Saturday, January 4

अन्तरास्ट्रिय

राष्ट्रसंघका महासचिवमाथि इजरायलले लगायो देश प्रवेशमा प्रतिबन्ध

राष्ट्रसंघका महासचिवमाथि इजरायलले लगायो देश प्रवेशमा प्रतिबन्ध

अन्तरास्ट्रिय, ताजा समाचार
तेल अभिभ । इजरायलले राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । इजरायलका विदेशमन्त्री इजरायल काट्जले ट्वीट गर्दै यो जानकारी दिएका हुन् । ‘इजरायलमा इरानको जघन्य आक्रमणको स्पष्ट रूपमा निन्दा गर्न नसक्ने जो कोहीलाई इजरायली भूमिमा पाइला राख्ने अधिकार छैन,’ उनले भनेका छन् । काट्जले गुटेरेसलाई अहिलेसम्म अक्टोबर ७ मा हमासद्वारा गरिएको नरसंहार र यौन दुर्व्यवहारको निन्दा नगरेका महासचिव भनेर भनेका छन् । उनले हमासलाई आतंकवादी संगठन घोषणा गर्ने कुनै प्रयास नगरेको पनि भनिएको छ । काट्जले इरानलाई विश्वव्यापी आतंकको जननी बताएका छन् । ‘एन्टोनियो गुटेरेसको साथ वा बिना नै इजरायल आफ्ना नागरिकहरूको सुरक्षा र राष्ट्रिय सम्मानको रक्षा गर्न जारी राख्नेछ,’ उनले निष्कर्षमा भनेका छन् । @एजेन्सी...
भारतको पूणेमा हेलिकप्टर दुघर्टना, ३ को मृत्यु

भारतको पूणेमा हेलिकप्टर दुघर्टना, ३ को मृत्यु

अन्तरास्ट्रिय, ताजा समाचार
नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यको पुणे जिल्लामा बुधबार हेलिकप्टर दुर्घटना भएको छ । जिल्लाको बावधनमा भएको सो दुघर्टनामा परेर विमानमा सवार दुई पाइलट र एक इन्जिनियरको मृत्यु छ । घटना बिहान ६ः४५ बजे बावधनस्थित केके कन्स्ट्रक्सन हिल नजिक भएको हो । हेलिकप्टर अक्सफोर्ड गल्फ कोर्सको हेलिप्याडबाट मुम्बईको जुहुका लागि उडेको थियो । उडेको करिब केही मिनेटपछि हेलिकप्टर १ दशमलव ५ किलोमिटर टाढा पुगेर दुर्घटनाग्रस्त भएको समाचारमा उल्लेख छ। दुर्घटना पहाडी क्षेत्रमा भएको बताइएको हो । बिहानै त्यहाँ बाक्लो कुहिरो थियो । दुर्घटनापछि हेलिकप्टरमा आगो लागेको थियो । दुर्घटनाको जानकारी पाएलगत्तै दुई एम्बुलेन्स र चार दमकल उद्धारका लागि घटनास्थलमा पुगेका थिए । हेलिकप्टरका सबै पार्ट्स चकनाचुर भएर आगो बलिरहेको थियो । हेलिकप्टर हेरिटेज एभिएसन नामक निजी कम्पनीको थियो । पाइलट र इन्जिनियर दुवैको पहिचान खुल्न नस...
इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा ९ जनाको मृत्यु

इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा ९ जनाको मृत्यु

अन्तरास्ट्रिय, ताजा समाचार
गाजा । इजरायलले गाजामा गरेको ताजा आक्रमणमा परेर ९ जनाको मृत्यु भएको छ । अरु २० जना घाइते भएका छन् । इजरायली वायुसेनाले गाजामा हमासको कमाण्ड र कन्ट्रोल कम्प्लेक्समा आक्रमण गरेको थियो भन्दै इजरायली सेनाले माइक्रोब्लगिङ वेबसाइट एक्सको एउटा पोष्टमा लेखेको छ । यो कम्प्लेक्सलाई विगतमा उच्च विद्यालयको रूपमा प्रयोग गरिन्थ्यो । हमासले इजरायलमाथि आक्रमण गर्न विगतमा अल–बुरेइज प्रिपरेटरी स्कूल रहेको सोही भवनलाई प्रयोग गर्ने गरेको पोष्टमा भनिएको छ । आक्रमणमा सर्वसाधारणलाई कुनै क्षति नहोस् भन्ने सुनिश्चित गर्न कदम चालिएको इजरायली सेनाले बताएको छ । यसमा परिशुद्ध युद्ध सामाग्री, हवाई निगरानी र अतिरिक्त गुप्तचर जानकारीको प्रयोग समावेश भएको बताइएको छ । प्यालेस्टिनी समाचार एजेन्सी वाफाले पनि इजरायलले गाजाका विस्थापित मानिसहरू बस्दै आएका एउटा विद्यालयमा हवाई आक्रमण गरेको बताएको छ । सामाजिक सञ्जालको पोस्...
तस्बिरमा हेर्नुहोस् इजरायलमा इरानको मिसाइल वर्षा कति भयो क्षति ?

तस्बिरमा हेर्नुहोस् इजरायलमा इरानको मिसाइल वर्षा कति भयो क्षति ?

अन्तरास्ट्रिय, ताजा समाचार
तेल अभिभ । इरानले मंगलबार राति इजरायलतर्फ सयौँ मिसाइल प्रहार गरेको छ । यी मध्ये केही मिसाइलहरू इजरायली क्षेत्रहरूमा खसेका छन्। यो वर्ष इजरायलमा इरानको दोस्रो आक्रमण हो। अप्रिलमा पनि इरानले इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेको थियो । इजरायली सेनाका अधिकारीहरूले इरानका यी आक्रमणहरू अब रोकिएको र अहिले कुनै खतरा नरहेको बताएका छन्। तर यस आक्रमणबाट के कति क्षति भयो भन्ने अझै खुल्न सकेको छैन । इजरायलको विदेश मन्त्रालयले मंगलबार राति इरानले १८१ ब्यालेस्टिक मिसाइल प्रहार गरेको र त्यसमा एक प्यालेस्टाइनीको मृत्यु भएको ट्वीट गरेको छ । इजरायलले यसको एक भिडियो पनि पोस्ट गरेको छ, जसमा एक व्यक्ति सडकमा हिँडिरहेको बेला उनी आक्रमणको चपेटामा परेको देखिन्छ। यो भिडियो इजरायलले कब्जा गरेको वेस्ट बैंकको रहेको बताइएको छ । इजरायलले इरानको शासन विश्व शान्तिका लागि खतरा भएको बताएको छ । इरान...
१४२ वर्षपछि बेलायतले पुरै बन्द गर्‍यो कोइला ऊर्जा

१४२ वर्षपछि बेलायतले पुरै बन्द गर्‍यो कोइला ऊर्जा

अन्तरास्ट्रिय, ताजा समाचार
लन्डन । बेलायतले कोइलाबाट बिजुलीको उत्पादन पुरै बन्द गरेको छ । १४२ वर्षदेखि ऊर्जाको लागि कोइलामाथिको निर्भरता बेलायतले अन्त्य गरेको हो । रेडक्लिफ–अन–स्टारमा रहेको देशको अन्तिम कोइला ऊर्जा केन्द्र सोमबारदेखि सञ्चालनमा आउन छाडेको छ । यो ऊर्जा केन्द्र सन् १९६७ यता चल्दै आएको थियो । आफ्नो कारण हुन सक्ने जलवायु परिवर्तन घटाउने दिशामा यो बेलायतको ठुलै सफलता हो । बेलायत कोइलाबाट बिजुली निकाल्ने पहिलो देश थियो । तर सोमबारदेखि यो कोइला त्याग्ने पहिलो मुख्य अर्थतन्त्र बनेको छ । विश्वमा कोइलामा आधारित पहिलो ऊर्जा उत्पादन केन्द्र सन् १८८२ मा लन्डनमा खुलेको थियो । त्यतिबेलादेखि २०औं शताब्दीको पहिलो आधा अवधिमा बेलायतको बिजुलीको अधिकांश आवश्यकता कोइलाले नै पुरा गरिदिएको थियो । सन् १९९० को दशकको सुरुदेखि बिजुलीको लागि कोइलाको खपत घट्न थालेको भएपनि अर्को २ दशकसम्म कोइला बेलायती बिजुलीको महत्त्वपूर्ण...
लेबनानबाट आफ्ना नागरिक निकाल्न विमान चार्टर गर्दै  बेलायत

