Wednesday, December 25

अन्तरास्ट्रिय

चीनमा सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

चीनमा सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

अन्तरास्ट्रिय, ताजा समाचार, स्वास्थ्य
३ साउन, काठमाडौं । चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । शिन्हुहान प्रान्तको जिगोंग शहरमा १४ तले सपिङ सेन्टरमा बुधबार बेलुकी आगलागी भएको थियो । सरकारी समाचार एजेन्सीका अनुसार घटनास्थलमा रातभर आगो निभाउने र उद्धार गर्ने काम जारी थियो । त्यहाँबाट ३० जनालाई सुरक्षित उद्धार गरिएको थियो । आगलागीको कारण खुलेको छैन । तर प्रारम्भिक अनुसन्धानमा भवनमा जारी निर्माण कार्य भइरहेका बेला त्यहीँबाट आगो सल्किएको अनुमान छ । आगो लागेको बेला भवन भित्र र त्यस वरपरको क्षेत्रमा कालो धुँवाको मुस्लो उडेको थियो । चीनमा धेरैजसो बिजुली सर्ट भएर वा ग्याँस लिक भएर आगलागीका घटना हुने गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार गत मई महिनासम्मको अवधिमा आगलागीका घटना गत वर्षको तुलनामा १९ प्रतिशत बढी भएको छ । होटल र रेष्टुरेन्टमा मात्रै ४० प्रतिशतले आगलागीका घटना बढेका छन् ।...
लिंकनदेखि ट्रम्पसम्म : अमेरिकी राष्ट्रपतिहरूमाथि भएका आक्रमणको इतिहास

लिंकनदेखि ट्रम्पसम्म : अमेरिकी राष्ट्रपतिहरूमाथि भएका आक्रमणको इतिहास

अन्तरास्ट्रिय, ताजा समाचार, राजनीति
३ साउन, काठमाडौं । गत आइतबार अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक चुनावी र्‍यालीका क्रममा गोली प्रहार भयो। उक्त घटनामा ट्रम्पको दाहिने कानलाई छोएर गोली बाहिर निस्कियो । उक्त हमलामा एक जनाको मृत्यु र अरु दुईजना घाइते भए । ट्रम्पमाथि भएको आक्रमणलाई सुरक्षामा भएको ठुलो कमजोरी मानिएको छ र अमेरिकी संयन्त्रहरु यो घटनाको अनुसन्धानमा जुटिरहेका छन् । २० वर्षीय थोमस म्याथू क्रुसले ट्रम्पमाथि गोली प्रहार गरेका र उनलाई घटनास्थलमै गोली हानी मारिएको एफबीआईले जनाएको छ । अमेरिकाको राजनीतिक इतिहासमा कुनै राजनेतामाथि गोली प्रहार भएको यो पहिलो घटना भने होइन । यसअघि पनि अमेरिकाका कैयन् राष्ट्रपतिहरुमाथि गोली प्रहारका घटना भैसकेका छन् । त्यसमा कतिपयको मृत्यु भएको थियो भने केही बाँच्न सफल भए । जसले आक्रमणमा ज्यान गुमाए  जोन एफ केनेडी केनेडी अमेरिकाका ३५औं राष्ट्रपति हुन् । सन् ...
नेपाल र गणतन्त्र किरिबाटीबीच कूटनीतिक सम्बन्ध कायम

नेपाल र गणतन्त्र किरिबाटीबीच कूटनीतिक सम्बन्ध कायम

अन्तरास्ट्रिय, ताजा समाचार
३ साउन, काठमाडौं । नेपाल र गणतन्त्री किरिबाटीबीच बुधबार कूटनीतिक सम्बन्ध कायम भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८३ पुगेको छ । नेपालका तर्फबाट प्रतिनिधि राजदूत लोकबहादुर थापा र गणतन्त्र किरिबाटीका प्रतिनिधि टेबुरो टिटोबीले दुवै राष्ट्रबीच कूटनीति सम्बन्ध कायम गर्न न्युयोर्कमा हस्ताक्षर गरे । साथै, उनीहरुले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसलाई कूटनीतिक सम्बन्ध कायम भएकोबारे जानकारी दिन संयुक्त पत्र पठाउन पनि हस्तारक्ष गरेका छन् । संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले कूटनीतिक सम्बन्ध कायम भएसँगै दुवै राष्ट्रबीच द्विपक्षीय सम्बन्ध बलियो बनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरममा आपसी सहकार्य हुने विश्वास लिएको छ । किरिबास भनेर चिनिने किरिबाटी मध्य प्रशान्त महासागरको एक टापु देश हो । यो १२ जुलाई १९७९ मा ब्रिटिशबाट स्वतन्त्र भएक...
मलद्वारमा लुकाएर ल्याएको १ किलो सुनका योजनाकार १ वर्षपछि पक्राउ

