०० भन्दा बढी सुरक्षाकर्मी र २८ जना गोताखोर परिचालन गरिएको छ । आइतबार ठूलो चुम्बक (म्याग्नेट) को प्रयोग गरेर बस खोजिँदै छ । हालसम्म बस खसेको ठाउँ वरपर ब...
केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

राजनीति
३० असार, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गरेका थिए । ओलीले सोही दिन कांग्रेसको समर्थनमा १६६ सांसदसहित दाबी पेस गरेका थिए । दाबी पेस गर्ने समय आज साँझ ५ बजेसम्म छ । त्यसपछि राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । शपथ भने सोमबारका लागि तय भएको छ । यसपटक ओली चौथो पटक प्रधानमन्त्री नियुक्त हुन लागेका हुन् । उनले संविधानको धारा ७६ (२) अनुसार गठन हुने सरकारको नेतृत्व गर्दैछन् ।...
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली लाग्यो

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली लाग्यो

अन्तरास्ट्रिय
३० असार, काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको काननेरबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्‍याएका थिए । पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको थियो । त्यसक्रममा गोली चलेका थुप्रै आवाजहरु सुनिएको थियो । बाइडेनले गरे निन्दा राष्ट्रपति जो बाइडेनले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गरेका छन् । ट्रम्पमाथि गोली चलेको समय बाइडेन डेलाभेयरमा थिए । चर्चबाट बाहिरिने क्रममा मिडियाकर्मीलाई प्रतिक्रिया दिँदै बाइडेनले ट्रम्पमाथि भएको आक्रमणको ...
स्पेन र इंग्ल्याण्ड इतिहास रच्ने लक्ष्यमा, यी हुन् अहिलेसम्मका विजेता

स्पेन र इंग्ल्याण्ड इतिहास रच्ने लक्ष्यमा, यी हुन् अहिलेसम्मका विजेता

खेलकुद
३० असार, काठमाडौं । मिनी विश्वकपको रुपमा रहेको युरो २०२४ को फाइनल खेल आज राति हुँदैछ । फाइनल खेल मध्यराति १२:४५ बजे बर्लिनस्थित ओलम्पिक स्टेडियममा हुनेछ । २४ टोलीले सुरु गरेको यात्रामा अब स्पेन र इंग्ल्याण्ड दुई टोलीमात्र उपाधि होडमा छन् । यी दुई मध्ये एकले जर्मनीको बर्लिनमा युरोको ट्रफी उचाल्ने छ । उपाधि दाबेदारकै रुपमा दुई टोली फाइनल पुगेकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । स्पेनले सेमिफाइनलमा बलियो डिफेन्स भएको फ्रान्स र इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई पराजित गरेर फाइनल भेट पक्का गरेका हुन् । स्पेनले यस युरोमा उत्कृष्ट लय कायम राख्दै फाइनलसम्मको यात्रा तय गर्दा सबै खेल जितेको छ । उता इंग्ल्याण्ड भने अन्तिम समयमा नतिजा उल्टाउँदै संघर्ष गरेर फाइनलसम्म पुगेको हो । इतिहास रच्ने अवसर यी दुई टोली मध्ये फाइनल जसले जिते पनि इतिहास रच्ने छ । स्पेनले जर्मनीसँगै अहिले...