Tuesday, January 14

अन्तरास्ट्रिय

गृहमन्त्रीलाई सहकारी पीडितको प्रश्न : जीबी राई र सागर केसी कहिले पक्राउ पर्छन् ?

गृहमन्त्रीलाई सहकारी पीडितको प्रश्न : जीबी राई र सागर केसी कहिले पक्राउ पर्छन् ?

अन्तरास्ट्रिय, राजनीति, समाज, सुचना/संचार
२९ चैत, बुटवल । बुटवलको सुप्रिम सहकारीका वचतकर्ताहरुले संस्थाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र व्यवस्थापक सागर केसीलाई सरकारले कहिले पक्राउ गर्छ भनेर प्रश्न गरेका छन् । उक्त सहकारीका पीडितहरुले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतिपक्षमा हुँदा चर्को स्वरमा जीबी राईलाई पक्राउ गर्न किन नसकेको भन्दै प्रश्न गर्ने रवि लामिछानेले अहिले गृहमन्त्री हुँदा किन पक्राउ नगरेको भन्दै प्रश्न उठाएका हुन् । सहकारीका मुख्य व्यक्ति पक्राउ परे पनि राजनीतिक दल र सरकारको पहुँचमा रहेकालाई उम्काउने प्रयास हुनसक्ने भन्दै अध्यक्ष राई र बुटवल शाखा व्यवस्थापक सागर केसीलाई यथाशीघ्र पक्राउ गर्न गृहमन्त्री लामिछानेसँग माग गरे । सहकारी पीडित संघर्ष समिति संयोजक विजयकुमार नेपालले राई र गृहमन्त्री लामिछाने विगतमा गोर्खा मिडिया प्रालिमा सँगै रहेका र त्यहाँ सहकारीको करोडौं रकम लगानी भएकाले सरकारले उनलाई पक...
बिस्का जात्रामा भैरवनाथको रथ भाँचियो

बिस्का जात्रामा भैरवनाथको रथ भाँचियो

अन्तरास्ट्रिय
२९ चैत, भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न सुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको छ । रथ तान्ने क्रममा मुख्य तीन खामा भाँचिएका गुठी कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिइन् । रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी रहेको बताइन् । मङ्गलबार राति विगतका वर्षमा जस्तै तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले ढुङ्गा हानाहान गर्ने त्रास रहे पनि यस वर्ष शान्तिपूर्ण रुपमा पहिलो दिनको जात्रा सम्पन्न भएको थियो । तर चलनअनुसार रथलाई बुधबार दिउँसो ३ बजेसम्म पनि गःहिटी पुर्याउन सकिएन । रथलाई पूरै बनाउन अझै एक साता समय लाग्ने अनुमान छ । रथ जसरी पनि गःहिटी पुर्याएर पूजा गर्ने तथा यही चैत ३० गते ल्यासिंखेलमा लिङ्गो उठाउनु अगाडि पुर्याउनु पर्ने बाध्यता छ । त्यसैले रथ पूर्ण नभई आंशिकरुपमा सञ्चालनमा आउने गर...
च्याम्पियन्स लिग : पीएसजीको मैदानमा बार्सिलोनाको जित

च्याम्पियन्स लिग : पीएसजीको मैदानमा बार्सिलोनाको जित

अन्तरास्ट्रिय, खेलकुद
२९ चैत, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसैको मैदानमा ३-२ ले पराजित गरेको छ । अवे मैदानमा प्राप्त यस जितले बार्सिलोनाको लागि घरेलु मैदानमा हुने दोस्रो लेगमा केही सहज बन्नेछ । पेरिसस्थित पार्क डे प्रिन्समा भएको खेलमा राफिन्हाको गोलमार्फत बार्सिलोनाले ३७औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफमा अग्रता कायम गरेको बार्सिलोनाले दोस्रो हाफको सुरुवातमै दुई गोल खायो । ४८औं मिनेटमा बार्सिलोनाकै पूर्व खेलाडी उसमान डेम्बेले तथा ५१औं मिनेटमा भिटिन्हाले गोल गरेपछि पीएसजीले खेलमा २-१ को अग्रता बनाएको थियो । तर बार्सिलोनाले पनि पुनरागमन गर्‍यो । ६२औं मिनेटमा बार्सिलोनाका राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका आन्द्रे क्रिस्ट...
गण्डकीको मुख्यमन्त्री खगराज अधिकारी नियुक्त

