Wednesday, January 1

अन्तरास्ट्रिय

श्रीलंकामा राष्ट्रपति चुनाव : वामपन्थी नेता अनुरा दिसानायकेको सानदार अग्रता

श्रीलंकामा राष्ट्रपति चुनाव : वामपन्थी नेता अनुरा दिसानायकेको सानदार अग्रता

अन्तरास्ट्रिय, ताजा समाचार
६ असोज, काठमाडौं । श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । हालसम्मको नतिजामा वामपन्थी नेता अनुरा दिसानायकेले सानदार अग्रता लिएका छन् । श्रीलंकाको निर्वाचन आयोगको आँकडाअनुसार १० लाख भोट गणना भइसक्दा दिसानायकेले ५० प्रतिशत मत पाएका छन् । राष्ट्रपति निर्वाचित हुन ५१ प्रतिशत मत ल्याए पुग्छ । दिसानायके नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनको उम्मेदवार हुन् । यो गठबन्धनमा उनको पिपुल्स लिवरेसन फ्रन्ट पार्टी (जेभीपी) पनि सामेल छ । दिसानायकेपछि साजिथ प्रेमदासाको पार्टी २० प्रतिशत मतसहित दोस्रो स्थानमा र वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे १८ प्रतिशत भोटसहित तेस्रो स्थानमा छन् । पूर्वराष्ट्रपति गोटाबाया राजपाक्षेका छोरा नमल राजपाक्षेले केबल १ प्रतिशत मत पाएका छन् । श्रीलंकाको राष्ट्रपति पदका लागि ३८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नयाँ राष्ट्रपति चयनका लागि शनिबार मतदान भएको थिय...
दिल्लीकी मुख्यमन्त्री आतिशीले लिइन् शपथ

दिल्लीकी मुख्यमन्त्री आतिशीले लिइन् शपथ

अन्तरास्ट्रिय, ताजा समाचार
५ असोज, काठमाडौं । दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेनाले शपथ लिएका छन् । शनिबार उपराज्यपाल भीके सक्सेनासामू पद तथा गोपनीयताको शपथ लिएकी हुन् । तत्कालीन मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिएका थिए । त्यही दिन आतिशीले नयाँ सरकार गठनका लागि दाबी पेश गरेकी थिइन् । शनिबार शपथ लिएकी मुख्यमन्त्री आतिशीले मन्त्रिपरिषद् पनि गठन गरेकी छन् । @अनलाइनखबर...
इजरायलका लागि नक्कली कागजात बनाउनेमाथि कारबाही प्रक्रिया अगाडि बढ्यो

इजरायलका लागि नक्कली कागजात बनाउनेमाथि कारबाही प्रक्रिया अगाडि बढ्यो

अन्तरास्ट्रिय, ताजा समाचार
काठमाडौँ । इजरायलको केयरगिभरका लागि पेस भएका नक्कली कागजात बनाउनेमाथि कारबाही प्रक्रिया अगाडि बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको निर्देशनपछि वैदेशिक रोजगार विभागले कारबाही प्रक्रिया अगाडि बढाएको हो । केयरगिभरका लागि आवेदन दिएकाहरूमा १८४ वटा आवेदनमा कागजात नक्कली भेटिएको थियो । त्यसका लागि मन्त्रालयका उपसचिव मेधनाथ रिमालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । उक्त समितिले बुझाएको प्रतिवेदनको आधारमा मन्त्री भण्डारीले विभागलाई कारबाही निर्देशन दिएका हुन् । सोही आधारमा विभागले कारबाही प्रक्रिया अगाडि बढाएको हो । विभागका महानिर्देशकको नेतृत्वमा रहेको छनौट समितिको पहिलो बैठक बसेको छ । उक्त बैठकले मन्त्रालयबाट पेस भएको प्रतिवेदनका विषयमा छलफल भएको थियो । छलफलको क्रममा कैफियत देखिएका आवेदकहरूमाथि कसरी कारबाही गर्ने भन्ने विषयमा समेत छलफल भएको ...
भारतलाई किन मन परेन बंगलादेशको ‘मेगाफोन कूटनीति’ ?

भारतलाई किन मन परेन बंगलादेशको ‘मेगाफोन कूटनीति’ ?

