Wednesday, December 25

खेलकुद

एभरेष्ट महिला भलिबलको ट्रफी सार्वजनिक

एभरेष्ट महिला भलिबलको ट्रफी सार्वजनिक

खेलकुद, ताजा समाचार
३० भदौ, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग(ईडब्ल्यूभीएल) को ट्रफी सार्वजनिक भएको छ । ट्रफी सार्वजनिकसँगै प्रतियोगिताको काउज्ट डाउनपनि सुरु गरिएको अफिसियल टिमले जनाएको छ । ट्रफी ७ किलो, २२ इन्च अग्लो रहेको छ । यो ट्रफीमा भलिबल खेललाई झल्काउने गरी बनाइएको छ । यो ट्रफीलाई प्रतियोगिताको माहोल बनाउन नेपाल भ्रमण गराइने आयोजकले जनाएको छ । ट्रफीलाई १७ सेप्टेम्बरमा कर्णाली, २० सेप्टेम्बरमा मधेश,२३ सेप्टेम्बरमा चितवन, २५ सेप्टेम्बरमा गण्डकी, २७ मा ललितपुर र २८ सेप्टेम्बरमा काठमाडौंमा घुमाइनेछ । समर्थकले प्रतियोगिताको ट्रफीलाई नजिकबाट देखाउन ट्रफी टुर गराउन लागिएको आयोजकले जनाएको छ । असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशाला हुने यस प्रतियोगितामा ६ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् । पहिलो संस्करणको महिला भलिबल फ्रेन्चाइजमा काठमाडौं, ललितपुर, चितवन, गण्डकी, कर्णाली र मधेश गरी ६ वटा टिम छन्...
भलिबलकी कवितालाई पिपल्स च्वाइस अवार्ड

भलिबलकी कवितालाई पिपल्स च्वाइस अवार्ड

खेलकुद, ताजा समाचार
२८ भदौ, काठमाडौं। भलिबलकी कविता भट्टले पिपल्स च्वाइस अवार्ड जितेकी छन् । क्रिकेटका गुल्सन झा, कबड्डीकी मानमति विष्ट, फुटबलकी प्रीति राई र रग्बीका श्रीराम श्रेष्ठलाई उछिन्दै उनले यो अवार्ड जितेकी हुन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्ड अन्तरगत पिपल्स च्वाइसको विजेता खेलपत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई-सेवाको भोटिङका आधारमा चयन गरिएको थियो । सुदूरपश्चिमकी भट्टले ५६ प्रतिशत मत पाइन् । कबड्डीकी मानमति दोस्रो, फुटबलकी प्रिति तेस्रो स्थानमा रहे । उनले १६ प्रचिशत मत पाएकी थिइन् । क्रिकेटका गुल्सन र रग्बीका श्रीरामले समान ४.४ प्रतिशत मत पाएका थिए । अवार्डसँगै कविताले मोटरसाइकल पाएकी छन् । @अनलाइनखबर...
महिला कबड्डी टिमलाई टिम अफ दि इयर अवार्ड

महिला कबड्डी टिमलाई टिम अफ दि इयर अवार्ड

खेलकुद, ताजा समाचार
२८ भदौ, काठमाडौं । पल्सर स्पोर्टस् अवार्ड टिम अफ दि इयर अवार्ड महिला कबड्डी टिमले जितेको छ । शुक्रबार भएको अवार्ड कार्यक्रमा कबड्डी टिमलाई यो अवार्ड प्रदान गरिएको हो । १९औं एसियन्स गेममा पदकका लागि आशा गरिएका खेलाडीहरु असफल भएका बेला महिला कबड्डी टिम काश्य पदक जित्न सफल भएको थियो । अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झा राज्यले सहयोग गरे आगामी दिनमा स्वर्ण पदक समेत आउन सक्ने बताए । @अनलाइनखबर...
एनपीएलका ८ मार्की खेलाडीको नाम सार्वजनिक

एनपीएलका ८ मार्की खेलाडीको नाम सार्वजनिक

खेलकुद
२८ भदौं, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडीको नाम सार्वजनिक गरेको छ । मार्की खेलाडीमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल, स्पिनर सन्दीप लामिछाने, अलराउन्डर दीपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी, करण केसी, अलराउन्डर कुशल मल्ल, ओपनर कुशल भुर्तेल र आसिफ शेखको नाम मार्की खेलाडीमा सार्वजनिक गरेको छ । तर कुन खेलाडीलाई कस्ले किन्ने त्यो भने शनिबार एक पत्रकार सम्मेलन गर्दै लक्की ड्र मार्फत छनोट हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । ‘८ मार्की खेलाडी सार्वजनिक गरेका छन् । यसको बारे सम्पूर्ण जानकारी हामी शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिने छौं’ । मार्की खेलाडीको छनोट लक्की ड्र मार्फत निर्धारण हुनेछ’, लामाले भने । एनपिएल आगामी नोभेबर ३० देखि २१ डिसेम्बरसम्म हुनेछ । प्रतियोगितामा काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णा...
नेपालले लिग–२ अघि क्यानडामा एक अभ्यास खेल खेल्ने

