Thursday, December 26

अन्तरास्ट्रिय

समलिङ्गी बिहेलाई मान्यता दिने विधेयक बन्यो थाइल्यान्डमा कानुन

समलिङ्गी बिहेलाई मान्यता दिने विधेयक बन्यो थाइल्यान्डमा कानुन

अन्तरास्ट्रिय, ताजा समाचार
बैंकक । थाइल्यान्डमा समलिङ्गी बिहेलाई मान्यता दिने विधेयक औपचारिक रूपमा कानुन बनेको छ । मंगलबार त्यहाँका राजा महा भजिरालोङकोर्नले विधेयकलाई कानुनका रूपमा हस्ताक्षर गरेका छन् । यो कानुनलाई शाही राजपत्रमा सार्वजनिक गरिएको छ । कानुन १२० दिनमा कार्यान्वयनमा आउनेछ । यसको अर्थ एलजीबीटीक्यू प्लसका जोडीले आगामी वर्षको जनवरीदेखि आफ्नो बिहे दर्ता गर्न सक्नेछन् । समलिङ्गी बिहेलाई मान्यता दिने थाइल्यान्ड ताइवान र नेपालपछि तेस्रो एसियाली देश बनेको छ । कानुनले हरेक लिङ्गका जोडीलाई पूरा कानुनी, वित्तीय र मेडिकल अधिकार दिनेछ । यो विधेयकलाई अप्रिल र जुनमा संसद्को दुवै सदनले पारित गरेका थिए । ‘हरेकको मायाप्रेमलाई बधाई छ’ प्रधानमन्त्री पेतोङतार्न सिनावात्राले माइक्रोब्लगिङ वेबसाइट एक्समा एक पोस्टमा लेखेकी थिइन् । @एजेन्सी...
युक्रेनी सहर खार्किभमा रुसको नयाँ आक्रमण

युक्रेनी सहर खार्किभमा रुसको नयाँ आक्रमण

अन्तरास्ट्रिय, ताजा समाचार
किभ । रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा नयाँ तरिकाले आक्रमण शुरु गरेको छ । स्थानीय अधिकारीहरूले बताएअनुसार यी आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार मंगलबारबाट सुरु भएको आक्रमण गाइडेड ग्लाइड बमहरूद्वारा गरिएको थियो । आक्रमण चार जिल्लामा भएको बताइएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले अपार्टमेन्ट, बेकरी र स्टेडियमलाई निशाना बनाएको बताएका छन् । उनीहरूको आक्रमणको लक्ष्य युक्रेनी नागरिकहरू भएको उनले बताए । युक्रेनी सेनाले देशको पूर्वी क्षेत्रमा रुसी सेनासँग भीषण युद्ध लडिरहेको छ । रुसले युक्रेनको लगभग भत्किएको सहर भुलेदारलाई घेरेको छ । मंगलबारको हमलापछि जालेन्स्कीले रुसले गरेको आक्रमणमा नराम्ररी ध्वस्त भएको अपार्टमेन्टको तस्बिर साझा गर्दै विज्ञप्ति जारी गरेका थिए । @एजेन्सी...
इजरायलको आक्रमणमा परेर लेबनानमा सोमबारयता ५५८ जनाको मृत्यु

इजरायलको आक्रमणमा परेर लेबनानमा सोमबारयता ५५८ जनाको मृत्यु

अन्तरास्ट्रिय, ताजा समाचार
बेरुत । इजरायलले लेबनानमा गरेको आक्रमणमा परेर सोमबारयता ५५८ जनाको मृत्यु भएको छ । आक्रमणमा हजारौँ मानिसहरू आफ्नो घर छाडेर भागेका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले उक्त सङ्ख्यामा मृत्युको पुष्टि गरेको हो । सन् १९९० मा गृहयुद्ध सकिएयता लेबनानमा छोटो समयमा मृत्यु भएका यो अहिलेसम्मकै धेरै सङ्ख्या हो । मृत्यु हुनेमा ५० जना बालबालिका समेत रहेका छन् । @एजेन्सी...
जिम्बाब्वेले किन मार्दैछ २०० वटा हात्ती ?

जिम्बाब्वेले किन मार्दैछ २०० वटा हात्ती ?

