Thursday, December 26

Author: Admin

काभा यु-२० वुमन्स भलिबल खेल्न नेपाली टोली उत्साहित

खेलकुद
२ साउन, माले । पहिलोपटक काभा यु-२० वुमन्स भलिबल च्याम्पियनसिप खेल्न माल्दिभ्स आइपुगेको नेपाली यु-२० महिला टोली प्रतियोगिताका लागि उत्साहित छन् । बिहीबारदेखि माल्दिभ्सको राजधानी मालेका हुने प्रतियोगितामा नेपाल र माल्दिभ्ससहित चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । त्यसका लागि नेपाल, श्रीलंका र कीर्गिस्तानको टोली मंगलबार नै माले आइपुगिसकेको छ । नेपाली टोलीका प्रशिक्षक र खेलाडी पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न उत्साहित भएका छन् । ‘हामी सबै खेलाडी एकदमै उत्साहित छौं । पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न विदेश आएका छौं,’ कप्तान जेनिशा विश्वकर्माले भनिन् । यस्तै नेपालमा महिला भलिबल खेलाडी उत्पादन गर्दै आएका दुई प्रशिक्षक कुमार राई र अर्जुन घिमिरे नेपाली टोलीको प्रशिक्षकमा छन् । राईले न्यू डायमण्डमार्फत र घिमिरे बुटवलको एभरेष्ट स्कुलमार्फत महिला भलिबल खेलाडीहरु उत्पादन ग...
जाजरकोटमा भूकम्प पीडितको टहरामा पहिरो, ३ जना गम्भीर घाइते

जाजरकोटमा भूकम्प पीडितको टहरामा पहिरो, ३ जना गम्भीर घाइते

ताजा समाचार, समाज
२ साउन, काठमाडौं । जाजरकोटको कुशे गाउँपालिकामा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो जाँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा कुशे गाउँपालिका–८ की ३४ वर्षीया कमला थापा, १६ वर्षीया निरमाया थापा र ४ वर्षीया हस्तिका थापा छिन् । घाइते भएकाहरुलाई हेलिकप्टरबाट उद्धार नेपालगञ्ज लैजाने तयारी भइरहेको कुशे गाउँपालिका–८, वडाध्यक्ष डिल्लीबहादर सिंहले जानकारी दिए । ‘सीडीओ साबसँग कराकानी भइरहेको छ । केही मिलाउँदै हुनुहुन्छ होला !’उनले भने । वडाध्यक्ष सिंहका अनुसार घाइतेमध्ये हस्तिकाको अवस्था गम्भीर छ । उनको होश आउने जाने भइरहेको छ भने निरमाया थापाको दुवै खुट्टामा चोट लागेको छ । ‘निरमायाको पहिले पनि खुट्टा अपरेशन गरेको रैछ । अहिले अर्को खुटमा पनि चोट लागेपछि हिँड्नै नसक्ने भएकी छन्’, उनले भने । गएराति करिब १० बजेको समयमा उनीहरु बसिरहेको ठाउँमा पहिरो गएको वडाध्यक्ष सिंहले जानकारी दिए । पहिरो जाँदै ग...
कोशी प्रदेशमा एक वर्षमा प्राकृतिक विपदबाट ७७ जनाको मृत्यु

कोशी प्रदेशमा एक वर्षमा प्राकृतिक विपदबाट ७७ जनाको मृत्यु

ताजा समाचार
२ साउन, विराटनगर । प्राकृतिक विपदका कारण कोशी प्रदेशमा ७७ जनाको मृत्यु भएको छ । पछिल्लो एक वर्ष (आर्थिक वर्ष २०८०-८१)मा प्रदेशका १४ जिल्लामा भएका दुई हजार ८६८ विपद्का घटनामा परी ७७ जनाको मृत्यु भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बाढी, पहिरो, चट्याङ, आगलागी, हावाहुरी र जंगली जनावरको आक्रमणमा परेर ७७ जनाको मृत्यु हुँदा २७७ जना घाइते भएका छन् । प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार एक वर्षमा एक हजार ७३१ स्थानमा आगलागी भएको छ । ४९६ स्थानमा पहिरो, २५३ स्थानमा जंगली जनावरको आक्रमण, १८४ हावाहुरी, ११७ स्थानमा बाढी र ८७ स्थानमा चट्याङले मानवीय क्षति पुर्‍याएको छ । प्रहरीका अनुसार बाढीका कारण २२ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । आगलागीमा परेर २०, चट्याङका कारण १३, जंगली जनावरको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ । पहिरोमा परी ९ जनाको मृ...
सिमलताल घटना अध्ययन गर्न गठित कार्यदल चितवनमा