नेपालले लिग–२ अघि क्यानडामा एक अभ्यास खेल खेल्ने

खेलकुद, ताजा समाचार
२८ भदौं, काठमाडौं। नेपाली क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अघि क्यानडामा एक अभ्यास खेल खेल्ने पक्का भएको छ । नेपाली क्रिकेट टोलीले क्यानडा डेभलपमेन्ट टोलीसँग पक्का भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । उक्त खेल शनिबार राती ७:४५ मा प्रतिस्पर्धा गर्नेछ । क्यानडा टोलीमा नपरेका अन्य उत्कृष्ट खेलाडीहरुले उक्त खेल खेल्ने बुझिएको छ । नेपाली टोली मंगलबार राती क्यानडा गएको थियो । लिग–२ मा नेपाल, क्यानडा र ओमानबीच प्रतिस्पर्धा हुनेछ । नेपालले पहिलो खेल लिग–२ मा क्यानडासँग १६ सेप्टेम्बरमा खेल्नेछ । त्यसपछि १८ सेप्टेम्बरमा ओमान, २२ सेप्टेम्बरमा क्यानडा र २४ सेप्टेम्बरमा ओमानसँग खेल्ने तालिका छ । त्यसपछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा २८ सेप्टेम्बरमा क्यानडा, २९ मा ओमान, १ अक्टोबरमा क्यानडा र २...
नेपालले अमेरिकामा खेल्ने लिग–२ को खेल तालिका सार्वजनिक

नेपालले अमेरिकामा खेल्ने लिग–२ को खेल तालिका सार्वजनिक

खेलकुद
२७ भदौं, काठमाडौं । नेपालले अमेरिकामा खेल्ने आईसीसी विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक गरेको छ । नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–२ मा प्रतिस्पर्धा हुनेछ । लिग-२ मा नेपालले खेल्ने सबै खेलहरु प्रेरिरी भ्यू ह्युस्टनमा राति १० : १५ मा सुरु हुनेछन् । नेपालले पहिलो खेल २७ अक्टोबरमा अमेरिकासँग खेल्नेछ । दोस्रो खेल स्कटल्यान्डसँग २९ अक्टोबरमा र तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ । त्यस्तै ४ नोभेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ । त्यसपछि यी तीन टोलीबीच टी-२० सिरिज हुनेछ । लिग–२ र त्रिकोणात्मक टी-२० आई सिरिज खेल्न नेपाली टोली मंगलबार राति क्यानडातर्फ गइसकेको छ । नेपालका कन्सल्टेन्ट प्रशिक्षक जगत टमाटा भने भिसा आवेदन ढिला गरेका कारण टोलीसँग जान पाएका छैनन् । नेपालले लिग २ मा क्यानडासँग १६ र २२ सेप्टेम्बरमा खेल्नेछ । त्यस्तै ओमानसँग १८ र २४ सेप्टेम्बरमा लिग–२ मा प्रतिस्पर्धा...
आईसीसी यू-१९ महिला टी-20 विश्वकप एसिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छानिए

आईसीसी यू-१९ महिला टी-20 विश्वकप एसिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छानिए

खेलकुद
२६ भदौ, काठमाडौं । आईसीसी यू-१९ महिला टी-20 विश्वकप एसिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छानिएका छन् । नेपाली महिला सिनियर टिममा खेलिसकेका पूजा महतो र सोनी पाख्रिनसहित २९ जनाको नाम आज क्रिकेट संघले सार्वजनिक गरेको हो । टिममा सोनी पाख्रिन, ऐली यादव, किरणकमारी कुँवर, त्रिशना विक, मनिषा उपाध्याय, रिया शर्मा, करिश्मा गुरुङ, पूजा साउद, विपशा शाही, साना प्रविण, प्रतिमा शाह छन् । त्यस्तै, स्नेहा महरा, सावित्रा धामी, अनु कडायत, मनिषा बोहोरा, करिश्मा थापा, रविना साउद, सुस्मिता भुसाल पनि छनोट गरेको छ । अलिशाकुमारी यादव, भवानी कमाती, आरती महतो, पूजा महतो, कुशम गोदार, सीमाना जीसी, ज्योत्सिका मर्सानी, निरु जीटी, सेरिना थापा, रचना चौधरी, आश्मा पुलामी मगर पनि पहिलो चरणको टिमा परेका छन् । चितवनमा भएको मायादेवी कप र कोहलपुरमा भएको मेयर कपमा उनीहरुको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको पनि ...
पाराग्वेसँग ब्राजिल स्तब्ध

