Monday, January 13

अन्तरास्ट्रिय

सिन डिडीको बेल तेस्रो पटक पनि अस्वीकृत

सिन डिडीको बेल तेस्रो पटक पनि अस्वीकृत

अन्तरास्ट्रिय
वासिङ्टन डीसी । अमेरिकी र्‍यापर सिन डिडी कम्बको बेल अस्वीकृत भएको छ । न्यूयोर्क सहरका एक न्यायाधीशले उनको बेललाई अस्वीकृत गरेका हुन् । योसँगै तेस्रो पटक पनि कम्बले बेलका लागि दिएको याचिका खारेज भएको छ । यस अघि पनि हिरासतबाट रिहाईका लागि कम्बले दिएको याचिका दुई पटक खारेज भइसकेको थियो । कम्बमाथिको मुद्दाको ट्रायल सन् २०२५ को मेमा मात्रै सुरु हुनेछ । यसको अर्थ सो मितिभन्दा अगाडि कम्ब हिरासत मुक्त हुने सङ्केत छैन । यतिबेला कम्ब न्यूयोर्कको ब्रुकलिनपस्थत महानगरीय हिरासत केन्द्रमा छन् । उनीमाथि धम्क्याएको, यौन तस्करी गरेको, जर्बजस्ती वेश्यावृत्ति गराएकोलगायत आरोप छ । कम्बमाथि दुई दर्जनभन्दा धेरै यौन दुराचारको आरोप लागेको छ । तर उनले आफूमाथि लागेका सारा आरोपहरू झुटो भएको भन्दै आफू निर्दोष रहेको बताउँदै आएका छन् ।...
अवैध आप्रवासन रोक्न सहमत भएको ट्रम्पको दाबीबारे के भन्छिन् मेक्सिकोकी राष्ट्रपति ?

अवैध आप्रवासन रोक्न सहमत भएको ट्रम्पको दाबीबारे के भन्छिन् मेक्सिकोकी राष्ट्रपति ?

अन्तरास्ट्रिय
मेक्सिको सिटी । अमेरिकामा हालै राष्ट्रपतिमा निर्वाचित भएका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सीमामा अवैध आप्रवासन रोक्न मेक्सिकोको नेतासँग आफूले सम्झौता गरेको भनेर भनेका थिए । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबमले उनको यो दाबीबारे प्रतिक्रिया दिएकी छिन् । बुधबार फोनमा कुराकानी भएपछि ट्रम्पले अनलाइनमा एउटा पोस्ट गर्दै शेइनबमले मेक्सिको भएर अमेरिकातिर हुने आप्रवास रोक्न र दक्षिण सीमा प्रभावकारी ढङ्गले बन्द गर्न सहमति जनाएको बताएका थिए । उनको यो पोस्टपछि शेइनबमले पनि मेक्सिको सीमा बन्द गर्ने स्थितिमा नभएको अभिव्यक्ति दोहोर्‍याउँदै मानव अधिकारलाई सम्मान गर्दै आप्रवासनको समस्यालाई सम्बोधन गर्ने चाँहि बताइन् । सोमबार ट्रम्पले सीमाबाट अवैध आप्रवासी आउने क्रम नरोकिए जनवरीमा पदभार सम्हालेपछि मेक्सिको र चीनबाट आउने सामानमा २५ प्रतिशत अतिरिक्त कर लगाउने धम्की दिएका थिए । गैरकानून...
श्रीलंकाको अर्थतन्त्र उद्धारमा उल्लेखनीय प्रगति, ऋण पुनर्संरचनामा सहमति