सिमलताल घटना अध्ययन गर्न गठित कार्यदल चितवनमा

ताजा समाचार, समाज
२ साउन, चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सिमलतालमा गत असार २८ गते बिहान आएको पहिरोमा परेर २ वटा बससहित यात्रुहरुलाई बगाएको घटनाको अध्ययन गर्न गठित कार्यदलको टोली चितवन आएको छ । गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा गठित कार्यदलमा नेपाल प्रहरीका एसएसपी भूपेन्द्र खत्री, सशस्त्र प्रहरीका एएसएसपी, विपद् प्राधिकरणका उपसचिव, यातायात व्यवसायी महासंघका प्रतिनिधि र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधि सदस्य छन् । सो टोलीले घटनास्थलको प्रकृति, भूबनोट, सडकको अवस्था लगायतका विषयमा अध्ययन र अहिलेसम्म भैरहेको खोज तथा उद्धारको बारेमा जानकारी लिने छ । त्यसलगत्तै जिल्ला प्रशासन कार्यालय चितवनमा अन्य सरोकारवालासँग छलफल गर्ने तयारी अध्ययन टोलीको छ । नवनियुक्त गृहमन्त्री रमेश लेखकले घटनाको बारेमा अध्ययन गर्न रिजालको संयोकजत्वमा कार्यदल गठन गरेका थिए । कार्यद...
मन्त्री छनोटप्रति कांग्रेसमा असन्तुष्टि

मन्त्री छनोटप्रति कांग्रेसमा असन्तुष्टि

राजनीति
काठमाडौँ — कांग्रेसले सरकारमा मन्त्री पठाउँदा समावेशिता र क्षेत्रीय सन्तुलनलाई उपेक्षा गरेको भन्दै नेतृत्वप्रति नेताहरूले असन्तुष्टि जनाएका छन् । मन्त्री छनोट गर्दा नेतृत्वले आफ्नो गुटको बफादार र अनुकूल हुने व्यक्तिबाहेक अरूलाई प्राथमिकतामा नराखेको भन्दै मंगलबार गण्डकी प्रदेशबाट निर्वाचित कांग्रेस सांसदहरूले असन्तुष्टि जनाएका हुन् । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको असार २९ को बैठकले योगदान र योग्यताको मुख्य आधारमा समावेशिता र प्रादेशिक सन्तुलनलाई ध्यान दिई मन्त्री चयन गर्ने मापदण्ड बनाएको थियो । तर, कांग्रेसले पठाएका दस मन्त्रीमा गण्डकी प्रदेशबाट एक जना पनि परेका छैनन् भने मन्त्रिपरिषद्मै दलितको प्रतिनिधित्व शून्य छ । गण्डकीबाट प्रत्यक्ष निर्वाचित १० र राष्ट्रिय सभाका ३ गरी कांग्रेसका १३ सांसदले संघमा प्रतिनिधित्व गर्छन् । तीमध्ये एक जना पनि मन्त्रिपरिषद्मा परेका छैनन् । का...
आज हरिशयनी एकादशी, तुलसीका बिरुवा सारिंदै

आज हरिशयनी एकादशी, तुलसीका बिरुवा सारिंदै

जीवनशैली, ताजा समाचार, समाज
२ साउन, काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीका बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा तुलसीको बिरुवा सारिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा‍. डा. देवमणि भट्टराई बताउँछन् । भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्...
मुगुमा भूकम्पको धक्का

मुगुमा भूकम्पको धक्का

ताजा समाचार, समाज
२ साउन, काठमाडौं । मुगु जिल्लामा भूकम्प गएको छ । मुगुको दार्मा आसपास केन्द्र भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले आज बिहान ४ः४० बजे ३.९ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्काले क्षति पुगेको विवरण आएको छैन ।
गुल्मी मुसिकोटमा लघु जलविद्युतको नहर बाढीले बगायो, २५०० घरधुरीमा बिजुली बन्द