पाराग्वेसँग ब्राजिल स्तब्ध

अन्तरास्ट्रिय, खेलकुद, ताजा समाचार
२६ भदौ, काठमाडौं । विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिल पाराग्वेसँग स्तब्ध भएको छ । पाराग्वेले ब्राजिललाई १-० ले पराजित गरेको हो । पाराग्वेका लागि डिएगो गोमेजले निर्णायक गोल गरे । गोमेजले खेलको २०औं मिनेट उत्कृष्ट गोल गर्दै पारग्वेलाई अग्रता दिलाएका थिए । त्यसपछि थप गोल नहुँदा त्यही गोल निर्णायक बन्यो । छनोटमा दोस्रो जित निकालेको पारग्वे ८ खेलबाट ९ अंकसहित सातौं स्थानमा उक्लेको छ । ब्राजिलक यो चौथो हार हो । ८ खेलबाट १० अंक रहेको ब्रानिल पाँचौ स्थानमै छ । अर्जेन्टिना ८ खेलबाट १८ अंकसहित शीर्ष स्थानम छ । समान खेलबाट १६ अंकसहित कोलम्बिया दोस्रो स्थानमा छ । @अनलाइनखबर...
पल्सर स्पोर्ट्स अवार्ड : ४ विधाको मनोनयन सार्वजनिक, क्रिकेटका ६ जना २०८१ भदौ  २४ गते १३:५४२०८१ भदौ २४ गते १३:५४

पल्सर स्पोर्ट्स अवार्ड : ४ विधाको मनोनयन सार्वजनिक, क्रिकेटका ६ जना २०८१ भदौ २४ गते १३:५४२०८१ भदौ २४ गते १३:५४

खेलकुद, ताजा समाचार
२४ भदौ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्टस अवार्डको २१औं संस्करणको चार विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार कार्यक्रम गर्दै वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षको मनोनयन सार्वजनिक गरेको हो । विस २०८० मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा गरेको प्रदर्शन र नतिजालाई आधार मानेर मनोनयन गरिएको मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए । चारवटै विधामा उत्कृष्ट पाँच/पाँच जना खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन् । मञ्चका महासचिव प्रज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट समितिले वर्ष खेलाडी र प्रशिक्षकको छनोट गरेको हो । मनोनयमा क्रिकेटको वर्चस्व रहेको छ । वर्ष उत्कृष्ट पुरुष वर्ष खेलाडीको मनोनयनमा अनन्त तामाङ (फुटबल), रोहितकुमार पौडेल (क्रिकेट), दीपेन्द्रसिंह ऐरी (क्रिकेट), मोहम्मद शेखु आलम (...
महिला लिगमा कोशीको लगातार दोस्रो जित

महिला लिगमा कोशीको लगातार दोस्रो जित

खेलकुद, ताजा समाचार
२० भदाै, काठमाडौं । कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार दोस्रो जित हात पारेको छ । बिहीबार एन्फा कम्प्लेक्समा भएको खेलमा कोशीले बागमती युथ क्लब विरुद्ध २-१ को पुनरागमन जित निकालेको हो । खेलको २६ औं मिनेटमा विष्णुमायाले गोल गर्दै बागमती युथ क्लबलाई अग्रता दिलाएकी थिइन् । तर तीन मिनेटपछि नै कोशीका लागि समीक्षा मगरले बराबरी गोल फर्काइन् । ५४ औं मिनेटमा बागमतीकी दिव्या यसमाली मगरले आत्मघाती गोल गरेपछि कोशीले २-१ को अग्रता बनायो । प्रतीक्षा राईको प्रहार मगरलाई ठोक्किएर आफ्नै पोष्टमा गोल भएको हो । त्यसपछि खेलमा दुवैतर्फबाट गोल हुन सकेन । लगातार दुई जितपछि ६ अंक जोडेर कोशी शीर्ष स्थानमा छ । कोशीले पहिलो खेलमा वालिङ नगरपालिकालाई ४-० ले पराजित गरेको थियो । बागमतीको भने यो पहिलो हार हो । @अनलाइनखबर...