Saturday, December 28

अन्तरास्ट्रिय

भाजपालाई ५९ करोड चन्दा दिने व्यापारी नै केजरीवालविरुद्धको मुद्दामा सरकारी साक्षी

भाजपालाई ५९ करोड चन्दा दिने व्यापारी नै केजरीवालविरुद्धको मुद्दामा सरकारी साक्षी

अन्तरास्ट्रिय, राजनीति
१४ चैत । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालविरुद्ध मदिरा नीतिमा घोटाला प्रकरणमा सरकारी साक्षी बनेका व्यापारी सत्तारुढ भारतीय जनता पार्टीलाई चुनावमा पैसा दिने व्यक्ति रहेको खुलेको छ । हैदरवादका व्यापारी पी सरथ चन्द्र रेड्डी केजरिवालविरुद्ध सरकारी साक्षी बनेर चर्चामा छन् । रेड्डी स्वयंलाई इन्फोर्समेन्ट डाइरेक्टोरेट (ईडी) ले सन् २०२२ नोभेम्बर १० मा मुद्रा अपचलन मुद्दामा गिरफ्तार गरेको थियो । त्यसबखत रेड्डीले आम आदमी पार्टीलाई १०० करोड रुपैयाँ दिएको र त्यो पैसा केजरिवालको दलले गोवाको चुनावमा प्रयोग गरेको ईडीको जिकिर छ । ईडीको हिरासतमा करिब ६ महिना रहेका रेड्डीलाई दिल्लीको हाइकोर्टले स्वास्थ्यको कारण देखाउँदै सन् २०२३ मे ९ मा धरौटीमा रिहा गरेको थियो । चुनावी सहयोगसँग रेड्डीको कनेक्सन रेड्डीलाई ईडीले गिरफ्तार गर्दा उनी अरोविन्दो फार्मा लिमिटेडका निर्देशक थिए । यसको मुख्यालय तेल...
सुपुर्दगी सन्धि नहुँदा जीबीलाई ल्याउन गाह्रो भयो : आईजीपी कुँवर

सुपुर्दगी सन्धि नहुँदा जीबीलाई ल्याउन गाह्रो भयो : आईजीपी कुँवर

अन्तरास्ट्रिय, ताजा समाचार, राजनीति
१४ चैत, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सूर्यदर्शन सहकारी ठगीको मुख्य व्यक्ति संस्थापक अध्यक्ष जीबी राई भएको बताएका छन् । राईको सन्दर्भमा प्रहरी संवेदनशील भएको बताउँदै संसद्को राज्य व्यवस्था समितिको बैठकमा उनले भने, ‘सबै इस्यूको जड त्यही मान्छे हो, उनलाई ल्याउने प्रयास गरिरहेका छौं ।’ आईजीपी कुँवरले राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) बाट रेड नोटिस जारी भइसकेको बताए । ‘उनी मलेसियामा छन् भन्ने छ, तर मलेसियासँग सुपुर्दगी सन्धि छैन । मुलुकी अपराध संहिताले पनि एमएलए गर भन्छ’, कुँवरले भने, ‘मलेसिया सरकारले सुपुर्दगीको रिक्वेस्टका रूपमा पत्र पठाउन भनेपछि मन्त्रालय मार्फत पठाइसकेका छौं ।’ तर पत्र पुग्दा पनि सुर्पुदगी सन्धि नभएकाले राईलाई डिपोर्ट गर्न मलेसिया सरकार बाध्य नभएको उनले बताए । यद्यपि यसमा परराष्ट्र मन्त्रालय र मलेसियास्थित नेपाली दूताव...