लेबनानबाट आफ्ना नागरिक निकाल्न विमान चार्टर गर्दै बेलायत

अन्तरास्ट्रिय, ताजा समाचार
बेरुत । यतिबेला लेबनानमा स्थिति तनावपूर्ण छ । इजरायलले हवाई र भूमिगत हमला चर्को बनाइरहँदा हताहत हुनेको संख्या बढ्दो छ । यस्तोमा बेलायत सरकारले त्यहाँ फसेका आफ्ना नागरिकहरूको उद्धारका लागि विमान चार्टर गर्न थालेको छ । लेबनानमा स्थिति निकै अस्थिर रहेको र छिट्टै बिग्रन सक्ने बेलायतका विदेश मन्त्री डेभिड ल्यामीले भनेका छन् । उनको यो अभिव्यक्ति इजरायलले दक्षिण लेबनानमा जमिनबाट स्थानीय र लक्षित आक्रमण सुरु गर्ने घोषणा गर्नुभन्दा केही घण्टा अगाडि आएको थियो । लेबनानमा रहेका बेलायती नागरिक, तिनका जहान वा पार्टनर र १८ वर्षभन्दा कम उमेरका छोराछोरीलाई विमानमा ल्याउन थालिएको छ । विमान बुधबार बेरुतबाट हिँड्ने बताइएको छ । गएको हप्तासम्म लेबनानमा आश्रीतसमेत गरेर ४ हजारदेखि ६ हजार बेलायती नागरिक रहेको अनुमान गरिएको छ । चार्टर विमानको सारा खर्च बेलायत सरकारले तिर्नेछ । तर विमानमा आउने हरेक बेलायत...
इजरायली आक्रमणमा परेर सिरियाको दमस्कसमा तीन जनाको मृत्यु

इजरायली आक्रमणमा परेर सिरियाको दमस्कसमा तीन जनाको मृत्यु

अन्तरास्ट्रिय, ताजा समाचार
दमस्कस । सिरियाको राजधानी दमस्कसमा इजरायलको आक्रमणमा परेर तीन जना सर्वसाधारण मारिएका छन् । सिरियन अरब न्यूज एजेन्सी (साना)ले बताएअनुसार मंगलबार मृत्यु हुनेहरूमा यसका एक टिभी प्रस्तोता पनि छन् । सामाजिक सञ्जालमा पोष्ट भएको भिडियोमा अपार्टमेन्टहरूको बीचको एक सडकमा आगो ह्वाह्र्वाती बलेको अवस्थामा एउटा कार देखिएको थियो । छिमेकी देश लेबनानमा रहेका इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई निशाना बनाएर इजरायलले जमिनबाट सीमित, स्थानीय र लक्षित आक्रमण शुरु गरेकै समयमा दमस्कसमा आक्रमणको खबर आएको हो । सोमबार इजरायलले गरेको आक्रमणमा परेर लेबनानभरमा ९५ जनाको मृत्यु भएको थियो भने अरु १७२ जना घाइते भएका थिए । @एजेन्सी...
चीनले बनायो एआई अस्पताल, रोबोटले गर्छन् विरामीको उपचार

