Sunday, December 22

Ads palika

श्रीलंकन एयरलाइन्सले घटायो हवाई भाडा

श्रीलंकन एयरलाइन्सले घटायो हवाई भाडा

Ads palika, अन्तरास्ट्रिय, अन्तर्वार्ता, विजनेस
७ मंसिर, काठमाडौं । नेपालमा नियमित उडान गरिरहेको श्रीलंकन एयरलाइन्सले हवाई भाडा घटाएको छ । कम्पनीका सेल्स म्यानेजर दीपक मैनालीका अनुसार श्रीलंका–काठमाडौं–श्रीलंका र काठमाडौं–माल्दिभ्स–काठमाडौं दुबै रुटमा ५ देखि २० प्रतिशतसम्म भाडा घटेको छ। घटेको भाडादर आजबाट ३१ डिसेम्बरसम्म लागु हुने उनले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल सरकारको अनुरोधमा कम्पनीले भाडा घटाउने निर्णय लिएको उनको भनाई छ । यसअघि नेवानिले समेत बिहीबार भाडा घटाएको घोषणा गरेको थियो ।...
अमेरिकी डलर उच्चविन्दुमा

अमेरिकी डलर उच्चविन्दुमा

Ads palika, अन्तरास्ट्रिय, अन्तर्वार्ता, विजनेस
७ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्चविन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ५० पैसा निर्धारण भएको छ । बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर सहित पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाईभाट, मलेसियन रिङ्गेट, कुवेती दिनार, बहराइन दिनारको मूल्य बढेको छ । युरो र डेनिस क्रोनरको भने मूल्य घटेको छ । आज युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ६२ पैसा तथा बिक्रीदर एक सय ७१ रुपैयाँ ३८ पैसा कायम भएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ७१ पैसा तथा...
नोक्सानीमा रहेको लिबर्टी इनर्जीको हकप्रद सेयरमा १६ गतेदेखि आवेदन खुल्ने

नोक्सानीमा रहेको लिबर्टी इनर्जीको हकप्रद सेयरमा १६ गतेदेखि आवेदन खुल्ने

Ads palika, अन्तरास्ट्रिय, अन्तर्वार्ता, विजनेस
७ मंसिर, काठमाडौं । लिबर्टी इनर्जी कम्पनीको हकप्रद सेयरमा मंसिर १६ देखि आवेदन खुल्ने भएको छ । कम्पनीले ५० प्रतिशत अर्थात् १ सय बराबर ५० कित्ताका दरले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल कायम चुक्ता पूँजी १ अर्ब ५० करोड छ । हकप्रद निष्कासनपछि ७५ करोड थप हुनेछ । हकप्रद सेयरमा पुस ७ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद निष्कासनबाट प्राप्त रकमबाट माथिल्लो दोर्दी ए जलविद्युत् आयोजनाको ऋण रकम ५५ करोड ४४ लाख रुपैयाँ भुक्तानी गर्ने, सो आयोजना निर्माणका लागि भएको खर्चको बाँकी रकम १५ करोड ३२ लाख रुपैयाँ भुक्तानी गर्ने कम्पनीले जनाएको छ । तर ऋणा भुक्तानी हुने पक्ष भने कम्पनीले खुलाएकै छैन । यो आयोजनाको प्रतिमेगावाट लागत नै २५ करोड २५ लाख रुपैयाँ छ । यसको डिस्काउन्टेड लगानी फिर्ता अवधि २७.४९ वर्ष छ । बाँकी ४ करोड २४ लाख रुपैयाँ कम्पनीद्वारा प्रवद्र्धित लोदोखोला साना जलविद्युत् आयोजनामा लगा...
दक्षिण एसियाको साझा स्वास्थ्य संकटसँग जुध्ने स्रोत जुटाइदिन मन्त्री पौडेलको आग्रह

दक्षिण एसियाको साझा स्वास्थ्य संकटसँग जुध्ने स्रोत जुटाइदिन मन्त्री पौडेलको आग्रह

Ads palika
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग आग्रह गरेका छन् । दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रुपमा रहेको भन्दै उनले यस क्षेत्रमा बढ्न सक्ने स्वास्थ्य समस्यासँग जुध्न स्रोतको अभाव प्रमुख समस्या रहेको चर्चा गरेका हुन् । भारतको नयाँ दिल्लीमा सञ्चालित दक्षिण एसिया क्षेत्रको बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री पौडेलले भने, ‘दक्षिण एसिया जनसांख्यिक हिसाबले पनि जोखिम क्षेत्रमा छ । स्रोत अभावमा साझा स्वास्थ्य समस्यासँग लड्न समस्या देखिएको छ ।’ मन्त्री पौडेलले नेपालको समस्या पनि दक्षिण एसियाको साझा समस्यासँग जोडिएको भन्दै आफ्नो श्रोत वृद्धिका लागि पनि लाग्ने प्रतिबद्धता जनाए । संगठन सदस्य रहेका दक्षिणपूर्वी एसियाली राष्ट्रका स्वास्थ्य मन्त्री र संगठनका उच्च अधिक...
श्रमिकको मुद्दा साझा समस्याको रूपमा देखिएको छ : अर्थमन्त्री पौडेल

