Monday, December 23

अन्तरास्ट्रिय

इजरायलका प्रधानमन्त्री नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी

इजरायलका प्रधानमन्त्री नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी

अन्तरास्ट्रिय
६ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायल र हमासका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) का न्यायाधीशहरूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्व रक्षामन्त्री योभ गालान्तका साथै हमासका सैन्य कमाण्डरका लागि गिरफ्तारी वारेन्ट जारी गरेका हो । आईसीसीको अधिकार क्षेत्रमाथि इजरायलको चुनौतीलाई खारेज गर्दै नेतन्याहू र गालन्टलाई वारेन्ट जारी गरेको आईसीसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । त्यस्तै हमासका नेता मोहम्मद देइफका लागि पनि वारन्ट जारी गरिएको छ । यद्यपि इजरायली सेनाले जुलाईमा गाजामा गरेको हवाई आक्रमणमा उनको मृत्यु भइसकेको छ ।...
भारतका अर्बपती व्यवसायी गौतम अडानीविरद्ध अमेरिकामा मुद्दा

भारतका अर्बपती व्यवसायी गौतम अडानीविरद्ध अमेरिकामा मुद्दा

अन्तरास्ट्रिय
६ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिने अर्बपती व्यवसायी गौतम अडानीविरुद्ध अमेरिकामा धोखाधडी र घुस आरोपमा मुद्दा दायर भएको छ । अडानी ग्रुपका अध्यक्ष समेत रहेका उनीविरुद्ध बुधबार न्यूयोर्कको अदालतमा मुद्दा दायर भएको हो । अडानी र उनका भतिजा सागर अडानीसहित सात जनाविरुद्ध शौर्यऊर्जा प्लान्ट परियोजनाको ठेक्का हात पार्न २५ करोड अमेरिकी डलर घुस दिएको र यो कुरा लुकाउन खोजेको आरोपमा मुद्दा दायर भएको छ । यो परियोजनाका लागि अडानी र उनको कम्पनी ग्रिन इनर्जीका पूर्व सीईओले अमेरिकी लगानीकर्ताबाट तीन अर्ब डलर उठाएको आरोप समेत लगाइएको छ ।...
गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

अन्तरास्ट्रिय
४ मंसिर, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न अमेरिकी सेना प्रयोग गर्ने घोषणा गरेका छन् । राष्ट्रपति जो बाइडनको प्रशासनकालमा गैरकानुनी रूपमा आप्रवासीको संख्या बढेपछि ट्रम्पले कागजातविहीन लाखौं आप्रवासीलाई देश निकाला गर्ने र मेक्सिको जोडिएको सिमानालाई व्यवस्थित बनाउने बताएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक कन्जरभेटिभ कार्यकर्ताको हालैको पोस्टलाई पुनः पोस्ट गरेका छन् । त्यसमा लेखेका छन्, ‘नवनिर्वाचित राष्ट्रपति राष्ट्रिय आपतकाल घोषणा गर्न तयार हुनुहुन्छ र सामूहिक निर्वासन कार्यक्रम अघि बढाउन तयार हुनुहुन्छ ।’ पुनः पोस्ट गरेसँगै ट्रम्पले उक्त कुरा ‘साँचो’ भएको उल्लेख गरेका छन् । गत नोभेम्बर ५ मा डेमोक्र्याटिक उपराष्ट्रपति कमला ह्यारिसलाई ...
इजरायलको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुख मारिए

इजरायलको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुख मारिए

अन्तरास्ट्रिय
३ मंसिर, काठमाडौं । लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुखसहित तीन जना मारिएका छन् । बेरुतस्थित सिरियाको बाथ पार्टीको कार्यालयमा निशाना बनाएर इजरायलले गरेको हवाई हमलाबाट हिजबुल्लाहका मिडिया प्रमुख मोहम्मद अफिमसहितका तीन जना मारिएका स्थानीय टिभी च्यानल अल जदिदले जनाएको छ । इजरायली लडाकु विमानले रस अल नबा क्षेत्रर सोडेको स्क्वायर कमर्सियल सेन्टरको बीचमा पर्ने कार्यालयमा आक्रमण गरेको थियो । आक्रमण अघि इजरायलले पार्टी कार्यालय खालि गर्न भनेको थियो । समाचार एजेन्सी सिन्हुवाले बेरुतको टिभी च्यानल अल जदिदलाई उद्धृत गर्दै लेखेको समाचार अनुसार आक्रमणबाट पार्टी कार्यालय बसेको भवनको अधिकांश हिस्सा नष्ट भएको छ । भग्नावशेष हटाउँदै पीडितहरुलाई उद्धार गर्ने उद्देश्यले एम्बुलेन्सहरु तैनाथ गरिएको थियो । इजरायली सेनाले सन् २०२४ को सेप्टेम्बर २३ देखि हिजबुल्ल...
रुसमा लामो दुरीका मिसाइलबाट हमला गर्न युक्रेनलाई अमेरिकाको अनुमति

