एनपीएलमा खेलाडीले आफ्नो ग्रेड आफैं रोज्न पाउने
६ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनका लागि खेलाडीले आफ्नो नाम जुनसुकै ग्रेडमा पनि दर्ता गराउन पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले असोज १२ सम्मको समय खेलाडी दर्ताका लागि खुला गरेको छ ।
खेलाडीले आफ्नो नाम ए, बी र सी ग्रेडमा दर्ता गराउन पाउनेछन् । सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य २ लाख, बी को ५ लाख र ए को १० लाख रुपैयाँ तोकिएको छ । सी ग्रेडका खेलाडीले उच्चतम ५ लाख, बी ग्रेडकाले १० लाख र ए ग्रेडका खेलाडीले १५ लाख तोकिएको छ । उच्चतम मूल्यमा पुगेपछि चिट्ठाबाट खेलाडी छनोट हुनेछन् ।
नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले खेलाडीले आफ्नो विवेक अनुसार कुनैपनि ग्रेडमा नाम समावेश गर्न सक्ने बताए ।
‘खेलाडीले आफ्नो विवेक अनुसार ग्रेडमा नाम दर्ता गराउन सक्छन् । हामीले नेपालबाट यति खेलेको भन्ने राखेको छैनौं । हामीले ग्रेड निर्धारण गर्दा खेलाडी मर्कामा प...