मलद्वारमा लुकाएर ल्याएको १ किलो सुनका योजनाकार १ वर्षपछि पक्राउ

अन्तरास्ट्रिय, ताजा समाचार
१ साउन, काठमाडौं। दुबईबाट मलद्वारमा लुकाएर ल्याएको ९६० ग्रााम सुनका मुख्य योजनाकार पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाबुलाल दोङ र काभ्रेको महाभारत गाउँपालिका–२ घर भएका विकास योन्जन छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार स्मार्ट पार्टी प्यालेस चाबहिलबाट पक्राउ गरेको हो । २५ भदौ २०८० मा दुबईबाट हिमालयन एअरलाइन्सछारा काठमाडौं आएका बाबुलाल दोङ भन्ने व्यक्तिले मलद्वारमा लुकाएर ल्याएको ९६० ग्राम सुन प्रहरीले बरामद गरेको थियो । बयानका क्रममा उक्त सुन योन्जनको रहेको बाबुलालले खुलाएका थिए । सुनसहित बाबुलाल पक्राउ परेपछि योन्जन भने फरार थिए । योन्जनलाई पक्राउ गरेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थस्थित भन्सार कार्यालय पठाइएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।...
सिमलताल दुर्घटना : भारतीय सीमावर्ती जिल्लामा समन्वय

सिमलताल दुर्घटना : भारतीय सीमावर्ती जिल्लामा समन्वय

अन्तरास्ट्रिय, ताजा समाचार, मौसम, समाज
चितवन । नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ । भारतीय सीमा क्षेत्र नजिक नारायणी नदीमा बेपत्ताको शव भेटिएपछि बगाएर भारत पुग्नसक्ने आकलनमा भारततर्फका जिल्लामा समन्वयमा खोजी गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उत्तरप्रदेशको महाराजगञ्ज र बिहारको पश्चिम चम्पारण डिस्ट्रिकका डिएमसँग समन्वय गरिएको हो । यादवले आफूले पश्चिम चम्पारण र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का प्रमुख जिल्ला अधिकारीले महाराजगञ्जका डिएमसँग समन्वय गरिरहेको बताए । नदीमा शव भेटिएमा जानकारी दिन दुवै डिएमलाई आग्रह गरिएको यादवले जानकारी दिए । उनका अनुसार हालसम्म शव भेटिएको कुनै जानकारी आएको छैन । गण्डक ब्यारेजसम्म शव पुगेपछि त्यहाँबाट पारिसमेत जान सक्ने भएकाले समन्वय गरिएको उनले बताए । सी...
उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि

उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि

अन्तरास्ट्रिय
काठमाडौँ । उत्तर कोरियाका एक कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबी गरिएको छ । दक्षिण कोरियाको जासुसी एजेन्सीले शरण खोज्ने कूटनीतिज्ञहरू क्युबामा उत्तर कोरियाली राजनीतिक मामिला सल्लाहकार भएको दाबी गरेको छ । दक्षिण कोरियाको राष्ट्रिय खुफिया सेवाले उत्तर कोरियाली राजनीतिक मामिला सल्लाहकार क्युबाबाट भागेको रिपोर्टहरू सत्य भएको बताएको छ । रिपोर्टमा उत्तर कोरियाली कूटनीतिज्ञ रि इल क्यू गत वर्ष नोभेम्बरमा आफ्नो श्रीमती र बच्चाहरुसँग दक्षिण कोरिया आएको बताइएको छ भने यस बारे थप विवरण दिइएको छैन । हालैका वर्षहरूमा धेरै उत्तर कोरियाली कूटनीतिज्ञहरूले दक्षिण कोरियामा शरण लिएका छन् र रि इल क्यूको मामला यस श्रृंखलाको सबैभन्दा नयाँ हो ।प्रतिवेदनमा रीलाई उद्धृत गर्दै राजनीतिक प्रणालीप्रतिको मोहभंगका कारण उत्तर कोरियाबाट भाग्ने निर्णय गरेको दाबि गरिएको छ । दक्षिण कोरियाली एजेन्सीले उत्तर कोरिया...
परराष्ट्रमन्त्री आरजु राणालाई भारतीय र पाकिस्तानी समकक्षीको बधाई

