Friday, December 27

खेलकुद

इंग्ल्याण्डका टम मुर्सले लुम्बिनीबाट एनपीएल खेल्ने

इंग्ल्याण्डका टम मुर्सले लुम्बिनीबाट एनपीएल खेल्ने

खेलकुद, ताजा समाचार
७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्सले इंग्ल्याण्डका विकेटकिपर ब्याटर थोमस जेम्स (टम) मुर्सलाई अनुबन्ध गरेको छ । लुम्बिनीले बुधबार सामाजिक सञ्जालमार्फत मुर्सलाई एनपीएलका लागि अनुबन्ध गरेको जनाएको हो । नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल मार्की प्लेअर रहेको लुम्बिनीले पहिलो विदेशी खेलाडी अनुबन्ध गरेको हो । २८ वर्षीय मुर्सले इंग्ल्याण्डको यू-१९ टिमबाट खेलेका छन् । उनले सन् २०१६ मा बंगालदेशमा भएको आईसीसी यु-१९ विश्वकप खेलेका थिए । यस्तै उनले विभिन्न टी-२० फ्रेन्चाइज लिग खेलेका छन् । उनले विश्वभर गरेर १४७ टी-२० खेल खेलेका छन् । एनपीएलका लागि पहिलो विदेशी खेलाडी अनुबन्ध गर्दा उत्साहित रहेको लुम्बिनी लायन्सले जनाएको छ । एनपीएलको पहिलो संस्करण आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ । जसमा लुम्बिनीसहित ८ फ्रेन्चाइज टिमले प्रतिस...
नेदरल्याण्ड्सका माइकल लेभिट काठमाडौं गुर्खाजमा अनुबन्ध

नेदरल्याण्ड्सका माइकल लेभिट काठमाडौं गुर्खाजमा अनुबन्ध

खेलकुद, ताजा समाचार
७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि काठमाडौं गुर्खाजले नेदरल्याण्ड्सका ब्याटर माइकल लेभिटलाई अनुबन्ध गरेको छ । काठमाडौंले बुधबार सामाजिक सञ्जालमार्फत लेभिटलाई अनुबन्ध गरेको जनाएको छ । लेभिटले अब मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुने पहिलो संस्करणको एनपीएल गुर्खाजबाट खेल्नेछन् । काठमाडौंले लेभिटलाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । लेभिट एनपीएलका लागि अनुबन्ध हुने दोस्रो डच खेलाडी हुन् । यसअघि पोखरा एभेन्जर्सले अलराउण्डर बास डे लिडलाई अनुबन्ध गरिसकेको छ। २१ वर्षीय युवा ब्याटर लेभिटले नेदरल्याण्ड्सका लागि ८ ओडिआई र १७ टी-२०आई खेल खेलिसकेका छन् । टी-२०आईमा उनले एक शतक र ४ अर्धशतक प्रहार गरेका छन् । जसमा उनको उच्च स्कोर १३५ रन हो । उनी पार्ट टाइम बलिङ पनि गर्छन् । लेभिटले गत फेब्रुअरीमा कीर्तिपुरमा नेपालविरुद्ध खेल्दै टी-२०आईमा डेब्यु गरेका थि...
एएफसी यु-१७ एसियन कप छनोटमा नेपालले जापानको सामना गर्दै

एएफसी यु-१७ एसियन कप छनोटमा नेपालले जापानको सामना गर्दै

खेलकुद
७ कात्तिक, काठमाडौं । एएफसी यु-१७ एसियन कप छनोट अन्तर्गत समूह एफका खेलहरु आजदेखि कतारमा सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेलमै साविक विजेता जापानको सामना गर्न लागेको हो । नेपाल र जापान यु-१७ फुटबल टिमबीचको खेल दोहास्थित एस्पाइर एकेडेमी पिचमा नेपाली समय अनुसार राति साढे १० बजे सुरु हुनेछ । आजै समूह ए मा रहेका घरेलु टोली कतार र मंगोलियाबीच पनि खेल हुनेछ । एएफसी यु-१७ एसियन कप चारपटक जितिसकेको जापान नेपालको लागि बलियो प्रतिद्वन्द्वी हो । त्यसैले नेपाल यु-१७ फुटबल टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले पनि जापानविरुद्धको खेल एक्सपोजरका लागि अवसर हुने बताएका छन् । श्रेष्ठले प्रि-म्याच प्रेस कन्फेरेन्समा छनोटका लागि आफ्नो टिमले राम्रो तयारी गरेको र जापानसँग खेल्न तयार रहेको बताएका छन् । ‘जापानसँग पहिलो खेल छ । जापान डिफेण्डिङ च्याम्पियन हो । हामीले यसका लागि राम्रो तयारी गरेका छौं ...
माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपालको ४ गोल

माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपालको ४ गोल

खेलकुद, ताजा समाचार
५ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत माल्दिभ्स विरुद्ध भइरहेको खेलको पहिलो हाफमा नेपालले गोलको वर्षा गरेको छ । दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले पहिलो हाफमा चार गोल गरेको छ । रेखा पौडेलले दुई तथा प्रीति राई र सविता राना मगरले एक-एक गोल गरे । खेलको सुरुवातदेखि नै नेपालले बलमाथि पकड राख्दै लगातार विपक्षीको पोष्टमा आक्रमण गरेको थियो । छैटौं मिनेटमा प्रीति राईको गोलबाट नेपालले अग्रता लिएको थियो । सविता रानाको कर्नर पासमा प्रीतिले बायाँ साइडबाट हानेको प्रहार गोल भएको थियो । सविताले २९ औं मिनेटमा बक्स बाहिरबाट सुन्दर गोल गर्दै अग्रता दोब्बर पारिन् । त्यसपछि रेखा पौडेलले ३२ औं र ४२ औं मिनेटमा गोल गरिन् । रेखाले पहिलो गोल रश्मीकुमारी घिसिङको कटब्याक पासमा चेस्टले गोल गरेकी हुन् । रेखाले अर्को गोल सविताको पासमा गरेकी हुन् । गोलमेसिन सावित्रा भण्डारी साम्बा ...
स्कटल्याण्डका ब्राण्डन म्याकमुलेनले सुदूरपश्चिम रोएल्सबाट एनपीएल खेल्ने

स्कटल्याण्डका ब्राण्डन म्याकमुलेनले सुदूरपश्चिम रोएल्सबाट एनपीएल खेल्ने

खेलकुद, ताजा समाचार
४ कात्तिक, काठमाडौं । स्कटल्याण्डका क्रिकेट खेलाडी ब्राण्डन म्याकमुलेनले सुदूरपश्चिम रोएल्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । सुदूरपश्चिमले सोमबार सामाजिक सञ्जालमार्फत म्याकमुलेनलाई अनुबन्ध गरेको जनाएको छ । दीपेन्द्र सिंह ऐरी मार्की प्लेअर रहेको सुदूरपश्चिमको प्रशिक्षकमा जगत टमाटा छन् । ८ टोलीले प्रतिस्पर्धा गर्ने एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । @अनलाइनखबर...
नेपाली भलिबल टिमका कप्तान मानबहादुरले गरे सन्न्यास घोषणा

नेपाली भलिबल टिमका कप्तान मानबहादुरले गरे सन्न्यास घोषणा

खेलकुद, ताजा समाचार
४ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान मानबहादुर श्रेष्ठले सन्न्यास घोषणा गरेका छन् । श्रेष्ठले आईतबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो पोष्ट गर्दै सन्न्यासको घोषणा गरेका हुन् । मानबहादुरले घरेलु भलिबल त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका छन् । सन् २०१७ मा नेपालको पुरुष टिमले एभिसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबलमा तेस्रो हुँदै कांस्य जित्दा मान बहादुर टिमका सदस्य थिए । उनले गत वर्ष चीनमा भएको १९ औ एसियाडबाट नेपालको कप्तानी सम्हालेका थिए। मानबहादुर दुई पटक एसियाड खेल्ने दुई खेलाडी मध्ये एक हुन् । ‘मैले राष्ट्रिय भलिबल टिमको कप्तान पद त्याग्ने र राष्ट्रिय टिमको खेलाडीबाट अवकाश लिने निर्णय लिएको छु । यो निर्णय लिन सजिलो त थिएन तर अब आउने नयाँ पुस्ताका लागि मार्ग प्रस्तु गर्नका लागि निर्णय लिएको हुँ।’ मानबहादुरले भिडियोमा भनेका छन् । @अनलाइनखबर...
सुपर ओभरमा अमेरिकालाई नेपालले हरायो