रुसमा लामो दुरीका मिसाइलबाट हमला गर्न युक्रेनलाई अमेरिकाको अनुमति

अन्तरास्ट्रिय
३ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले पद छाड्नुभन्दा अगाडि युक्रेनलाई लामो दुरीको मिसाइल उपयोग गरी रुसमा आक्रमण गर्न अनुमति दिएका छन् । रुसले आइतबार युक्रेनको राजधानी किभमा हालसम्मकै भयानक हवाई हमला गरेपछि बाइडेनले युक्रेनलाई पनि लामो दुरीको मिसाइल प्रयोग गर्न अनुमति दिएका हुन् । यी मिसाइलको आपूर्ति अमेरिकाले नै गरेको थियो । आइतबार रुसले युक्रेनमा ६० भन्दा बढी मिसाइल र एक सयभन्दा बढी ड्रोन प्रहार गरेको थियो । हमला बढेपछि स्थानीयले ज्यान जोगाउन बंकरको सहारा लिएका थिए । रुस र युक्रेनबीचको युद्ध ३३ महिनादेखि जारी छ । यसबीचमा हजारौंको ज्यान गएको छ भने लाखौं घरबारविहीन भएका छन् । यी दुई देशबीचको टकरावका बीच अमेरिकाले ठूलो निर्णय लिएको हो । अमेरिकी राष्ट्रपति बाइडेनले १९ जनवरी २०२४ देखि कार्यकाल पूरा गर्नुअघि युक्रेनलाई रुसमाथि हमला गर्न लामो दुरीका मिसाइलको प्रयोग गर्न ...
नेतान्याहूको घरमा दोस्रो हमला, आँगनमै खस्यो आगोको गोला

नेतान्याहूको घरमा दोस्रो हमला, आँगनमै खस्यो आगोको गोला

अन्तरास्ट्रिय
२ मंसिर, काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूको घरमा दोस्रोपटक आक्रमण भएको छ । टाइम्स अफ इजरायलका अनुसार नेतान्याहूको घरलाई लक्षित गर्दै आगोको गोला प्रहार भएको हो । उक्त गोला नेतान्याहूको घरको आँगनमा खसेको छ । त्यहाँको प्रहरीले घटनाको पुष्टि गरेको छ । आक्रमण कसले गरेको हो भन्ने अहिलेसम्म खुलेको छैन । इजरायली सुरक्षा एजेन्सी शिन बेटका अनुसार घटनाबाट कुनै नोक्सानी पुगेको जानकारी प्राप्त भएको छैन । हमलाको बेलामा घरमा नेतान्याहू र उनको परिवार थिएन । यसअघि १९ अक्टोबरमा नेतान्याहूको घरमा हिजबुल्लाहले आक्रमण गरेको थियो । त्यतिबेला एक ड्रोन नेतान्याहूको घर नजिकै खसेको थियो । उक्त हमलामा पनि कोही हताहत नभए पनि नेतान्याहू र उनकी पत्नी सारा घरमै थिए । इजरायलका सबै राजनीतिक दलहरूले घटनाको निन्दा गरेको टाइम्स अफ इजरायलले जनाएको छ । विपक्षी नेताहरू यायर ल्यापिड र बेनी गेंट्जले ...
चीनमा एक युवकको चक्कु प्रहारबाट ८ जनाको मृत्यु

चीनमा एक युवकको चक्कु प्रहारबाट ८ जनाको मृत्यु

अन्तरास्ट्रिय, ताजा समाचार
२ मंसिर, काठमाडौं । पूर्वी चीनमा एक युवकले चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । सिन्हुवा समाचार एजेन्सीका अनुसार चियाङ्गसु प्रान्तको यिक्सिङ शहरस्थित उसी भोकेस्नल इन्सटिच्युट आफ आर्टस् एण्ड टेक्नोलोली कलेज परिसरमा २१ वर्षीय युवकले चक्कु प्रहार गरेका हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । उनले आफ्नो अपराध स्वीकार समेत गरिसकेका छन् । प्रहरीका अनुसार उनी स्नातक तहको परीक्षामा फेल भएका थिए । त्यसैले इन्टर्नसिपको क्रममा कम पारिश्रमिक पाउने हुँदा उनी रिसाएका थिए । त्यही कारण उनले आक्रमण गरेको प्रारम्भिक अनुसन्धाबाट पत्ता लागेको प्रहरीले जनाएको छ । चीनमा १२ नोभेम्बरको दिन झुहाई शहरमा एक व्यक्तिले मानिसहरुको भिडमाथि कार कुदाउँदा ३५ जनाको मृत्यु भएको थियो ।...
ट्रम्पले गरे एलन मस्कलाई विशेष पदमा नियुक्ति