श्रमिकको मुद्दा साझा समस्याको रूपमा देखिएको छ : अर्थमन्त्री पौडेल

Ads palika
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले, श्रमिकका मुद्दाहरू कुनै एउटा मुलुकको मात्र नभई विश्वव्यापी साझा समस्याको रूपमा रहेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घको २६ औँ क्षेत्रीय परिषद्को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले श्रमिकका मुद्दाहरू विश्वव्यापी साझा समस्याको रूपमा रहेको भन्दै यस्ता समस्या सामूहिक प्रयासबाट मात्रै समाधान गर्न सकिने बताए । उनले भने, ‘श्रमिकका मुद्दाहरू कुनै एउटा मुलुकको मात्र नभएर विश्वव्यापी साझा समस्याको रूपमा रहेका छन् । सामूहिक प्रयासबाट मात्रै त्यस्ता समस्याहरू समाधान गर्न सकिन्छ भन्ने मलाई विश्वास छ ।’ उनले सरकारले सबैले काम गर्न पाउने अधिकार सुनिश्चित गर्दै श्रम शक्तिलाई देशको मुख्य सामाजिक आर्थिक शक्तिको रूपमा आत्मसाथ गरेको बताए । श्रम शक्तिलाई दक्ष र व्यवसायीक बनाउने र स्वदेशमा नै रोजगारी सृजना अभिवृद्धि ग...
सिस्नेरीको सडक दिउँसो एकतर्फी, राति बन्द

सिस्नेरीको सडक दिउँसो एकतर्फी, राति बन्द

Ads palika
काठमाडौँ । हेटौंडाबाट काठमाडौँ जोड्ने दक्षिणकाली सिस्नेरीको सडक दिउँसोको समयमा एकतर्फी हुने भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले गरेको अनुगमनपछि यो मार्गलाई एकतर्फी गर्न निर्देशन दिइएको हो । यस अनुसार हेटौँडाबाट काठमाडौँ आउने सवारी साधन यो मार्गबाट प्रवेश गर्न पाउँदैनन् । यी सवारी साधनलाई चित्लाङको बाटो हुँदै काठमाडौँ पठाउने व्यवस्था गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी ( सीडीओ ) तीर्थराज चिलुवालले जानकारी दिए । त्यस्तै, रातीको समयमा भने यो सडक खण्ड पूर्ण रूपमा बन्द हुनेछ । ‘पहिरो पन्छाएर खोलामै ट्र्याक बनाइएको र साँघुरो बाटो भएका कारण रातिको समयमा गाडी नचलाउनुस् भनेका छौँ,’ सीडीओ चिलुवालले भने, ‘यातायात व्यवसायीहरू पनि यसमा सहमत हुनुहुन्छ ।’ त्योबाहेक अरू सबै सडकहरू अहिले नियमित रूपमा सञ्चालनमा छन् । कान्ति राजमार्ग हुँदै आवतजावत हुने सडक अहिले दुईतर्फी सञ्...
जनमत पार्टीका सचिव साहसहित ७ जनाको निलम्बन फुकुवा

जनमत पार्टीका सचिव साहसहित ७ जनाको निलम्बन फुकुवा

Ads palika
२२ असोज, काठमाडौं । जनमत पार्टीका सचिव बीपी साह सहित सात जनाको निलम्बन फुकुवा भएको छ । पार्टीको नीति बिपरीतका गतिविधिमा संलग्न भएको आरोपमा साह सहितका नेताहरु तीन महिने निलम्बनमा परेका थिए । त्यो अवधि सकिएपछि पार्टी काममा फर्कने गरी निलम्बन फुकुवा भएको जनमत पार्टीले जनाएको छ । अनुशासन समितिको सिफारिसमा जनमतको केन्द्रीय समितिले केन्द्रीय सचिव बीपी साहसहित, केन्द्रीय सदस्य रामेश्वर यादव, सिरहाको मिर्चैया नगरपालिकाका नगर सचिव कृष्णचन्द्र साह, सिरहाका पूर्वजिल्ला अध्यक्ष अरबिन्द सहनी, मिर्चैयाका साधारण सदस्य धिरज कामती, मिर्चैया नगरका पूर्वसचिव दिपनारायण यादव र वडा प्रत्यासी अनिताकुमारी यादवलाई निलम्बन गरेको थियो । नेताहरूका अनुसार जिल्ला अधिवेशनका क्रममा खेलेको भूमिकाका कारण उनीहरू निलम्बनमा परेका थिए । @अनलाइनखबर...