Thursday, December 26

अन्तरास्ट्रिय

उपसभामुखको पत्र प्रकरण : ९ लाख फर्काएपछि रास्वपामा च्याप्टर क्लोज (टेलिफोन संवाद)

उपसभामुखको पत्र प्रकरण : ९ लाख फर्काएपछि रास्वपामा च्याप्टर क्लोज (टेलिफोन संवाद)

अन्तरास्ट्रिय, ताजा समाचार
४ साउन, काठमाडौं । उपसभामुख इन्दिरा रानाले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र तीन महिनाअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा जानकारीमा आएको थियो । ‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औं सत्रमा भाग लिन जाने क्रममा उनले आफूसँगै ४ पुरुष र एक महिलालाई समेत लैजानेगरी दूतावासमा पत्र पठाएकी थिइन् । त्यो पत्र सार्वजनिक भएपछि उपसभामुख राना गम्भिर विवादमा परेकी छन् । अमेरिकामा हुने कार्यक्रममा जानका लागि समयको दबाब भएकाले उनीहरुको अन्तर्वार्ता अघि सारिदिन रानाले दूतावासलाई पत्र लेखेकी थिइन् । पत्र लेखेको रानाले स्वीकार गरिसकेकी छन् । यो विषय पार्टीका एक शुभेच्छुकले संगठन विभागका सचिव शंकर श्रेष्ठलाई जानकारीमा गराएका थिए । अनलाइनखबरलाई प्राप्त अडियो संवादमा पीडितका पक्षबाट एक व्यक्ति रास्वपा एक शुभेच्छुककहाँ पुगेको जानकारी हुन्छ । पीडितको पक्षबा...
गृहमन्त्री लेखकसँग अमेरिकी राजदूतले गरे भेट

गृहमन्त्री लेखकसँग अमेरिकी राजदूतले गरे भेट

अन्तरास्ट्रिय, ताजा समाचार, राजनीति
४ साउन, काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरवारस्थित गृहमन्त्रालयमा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई नयाँ कार्यकालको बधाई तथा शुभकामना सहित भेट गरेका हुन् । भेटमा राजदूत थम्पसनले अमेरिका नेपालको सामाजिक आर्थिक विकासका क्षेत्रमा सहयोग गर्न सधैं इच्छुक रहेको बताएका छन् । एमसीसी परियोजनाले नेपालको विकास र समृद्धिमा उल्लेखनीय योगदा‍न पुर्‍याउने विश्वास रहेको भन्‍दै राजदूत थम्पसनले एमसीसी परियोजना कार्यान्वयनमा नेपाल सरकारबाट सहयोगको अपेक्षा रहेको बताए । साथै अपराध नियन्त्रण तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा सहकार्य र समन्वय गर्न अमेरिका सधैं तत्पर रहेको उनको भनाइ छ । जवाफमा गृहमन्त्री रमेश लेखकले नेपाल र अमेरिकाका बिच ७० वर्ष पूरानो द्विपक्षीय सम्बन्ध कायम भएको बताउँदै लोकतन्त्र, मा...
परराष्ट्रमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता

परराष्ट्रमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता

अन्तरास्ट्रिय, राजनीति
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग अमेरिकी राजदुत डीन आर थम्सनले भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल अमेरिका सम्बन्ध र विकासमा सहयोगको विषयमा छलफल केन्द्रित भएको मन्त्रालयले जनाएको छ ।
विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै

विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै

अन्तरास्ट्रिय, ताजा समाचार, राजनीति
काठमाडौं । उपसभामुख इन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी छन् । काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र सार्बजनिक भएपछि उपसभामुख रानामगर विवादमा परेकी हुन् । उपसभामुख रानामगरले सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई लेखेको पत्र सार्बजनिक भएपछि सामाजिक सञ्जाल र मिडियामा उनको आलोचना मात्र होइन राजीनामा दिने दबाब पनि बढेको छ । रानाले दुताबासलाई लेखेको पत्रमा आफूसहित उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरूङका लागि भिसा अन्तर्वार्ताको समय तत्काल उपलब्ध गराईदिन आग्रह गरेकी छन् । उपसभामुख रानाले व्यक्तिगत रुप...
बंगलादेशमा झन् चर्कियो आन्दोलन, मृतकको संख्या २५ पुग्यो