ट्रम्पले गरे एलन मस्कलाई विशेष पदमा नियुक्ति

अन्तरास्ट्रिय
२८ कात्तिक, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) प्रमुख पदमा नियुक्त गरेका छन् । यो पद औपचारिक क्याबिनेट पद भने होइन । यसको उद्देश्य सरकारी खर्च कटौती र दक्षता सुधार गर्ने हो । ट्रम्पलाई मस्कले राष्ट्रपतिको चुनावमा सघाएका थिए । अब उनले ट्रम्प नेतृत्वको सरकारी संयन्त्रलाई अधिक प्रभावकारी बनाउन सघाउने छन् । मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई)मा भारतीय मुलका विवेक राधास्वामीलाई पनि ट्रम्पले नियुक्त गरेका छन् । नियुक्तिबारे जानकारी दिन सार्वजनिक गरिएको विज्ञप्तिमा ट्रम्पले एलन मस्कलाई ‘ग्रेट एलन मस्क’ र विवेक रामाश्वामीलाई ‘देशभक्त अमेरिकी’ भनेका छन् । नियुक्तिको जानकारी पाएपछि रामास्वामीले आक्रामक रुपमा जिम्मेवारी पूरा गर्ने संकेत गरेका छन् । उनले भनेका छन्, ‘हामी नरम रुपमा...
‘अमेरिकालाई लिएर विश्वका धेरै देश आतङ्कित छन्, भारत छैन’

‘अमेरिकालाई लिएर विश्वका धेरै देश आतङ्कित छन्, भारत छैन’

अन्तरास्ट्रिय
नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकी चुनावी नतिजाबाट भारत ‘नर्भस’ नभएको बताएका छन् । आइतबार साँझ मुम्बईमा आदित्य बिर्ला समूहको छात्रवृत्ति कार्यक्रमको रजत जयन्ती समारोह कार्यक्रमलाई सम्बोधन गर्दै जयशंकरले सो कुरा बताएका हुन् । सम्बोधनपछि उनले केही प्रश्नको जवाफ पनि दिए । जसमा उनलाई अमेरिकी चुनावी नतिजाबारे पनि प्रश्न गरिएको थियो । जयशंकरलाई सोधिएको थियो, ‘अमेरिकी चुनावको नतिजालाई भारत–अमेरिका सम्बन्धको परिप्रेक्ष्यमा कसरी हेर्नुहुन्छ ? विशेष गरी प्रधानमन्त्री मोदीले ट्रम्पलाई दिएको बधाई र दुईबिचको सम्बन्धलाई लिएर ?’ यसबारे जयशंकरले भने, ‘प्रधानमन्त्री पहिलो तीन व्यक्तिमध्ये एक थिए जसको फोन नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले उठाएका थिए । प्रधानमन्त्रीको आफ्नो कार्यकालमा सबै राष्ट्रपतिहरूसँग राम्रो सम्बन्ध रहेको छ। चाहे त्यो ओबामा होस् वा ट्रम्प वा बाइडेन।’ उनले भने, ...
इजरायलले लेबनानमा गरेको आक्रमणमा २३ जनाको मृत्यु

इजरायलले लेबनानमा गरेको आक्रमणमा २३ जनाको मृत्यु

अन्तरास्ट्रिय
२६ कात्तिक, काठमाडौं । इजरायलले लेबनानमा गरेको आक्रमणमा सात बालबालिकासहित २३ जनाको मृत्यु भएको छ । राजधानी बेरुतको उत्तरी क्षेत्र बायब्लोस नजिकको अलमत भन्ने स्थानमा इजरायलले आक्रमण गर्दा २३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायलको रक्षा बलले भने हिजबुल्लाह बसेको स्थानमा आक्रमण गरेको दाबी गरेको छ । सर्वसाधारण नागरिकलाई क्षति नपुगोस् भनेर पर्याप्त ध्यान दिइएको इजरायलको दाबी छ । त्यसअन्तर्गत हवाई निगरानी र सटिक गुप्तचर परिचालन गरिएको थियो । इजरायलले पछिल्लो समय इरान समर्थित लेबनानको सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गर्दै आएको छ । शनिबार मात्रै इजरायलले गरेको आक्रमणमा ५३ जनाको मृत्यु भएको थियो । इजरायलले हमासविरुद्ध गाजा क्षेत्रमा पनि आक्रमण जारी राखेको छ । आइतबार दुई वटा घरमा आक्रमण हुँदा ३० जनाको मृत्यु भएको थियो । गत वर्ष अक्टुबर ७ मा प...