नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो : राष्ट्रपति पौडेल
काठमाडौँ । आज वर्ष २०८१ को पहिलो दिन । नेपालीहरूले विभिन्न कार्यक्रमका साथ नयाँ वर्ष मनाइरहेका छन् । नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्।
“नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो । हामीले यस अघि थाती राखेका योजनालाई कार्यान्वयनमा ल्याई देश निर्माणका गतिविधिमा जुट्न म सबैलाई अनुरोध गर्दछु”, शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन्, “मुलुकको समृद्धि र समुन्नतिका लागि स्वदेशी उत्पादनलाई बढवा दिनाका साथै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेतर्फ अबका हाम्रा प्रयास केन्द्रित हुनुपर्छ ।”
राष्ट्रपति पौडेलले देश निर्माणमा एकजुट हुन आग्रह ...