बंगलादेशमा झन् चर्कियो आन्दोलन, मृतकको संख्या २५ पुग्यो

अन्तरास्ट्रिय, ताजा समाचार
४ साउन, काठमाडौं । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध गर्दै सुरु भएको आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या २५ पुगेको छ । आन्दोलनमा सयौं घाइते भएका छन् । प्रधानमन्त्री शेख हसिनाले बुधबार राष्ट्रको नाममा सम्बोधन गरेपछि हिंसा झन् भड्किएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीहरुले राजधानी ढाकासहित कयौं स्थानहरुमा आगजनी र तोडफोड गरेका छन् । ठाउँ–ठाउँमा प्रहरीसँग झडप भएको छ । हिंसा बढ्दै गएपछि इन्टरनेट सेवासमेत बन्द गरिएको छ । स्कुल कलेजहरु अनिश्चितकालीन बन्द छन् । प्रदर्शनकारीहरुले सरकारी नोकरीमा आरक्षण हटाउन माग गर्दै आएका छन् । सन् १९७१ मा पाकिस्तानविरुद्ध मुक्तियुद्ध लडेका सैनिकका छोराछोरीहरुलाई आरक्षणको व्यवस्था खारेज गर्न माग गर्दै केही दिन अगाडि विश्वविद्यालयका विद्यार्थीहरुले विरोध सुरु गरेका थिए । त्यही विरोध बढ्दै गएर हिंसाको रुप लिएको हो । बुधबार प्रधानमन्त्री शेख हसिना...
उपसभामुखको अनधिकृत पत्र : अमेरिका लग्न भनेर पैसा ठगिएको गुनासो तीन महिनादेखि रास्वपाभित्रै गुपचुप

उपसभामुखको अनधिकृत पत्र : अमेरिका लग्न भनेर पैसा ठगिएको गुनासो तीन महिनादेखि रास्वपाभित्रै गुपचुप

अन्तरास्ट्रिय, ताजा समाचार, राजनीति
काठमाडौँ — उपसभामुख इन्दिरा रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिका लग्ने गरी पत्र लेखेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीन महिनाअघि नै जानकारी भएको खुलासा भएको छ । अमेरिका जान नपाएको र पैसा पनि डुबेको गुनासो प्राप्त भए पनि पछि ‘लेनदेन मिलेको’ भन्दै रास्वपाले यो विषय गुपचुप राखेको थियो । यो प्रकरण सतहमा आएपछि रास्वपाका नेताहरूले गम्भीरतापूर्वक लिनुको सट्टा सामान्य विषयलाई ठूलो बनाइएको टिप्पणी गरेका छन् । उपसभामुखको अनधिकृत पत्र : अमेरिका लग्न भनेर पैसा ठगिएको गुनासो तीन महिनादेखि रास्वपाभित्रै गुपचुप संयुक्त राष्ट्रसंघको संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्र (सीएसडब्लू ६७) २०७९ को फागुन २२ देखि चैत ३ सम्म अमेरिकाको न्युयोर्कमा भएको थियो । यो कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग कुनै साइनो नभएका चार पुरुष र एक महिलालाई आफूसँगै ...
आन्दोलन हिंसात्मक बन्न थालेपछि बंगलादेशमा मोबाइल इन्टरनेट बन्द

आन्दोलन हिंसात्मक बन्न थालेपछि बंगलादेशमा मोबाइल इन्टरनेट बन्द

अन्तरास्ट्रिय, राजनीति
३ साउन, काठमाडौं । बंगलादेशमा सरकारी कोटा र आरक्षणको विरोधमा भइरहेको आन्दोलनमा परी ६ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको भन्दै सरकारले मोबाइलमा इन्टरनेट सेवा बन्द गरेको छ । बंगलादेशका सहायक सूचना प्रविधिमन्त्री जुनैद अहमद पालकले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउन र आन्दोलनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्दै अस्थाइ रूपमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको प्रतिक्रिया दिएका छन् । अहिलेको अवस्था सामान्य भएपछि मोबाइल इन्टरनेट सेवा पुनः सुरु हुने उनले बताएका छन् । आन्दोलन दबाउन ढाका लगायत विभिन्न शहरमा प्रहरीले दर्जनौं अश्रु ग्यास प्रहार गरेको छ । आन्दोलनमा अधिकांश विद्यार्थीको सहभागिता भएका कारणले सरकारले अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय तथा विश्वविद्यालय बन्द गरेको छ । राजधानी ढाकामा पसल र कार्यालयहरू भ...
एक किलो कोकिनसहित २ विदेशी पक्राउ