परराष्ट्रमन्त्री आरजु राणालाई भारतीय र पाकिस्तानी समकक्षीको बधाई

अन्तरास्ट्रिय, ताजा समाचार
१ साउन, काठमाडौं । भारतका बाह्य मामिलामन्त्री डा सुव्रमन्यम जयशङ्करले कांग्रेस नेत्री डा आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै कार्यकालको शुभकामना व्यक्त गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भारतका बाह्य मामिलामन्त्रीले ‘बहुआयामिक साझेदारीयुक्त नेपाल-भारत सम्बन्धलाई अझ सुमुधर तुल्याउनका खातिर मन्त्री राणासँग सहकार्य गर्न प्रतीक्षारत छु’ भनेका छन् । यसैगरी, पाकिस्तानका विदेशमन्त्री इशाक दारले पनि आफ्ना नेपाली समकक्षी डा राणालाई आज एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकटसम्पर्कमा रहेर काम गर्न आफू तयार रहेको बताएका छन् ।...
वैज्ञानिकको खुलासा : जलवायु परिवर्तनले बढाउँदैछ भूकम्प !

वैज्ञानिकको खुलासा : जलवायु परिवर्तनले बढाउँदैछ भूकम्प !

अन्तरास्ट्रिय, ताजा समाचार, समाज
भूकम्प एउटा यस्तो प्राकृतिक विपद् हो जसको भविष्यवाणी गर्न सकिंदैन । भूकम्पका कारण सुनामी, पहिरो तथा आगलागी लगायतका अन्य विपदहरू हुन्छन् । तर, के जलवायु परिवतर्न वा बढ्दो तापमानका कारणले पनि भूकम्पको संख्यामा वृद्धि हुन्छ त ? वास्तवमा सबैभन्दा खतरनाक भूकम्पहरु ती हुन्छन् जो टेक्टोनिक प्लेटको टकरावका कारणले गर्दा आउँछन्। यिनै प्लेटहरुले नै पृथ्वीको माथिल्लो पत्र क्रस्ट र त्यसभन्दा तल्लो पत्र म्यान्टल बनाउँछन् । धर्तीको केन्द्रबाट निस्किने तापले ती प्लेटलाई चलायमान बनाउँछ, कम्तिमा एक वर्षमा आधा इन्चसम्म यी प्लेटहरू सर्दछन् । यी प्लेटहरू एक अर्कामा ठक्कर खान्छन्, माथि चढ्दछन्, तल धस्सिन्छन्, एक अर्कामा घश्रण हुन्छन् । त्यसबाट जुन प्रेसर निस्किन्छ, त्यो रिलिज हुँदा भूकम्प आउँछ। त्यसैले भूकम्प कहिले आउँछ भनेर अड्कल काट्न मुस्किल हुन्छ । जसले भूकम्पको भयानकतालाई झनै बढाउँछ । भूकम्पको ...
पशुपतिमा साउन महिनाभर हुने भिड व्यवस्थापनको तयारी पूरा

पशुपतिमा साउन महिनाभर हुने भिड व्यवस्थापनको तयारी पूरा

अन्तरास्ट्रिय, ताजा समाचार, समाज
१ साउन, काठमाडौं । पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अन्य महिनाको तुलनामा साउन महिनामा पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको बढी भिड लाग्ने गर्दछ । साउने सोमबारका व्रतालु र बोलबमका श्रद्धालुहरुले शिवको विशेष भक्तिपूर्वक पूजा गर्ने भएकाले पशुपति मन्दिरमा साउनमा घुइँचो लाग्दछ । यस वर्ष साउन महिनामै पशुपति क्षेत्रमा कोटी होम र शिवपुराण पाठ परायणलगायतका कार्यक्रम राखिएकाले भिडभाड अझै बढ्ने अनुमान छ । यस वर्षको साउन महिनामा चार वटा सोमबार परेका छन् । ती चार सोमबार, चार शनिबारका साथै साउन महिनामै परेका नागपञ्चमी र गुरुपूर्णिमाको दिन पनि पशुपतिमा भक्तजनको भिड हुने गर्दछ । त्यसैले भक्तजनको सुविधा, सुरक्षा प्रबन्ध लगायतका तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । भिडलाई व...
प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट, मित्रता अझै प्रगाढ बनाउनेबारे छलफल

प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट, मित्रता अझै प्रगाढ बनाउनेबारे छलफल

अन्तरास्ट्रिय, राजनीति
१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङ्गले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उनले प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा ओलीलाई बधाई दिएका थिए । सो भेटमा दुई देशबीचको मित्रता अझै प्रगाढ बनाउने र सहयोग बढाउने विषयमा छलफल भएको राजदूत सङ्गले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीलाई बधाई दिँदै राजदूत सङ्गले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी मित्रतालाई अझ प्रगाढ बनाउनका लागि व्यवहारिक सहयोगमा गति दिन सहमत छौं ।’ एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सोमबार प्रधानमन्त्रीको पदको शपथ ग्रहण गर्दै कार्यभार सम्हालेका थिए ।...