अन्तरास्ट्रिय, ताजा समाचार
३० भदौ, काठमाडौं । पूर्व प्रधानमन्त्री शेख हसिना सत्ताच्यूत भएको एक महिना बितिसक्दा पनि भारत र बंगलादेशबीचको सम्बन्धको चिसोपना अझै हट्न सकेको छैन । शेख हसिनाको भारतमा उपस्थिति नै अहिले बंगलादेश र भारतबीचको तनावको कारण बनेको छ । यसैबीच, बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसको हालैको अन्तर्वार्ताले भारतलाई अचम्ममा पारेको छ । पछिल्ला घटनाक्रमहरूलाई हेर्दा अहिले भारत र बंगलादेशको सम्बन्ध कुन स्थितिमा छ ? भन्ने कुराको समीक्षा यसरी गर्न सकिन्छ । के शेख हसिनाको भारत बसाइले सम्बन्धमा चिसोपना ल्याएको ? शेख हसिनालाई भारत समर्थक नेतृका रूपमा हेरिन्छ । उनको १५ वर्षे शासनकालमा भारत र बंगलादेशबीच रणनीतिक र आर्थिक सम्बन्धहरू निकै बलियो बने । उनले बंगलादेशमा रहेका भारत विरोधी विद्रोही समूहहरूमाथि कारबाही गरेकी थिइन्, जसले भारतको सुरक्षामा सहयोग पुगेको थियो । साथै, उनले भारतसँग रहेका सी...
पाराग्वेसँग ब्राजिल स्तब्ध

पाराग्वेसँग ब्राजिल स्तब्ध

अन्तरास्ट्रिय, खेलकुद, ताजा समाचार
२६ भदौ, काठमाडौं । विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिल पाराग्वेसँग स्तब्ध भएको छ । पाराग्वेले ब्राजिललाई १-० ले पराजित गरेको हो । पाराग्वेका लागि डिएगो गोमेजले निर्णायक गोल गरे । गोमेजले खेलको २०औं मिनेट उत्कृष्ट गोल गर्दै पारग्वेलाई अग्रता दिलाएका थिए । त्यसपछि थप गोल नहुँदा त्यही गोल निर्णायक बन्यो । छनोटमा दोस्रो जित निकालेको पारग्वे ८ खेलबाट ९ अंकसहित सातौं स्थानमा उक्लेको छ । ब्राजिलक यो चौथो हार हो । ८ खेलबाट १० अंक रहेको ब्रानिल पाँचौ स्थानमै छ । अर्जेन्टिना ८ खेलबाट १८ अंकसहित शीर्ष स्थानम छ । समान खेलबाट १६ अंकसहित कोलम्बिया दोस्रो स्थानमा छ । @अनलाइनखबर...
राष्ट्रपतीय बहसमा ट्रम्पले भने, ‘यदि ह्यारिस आइन् भने इजरायलको अस्तित्व दुई वर्षभित्र समाप्त हुनेछ’

राष्ट्रपतीय बहसमा ट्रम्पले भने, ‘यदि ह्यारिस आइन् भने इजरायलको अस्तित्व दुई वर्षभित्र समाप्त हुनेछ’

अन्तरास्ट्रिय, ताजा समाचार
न्युयोर्क । कमला ह्यारिसले 'द एबीसी न्यूज प्रेसिडेन्सियल डिबेट' मा इजरायल-गाजा मुद्दामा आफ्नो पुरानो कुरा दोहोर्‍याएकी छन्। उनले भनिन्, ‘इजरायलको आफ्नै सुरक्षाको अधिकार छ, तर इजरायलले यो कसरी गरिरहेको छ भन्ने कुरा पनि महत्त्वपूर्ण छ।’ ह्यारिसले थपिन्, ‘यो युद्ध तुरुन्तै समाप्त हुनुपर्छ।’ उनले युद्धविराम र दुई-राष्ट्रिय समाधानको बारेमा पनि कुरा गरिन् यता प्रत्याशी डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति भएको भए यो द्वन्द्व सुरु नै हुने थिएन भन्ने दाबी गरे । ट्रम्पले भने, ‘ह्यारिस इजरायललाई घृणा गर्छिन्। यदि ह्यारिस राष्ट्रपति बनिन् भने इजरायल दुई वर्षमा अस्तित्वमा रहनेछैन।’ उनले भने, ‘म यो समस्या छिट्टै समाधान गर्छु ।’ ट्रम्पले आफू पुनः निर्वाचित भएमा रुस र युक्रेनबिचको युद्ध अन्त्य गर्ने पनि बताए । ह्यारिसले बारम्बार इजरायलको सुरक्षालाई समर्थन गर्ने दाबी गरिन् र ट्रम्पको दाबीलाई अस्वीक...
संयुक्त राष्ट्रसङ्घको महासभा भोलीदेखि