गण्डकीको मुख्यमन्त्री खगराज अधिकारी नियुक्त

अन्तरास्ट्रिय, राजनीति
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ ९२० बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
नेपाल ए लाई आयरल्यान्डले दियो २८५ रनको लक्ष्य

नेपाल ए लाई आयरल्यान्डले दियो २८५ रनको लक्ष्य

अन्तरास्ट्रिय, खेलकुद, समाज
२५ चैत, काठमाडौं । ओपनर स्टेफन डोहेनीको शतकमा आयरल्यान्ड ए ले तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपाल ए लाई २८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनायो । आयरल्यान्डका स्टेफन डोहेनीले १२९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक १०७ रनको शतकीय इनिङ खेले । अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हानेका उनी रिजन ढकालको अफ साइडको बल कट खेल्ने धुनमा एज लागेर विकेटकिपर अर्जुन साउदको हातबाट समातिन पुगे । चोभार एण्डबाट आएका तीव्र गतिका बलर विकाश आग्रीको छैटौं ओभरको सट बलमा जेम्श म्याकुलम ९ रनमा विकेटकिपर अर्जुन साउदबाट क्याच आउट भए । त्यसपछि क्रिजमा आएका पिटर मुर २५ बलमा २ चौका र ५ छक्कासहित ४४ रनको आक्रामक इनिङ खेल्दै आउट भएका थिए । पिटर मुर आउट हुँदा आयरल्यान्ड १३.३ ओभरमा ९०–२ को अवस्थामा थियो । उनी आ...
बूढीगण्डकीको चाँडै शिलान्यास हुन्छ : प्रधानमन्त्री

बूढीगण्डकीको चाँडै शिलान्यास हुन्छ : प्रधानमन्त्री

अन्तरास्ट्रिय, राजनीति
२३ चैत, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत् आयोजनाको चाँडै शिलान्यास हुने बताएका छन् । शुक्रबार गोरखामा स्थानीय पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले सम्बन्धित निकायलाई छिटो काम गर्न निर्देशन दिएकाले चाँडै शिलान्यास हुने बताएका हुन् । गोरखा जिल्लाको विकास निर्माणमा आफूले विशेष ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार र पार्क निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट व्यवस्था गर्ने पनि बताए । ‘गोरखा जिल्लाको जनप्रतिनिधिको हैसियतले गोरखाको सडक पूर्वाधारमा मेरो ध्यान जानेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘जलविद्युत्, जडीबुटी र एवं अन्य पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिनेछु । यो पटक जनताले बुझ्नेगरी बजेट विनियोजन हुनेछ ।’ देशमा सुशासन एवं सामाजिक न्यायका पक्षमा महत्त्वपूर्ण काम भएको पनि प्रधानमन्त्री प्रचण्डले ...
पत्रकारसँग डेट गर्नुपर्ने ११ कारणहरू

पत्रकारसँग डेट गर्नुपर्ने ११ कारणहरू

अन्तरास्ट्रिय, समाज, सुचना/संचार
उसाे त पत्रकारहरूलाई डेट गर्न सहज छैन । सटिक, विश्लेषणात्मक, सीधा हुने भएकाेले उनीहरू सीतिमिति कसैसँग प्रभावित भइहाल्दैनन् । त्यस्तै, उनीहरू ‘वर्कहोलिक’ प्रकृतिका समेत हुने हुनाले समय नदिएको महसुस पनि हुनसक्छ । यस्ताेमा पत्रकारलाई डेट गर्न पक्कै पनि सहज नहुने निश्चितजस्तै छ तर, यदि तपाईं उनीहरूसँग सम्बन्धमा हुनुहुन्छ भने यस्ता कतिपय कुरा छन्, जसले पत्रकारसँग डेट वा सम्बन्धमा हुनु तपाईंका लागि निकै रमणीय ठहरिनसक्छ । १. उनीहरूलाई राम्रा ठाउँहरूबारे ज्ञात हुन्छ ! पप कल्चरअनुसार पत्रकार असामाजिक र आत्मवादी एवं पूर्वाग्रही देखिन सक्छन् तर वास्तवमा भने पत्रकारहरूलाई विभिन्न कार्यक्रम तथा समारोहमा गइरहनुपर्ने भएकाले उनीहरूलाई त्यस्ता अनेक ठाउँहरूबारे ज्ञात हुन्छ र उनीहरू घुम्न जान राम्राे ठाउँ राेज्न सहयाेग गर्न सक्छन् । २. उनीहरू सिर्जनशील हुन्छन् लेखनी पेसा भएका कारण सिर्जनशीलता ...
चितवनको क्रिकेट रंगशाला बनाउन एउटा कम्पनीको मात्रै टेन्डर

