Thursday, December 26

खेलकुद

पहिलो खेलमा नेपालले घरेलु टोली अमेरिकालाई हरायो

पहिलो खेलमा नेपालले घरेलु टोली अमेरिकालाई हरायो

खेलकुद, ताजा समाचार
२ कात्तिक, काठमाडौं । नेपालले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका ७ विकेट गुमाएर १४७ रनमै समेटियो । अमेरिकाका शायन जहानगिरले ६० रनको अविजित पारी खेले पनि टिमलाई जिताउन सकेनन् । अमेरिकाका लागि शायनले अविवित ६० रन बनाउँदा आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । कप्तान मोनांक पटेल र आरोन जोन्सले तीन/तीन र सैतेजा मुक्कामल्ला २ रनमा आउट भए । हरमीत सिंह दीपेन्द्रसिंहबाट शून्य रनमै एलबीडब्ल्यु आउट भए । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ३, करण केसी, रिजन ढकाल र गुल्शन झाले एक/एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले १ छक्का ...
रिजन ढकाल १० लाखमा चितवनमा आवद्ध

रिजन ढकाल १० लाखमा चितवनमा आवद्ध

खेलकुद, ताजा समाचार
२० असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अक्सनमा रिजन ढकाल १० लाख रुपैयाँमा चितवन राइनोजमा आवद्ध भएका छन् । आइतबार भएको अक्सनमा पहिलो खेलाडीको रुपमा बायाँ हाते तीब्र गतिका बलर रिजन ढकाल आएका थिए । ढकालले गत फेब्रुअरीमा क्यानडाविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए । उनले ए ग्रेडको न्यूनतम मूल्य १० लाख रुपैयाँ पाएका हुन् । त्यस्तै स्पिन अलराउण्डर सुवास भण्डारी विराटनगर किंग्समा पुगेका छन् । न्यूनतम मूल्य २ लाख राखेका उनलाई किन्न दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । विराटनगर त्यसपछि काठमाडौं गुर्खाजले अक्सनमा बोली लगाएका थिए । उनी २ लाख ५० हजारमा विराटनगरमा पुगेका छन् । @अनलाइनखबर...
त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले क्यानडासँग खेल्दै

त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले क्यानडासँग खेल्दै

खेलकुद, ताजा समाचार
१५ असोज, काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत मंगलबार क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति ९ः४५ मा किङ सिटीमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो । १२४ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा ८८-५ को अवस्थाबाट १०९ रनमा अल आउट भएको थियो । तीव्र गतिका बलर कलिम सानाले ४ र स्पिनर साद बिन जाफरले ३ विकेट लिएका थिए । पछिल्लो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको थियो । उक्त खेलमा गुल्सन मल्लले १७ बलमा ४० रनको इनिङ खेलेका थिए । गुल्सनलाई कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले साथ दिन आवश्यक छ । ओपनर आसिफ शेख र अनिल साहले पाएको सुरुवातलाई ठूलो इनिङमा बदल्न आवश्यक देखिन्छ । नेपालका स्पिनर सन्दीप लामिछाने प्रमुख बलर हुन् । उनलाई दीपेन्द्र र कुशलले साथ दिनेछन् । नेपाल र क्यानडाबीच टी-२० आईमा दुई खेल भएको छ । दुबै टोली १–१ जित हात पारेका छन् ...
एभरेष्ट महिला भलिबल लिगमा आज ३ खेल हुँदै