गुल्मी मुसिकोटमा लघु जलविद्युतको नहर बाढीले बगायो, २५०० घरधुरीमा बिजुली बन्द

जीवनशैली, ताजा समाचार, विजनेस, समाज
२ साउन, गुल्मी । अविरल वर्षासँगै आएको बाढीले गुल्मीमा विद्युत परियोजनाको नहर बगाएको छ । मुसिकोट नगरपालिकाका – ७ र ८ मा रहेका लघु विद्युत परियोजनाका नहर बडिगाड खोलाले बगाएपछि त्यहाँका नागरिक एक सातादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । असार २१ गते परेको अविरल वर्षासँगै आएको बडिगाडको बाढीले परोपकार लघु जलविद्युत र दरमखोला लघु जलविद्युत नहर बगाएको परोपकार लघु जलविद्युत आयोजनाका पूर्वअध्यक्ष गोपिकृष्ण खरेलले बताए । नहर बगाएर विद्युत अवरुद्ध हुँदा मुसिकोट नगरपालिकका वडानम्बर १, २,३,७, ८ का साथै बागलुङको बडिगाड गाउँपालिका वडानम्बर २, ५ र गलकोट नगरपालिकाको वडानम्बर ११ का गरी २५०० घरधुरी प्रभावित भएका छन् । परोपकार लघु जलविद्युत १३५ किलोवाट र दरमखोला लघु जलविद्युत ५० किलोवाट विद्युत उत्पादन हुँदै आएको थियो । खोलाले नहर बगाएपछि नहर मर्मत गर्न केही महिना नै लाग्ने संस्थाले जनाएको छ । अ...
कर्णालीमा माओवादीका मन्त्रीको राजीनामा पर्खाइमा मुख्यमन्त्री कँडेल

कर्णालीमा माओवादीका मन्त्रीको राजीनामा पर्खाइमा मुख्यमन्त्री कँडेल

राजनीति
२ साउन, सुर्खेत । संघमा कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि माओवादी केन्द्र प्रमुख प्रतिपक्षीको बेन्चमा पुगेको छ । अन्य प्रदेशहरूमा नयाँ सत्ता समीकरण अनुसारकै प्रदेश सरकार गठन प्रक्रिया समेत सुरु भइसकेको छ । तर, एमाले नेतृत्वको कर्णालीमा भने माओवादीले सरकारबाट बाहिरिने सुरसार गरेको छैन । नयाँ समीकरण बने पनि माओवादी सरकारमै छ । कर्णालीमा माओवादीका चार जना मन्त्रीहरू नियमित कामकाजमै छन् । माओवादीकै समर्थनमा सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री यामलाल कँडेल पनि माओवादीका मन्त्रीहरूलाई बर्खास्त गरिहाल्ने स्थितिमा पुगिसेका छैनन् । मुख्यमन्त्री कँडेलले अहिलेसम्म माओवादी केन्द्रका मन्त्रीसँग राजीनामा पनि मागेका छैनन् । तर, केन्द्रीय समीकरण अनुसार नै प्रदेशमा चल्नु पर्ने भएकाले एक खालको निर्णय लिन माओवादी केन्द्रका मन्त्रीहरूलाई आग्रह गरेको मुख्यमन्त्री कँडेलले अनलाइनखबरलाई ब...
सिमलताल पहिरो अपडेट : ५ दिनमा १७ जनाको शव फेला, ९ को सनाखत (विवरणसहित)

सिमलताल पहिरो अपडेट : ५ दिनमा १७ जनाको शव फेला, ९ को सनाखत (विवरणसहित)

ताजा समाचार, समाज
काठमाडौँ । पाँच दिनअघि पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १७ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये मंगलबार साँझसम्म ९ जनाको सनाखत भएको सशस्त्र प्रहरीका सह-प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई जानकारी दिए । ‘९ वटा शवको सनाखत भएको छ । बाँकी ८ वटाको भइसकेको छैन’, उनले मंगलबार साँझ जानकारी गराए । उनका अनुसार सनाखत हुन बाँकी रहेका शवमा ६ पुरुष र २ महिला गरी ८ जना रहेका छन् । सनाखत भएकामध्ये गणपति बसका ५ जना रहेका छन् भने एन्जल बसका ४ जना रहेका छन् । मृतकहरूमा भारतीय नागरिक सतपाल साह, मेराज हुसेन, ओम प्रकाश ठाकुर, चितवनका सम बहादुर बिक,  विजय परियार,  सर्लाहीका रवीन्द्र कुमार माझी, रौतहटका इस्लाम मिया, नन्दलाल चौधरी र बाराका रमान्त पण्डित छन् ।  उनीहरूको विभिन्न स्थानमा सशस्त्र प्रहरीले शव फेला परेको हो । अन्य शव र बसको खोजी कार्य जारी रहेको जन...