चितवनको क्रिकेट रंगशाला बनाउन एउटा कम्पनीको मात्रै टेन्डर

अन्तरास्ट्रिय, खेलकुद
२३ चैत, चितवन । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि गरिएको टेन्डर खोलिएको छ । विहीबार दिउँसो खोलिएको टेण्डरमा एक मात्रै कम्पनीले ठेक्का हालेको पाइएको महानगरका निर्देशक जगन्नाथ अर्यालले जानकारी दिए । ३० दिनको म्याद राखेर गत फागुन १७ गते १ अर्ब १० करोडको ठेक्का आह्वान गरिएको थियो । महानगरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले एम.ए. कन्स्ट्रक्सन प्रा.लि.ले मात्रै ठेक्का हालेको पाइएको बताए । ‘अहिले अरु विडरहरु आएको देखिएन, एक मात्रै कम्पनीले ठेक्का हालेको पाइयो’ इन्जिनियर आचार्यले भने, ‘अब ठेक्का हाल्ने कम्पनीको प्राविधिक प्रस्ताव मूल्याङ्कन सुरु गर्छौं ।’ आचार्यका अनुसार १ हप्ता भित्र महानगरले राखेको मापदण्ड भित्र प्राविधिक प्रस्ताव आए/नआएको मूल्याङ्कन गरेपछि मात्रै उसको आर्थिक प्रस्ताव खोलिने र...
नेपालले भारतमा आज बरोडासँग खेल्दै

नेपालले भारतमा आज बरोडासँग खेल्दै

अन्तरास्ट्रिय, खेलकुद
२३ चैत, काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज बरोडासँग खेल्दैछ । खेल दिउँसो २:४५ मा सुरु हुनेछ । नेपाल सुरुवाती तीन खेलमा जितका साथ फाइनलमा पुगेको छ । बरोडा सुरुवाती तीन खेलमा हारका साथ फाइनल दौडबाट बाहिरीसकेको छ । नेपालले फाइनल आइतबार गुजरातसँग खेल्ने छ । पहिलो खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो । १५७ रनको लक्ष्य बरोडाले पछ्याउनेक्रममा २० ओभरमा १२९ रनमा अलआउट भएको थियो । बरोडाका बाबा खान, भानु पनिया र कप्तान विष्शु सोलांकी प्रमुख खेलाडी हुन् । यता नेपालले बेन्चमा बसेका ललित राजवंशी र आकाश चन्दलाई आज मौका दिनसक्छ । यसअघिको खेलमा करण केसी र दीपेन्द्रसिंह ऐरीलाई विश्राम दिइएको थियो । नेपालले गुजरातलाई ८ विकेट र ८ रनले हराएको थियो । उता बरोडा गुजरातसँग ५ विकेट र ५७ रनले पराजित भएको थियो । अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी–२० प्र...
कोलकातासँग दिल्ली १०६ रनले पराजित

कोलकातासँग दिल्ली १०६ रनले पराजित

अन्तरास्ट्रिय, खेलकुद, ताजा समाचार
२२ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर)ले दिल्ली क्यापिटल्स (डीसी)लाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो जितसँगै तीन खेलबाट ६ अंक जोडेको केकेआर शीर्ष स्थानमा रहेको छ भने दिल्ली ४ खेलबाट २ अंक जोडेर ९औं स्थानमा छ । कोलकाताले दिएको २७३ रनको विशाल लक्ष्य पछ्याएको दिल्ली १७.२ ओभर खेल्दै १६६ रनमै अलआउट भयो । डीसीका लागि कप्तान ऋषभ पन्तले ५५ र ट्रिस्टान स्टुब्सले ५४ रन बनाए भने ओपनर डेभिड वार्नरले १८ र पृथ्वी शले १० रन जोडे । त्यसबाहेकका ब्याट्स म्यानले दोहोरो अंक नै जोड्न नसकेपछि डीसी १६६ रनमै समेटिएको हो । केकेआरका वैभव अरोरा र वरुण चक्रववर्थीले तीन/तीन, मिचेल स्ट्राकले दुई र आन्द्रे रसेल र सुनिल नारानेले एक/एक विकेट लिए । विशाखापट्टनममा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनाएको थियो ।...