एभरेष्ट महिला भलिबल लिगमा आज ३ खेल हुँदै

खेलकुद, ताजा समाचार
१५ असोज, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) २०२४ को दोस्रो दिन आज पनि तीन खेल हुँदैछन् । पहिलो खेलमा गण्डकी थण्डर्स र कर्णाली यस्विसबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रंगशाला कभर्डहलमा दिउँसो ३:४५ बजे सुरु हुनेछ । सोमबार भएको पहिलो खेलमा कर्णालीले मधेश युनाइटेडलाई ३-१ को सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको थियो भने गण्डकी चितवन शक्तिसँग ३-१ कै सेटमा पराजित भएको थियो । कर्णाली पहिलो खेलको लय कायम राख्दै लगातार दोस्रो खेल जित्ने योजनामा हुनेछ भने गण्डकी पहिलो जित निकाल्ने लक्ष्यमा छ । यस्तै साँझ ५:४५ बजे कभर्डहलमै काठमाडौं स्पाइकर्स र चिनव शक्तिबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा चिनवले गण्डकीलाई ३-१ को सेटमा पराजित गर्दै ३ अंक जोडिसकेको छ भने काठमाडौं भ्याली डर्बीमा ललितपुर क्विन्ससँग ३-१ कै सेटमा पराजित भएको थियो । त्यसैले काठमाडौं पहिलो जितको खोजीमा हुनेछ ...
राष्ट्रिय क्रिकेट टोलीको क्यानडा भ्रमण : पहिलो जितको खोजीमा रहेको नेपाल आज ओमानसँग भिड्दै

राष्ट्रिय क्रिकेट टोलीको क्यानडा भ्रमण : पहिलो जितको खोजीमा रहेको नेपाल आज ओमानसँग भिड्दै

खेलकुद
काठमाडौँ । हाल क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गतको आफ्नो दोस्रो खेल आइतबार खेल्दै छ । नेपाली टोलीले आफ्नो दोस्रो खेलमा ओमानको सामना गर्नेछ । खेल नेपाली समय अनुसार, राति २१ः४५ बजे सुरु हुनेछ । क्यानडा भ्रमणका क्रममा नेपाली टोलीको प्रदर्शन निकै निराशाजनक देखिएको छ । नेपाली टोली लिग–२ शृङ्खला अन्तर्गत क्यानडामा आफूले खेलेका चारमध्ये एक खेलमा पनि विजयी हुन सकेन । ओमानविरुद्धको एक खेल वर्षाका कारण रद्द भएकाले नेपालले एक अङ्क हात पारेको थियो । त्यसपछि सुरु भएको त्रिकोणात्मक टी–२० अन्तर्गत शृङ्खलाको आफ्नो पहिलो खेलमा पनि नेपाली टोली आयोजक राष्ट्र क्यानडासँग १४ रनले पराजित हुन पुग्यो । पहिलो खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय २३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपाल...
आर्सनल र लिभरपुल फराकिलो जितसहित चौथो चरणमा

आर्सनल र लिभरपुल फराकिलो जितसहित चौथो चरणमा

खेलकुद
१० असोज, काठमाडौं । प्रिमियर लिग क्लबद्वय आर्सनल र लिभरपुल फराकिलो अन्तरको जित निकाल्दै इंग्लिस क्लबको चौथो चरणमा प्रवेश गरेको छ । आर्सनलले तेस्रो चरणमा तेस्रो श्रेणीको क्लब बोल्टन वान्डर्सलाई ५–१ ले पराजित गरेको हो । आर्सनलका लाथि एथान नवानेरीले दुई तथा डेक्लान राइस, रहिम स्टर्लिङ र काभ हाभार्टले एक–एक गोल गरे । बोल्टनका आरोन जोन कोलिन्सले एक गोल फर्काए । यस्तै अर्को खेलमा लिभरपुलले प्रिमियर लिगकै वेष्टहम युनाइटेडलाई ५–१ ले नै हरायो । लिभरपुलका लागि डिएगो जोटा र कोडी गाक्पोले २–२ गोल गर्दा मोहमद सालाहले एक गोल गरे । लिग कपको चौथो चरणको ड्र पनि गएराति नै सार्वजनिक भएको छ । चौथो चरणमा अब लिभरपुलले ब्राइटनको भ्रमण गर्नेछ । यस्तै आर्सनलले प्रेस्टनसँग खेल्नेछ भने प्रिमियर लिगका दुई क्लब म्यानचेष्टर सिटी र टोटनहम चौथो चरणमै भिड्नेछन् । म्यानचेष्टर युनाइटेडले लेस्टरसँग प्रति...
साफ यु-१७ च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै

साफ यु-१७ च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै

खेलकुद, ताजा समाचार
९ असोज, काठमाडौं । भुटानमा जारी साफ यु-१७ च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले आज घरेलु टोली भुटानसँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । यसअघिका दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको नेपालको लागि सेमिफाइनल पुग्न भुटानलाई हराउनैपर्ने अवस्था छ । भुटान र पाकिस्तानले समूह बी मा अपराजित रहँदै समान ४ अंक जोडेका छन् । गोलअन्तरमा भुटान शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । दुई खेलबाट ३ अंकसहित नेपाल तेस्रो स्थानमा छ । भुटानलाई पराजित गरेमा नेपाल शीर्ष दुईमा रहेर सेमिफाइनल प्रवेश गर्नेछ । अर्को खेलमा पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । श्रीलंका यसअघिका दुवै खेलमा पराजित हुँदै एक खेल अघि नै समूह चरणबाट बाहिरिसकेको छ । पाकिस्तान र भुटानका लाग...
साफ महिला च्याम्पियनसिपका लागि ४० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए

साफ महिला च्याम्पियनसिपका लागि ४० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए

खेलकुद, ताजा समाचार
८ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमा हुने साफ महिला च्याम्पियनसिपको लागि बन्द प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले जारी एन्फा लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडी समेट्दै ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् । साफ महिला च्याम्पियनसिप अक्टोबर १७-३० सम्म त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछ। साविक उपविजेता नेपालसहित श्रीलंका, माल्दिभ्स र भुटान समूह ए मा छन् भने साविक विजेता बंगलादेश, भारत र पाकिस्तान समूह बी मा छन् । बन्द प्रशिक्षणमा एन्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, गीता राणा, अमृता जैसी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राणा, विमला वि.कलाई बोलाइएको छ । त्यस्तै हीराकुमारी भुजेल, प्रतीक्षा चौधरी, रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत, अमिषा कार्की पनि बन्द प्रशिक्ष...
चन्द्राको ह्याट्रिकपछि वालिङमाथि आर्मीको फराकिलो जित

चन्द्राको ह्याट्रिकपछि वालिङमाथि आर्मीको फराकिलो जित

खेलकुद, ताजा समाचार
८ असोज, काठमाडौं । चन्द्रा भण्डारीले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा मंगलबार वालिङ नगरपालिकालाई ८-० को फराकिलो अन्तरले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा आर्मीलाई जिताउन चन्द्र भण्डारीले ४२ औं, ५४ औं र ७३ औं मिनेटमा गोल गरिन् । विमला विकले ३८ औं र ९० औं मिनेटमा तथा अमिशा कार्कीले ६१ औं र ७१ औं मिनेटमा गरी २/२ गोल गरे । वालिङकी खेलाडी फतुमाले एक आत्मघाती गोल गरिन् । जितपछि ८ खेलबाट १९ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ । पराजित वालिङ समान खेलबाट १२ अंकसहित चौथो स्थानमा छ । @अनलाइनखबर...
लिग २ मा नेपालले आज ओमानसँग खेल्दै

लिग २ मा नेपालले आज ओमानसँग खेल्दै

खेलकुद, ताजा समाचार
८ असोज, काठमाडौं । आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार किंग्स सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । क्यानडा भ्रमणका क्रममा लगातार तीन खेलमा पराजित भएको नेपालले आजको खेल जित्दै शृङ्खलाको सुखद् अन्त्य गर्न चाहन्छ । पहिलो खेलमा नेपाल क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा ओमानसँग एक विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा क्यानडासँगै ५ विकेटले पराजित भएको थियो । यो ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँगै टी-२० सिरिज पनि खेल्नेछ । त्यसपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ । यो सिरिज सकेर नेपाल लिग २ का लागि अमेरिका जानेछ । त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी-२० आई दुवै सिरिज हुनेछ । @अनलाइनखबर...