अन्तरास्ट्रिय, ताजा समाचार
८ असोज, काठमाडौं । जिम्बाब्वे ले २०० वटा हात्ती मार्ने निर्णय गरेको छ । देशमा आवश्यकताभन्दा धेरै हात्ती भएको भन्दै जिम्बाब्वेले २०० वटा हात्ती मार्ने निर्णय गरेको हो । हात्तीको मार्ने काम मानिस र हात्तीबीच हुँदै आएको द्वन्द्व क्षेत्रमा हुने छ । यसमा देशको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज ह्वाङ्गे पनि सामेल छ । जिम्बाव्बे सरकारका अनुसार देशमा एक लाख वटा हात्ती छन् । केहीलाई मार्दा चरन क्षेत्र र जलस्रोतमा दबाव कम पर्ने सरकारको विश्वास छ । मिडिया रिपोर्टका अनुसार जिम्बाव्बे सरकारले हात्ती मारेर भोकमरीको चपेटामा परेका नागरिकहरुलाई मासु खुवाउने छ । यसअघि जिम्बाव्बेको छिमेकी देश नामिबियाले पनि हात्ती, जेब्रा र गैंडा लगायतका ७०० भन्दा बढी वन्यजन्तु मारेर आफ्ना नागरिकहरुलाई मासु बाँडेको थियो । जिम्बाव्बे, नामिबिया लगायत अफ्रिकी देशहरु भयङ्कर खडेरीबाट प्रभावित छन् । हात्तीको संख्याको हिस...
अमेरिकामा मोदी र जेलेन्स्कीबिच भेटघाट

अमेरिकामा मोदी र जेलेन्स्कीबिच भेटघाट

अन्तरास्ट्रिय, ताजा समाचार
वासिङ्टन डीसी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार न्यूयोर्कमा द्विपक्षीय भेटका क्रममा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेटेका छन् । दुई नेताबिच पछिल्लो एक महिनामा यो दोस्रो भेट हो । मोदीले अगस्ट २३ मा युक्रेनको भ्रमण गरेका थिए । यस क्रममा उनलै रुस–युक्रेन द्वन्द्व अन्त्य गर्न र शान्ति पुनर्स्थापना गर्ने प्रयासमा सहयोग गर्ने वाचा गरेका थिए । संयुक्त राष्ट्र सङ्घ (यूएन)को भविष्य शिखर सम्मेलनमा सहभागी हुन अमेरिका गएको समयमा मोदीले जेलेन्स्कीलाई भेटेका हुन् । यस भेटको विवरण दिँदै भारत सरकारको विदेश मन्त्रालयको तर्फबाट सामाजिक सञ्जाल प्लेटफर्मले ‘दुवै नेताबिच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको भनेर भनेको छ । भेटमा दुई नेताहरूले युक्रेनको अवस्थाबारे छलफल गरेका थिए । मोदीले युक्रेन सङ्कट वार्ता र कूटनीतिबाट समाधान गर्ने भारतको चाहनालाई फेरि दोहोर्‍याए । मोदी यत...
इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु

इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु

अन्तरास्ट्रिय, ताजा समाचार
८ असोज, काठमाडौं । लेबनानमा इजरायलले आक्रमण गर्दा ४९२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा ३५ बालबालिका र ५८ महिलाहरु छन् । आक्रमणमा १ हजार ६४५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान छ । इजरायली सेनाले हिजबुल्लाहका १ हजार ३०० आश्रयस्थलमा आक्रमण गरेको जनाएको छ । यो आक्रमण गत अक्टुबर ७ मा हमासविरुद्ध युद्ध सुरु गरेयताकै भयानक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । इजरायलले हमासविरुद्ध आक्रमण सुरु गरेपछि हिजबुल्लाहले हमासलाई सघाउने घोषणा गरेको थियो । त्यसैले इजरायलले हिजबुल्लाहलाई पनि निशाना बनाएको हो । लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले इजरायलको आक्रमणबाट सर्वसाधारणका घर, मेडिकल सेन्टर, एम्बुलेन्स र कारहरुमा पनि क्षति पुगेको बताएका छन् । इजरायली क्षेत्रमा हिजबुल्लाहले दुई...
यसपटक हारे डोनाल्ड ट्रम्प फेरि चुनावमा नउठ्ने

यसपटक हारे डोनाल्ड ट्रम्प फेरि चुनावमा नउठ्ने

अन्तरास्ट्रिय, ताजा समाचार
वासिङ्टन । सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पका लागि यो अन्तिम चुनाव हुन सक्छ। आइतबार, ट्रम्पले यदि उनी नोभेम्बरमा हुने चुनावमा हारे भने सन् २०२८ को राष्ट्रपति चुनाव लड्ने छैनन्। ७८ वर्षीय ट्रम्प लगातार तीन अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार बनेका छन् । सिन्क्लेयर मिडिया ग्रुपसँगको अन्तर्वार्तामा ट्रम्पलाई कमला ह्यारिससँग हारे फेरि चुनाव लड्ने हो कि भनेर सोधिएको थियो । त्यसैले जवाफमा ट्रम्पले भने, ‘होइन, मलाई त्यस्तो लाग्दैन। म यो हुने देख्दिनँ।’ ट्रम्पले भने, ‘आशा छ हामी यस चुनावमा सफल हुनेछौँ।’ अमेरिकी कानुनअनुसार कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति रहन सक्दैन। यस्तो अवस्थामा ट्रम्पले जिते पनि सन् २०२८ मा हुने राष्ट्रपतीय चुनाव लड्न पाउने छैनन् । यसअघि ट्रम्पले चुनावमा पराजयको सम्भावनालाई स्वीकार...
बाढीमा परेर जापानमा ६ जनाको मृत्यु

