Wednesday, December 25

खेलकुद

‘मेरो जीवन भोलेन्टियरमै बितोस्, तर खेलाडीले बस्ने-खाने व्यवस्था होस्’

‘मेरो जीवन भोलेन्टियरमै बितोस्, तर खेलाडीले बस्ने-खाने व्यवस्था होस्’

खेलकुद, ताजा समाचार
१९ भदौ, काठमाडौं । नेपाललाई ओलम्पिकमा पदक जिताउने तेक्वान्दोका प्रशिक्षक कविराज नेगीले आफू जिन्दगीभर स्वयंसेवा गर्न तयार रहेको तर खेलाडीलाई कम्तीमा खान पुग्ने बन्दोबस्त हुनुपर्ने बताएका छन् । पेरिस पारा ओलम्पिकमा के ४४ क्याटेगरी ५७ केजी तौलमुनि समूहमा नेपालकी पलेशा गोबर्द्धनले कांस्य पदक जितेकी छन् । ओलम्पिकमा पहिलो पदक जिताउने पलेशाका प्रशिक्षक नेगीले खेलाडीका लागि न्यूनतम आवश्यकता पूरा हुने व्यवस्था राज्यले गर्नुपर्ने बताए । ‘सबै खेलाडीहरुलाई गास, बास, कपास, शिक्षा, स्वास्थ्यको व्यवस्था मिलाएर ट्रेनिङ गर्ने वातावरण बनाइदिए पाराबाट आगामी दिनमा धेरै मेडलहरु आउँछन्’, बुधबार स्वदेश फर्केपछि उनले भने । नेपालले सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागी जनाउन थाले पनि पदकविहीन थियो । सन् २०१६ देखि नै पलेशालाई प्रशिक्षण दिदै आएका नेगी आफ्नो भन्दा बढी खेलाडीको चिन्ता गर्छन् । ‘म एउटा स्वयं स...
वर्षाको कारण नेपालको दोस्रो खेल पनि रद्द

वर्षाको कारण नेपालको दोस्रो खेल पनि रद्द

खेलकुद, ताजा समाचार
१९ भदौ, काठमाडौं। आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज क्यानडा भ्रमण अघि अन्तिम तयारीलाई श्रीलंकामा गएको नेपालको दोस्रो खेल पनि वर्षाको कारण रद्द भएको छ । श्रीलंका डेभलेप्मेन्टसँग तीन एकदिवसीय अभ्यास खेलको सिरिज खेल्न नेपाल आइतबार त्यसतर्फ लागेको थियो। मंगलबार पहिलो अभ्यास खेल पनि वर्षाको कारण हुन सकेको थिएन । आज दोस्रो खेल पनि वर्षाको कारण हुन सकेन । नेपालले तेस्रो तथा अन्तिम खेल अव बिहीबार खेल्नेछ । नेपाल शनिबारसँग श्रीलंकामा रहेर अभ्यास गर्नेछ । त्यसपछि नेपाली टोली लिग २ खेल्न क्यानडा जानेछ । नेपाल, क्यानडा र ओमानबीच लिग २ मा प्रतिस्पर्धा हुनेछ । नेपालले लिग २ मा १६ सेप्टेम्बरमा क्यानडासँग खेल्नेछ । त्यसपछि १८ सेप्टेम्बरमा ओमान, २२ सेप्टेम्बरमा क्यानडा र २४ सेप्टेम्बरमा ओमानसँग खेल्नेछ । त्यसपछि यी तीन टोलीबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ । @अनलाइनखबर...
भारतीय कप्तान जिनी कोभातले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने

भारतीय कप्तान जिनी कोभातले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने

खेलकुद, ताजा समाचार
१८ भदौ, काठमाडौं । भारतीय महिला भलिबल टिमकी कप्तान तथा सेटर जिनी कोभात साजीले मधेश युनाइटेडबाट पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभीएल) खेल्ने भएकी छन् । मधेशले मंगलबार आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा जिनीलाई अनुबन्ध गरेको हो । विदेशी खेलाडी घोषणा गर्ने पहिलो टोली मधेशले ईडब्लुभीएका लागि ३ विदेशी खेलाडी घोषणा गर्ने पहिलो टोलीसमेत बनेको छ । मधेशले यसअघि नै काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया र ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीलाई अनुबन्ध गरिसकेको छ । २८ वर्षीय भारतीय सेटर जिनीलाई अनुबन्ध गरेपछि मधेशको विदेशी कोटाको खेलाडी अनुबन्ध पूरा भएको छ । ‘अनुभवी सेटर जिनीलाई मधेश युनाईटेड टिममा अनुबन्ध गर्न पाउँदा हामी एकदमै खुशी छौँ । जिनीको आगमनले मधेश युनाइटेडको टिम अझ राम्रो र मजबुत हुने विश्वास छ’, मधेश युनाइटेडले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘तीन पोजिसन...
जो रुटको अटुट लयले संकटमा सचिनका कीर्तिमान