श्रीलंकाको अर्थतन्त्र उद्धारमा उल्लेखनीय प्रगति, ऋण पुनर्संरचनामा सहमति

अन्तरास्ट्रिय
१२ मंसिर, काठमाडौं । दुई वर्षअघि विदशी ऋण तिर्न नसकेर टाट पल्टेको श्रीलंकाको आर्थिक उद्धारमा महत्त्वपूर्ण प्रगति भएको छ । मंगलबार श्रीलंकाले आफ्ना प्रमुख ऋणदातासँग ऋणको पुनर्संरचनामा महत्त्वपूर्ण सहमति गरेको घोषणा गरेको छ । त्यसअघि विस्तारित फन्ड सुविधा (ईएफएफ) को तेस्रो समीक्षामा सरकार र आईएमएफबीच कर्मचारी तहमा सहमति भएको थियो । आईएमएफसँग कर्मचारीको तहमा सहमति भएपछि श्रीलंकाले ऋण पुनर्संरचनाअन्तर्गत साढे १२ अर्ब डलरको बोन्ड स्वापको योजना लन्च गरेको रोयटर्सले जनाएको छ । यो योजनाअन्तर्गत बोन्ड होल्डरहरूले विद्यमान बोन्डलाई नयाँ जारी हुने बोन्डहरूसँग स्वाप गर्नुपर्नेछ । यो योजनामाथि उनीहरूले १२ डिसेम्बरसम्म भोट हाल्न पाउनेछन् । यो योजना स्वीकृत भयो भने चार वर्षसम्म श्रीलंकाले तिर्नुपर्ने ऋणको सावाँ ब्याज साढे ९ अर्ब अमेरिकी डलरले कम हुने पनि रोयटर्सले उल्लेख गरेको छ । श्रीलंका सर...
लकडाउन विरोधी जय भट्टाचार्यलाई एनआईएचको निर्देशक बनाउने ट्रम्पको घोषणा

लकडाउन विरोधी जय भट्टाचार्यलाई एनआईएचको निर्देशक बनाउने ट्रम्पको घोषणा

अन्तरास्ट्रिय
१२ मंसिर, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिडकालमा लकडाउन विरोधी छबि बनाएका जय भट्टाचार्यलाई आफ्नो टोलीमा उच्च प्रशासनिक पदमा नियुक्त गर्ने घोषणा गरेका छन्। भट्टाचार्य कोभिड-१९ महामारीका बेला लगाइएका लकडाउनहरूको स्पष्ट रूपमा विरोध गर्ने व्यक्ति हुन् । ट्रम्पले उनलाई अमेरिकाको मुख्य सार्वजनिक स्वास्थ्य निकायको अर्को निर्देशकका रूपमा नियुक्त गर्ने घोषणा गरेका हुन् । ट्रम्पले भनेका छन्, ‘स्टानफोर्ड विश्वविद्यालयबाट प्रशिक्षित चिकित्सक र अर्थशास्त्री भट्टाचार्यलाई नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) को जिम्मेवारीका लागि छनोट गरिएको छ।’ एनआईएच विश्वकै सरकारी कोषमा आधारित सबैभन्दा ठूलो बायोमेडिकल अनुसन्धान संस्था हो। यो अमेरिकाको प्रमुख स्वास्थ्य अनुसन्धान तथा वित्त पोषण संस्थानहरूमध्ये एक हो । भट्टाचार्य कोभिड-१९ महामारीका बेला व्यापक रूपमा लगाइएका लक...
इजरायल र लेबनानबीच युद्धविराम सहमति, संयुक्त राष्ट्रसंघको स्वागत

इजरायल र लेबनानबीच युद्धविराम सहमति, संयुक्त राष्ट्रसंघको स्वागत

अन्तरास्ट्रिय
१२ मंसिर, काठमाडौं । इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध जारी थियो । तर मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको छ । यससँगै युद्धविराम तत्कालै कार्यान्वयनमा आउने विश्वास छ । सहमति अनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुने छ । यसैगरी हिजबुल्लाले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूहलाई फिर्ता गर्ने छ । इजरायल र लेबनानबीच भएको युद्धविराम सहमतिको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दवै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्व्यन गर्न आह्वान गरेका छन् ।...
श्रीलंकन एयरलाइन्सले घटायो हवाई भाडा

श्रीलंकन एयरलाइन्सले घटायो हवाई भाडा

Ads palika, अन्तरास्ट्रिय, अन्तर्वार्ता, विजनेस
७ मंसिर, काठमाडौं । नेपालमा नियमित उडान गरिरहेको श्रीलंकन एयरलाइन्सले हवाई भाडा घटाएको छ । कम्पनीका सेल्स म्यानेजर दीपक मैनालीका अनुसार श्रीलंका–काठमाडौं–श्रीलंका र काठमाडौं–माल्दिभ्स–काठमाडौं दुबै रुटमा ५ देखि २० प्रतिशतसम्म भाडा घटेको छ। घटेको भाडादर आजबाट ३१ डिसेम्बरसम्म लागु हुने उनले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल सरकारको अनुरोधमा कम्पनीले भाडा घटाउने निर्णय लिएको उनको भनाई छ । यसअघि नेवानिले समेत बिहीबार भाडा घटाएको घोषणा गरेको थियो ।...
अमेरिकी डलर उच्चविन्दुमा

