Monday, December 23

खेलकुद

पेरिस ओलम्पिक आज अन्तिम दिन, शीर्ष बन्ने होडमा चीन र अमेरिका

पेरिस ओलम्पिक आज अन्तिम दिन, शीर्ष बन्ने होडमा चीन र अमेरिका

अन्तरास्ट्रिय, खेलकुद
२७ साउन, काठमाडौं । फ्रान्सको पेरिसमा भइरहेको पेरिस ओलम्पिक २०२४ आज सकिंदैछ । २६ जुलाईमा औपचारिक रुपमा उद्घाटन भएको पेरिस ओलम्पिक दुई साताको रमाइलो प्रतिस्पर्धापछि समापन नजिक आइपुगेको हो । अन्तिम दिन १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । जसमा अधिकांश इभेन्ट महिलातर्फको फाइनल खेल रहेका छन् । आज महिला म्याराथन, महिला बास्केटबल, महिला भलिबल, महिला बास्केटबल जस्ता समूह खेलको स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । आज साइक्लिङ ट्रयाक र रेस्टलिङमा ३-३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ भने एथ्लेटिक्स, बास्केटबल महिला, ह्याण्डबल पुरुष, मोर्डन पेन्टाथलन महिला, भलिबल महिला, वाटरपोलो पुरुष तथा भारोत्तोलन महिला (८१ केजीमाथि)मा एक-एक स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । महिला म्याराथनमा नेपालबाट सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दैछिन् । नेपालबाट ७ खेलाडी सहभागी भएकोमा ६ खेलाडीको खेल भइसकेक...
दशरथ रंगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता

दशरथ रंगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता

खेलकुद, ताजा समाचार
२४ साउन, काठमाडौं । दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासंघ (एएफसी) ले अनुमति दिएको छ । विभिन्न प्रश्न उठाउँदै एएफसीले केही समयदेखि दशरथ रंगशालामा अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो । गत चैत्रदेखि राष्ट्रिय खेलकुद परिषद्ले रंगशालाको रेखदेख र संरक्षण सुरु गरेको थियो । एएफसीका प्रतिनिधिले साउन ९ गते दशरथ रंगशालाको निरीक्षण गरी मापदण्ड पूरा भएको प्रतिवेदन दिएको अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ । दशरथ रंगशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिएसँगै यही २९ गते एएफसी च्यालेन्ज लिग छनोटको प्लेअपअन्तर्गत भुटानको पारो एफसी र नेपालको चर्चब्वाइज युनाइटेडबीच खेल हुने भएको छ । यसअघि रंगशाला अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य भएका कारण गत चैतमा विश्वकप छनोटको नेपाल ...
महिला भलिबल खेलाडीलाई काठमाडौं महानगरले दियो जनही १ लाख

महिला भलिबल खेलाडीलाई काठमाडौं महानगरले दियो जनही १ लाख

खेलकुद, ताजा समाचार
२३ साउन,काठमाडौं । काठमाडौंमा भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको उपबिजेता नेपाली टिमका सदस्य र प्रशिक्षकलाई काठमाडौं महानगरपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ । नगद पुरस्कार पाउने खेलाडीमा कप्तान अरुणा शाही, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी, पुनम चन्द, संगम महतो, कविता भट्ट, कामना विष्ट, प्रगति नाथ, शान्तिकला तामाङ, साफिया पुन र आरती सुवेदी गरी १४ जना खेलाडी छन् । त्यस्तै प्रशिक्षक जगदिश भट्ट, सहायक प्रशिक्षक भरत यादव, फिजियो लोकेन्द्र कँवर र व्यवस्थापक निलम बज्राचार्यलाई जनही ५० हजार रुपैयाँ दिइएको काठमाडौं महानगरपालिकाले जनाएको छ । काभा वुमन्स नेसन्स लिगको बुधबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो । उक्त खेल हेर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनीता डंगोल त्रिपुरेश्वर...
काभा वुमन्सको फाइनलमा चुक्यो नेपाल, उपाधि भारतलाई

काभा वुमन्सको फाइनलमा चुक्यो नेपाल, उपाधि भारतलाई

अन्तरास्ट्रिय, खेलकुद, ताजा समाचार
२३ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स लिग २०२४ को उपाधि भारतले जितेको छ । दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा नेपाल पुनः भारतसँग हार्दै उपाधिबाट वञ्चित भएको हो । भारतले नेपाललाई २५–२३, १४–२५, २५–२२, २१–२५ र १५–५ ले हराएको छ । भारतले दोस्रो, चौथो र पाँचौं सेट जित्दै उपाधि हात पारेको हो । पहिलो सेटको सुरुवातमा अग्रता बनाएको नेपालले त्यो सुरुवाती अग्रता जोगाउन सकेन । ३–० को अग्रताबाट भारतले लगातार ४ अंक जोडेपछि नेपालका प्रशिक्षक जगदिश भट्टले पहिलो टाइमआउट लिए । त्यसपछि भारतले २२–१९ को अवस्थामा अग्रता बनायो । त्यसपछि नेपालले लगातार अग्रता बनाउँदै पहिलो सेट २५–२३ ले जित्यो । दोस्रो सेटको सुरुवातमा भारत ६–४ ले अग्रता बनायो । त्यसपछि १०–५ ले नेपाल पछि पर्‍यो । नेपालले दोस्रो सेटमा ३ वटा सर्भिसमा अंक सुम्पियो । प्रदर्शनको आधारमा पनि दोस्रो सेट नेपालले निकै कमजोर खेल्यो । २४–११...
उपाधिका लागि नेपाल भारतसँग भिड्दै, यस्तो छ फाइनल यात्रा