जो रुटको अटुट लयले संकटमा सचिनका कीर्तिमान

खेलकुद, ताजा समाचार
१७ भदौ, काठमाडौं । सन् २०१४ देखि विराट कोहली, स्टिभ स्मिथ, केन विलियम्सन र जो रुटलाई फ्याब फोर खेलाडी मानिन्छ । फ्याब फोर अर्थात वर्तमान क्रिकेटका तीनै शैलीका सबैभन्दा उत्कृष्ट ब्याटर । फ्याब फोरमा अन्य तीनलाई जो रुटले टेस्टमा पछि पार्दै धेरै अघि बढेका छन् । फ्याब फोरमध्ये टेस्टमा सर्वाधिक रन, खेल र शतकमा रुट सबैभन्दा अघि छन् । ३३ वर्षीय रुटले टेस्टमा सन् २०१२ मा भारतविरुद्ध नागपुरमा डेब्यू गरेका थिए । त्यसको दुई वर्षपछि २०१४ मा उनी फ्याब फोरमा परे । सन् २०१२ देखि २०२० सम्म उनले टेस्टमा १७ शतक प्रहार गरेका थिए । सन् २०२१ यता उनले ५६ टेस्ट खेल खेल्दा १७ शतक, १९ अर्धशतकसहित ५ हजार १८ रन बनाएका छन् । सन् २०२१ यता टेस्टमा रुट सर्वाधिक रन र शतक बनाउने खेलाडी हुन् । रुटपछि पछिल्लो चार वर्षमा केन विलियम्सनले ११ शतक र अष्ट्रेलिया मार्नस लाबुसेनले २९२९ रन बनाएका छन् । समग्र टेस्ट करिअरम...
एन्फा महिला लिग आजदेखि, उद्घाटन खेलमा कोशी र वालिङबीच प्रतिस्पर्धा हुने

एन्फा महिला लिग आजदेखि, उद्घाटन खेलमा कोशी र वालिङबीच प्रतिस्पर्धा हुने

खेलकुद, ताजा समाचार
१६ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ । लिगमा कूल १० टोलीको सहभागिता रहनेछ । उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । उद्घाटन खेलका लागि दर्शकलाई नि:शुल्क प्रवेशको व्यस्था गरिएको एन्फाले जनाएको छ । महिला लिगमा एपीएफ एफसी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, संकटा एफसी र बागमती युथ क्लब छन् । महिला लिगको पहिलो चरणमा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ । पहिलो चरणपछि शीर्ष पाँच टोली अर्को चरणमा प्रवेश गर्नेछन् । जहाँ पाँच टोलीबीच डबल राउण्ड रोविनका आधारमा सुपर लिग खेल्नेछन् । सुपर लिगमा २० खेल हुनेछ । त्यसपछि शीर्ग शीर्ष चार टोली...
कर्णाली रङ्गशालाको अवलोकनपछि प्रचण्डले भने- दशौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा हुनुपर्छ

कर्णाली रङ्गशालाको अवलोकनपछि प्रचण्डले भने- दशौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा हुनुपर्छ

खेलकुद, ताजा समाचार
१५ भदौ, काँक्रेविहार (सुर्खेत) । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएका छन् । आज सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालाको अनुगमनपछि उनले भने, ‘१०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनुपर्छ, कुनै बहानामा पछि सार्न खोजियो भने हजारौँ खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ ।’ उनले निर्माणको अन्तिम चरणमा रहेको रङ्गशाला पश्चिम नेपालको खेल क्षेत्रको केन्द्र बन्ने र खेलाडीको वृत्तिविकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । रङ्गशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसको अत्यधिक सदुपयोग गर्नुपर्ने बताए । रङ्गशालामा विभिन्न राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने उनको भनाइ थियो । अनुगमनका क्रममा कर्णाली प्रदेश सरकारका पूर्...
खेलाडीको तलब ३० हजार, एन्फा महासचिवलाई २ लाख ७० हजार