संयुक्त राष्ट्रसङ्घको महासभा भोलीदेखि

अन्तरास्ट्रिय, ताजा समाचार
न्युयोर्क । ‘कसैलाई पनि पछाडि नछाडौँः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दीगो विकास र मानव निष्ठा सुनिश्चित गर्न सहकार्य ’भन्ने नाराका साथ संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा भोलीदेखि सुरु हुँदैछ । राष्ट्रसङ्घको महासभा भोलीदेखि सुरु हुनेभए पनि उच्चस्तरीय साधारण छलफल भने आगामी असोज ८ गतेदेखि हुनेछ । उक्त छलफल असोज १२ गतेसम्म हुने र समापन असोज १४मा हुने कार्यतालिकामा उल्लेख छ ।नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १० मा महासभालाई सम्बोधन गर्ने राष्ट्रसङ्घको कार्यतालिकामा उल्लेख गरिएको छ । विश्वव्यापी रूपमा देखापरेको युद्धको जटिल अवस्था र यसले विश्वव्यापी रूपमा पारेको असर, कोरोनापश्चातको मूल्यवृद्धि र गरिबी, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य, मानव स्वास्थ्यको प्रतिकूलता, खाद्य सङ्कटलगायत विषयलाई केन्द्रमा राखेर विभिन्न चरणमा हुने छलफलमा विश्व...
आईसीसीको पक्राउ पुर्जीबिच पुटिनलाई मंगोलियामा भव्य स्वागत

आईसीसीको पक्राउ पुर्जीबिच पुटिनलाई मंगोलियामा भव्य स्वागत

अन्तरास्ट्रिय, ताजा समाचार
मंगोलिया । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मंगोलियामा भव्य स्वागत गरिएको छ । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कुनै पनि इन्टरनेसनल क्रिमिनल कोर्ट (आईसीसी) सदस्य राष्ट्रको पुटिनले भ्रमण गरेको यो पहिलो अवसर हो । युक्रेनका बालबालिकाहरूलाई गैरकानुनीरूपमा डिपोर्ट गरेको आरोपमा आईसीसीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । भ्रमणअघि क्रेमलिनका एक प्रवक्ताले भ्रमणका दौरान पुटिन पक्राउ पर्ने कुनै चिन्ता नरहेको स्पष्ट पारेका थिए । मंगलबार राजधानी उलानबाटारमा मंगोलियाका नेताले भव्य समारोहबिच पुटिनलाई स्वागत गरेका थिए । जंगेज खाँ स्क्वेरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । समारोहपछि पुटिनले मंगोलियाका राष्ट्रपति उखनागलिन खुरेलसुखसँग भेटवार्ता गरे । उता, पुटिनको भ्रमणअघि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले मंगोलियासँग पुटिनलाई पक्राउ गर्न आग्रह गरेका थिए । @एजेन्सी...
मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमिल्सिनाको संसदीय सुनुवाइ सुरु

मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमिल्सिनाको संसदीय सुनुवाइ सुरु

अन्तरास्ट्रिय, ताजा समाचार
काठमाडौँ । मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमिल्सिनाको संसदीय सुनुवाइ सुरु भएको छ । संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकमा तिमल्सिनाको सुनुवाइ सुरु भएको हो । सुनुवाइका क्रममा उनले आफ्नो कार्ययोजना पेस गरिरहेका छन् । यसअघि आजै इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितको पनि सुनुवाइ भएको थियो । @रातोपाटी...
चीनतर्फ दुईवटा र भारततर्फ एउटा अध्यागमन कार्यालय स्थापना गरिँदै

चीनतर्फ दुईवटा र भारततर्फ एउटा अध्यागमन कार्यालय स्थापना गरिँदै

अन्तरास्ट्रिय, ताजा समाचार
काठमाडौँ । गृह मन्त्रालयले नेपालबाट चीन तर्फको सिमानामा दुई वटा र भारततर्फ एउटा अध्यागमन कार्यालय खोल्ने भएको छ । चीनतर्फ टिंकर र कोरलामा तथा भारततर्फ बेलहियामा अध्यागमन स्थापना गर्न लागिएको गृहमन्त्री रमेश लेखकले बताए । मानसरोवर र कैलाश जाने यात्रुलाई लक्षित गरेर उत्तरतर्फ र दक्षिणतर्फ बेलहियामा वर्तमान मन्त्रिपरिषद् गठन भएको १ सय दिनमा कार्यालय स्थापना गर्ने मन्त्री लेखकले बताए । उनले भने, ‘१ सय दिनभित्र टिंकर, कोरला र बेलहियामा कार्यालय स्थापना गर्ने भनेर स्थान पहिचान गरेका छौँ ।’ @रातोपाटी...