बाढीमा परेर जापानमा ६ जनाको मृत्यु

अन्तरास्ट्रिय, ताजा समाचार
टोकियो । जापानमा भारी वर्षापछि आएको बाढीमा परेर ६ जनाको मृत्यु भएको छ । अन्य १० जना हराइरहेका छन् । कीर्तिमानी वर्षाले इशिकावा प्रिफेक्चरको केही हिस्सामा बाढी र पहिरो आएको थियो । शनिबारदेखि शुरु भएर सोमबार मध्याह्नसम्म भारी वर्षा हुँदा प्रिफेक्चरको वाजिमा र सुजु शहर प्रभावित भएका छन् । आइतबार दुवै सहरमा महिनाभरि पर्ने पानी एकै दिनमा परेको भन्दै स्थानीय सञ्चार माध्यमले समाचार छापेका छन् । दर्जनौँ नदीमा पानीको स्तर बढेका छन् भने सडकमा सवारी आवागमन प्रभावित भएर प्रिफेक्चरभरका सय भन्दा धेरै समुदायहरू एक्लिएको बताइएको छ । मृतकमध्ये दुई जना वाजिमा सहरमा पहिरो प्रभावित सुरुङ नजिक मृत भेटिएका थिए । यीमध्ये एक जना सडक मर्मतका समान बोकेर गएका निर्माण कामदार थिए । मर्नेमा दुई जना वृद्ध पुरुष र एक महिला पनि रहेको भन्दै स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै जापान टाइम्सले समाचार छापेको छ । ज...
जब बाइडेनले बिर्सिए मोदीको नाम …

जब बाइडेनले बिर्सिए मोदीको नाम …

अन्तरास्ट्रिय, ताजा समाचार
६ असोज, काठमाडौं । बुढ्यौलीजन्य समस्याका कारण राष्ट्रपतिको प्रतिस्पर्धाबाट पछि हटेका अमेरिकी राष्ट्रपति जो बाइडेनले मञ्चमै रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नाम बिर्सिएका छन् । बाइडेनले शनिबार डेलावेयरमा क्वाड शिखर सम्मेलनपछि आयोजित कार्यक्रममा मोदीको नाम बिर्सिएका हुन्। बाइडेन पाठेघरको मुखको क्यान्सरसँग सम्बन्धित एक कार्यक्रमलाई सम्बोधन गरिरहेका थिए । जब सम्बोधन सके, उनले मञ्चमा मोदीलाई बोलाउनुपर्ने थियो । तर उनी अल्मलिए । झण्डै ५ सेकेन्डसम्म उनले मोदीको नाम सम्झने प्रयास गरे तर सकेनन् । उनले मञ्चबाटै अफिसरलाई ठूलो स्वरमा सोधे- अब कसलाई बोलाउने ? यसपछि त्यहाँ उपस्थित एक अफिसरले पीएम मोदीतर्फ संकेत गरे । लगत्तै मोदी कुर्सीबाट उठेर बाइडेनसँग हात मिलाउन पुगे । यसक्रममा दुवै नेता मुस्कुराएको भिडियो सामाजिक सञ्जाल र सञ्चार माध्यममा भाइरल भइरहेको छ । त्यतिबेला मञ्चमा मोद...
श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको गणना हुने

श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको गणना हुने

अन्तरास्ट्रिय, ताजा समाचार
६ असोज, काठमाडौं । श्रीलंकामा भएको राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न सकेनन् । अब दोस्रो राउण्डको मत गणना हुने त्यहाँको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार अनुरा कुमारा दिसानायके (एकेडी) र सजीथ प्रेमदासालाई छाडेर बाँकी उम्मेदवार दौडबाट बाहिर भएका छन् । निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे पनि राष्ट्रपतिको दौडबाट बाहिरिएका हुन् । यद्यपि उसले औपचारिक रुपमा कुन उम्मेदवारले कति मत पायो भनेर सार्वजनिक गरेको छैन । श्रीलंकन सञ्चार माध्यमहरुका अनुसार (एकेडी) ले झण्डै ४३ मत प्रतिशत मत पाउँदा प्रेमदासाले करिव ३३ प्रतिशत मत पाएका छन् । श्रीलंकामा राष्ट्रपति निर्वाचित हुन कुल सदर मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ । यदि कुनै पनि उम्मेदवारले त्यो मत पाउन सकेनन् भने मतदाताले दोस्रो र तेस्रो छनोटका रुपमा दिएको मत गणना हुने व्यवस्था छ । यसका लागि...