खेलाडीको तलब ३० हजार, एन्फा महासचिवलाई २ लाख ७० हजार

खेलकुद
१४ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमका खेलाडीसँगै महासचिवको तलब बढाउने निर्णय गर्‍यो । भदौ ११ र १३ मा बसेको बोर्ड बैठकले खेलाडीको तलब १८ हजारबाट ३० हजार पुर्‍याउने निर्णय गर्‍यो । सँगसँगै एन्फा महासचिव किरण राईको तलब १ लाख २० हजारबाट बढाएर झण्डै दुई लाख ७० हजार (२ हजार अमेरिकी डलर) बनाउने निर्णय गर्‍यो । एन्फा अध्यक्षमा पंकजबिक्रम नेम्वाङ निर्वाचित भएर आएसँगै २०७९ असार ८ मा पहिलो बैठकमै राईलाई महासचिवमा नियुक्त गर्ने निर्णय गरेका थिए । दुई वर्षपछि राईको तलब बढाउने प्रस्ताव पनि पंकजले नै लगेका हुन् । ‘महासचिवको तलब बढाउने आधार एउटा कामको मुल्याङ्कन हो । अर्को उहाँलाई आर्थिक रुपमा कमी नहोस् भनेर हो’, एन्फा अध्यक्ष नेम्वाङले भने । तर फुटबल विश्लेषकहरु भने महासचिवमा राई असक्षम पदाधिकारी बताउँछन् । उनी आएदेखि नेपाली फुटबल चलायमान हुन सकेको छैन । राइ महासचिव बन...
पेरिस पारा ओलम्पिकमा पलेशा क्वाटरफाइनलमा प्रवेश

पेरिस पारा ओलम्पिकमा पलेशा क्वाटरफाइनलमा प्रवेश

खेलकुद, ताजा समाचार
१४ भदौ, काठमाडौं। नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिकमा क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । पेरिसस्थित ग्रान्ड पेलेसमा भएको के–४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजी मुनि पलेशाले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोरालेसलाई ३१-० ले सहजै हराइन् । सुरुवात देखि खेलमा दबा बनाउँदै अंक जोडेकी पलाशले प्वाइन्ट ग्यापमा खेल जितेकी हुन् । पलेशाले अब क्वाटरफाइनलमा ब्राजिलियन मायारा सिल्भाना फर्नान्डेजसँग प्रतिस्पर्धा गर्नेछिन् । फर्नान्डेज बाई पाउँदै सिधै क्वाटरफाइनल पुगेकी हुन् ।यस पटक पलेशा छनोट चरण पार गरेर पारा ओलम्पिकमा पुगेकी हुन् । गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन्। छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् । पलेशा १९औं एसियाली खेलकुदकी प...
पेरिस पारा ओलम्पिक : पलेशाबाट पदकको आश

पेरिस पारा ओलम्पिक : पलेशाबाट पदकको आश

खेलकुद
१४ भदौ, काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पेरिस पारा ओलम्पिकमा आफ्नो पहिलो खेल आज खेल्दैछनि । के–४४ क्याटगोरी अन्तरग्त महिला ५७ केजी मुनि पलेशाले पहिलो चरणमा भेनेन्जुएलाकी भलेरिया मोराल्स विरुद्ध प्रतिस्पर्धा गर्नेछन् । पेरिसस्थित ग्रान्ड पेलेसमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ । यस खेलको विजताले क्वाटरफाइनलमा ब्राजिलियन मायारा सिल्भाना फर्नान्डेजसँग खेल्नेछ । फर्नान्डेज बाई पाउँदै सिधै क्वाटरफाइनल पुगेकी हुन् । पारा तेक्वान्दोकै अर्का खेलाती भरत सिंह महता भने के–४४ क्याटगोरी अन्तर्गत पुरुष ५८ केजी मुनि पहिलो खेलमै बिहीबार जापानका मित्सुया तानाकासँग पराजित भए । उनी वाइल्ड कार्ड मार्फत पहिलो पटक ओलम्पिक खेलेका हुन् । यस पटक पलेशा छनोट चरण पार गरेर पारा ओलम्पिक पुगेकाले उनीबाट नेपालले पदकको आश गरेको छ । गत चैतमा चीनको ताइयानमा भएको...
नेपालविरुद्ध बंगलादेशलाई अग्रता

नेपालविरुद्ध बंगलादेशलाई अग्रता

खेलकुद, ताजा समाचार
१२ भदौ, काठमाडौं । साफ यू–२० च्याम्पियनसीपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ । पहिलो हाफको इन्जुरी टाइममा मिराजुलले गोल गरेका हुन् । डि बक्स बाहिरबाट पाएको फ्रिकिकमा उनले सोझै गोल गरेका हुन् । आयोजक नेपाल, भुटानलाई हराएर फाइनलमा पुगेको थियो भने बंगलादेशले भारतलाई स्तब्ध पारेको थियो ।...