Friday, December 27

Author: Admin

जाजरकोट पहिरोमा घाइते भएका चार जनाको हेलिकप्टरबाट उद्दार

जाजरकोट पहिरोमा घाइते भएका चार जनाको हेलिकप्टरबाट उद्दार

जीवनशैली, ताजा समाचार, समाज, स्वास्थ्य
२ साउन, सुर्खेत । जाजरकोटमा पहिरोमा परी घाइते भएका चार जनाको हेलिकप्टरबाट उद्दार गरिएको छ । मंगलबार राति कुशे गाउँपालिका–८ को दल्लेनामा पहिरो जाँदा एकै परिवारका ४ जना घाइते भएका थिए । पहिरोमा गम्भीर घाइते भएकाहरूको उद्दार गरी थप उपचारका लागि बुधबार दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार पहिरोमा परी कुशे गाउँपालिका–८ दल्लेनाका २९ वर्षीया कमला थापा, ३५ वर्षीया दलसरी थापा, उनकी ४ वर्षीया छोरी हस्तिका र १७ वर्षीया छोरी निरमाया थापा घाइते भएका छन् । ‘घटनास्थल एकदमै दुर्गममा रहेछ । हेलिप्याड नभएकाले उद्दारमा केही ढिलाइ भयो । अहिले घाइतेहरूलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ,’ अधिकारीले अनलाइनखबरसँग भने, ‘दुई जनाको अवस्था अलि गम्भीर छ । दुई जना सामान्य अवस्थामा छन् ।’...
सेयर बजारमा १२ अर्ब नाघ्यो कारोबार, ३५ महिनाकै उच्च

सेयर बजारमा १२ अर्ब नाघ्यो कारोबार, ३५ महिनाकै उच्च

विजनेस
२ साउन, काठमाडौं । बुधबार सेयर बजारमा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिनायताकै उच्च हो । यसअघि बजार घट्ने क्रममा रहँदा १५ भदौ २०७८ मा १३ अर्ब १६ करोडको कारोबार भएको थियो । त्यस्तै सेयर बजारको परिसूचक नेप्से भने अघिल्लो दिनको तुलनामा ५४.०४ अंक बढेर २३६४ मा कायम भएको छ । नेप्से परिसूचक २८ वैशाख २०७९ यताकै उच्च हो । आज २०४ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने ६ को स्थिर रह्यो । सबै क्षेत्रका सूचकहरु बढेका छन् । बैंकिङ २.०८, विकास बैंक ४.०९, फाइनान्स ५.५०, होटल तथा पर्यटन ५.५५, हाइड्रोपावर १.७१, लगानी १.५३, जीवन बीमा २.१८, उत्पादन ३.०२, माइक्रोफाइनान्स १.८४, निर्जीवन बीमा ३.३४, अन्य १.३६ तथा ब्यापार समूह ७.३ प्रतिशत बढे । सेन्ट्रल फाइनान्स, सिंगटी हाइड्रो, आँखुखोला जलविद्युत् तथा मन्दाकिनी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सीईडीबी हाइड्रोपावर...
चन्द्रागिरि केबलकारमा अड्किए यात्रु

चन्द्रागिरि केबलकारमा अड्किए यात्रु

जीवनशैली, ताजा समाचार, समाज
२ साउन, काठमाडौं । चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किएका छन् । विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका हुन् । अवरुद्ध विद्युत सेवा सञ्चलानमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका यात्रुलाई उद्धार गर्ने तयारी गरिएको छ । उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरितर्फ गएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।...
रेलमार्गको सर्भे गर्न आएको कम्पनीको गाडीमा चितवनका स्थानीयले गरे आगजनी

