Tuesday, December 24

खेलकुद

साफ यु-२० च्याम्पियनसिप फाइनलमा नेपाली टिममा १ खेलाडी परिवर्तन

साफ यु-२० च्याम्पियनसिप फाइनलमा नेपाली टिममा १ खेलाडी परिवर्तन

खेलकुद, ताजा समाचार
१२ भदौ, काठमाडौं । साफ यु-२० च्याम्पियनसिपको फाइनलमा घरेलु टोली नेपालले बुधबार बंगलादेश खेल्दैछ । उपाधि भिडन्तका लागि नेपाली पहिलो रोजाइको टोलीमा एक खेलाडी परिवर्तन भएका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले अनिल बम्जनको स्थानमा लक्षु थापालाई पहिलो रोजाइमा राखेका छन् । फाइनल खेल २:४५ बजे एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।...
एपीएफले दोस्रो खेलमा मलेसियन टोली सबाहसँग खेल्दै

एपीएफले दोस्रो खेलमा मलेसियन टोली सबाहसँग खेल्दै

खेलकुद, ताजा समाचार
१२ भदौ, काठमाडौं । एएफसी वुमन्स च्याम्पियन्स लिग प्रारम्भिक चरणको दोस्रो खेलमा नेपालको एपीएफ क्लबले आज लेसिया क्लब सबाहसँग खेल्दैछ । समूह सी रहेका एपीएफ र सबाहबीचको खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे कोताकिनाबालुस्थित लिसाका स्टेडियममा हुनेछ । घरेलु मैदान भएकोले सबाहका लागि फाइदा पुग्न सक्छ । यसअघि एपीएफ पहिलो खेलमा उज्वेकिस्तानी टोली नासाफसँग १-० ले पराजित भएको थियो । समूह विजेता मात्र अन्तिम चरणमा पुग्ने भएकोले एपीएफले त्यो सम्भावना कायम राख्न सबाहलाई हराउनैपर्नेछ ।...
गोलकिपर नायक बनेपछि नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा

गोलकिपर नायक बनेपछि नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा

खेलकुद, ताजा समाचार
९ भदौ, काठमाडौं । नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४-१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिजेट १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे । नेपालका गोलिकपर जियारथ शेखले भुटानका दुई पेनाल्टी बचाउँदै नायक बने । नेपालले अब भारत र बंगलादृशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल बुधबार हुनेछ ।...
साफ यु-२० च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालले फर्कायो गोल

साफ यु-२० च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालले फर्कायो गोल

खेलकुद, ताजा समाचार
९ भदौ, काठमाडौं । साफ यु-२० च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा नेपालले भुटानविरुद्ध गोल फर्काएको छ । खेलको ५६ औं मिनेटमा भुटानले अग्रता लिए पनि नेपालले ७७ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएको छ । एन्फा कम्प्लेक्समा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा भुटानका लागि जेत्सुन दोर्जीले गोल गरेका थिए । नेपालका निराजन धामीले गोल गर्दै खेल बराबरी गरेका हुन् ।...
एभरेस्ट महिला भलिबल लिग असोज १४ गतेदेखि

एभरेस्ट महिला भलिबल लिग असोज १४ गतेदेखि

खेलकुद, ताजा समाचार
९ भदौ, काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करण असोज १४ गतेदेखि १९ गतेसम्म हुने भएको छ । काठमाडौं दशरथ रंगशालास्थित कभर्ड हलमा हुने खेलबारे आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । नेपाल भलिबल संघसँगको परामर्श र स्वीकृतिमा प्रतियोगिताको मिति तय गरिएको आयोजक इन्फिनिटी ड्रिम्सले जानकारी दिएको छ । महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिगको पहिलो संस्करणमा ६ टोली सहभागी हुँदैछन् । ‘लिगको तयारी तीव्र गतिमा भइरहेको छ, जसमा ईडब्लूभीएल र यसका ६ प्रतिष्ठित फ्रेन्चाइजहरू भलिबल समुदायका लागि अभूतपूर्व अनुभव सिर्जना गर्न अथक मेहनत गरिरहेका छन्’, आयोजकले भनेको छ, ‘यो पहल मात्र एक खेलकुद प्रतियोगिता नभएर, नेपालमा महिला खेलाडीहरूलाई सशक्तिकरण गर्ने र हाम्रो राष्ट्रिय खेललाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्ने एक महत्वपूर्ण कदम हो ।’...
यू-२० च्याम्पियनसिप सेमिफाइनल : नेपाल र भुटानको पहिलो हाफ बराबर

यू-२० च्याम्पियनसिप सेमिफाइनल : नेपाल र भुटानको पहिलो हाफ बराबर

खेलकुद, ताजा समाचार
९ भदौ, काठमाडौं । साफ यू२० च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनल मा नेपालले भुटानसँग खेलिरहेको छ । एन्फा कम्प्लेक्समा पहिलो हाफको खृल सकिँदा दुवै टोलीले कुनै गोल गर्न सकेको छैन । पहिलो हाफमा दुवै टोलीले गोल गर्ने खासै अवसर बनाउन सकेनन् ।
साफ यू-२० च्याम्पियनसिप : समूह विजेता बन्न नेपाल र बंगलादेश आज खेल्दै