सुपर ओभरमा अमेरिकालाई नेपालले हरायो

खेलकुद
४ कात्तिक, काठमाडौं । अमेरिकालाई हराउँदै नेपालले टी-२० आई सिरिजको दोस्रो खेलमा पनि जित निकालेको छ । सुपर ओभरमा अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै खेल आफ्नो पोल्टामा पारेको हो । सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पुगेको थियो । नेपालले टस जितेर ब्याट रोजेको थियो । जसमले नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य पछ्याएको थियो । उक्त रन पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटमको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । @अनलाइनखबर...
अमेरिका र नेपालको खेल सुपर ओभरमा

अमेरिका र नेपालको खेल सुपर ओभरमा

खेलकुद
४ कात्तिक, काठमाडौं । अमेरिकामा जारी अमेरिका र नेपालबीचको टी-२० आई खेल सुपर ओभरमा पुगेको छ । सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पुगेको हो । नेपालले टस जितेर ब्याट रोजेको थियो । जसमले नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य पछ्याएको थियो । उक्त रन पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटमको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । @अनलाइनखबर...
साफ वुमन्स च्याम्पियनसिपमा आज बंगलादेश र पाकिस्तान खेल्दै

साफ वुमन्स च्याम्पियनसिपमा आज बंगलादेश र पाकिस्तान खेल्दै

खेलकुद, ताजा समाचार
४ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ मा आज समूह ‘ए’ मा रहेको साविक विजेता बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । उपाधि रक्षा गर्ने अभियानमा रहेको साविक विजेता बंगलादेश राम्रो सुरुवात गर्ने लक्ष्यमा छ । बंगलादेशको यो पहिलो खेल हो । उता पाकिस्तान भने उद्घाटन खेलमै भारतसँग ५-२ ले पराजित भएको थियो । तीन टोली मात्रै रहेको यस समूहमा पाकिस्तानलाई नकआउट चरण पुग्ने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने आवश्यकता छ । आजको खेलमा बंगलादेशले जित हात पारेमा पाकिस्तान समूह चरणबाटै बाहिरिने छ भने बंगलादेश र भारत समूहको अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनल पुग्ने छ । भारत र बंगलादेशबीच समूहको अन्तिम खेल बुधबार हुनेछ । @अनलाइनखबर...
गुइग्याम्पको पहिलो जितमा साम्बाको गोल

गुइग्याम्पको पहिलो जितमा साम्बाको गोल

खेलकुद
४ कात्तिक, काठमाडौं । नेपाली ‘गोल मेसिन’ सावित्रा भण्डारी (साम्बा) सम्मिलित इएन एभान्ट गुइग्याम्पले फ्रेन्च महिला लिगमा यस सिजनको पहिलो जित हात पारेको छ । साम्बाले गोल गरेको खेलमा गुइग्याम्पले स्ट्रासवर्गलाई ३-२ ले पराजित गर्दै यस सिजन पहिलो जित निकालेको हो । गुइग्याम्पको लागि साम्बाले नै ५६औं मिनेटमा पहिले गोल गर्दै अग्रता दिलाएका थिए । तर अजारोले ६२औं र चापेलले ६५औं मिनेटमा गोल गरेपछि स्ट्रासवर्ग खेलमा फर्केको थियो । ६७औं मिनेटमा गुइग्याम्पकी ओलिभरलेले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याइन् । त्यसपछि पेनेउले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेपछि गुइग्याम्पले ३-२ ले जित निकाल्न सफल भयो । पहिलो जितपछि ५ खेलबाट ३ अंक जोडेको गुइग्याम्प रेलिगेसन क्षेत्र छाड्दै १०औं स्थानमा उक्लेको छ । स्ट्रासवर्ग २ अंकसहित ११औं स्थानमा झरेको छ भने अंकविहीन रहेको रेइम्स अन्तिममा छ । काठमाडौंमा...