एक किलो कोकिनसहित २ विदेशी पक्राउ

अन्तरास्ट्रिय, ताजा समाचार
३ साउन, काठमाडौं । एक किलो १०० ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारतीय नागरिक २३ वर्षका फहिमुद्दिन नासिमुद्दिन अन्सारी र नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला छन् । उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले ठमेल र पिंगलास्थानबाट १ साउनमा पक्राउ गरेको हो । इन्डिगो एअरलाइन्ससबाट मुम्बई हुँदै काठमाडौं आएका भारतीय नाकगरिक अन्सारीलाई ठमेलको एक होटलबाट कोकिनसहित ब्युरोले पक्राउ गरेको थियो । उक्त कोकिन नाइजेरियन नागरिक ओबोडोइफुलाबाट रिसिभ गरेको बताएपछि पिंगलास्थानबाट उनलाई पनि पक्राउ गरिएको ब्यूरोका सूचना अधिकारी प्रेमबहादुर शाहीले बताए । उनी कतार एअरलाइन्सबाट १ साउनमै काठमाडौं आएका थिए । उनले ज्याकेटमा फल्स बटम बनाएर कतारदेखि उक्त लागुऔषध ल्याएको खुलेको छ । ज्याकेटबाट निकालेर जुसको बट्टामा रालेको अवस्थामा...

आरक्षणको विरोधमा बंगलादेश बन्द

अन्तरास्ट्रिय, ताजा समाचार
३ साउन, काठमाडौं । सरकारी जागिरमा आरक्षणको विरोध गर्दै बंगलादेशमा सुरु भएको आन्दोलन अझै रोकिएको छैन । आन्दोलनकारीले आज बंगलादेश बन्द आह्वान गरेका छन् । प्रदर्शनकारीले अस्पताल, एम्बुलेन्स लगायत अत्यावश्यक सेवालाई मात्र सन्चालन हुन दिएका छन् । विरोध प्रदर्शनको क्रममा ६ जनाको मृत्यु भइसकेको छ । चार सय भन्दा धेरै घाइते भएका छन् । बुधबार बेलुकी पनि राधानी ढाकामा प्रदर्शन भएको थियो । प्रदर्शन नियन्त्रणमा लिन सुरक्षाकर्मीले बल प्रयोग गरेको बंगलादेशको अखबार ढाका ट्रिब्युनले जनाएको छ । स्थिति नाजुक बन्दै गएपछि राजधानी ढाकासहित विभिन्न शहरहरुमा अनिश्चितकालका लागि शिक्षण संस्था बन्द गरिएको छ । सन् १९७१ को मुक्ति युद्धमा लडेका सैनिकका सन्तानलाई सरकारी नोकरीमा आरक्षण दिइएको विरोधमा प्रदर्शन हुँदै आएको छ । एक हप्ता अगाडि सर्वोच्च अदालतले सरकारी नोकरीमा आरक्षणको व्यवस्थामा रोक लगाइदिएको थियो । त...
भिजिट भिसामा दुबई हुँदै कुवेत पुर्‍याएर महिलामाथि चरम यौन शोषण

भिजिट भिसामा दुबई हुँदै कुवेत पुर्‍याएर महिलामाथि चरम यौन शोषण

अन्तरास्ट्रिय, ताजा समाचार
काठमाडौं । भिजिट भिसामा कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका-३ का ५७ वर्षीय झयन्द्रकुमार अधिकारी रहेका छन्। उनलाई मानव बेचबिखन ब्युरो काठमाडौंको टोलीले बुधबार ललितपुर महानगरपालिका-२४ बाट पक्राउ गरेको हो। ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार उनले एक महिलालाई दुबईको कम्पनीमा काम लगाइदिने भन्दै विश्वास दिलाएका थिए। उनले त्यहाँ रहेका अर्का व्यक्तिसँग मिलेमतो गरी मासिक ४० हजार तलब हुने भन्दै महिलाको अन्तर्वार्तासमेत लिएका थिए। लागत खर्च भनी अधिकारीले महिलाबाट दुई लाख नगद लिएका थिए। अधिकारीले सुरूमा भिजिट भिसामा महिलालाई २०७९ जेठ १६ गते दुबई पुर्‍याएका थिए। दुबईमा पुगेपछि अर्का व्यक्तिको जिम्मा लगाए। मिश्रका अनुसार ती व्यक्तिले आफू बस्ने फ्ल्याटमा महिलालाई पुर्‍याए। उनले ती महिलालाई घरेलु काममा लगाएर चरम यौनशो...