साफ यू-२० च्याम्पियनसिप : समूह विजेता बन्न नेपाल र बंगलादेश आज खेल्दै

खेलकुद
६ भदौ, काठमाडौं । साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत घरेलु टोली नेपालले आज समूहको दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । समूह एबाट यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेका यी दुई टोली बीचको खेलले समूह ए को विजेता टुङ्गो लाग्नेछ । पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो । त्यसपछि अर्को खेलमा बंगलादेशले श्रीलंकालाई २-० ले हराएपछि नेपाल र बंगलादेश एक खेल अघि नै सेमिफाइनल पुगेका हुन् । श्रीलंका भने समूह चरणबाटै बाहिरिसकेको छ । बंगलादेशको गोल अन्तर राम्रो रहेकोले नेपालसँग बराबरी खेले पनि समूह ए को विजेता बन्ने छ । नेपालको लागि भने समूह विजेता बन्न बंगलादेशलाई हराउनै पर्ने छ । समूह बीमा रहेको भारतसँगको सम्भावित सेमिफाइनल भेट टार्नका लागि नेपाल समूह एको विजेता बन्ने लक्ष्यमा छ । स...
महिला टी-२० विश्वकप यूएईमा हुने

महिला टी-२० विश्वकप यूएईमा हुने

खेलकुद, मनोरन्जन, सुचना/संचार
५ भदौ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने भएको छ । यसअघि बंगलादेशमा हुने भनिएको महिला टी-२० विश्वकप त्यहाँबाट यूएईमा सारिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जनाएको छ । यसअघि महिला विश्वकप आगामी अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा हुने तय थियो । तर बंगलादेशमा भएको पछिल्लो विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा प्रतियोगिता हुने नहुने अनिश्चित बनेको थियो । यसअघि भारतलाई महिला टी२० विश्वकप आयोजनाका लागि प्रस्ताव गरेपनि भारतले अस्वीकार गरेको थियो । अब महिला टी-२० विश्वकप यूएईको दुई शहर दुबई र शारजहामा हुने आईसीसीले जनाएको छ । आईसीसीका प्रमुख कार्यकारी जेफ एलार्डासले बंगलादेशमा विश्वकप आयोजना गर्न नपाउनु लाजमर्दो कुरा रहेको बताएका छन् । यस्तै विश्वकप आयोजकको रुपमा आगाडी आएको इमिरेट्स क्रिकेट बोर्डलाई एलार्डासले धन्यवाद दिएका छ...
साफ यु-२० च्याम्पियनसिप : बंगलादेश र श्रीलंकाको खेलमा नेपालको नजर

साफ यु-२० च्याम्पियनसिप : बंगलादेश र श्रीलंकाको खेलमा नेपालको नजर

खेलकुद
४ भदौ, काठमाडौं । साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत आज समूह ए मा रहेका बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ । आज नेपालको खेल नरहे पनि नेपालको नजर भने यस खेल हुनेछ । किनभने नेपालले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो । आज आफूअनकुल नतिजा आए नेपाल एक खेलअघि नै सेमिफाइनल पुग्नेछ । पहिलो खेलमा श्रीलंकालाई १-० ले पराजित गरेको नेपालको ३ अंक छ । बंगलादेश आफ्नो पहिलो खेल खेल्दैछ । यदि आज बंगलादेशले श्रीलंकालाई पराजित गरेका नेपाल र बंगलादेश अन्तिम खेलअघि नै सेमिफाइनल पुग्नेछ । जसले गर्दा नेपाललाई अन्तिम खेल खेल्न अझ सहज हुनेछ । यदि आज श्रीलंकाले बंगलादेशलाई पराजित गरेमा भने समूह चरण रोमाञ्चक हुनेछ । बंगलादेश र श्रीलंकाबीचको खेल दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुनेछ । ६ टोली सहभागी च्याम्पियनसिपमा तीन-तीन टोलीको दुई समूह बनाएर खेलाइएको छ । दुवै समूहबाट शीर्ष द...
लेस्टरसँग बराबरीमा रोकियो टोटनहम

लेस्टरसँग बराबरीमा रोकियो टोटनहम

खेलकुद
४ भदौ, काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटनहम लेस्टर सिटीसँग १-१ को बराबरीमा रोकिएको छ । टोटनहमले सुरुवाती अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा खेल बराबरीमा सकिएको हो । खेलको २९औं मिनेटमा पेड्रो पेरोले जेम्स म्याडिसनको पासमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा लेस्टरले बराबरी गोल फर्कायो । ५७ औं मिनेटमा जेमी भराडीले फातावुको पासमा लेस्टरका लागि बराबरी गोल गरे । बराबरीपछि दुवै टिमले एक-एक अंक जोडेक‍ा छन् । यस खेलपछि प्रिमियर लिगको नयाँ सिजनमा पहिलो चरणको सबै १० खेल सकिएको छ । पहिलो चरणमा उपाधि दाबेदारहरु म्यानचेष्टर सिटी, आर्सनल, लिभरपुलसहित म्यानचेष्टर युनाइटेडले विजयी सुरुवात गरेका छन् ।...