रेलमार्गको सर्भे गर्न आएको कम्पनीको गाडीमा चितवनका स्थानीयले गरे आगजनी

ताजा समाचार
२ साउन, चितवन । पूर्वपश्चिम रेलमार्गको सर्भे गर्न भन्दै चितवन आएको एक कम्पनीको गाडीमा स्थानीय बासिन्दाले आगजनी गरेका छन् । भरतपुर महागनरपालिका- ७ का बासिन्दाको एक समूहले बागमती प्रदेश ०१, ०३० च ७१९० नम्बरको गाडी जलाएका हुन् । सरकारबाट अनुमति लिएर पूर्वपश्चिम रेलमार्गको सर्वेक्षण गर्न आएको बताएको आरएच कन्सल्टेन्सीको सवारी साधान र उपकरण स्थानीय बासिन्दाले कब्जामा लिएको थियो । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । कन्सल्टेन्सीका प्रतिनिधिहरुले रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको स्थानीयलाई बताएको रेल मार्ग पीडित संर्घष समितिका सचिव दिब्य नेपालले अनलाइनखबरलाई जानकारी दिए । सो टोलीले मंगलवार भरतपुर ८ मा सर्भे गरेको थियो । आज वडा नं ७ मा सर्भे गर्ने क्रममा २/३ सय जना स्थानीय भेला भएर सो टिमलाई नियन्त्रणमा लिएका थिए । पूर्व पश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी स...
प्रधानमन्त्रीले आइतबार लिनेछन् विश्वासको मत

प्रधानमन्त्रीले आइतबार लिनेछन् विश्वासको मत

ताजा समाचार, राजनीति
२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आइतबार विश्वासको मत लिने भएका छन् । सत्तापक्षका मुख्य सचेतक महेश बर्ताैलाले दिएको जानकारी अनुसार आइतबार प्रतिनिधिसभामा ओलीले विश्वासको मत लिने निर्णय भएको हो । ‘संविधानतः प्रधानमन्त्री नियुक्ति भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ, तर प्रधानमन्त्रीज्यूलाई तुरुन्तै संसदको विश्वास लिएर काम अघि बढाउन सहजता हुन्छ भनेर हामीले केही दिनभित्रै मत लिने तयारीमा लागेका हौं,’ बर्ताैलाले भने, ‘आइतबार नै विश्वासको मत लिनेगरी हामी अघि बढ्छौं ।’ प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्दै प्रधानमन्त्री बनेका ओलीलाई कांग्रेसको साथ छ । संविधानको धारा ७६.२ अन्तर्गत प्रधानमन्त्री बनेका ओलीलाई कुनै प्रतिकुलता आउन सक्ने र त्यसपछि धारा ७६.३ मा प्रवेश गरेर ठूलो दलका हैसियतमा कांग्रेसलाई अघि बढाउन सकिन्छ कि भन्ने कोणबाट पनि राजनीतिक वृत्तमा छलफल चल्ने...

न्युरोडमा फुटपाथ विस्तारको काम पुनः सुरु

ताजा समाचार
२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको हो । यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो । सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दिएको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपाल...
चितवनमा सडक दुर्घटनाबाट एकै वर्षमा ११५ जनाको मृत्यु

चितवनमा सडक दुर्घटनाबाट एकै वर्षमा ११५ जनाको मृत्यु

ताजा समाचार
२ साउन, चितवन । अघिल्ला केही आर्थिक वर्षदेखि घट्न थालेका सडक दुर्घटना चितवनमा फेरि बढेको छ । सडक दुर्घटनाकै कारण मानवीय क्षतिको संख्या पनि बढेको जिला ट्राफिक प्रहरी कार्यालय, चितवनको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार गत आर्थिक वर्षमा भएका ४ सय ४५ सवारी दुर्घटनामा परेर ११५ जनाले ज्यान गुमाएका छन् भने १५० जना गम्भीर घाइते र ६८२ जना सामान्य घाइते भएका छन् । अघिल्लो वर्ष सवारी दुर्घटनामा ४४.३ प्रतिशतले कमी आएको भए पनि गत आर्थिक वर्ष सवारी दुर्घटनाको संख्या ह्वात्तै बढेको हो । आर्थिक वर्ष ०७९/८० सवारी दुर्घटनामा ७८ जनाको मृत्यु भएको थियो । ३०३ वटा भएको सडक दुर्घटनाबाट मानवीय क्षतिलाई केही हदसम्म कमी गर्न सफल भएको भन्दै त्यसलाई प्रहरी अधिकारीहरुले ठूलो सफलताका रुपमा लिएका थिए । तर, आर्थिक वर्ष ०८०/८१ मा उक्त संख्या घट्नुको साटो झनै बढेको तथ्यांकले देखाएको हो । तथ्यांकअनुसार पछिल्लो ३ ...
त्रिशूलीमा बेपत्ता गणपति डिलक्स बसका चालक र सहचालकको शव १०३ किलोमिटर टाढा भेटियो