चीनले बनायो एआई अस्पताल, रोबोटले गर्छन् विरामीको उपचार

अन्तरास्ट्रिय, ताजा समाचार
काठमाडौं।आर्टिफिसियल इन्टेलिजेन्सले अर्थतन्त्र तथा जनजीवनका धेरै क्षेत्रहरुमा तरंग उत्पन्न गरिरहेको छ र त्यसमा स्वास्थ्यसेवाको क्षेत्र पनि अछुतो छैन । गतवर्ष स्टानफोर्डको एआई सहर भाइरल बन्यो, जहाँ २५ जना इन्टेलिजेन्स एजेन्टहरु बसोबास तथा सामाजिकीकरण गर्छन्। त्यसभन्दा एक कदम अघि बढ्दै चिनियाँ वैज्ञानिकहरुले एआई अस्पताल शहरको विकास गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । उक्त एआई अस्पताल सहरमा भर्चुअल विरामीहरुलाई एआई डाक्टरले उपचार गर्दछन् । यो चिकित्सा क्षेत्रका पेशाकर्मी तथा आम सर्वसाधारणका लागि निकै महत्वपूर्ण रहेको बताइएको छ । यो एआई अस्पतालले ठ्याक्कै उस्तै वातावरण (सिमुलेसन)मा डाक्टरहरुलाई तालिम दिँदै रोगको उपचारमा आफ्नो क्षमतालाई स्वचालित रुपमा निरन्तर विकास तथा सुधार गर्ने लक्ष्य राखेको छ । सिंघुवा विश्वविद्यालयका शोधकर्ताहरुले विकास गरेको उक्त आर्टिफिसियल इन्टेलिजेन्स अस्पत...
हवाई हमलामा हमासका नेता मारिए

हवाई हमलामा हमासका नेता मारिए

अन्तरास्ट्रिय, ताजा समाचार
बेरुत । इजरायलले दक्षिण लेबनानमा गरेको हवाई हमलामा परेर प्यालेष्टिनी सशस्त्र समूह हमासको नेताको मृत्यु भएको छ । हमासले बताएअनुसार लेबनानमा समूहका नेता फतेह शरिफ अबु एल–अमिन मारिएका छन् । दक्षिण लेबनानको अल बस शिबिरमा रहेको घरमा उनी मारिएको हमासले बताएको छ । हमास खासगरी गाजा केन्द्रित सशस्त्र समूह हो । तर लेबनानमा पनि यसको उपस्थिति राम्रै छ । हमास र हेजबुल्लाह दुबै इरानको सहयोगमा चल्ने समूह हुन् । इजरायली आक्रमणमा परेर मध्य बेरुतमा आफ्ना तीन नेता मारिएको पपुलर फ्रन्ट फर द लिबरेशन अफ प्यालेष्टाइन सशस्त्र समूहले बताएको छ । @एजेन्सी...
श्रीलंका टापुमा फसेका २५ जनाको उद्धार

श्रीलंका टापुमा फसेका २५ जनाको उद्धार

अन्तरास्ट्रिय, ताजा समाचार
१३ असोज, धरान। बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा थुनिएका २५ जनाको उद्धार गरिएको छ । बराहक्षेत्र–६ ठाकुरवारीस्थित कोशीको बीच टापुमा भैंसीपालन गरी बस्दै आएकाहरु शुक्रबारदेखि सप्तकोशी नदीमा आएको बाढीले अलपत्र परेका थिए । अलपत्र परेका २५ जनालाई आज प्रहरीको सहयोगमा डुङ्गामार्फत उद्धार गरिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए । शनिबार बिहानदेखि उनीहरुको उद्धारका लागि प्रहरी परिचालन गरिए पनि निरन्तर वर्षा भइरहेकाले तत्काल उद्धार सम्भव नभएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीसहितको टोलीले हेलिकप्टरमार्फत उद्धार गर्न संघीय सरकारसँग समन्वय गरेको थियो । प्रतिकूल मौसका कारण शनिबार उनीहरुको उद्धार गर्न नसकिएको नगरप्रमुख कार्कीले बताए । नगरप्रमुख कार्कीले भने...