अमेरिकी डलर उच्चविन्दुमा

Ads palika, अन्तरास्ट्रिय, अन्तर्वार्ता, विजनेस
७ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्चविन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ५० पैसा निर्धारण भएको छ । बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर सहित पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाईभाट, मलेसियन रिङ्गेट, कुवेती दिनार, बहराइन दिनारको मूल्य बढेको छ । युरो र डेनिस क्रोनरको भने मूल्य घटेको छ । आज युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ६२ पैसा तथा बिक्रीदर एक सय ७१ रुपैयाँ ३८ पैसा कायम भएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ७१ पैसा तथा...
नोक्सानीमा रहेको लिबर्टी इनर्जीको हकप्रद सेयरमा १६ गतेदेखि आवेदन खुल्ने

नोक्सानीमा रहेको लिबर्टी इनर्जीको हकप्रद सेयरमा १६ गतेदेखि आवेदन खुल्ने

Ads palika, अन्तरास्ट्रिय, अन्तर्वार्ता, विजनेस
७ मंसिर, काठमाडौं । लिबर्टी इनर्जी कम्पनीको हकप्रद सेयरमा मंसिर १६ देखि आवेदन खुल्ने भएको छ । कम्पनीले ५० प्रतिशत अर्थात् १ सय बराबर ५० कित्ताका दरले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल कायम चुक्ता पूँजी १ अर्ब ५० करोड छ । हकप्रद निष्कासनपछि ७५ करोड थप हुनेछ । हकप्रद सेयरमा पुस ७ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद निष्कासनबाट प्राप्त रकमबाट माथिल्लो दोर्दी ए जलविद्युत् आयोजनाको ऋण रकम ५५ करोड ४४ लाख रुपैयाँ भुक्तानी गर्ने, सो आयोजना निर्माणका लागि भएको खर्चको बाँकी रकम १५ करोड ३२ लाख रुपैयाँ भुक्तानी गर्ने कम्पनीले जनाएको छ । तर ऋणा भुक्तानी हुने पक्ष भने कम्पनीले खुलाएकै छैन । यो आयोजनाको प्रतिमेगावाट लागत नै २५ करोड २५ लाख रुपैयाँ छ । यसको डिस्काउन्टेड लगानी फिर्ता अवधि २७.४९ वर्ष छ । बाँकी ४ करोड २४ लाख रुपैयाँ कम्पनीद्वारा प्रवद्र्धित लोदोखोला साना जलविद्युत् आयोजनामा लगा...
पाकिस्तानमा बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु

पाकिस्तानमा बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु

अन्तरास्ट्रिय
७ मंसिर, काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जना मारिएका छन् । १६ जना गम्भीर घाइते भएका छन् । पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा विहीबार बन्दुकधारीले आक्रमण गरेका हुन् । आक्रमणमा महिला र बालबालिकाहरु पनि मारिएका छन् । आक्रमणको जिम्मा कसैले लिएको छैन । बुधबार पनि खैबर पख्तुनख्वाह प्रान्तमा आक्रमण हुँदा १२ जना सुरक्षाकर्मी मारिएका थिए । अफगानिस्तानको सीमा नजिक पर्ने यो क्षेत्रमा सशस्त्र शिया र सुन्नी मुसलमानबीच दशकौंदेखि भूमिसम्बन्धी विवाद छ ।...
इजरायलका प्रधानमन्त्री नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी

इजरायलका प्रधानमन्त्री नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी

अन्तरास्ट्रिय
६ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायल र हमासका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) का न्यायाधीशहरूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्व रक्षामन्त्री योभ गालान्तका साथै हमासका सैन्य कमाण्डरका लागि गिरफ्तारी वारेन्ट जारी गरेका हो । आईसीसीको अधिकार क्षेत्रमाथि इजरायलको चुनौतीलाई खारेज गर्दै नेतन्याहू र गालन्टलाई वारेन्ट जारी गरेको आईसीसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । त्यस्तै हमासका नेता मोहम्मद देइफका लागि पनि वारन्ट जारी गरिएको छ । यद्यपि इजरायली सेनाले जुलाईमा गाजामा गरेको हवाई आक्रमणमा उनको मृत्यु भइसकेको छ ।...