त्रिशूलीमा बेपत्ता गणपति डिलक्स बसका चालक र सहचालकको शव १०३ किलोमिटर टाढा भेटियो

ताजा समाचार, समाज
२ साउन, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते बिहान आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको प्रहरीले जनाएको छ । काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका वडा नं ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंहको शवलाई परिवारका सदस्यहरुले सनाखत गरेका हुन् । उनीहरु दुवैको शव नेपाल–भारत सीमा क्षेत्रको गण्डक ब्यारेज नजिकै फेला परेको थियो । जुन घटनास्थलभन्दा १०३ किलोमिटर पर हो । जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी अनुसार अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने ९ वटा शवको मात्र सनाखत भएको छ । ८ शवको सनाखत हुन बाँकी छ । भेटिएका शवहरुमध्ये १५ जना पुरुष र २ महिलाका छन् । सनाखत भएका...
इन्जिनियरिङ लाइसेन्स परीक्षा : वातावरणका परीक्षार्थी शतप्रतिशत पास, केयुको नतिजा उत्कृष्ट

इन्जिनियरिङ लाइसेन्स परीक्षा : वातावरणका परीक्षार्थी शतप्रतिशत पास, केयुको नतिजा उत्कृष्ट

ताजा समाचार, सुचना/संचार
२ साउन, काठमाडौं । नेपाल इन्जिनियरिङ काउन्सिलले लिएको पाँचौं पटकको लाइसेन्स परीक्षामा ३४ प्रतिशत परीक्षार्थी पास भएका छन् । ४ हजार ६२ जनाले लाइसेन्सको परीक्षा फारम भरेकामा ३ हजार ७८८ जनाले परीक्षा दिएका थिए । तीमध्ये १ हजार २८५ जना मात्र उत्तीर्ण भएका नेपाल इन्जिनियरिङ काउन्सिलका उपाध्यक्ष डा. विकास अधिकारीले जानकारी दिए । विगतमा इन्जिनियरिङ विषयमा स्नातक तह पूरा गरेको प्रमाणपत्र पेस गरेकै आधारमा लाइसेन्स प्रदान गर्ने व्यवस्था भएकोमा गत वर्षदेखि काउन्सिलले लाइसेन्स परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्ने व्यवस्था गरेको थियो । काउन्सिलले लिएको यो पाँचौंपटकको परीक्षा हो । यसपटक इन्जिनियरिङ क्षेत्रका २३ वटा विधामा लाइसेन्स परीक्षा सञ्चालन गरिएको थियो । तीमध्ये वातावरण इन्जिनियरिङमा शतप्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । त्यसपछि सबैभन्दा धेरै उत्तीर्ण हुनेमा आर्किटेक्ट इन्जिनियर...
सुनको भाउ डेढ लाख

सुनको भाउ डेढ लाख

ताजा समाचार, विजनेस
२ साउन, काठमाडौं । बुधबार सुनले नयाँ कीर्तिमानी मूल्य कायम गरेको छ । यस दिन सुनको भाउ करिब डेढ लाख पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ मूल्य तय गरेको छ । यो अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउले पुनः नयाँ रेकर्ड बनाएको छ । बुधबार (साढे १० बजे) सुनको भाउ प्रतिऔंस २४७० अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमै नयाँ रेकर्ड बनाएको सुनले नेपाली बजारमा पनि कीर्तिमानी मूल्य कायम गरेको हो । अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा मूल्य समायोजन हुन्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुको प्रमुख कारण नै अमेरिकाले ब्याजदर कटौती गर्ने सुनिश्चितता गर्नु हो । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम एच पावेलले सोम...