उपाधिका लागि नेपाल भारतसँग भिड्दै, यस्तो छ फाइनल यात्रा

अन्तरास्ट्रिय, खेलकुद, ताजा समाचार
२३ साउन, काठमाडौं । घरेलु कोर्टमा भइरहेको काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि नेपाल आज भारतसँग भिड्दैछ । फाइनल खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित कभर्डहलमा सुरु हुनेछ । त्यसअघि इरान र श्रीलंकाबीच दिउँसो २ बजे तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीचको फाइनल खेल हेर्न उपस्थित हुने नेपाल भलिबल संघले जनाएको छ । सेमिफाइनलमा नेपालले इरानलाई तथा भारतले श्रीलंकालाई सोझो सेटमा हराएर फाइनल भेट पक्का गरेका हुन् । यस प्रतियोगितामा नेपाल भारतबीच खेल हुन लागेको यो दोस्रो पटक हो । लिग चरणमा नेपालले पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा भारतलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको थियो । महिला भलिबलमा नेपालले भारतलाई हराएको त्यो नै पहिलोपटक थियो । लिग चरणको प्रदर्शनलाई कायम राख्दै भारतलाई फेरि हराएर नेसन्स लिगको उपाधि घरमै राख्ने नेपालको लक्ष्...
प्रधानमन्त्री ओली भारतसँगको फाइनल खेल हेर्ने जाने

प्रधानमन्त्री ओली भारतसँगको फाइनल खेल हेर्ने जाने

अन्तरास्ट्रिय, खेलकुद, ताजा समाचार
२३ साउन, काठमाडौं । नेपाल र भारतबीच हुने काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी ओली जाने भएका छन् । उपाधिका लागि नेपालले आज साँझ ५ बजे भारतसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ । नेपाल इरानसँग लिगचरणको बदला लिंदै फाइनलसम्म आइपुगेको हो भने भारतले श्रीलंकालाई हराएर फाइनलमा स्थान पक्का गरेको हो । सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमै उपाधि गुमाएको नेपाली टोलीलाई यो बदला लिने अवसर हो । लिग चरणमा भारतलाई पराजित गरेको नेपालको मनोवल उच्च छ ।...
भारतलाई हराएर इतिहास रच्ने अवसर

भारतलाई हराएर इतिहास रच्ने अवसर

अन्तरास्ट्रिय, खेलकुद, ताजा समाचार
२३ साउन, काठमाडौं । महिला भलिबलमा नेपालले फेरि एउटा उपाधि भिडन्त भारतसँग नै गर्नुपर्ने भएको छ । काभा वुमन्स नेसन्स लिगमा मंगलबार नेपालले इरानलाई र भारतले श्रीलंकालाई हराउँदै उपाधिका लागि आमने-सामने हुन लागेका हुन् । सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमा उपाधि गुमाएको नेपाली टिमलाई बदला लिने अवसर बुधबार छ । यही प्रतियोगितामा शनिबार लिग चरणको खेलमा भारतलाई हराएकाले नेपाली टिम आत्मविश्वासी छ । प्रतियोगितामा सहभागी सबै टिमलाई हराएको हुनाले नेपाल उच्च मनोबलमा रहेको प्रशिक्षक जगदिश भट्टले बताए । ‘हामीले विपक्षी अनुसारको रणनीति बनाएर खेलाउन सक्यौं भने जित्न सक्छौं’, उनले भने । नेपालले लिग चरणमा भारत, माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो भने इरानसँग हार व्यहोरेको थियो । इरानसँग लिग चरण्मा भेगेको पराजयले कमजोरी सच्याउने अवसर पाएको भट्टले बता...
नेपाली क्रिकेट टोलीले भारतमा प्रशिक्षण गर्ने

नेपाली क्रिकेट टोलीले भारतमा प्रशिक्षण गर्ने

खेलकुद, ताजा समाचार
२१ साउन, काठमाडौं । नेपाली क्रिकेट टोलीले क्यानडा भ्रमणअघि भारतमा प्रशिक्षण गर्ने भएको छ । नेपालले क्यानडा भ्रमणलाई आइतबार रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ । अघिल्लो महिना सम्पन्न टी–२० विश्वकप खेलेको टोलीमा रहेका तीव्र गतिका बलर प्रतिश जि.सी. र अभिनाश बोहरा बन्द प्रशिक्षणमा बोलाइएको छैन । नेपाल ए मा राम्रो प्रदर्शन गरेका बायाँहाते स्पिन अलराउण्डर बसिर अहमदले प्रशिक्षणमा फर्किने अवसर पाएका छन् । यस्तै टी–२० विश्वकप खेलेको टोलीमा नभएका देव खनाल, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, आकाश चन्द, बसिर अहमद, सूर्य तामाङ र रिजन ढकाल पनि छन् । टोलीले एकहप्ता त्रिवि क्रिकेट मैदानमा फिटनेश ट्रेनिङ गर्नेछ, त्यसपछि भारत जाने तयारी छ । नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले भारतमा प्रशिक्षण गर्ने तयारीमा रहेको पुष्टि गरे । ‘पहिलो चरणमा टीयु...
काभा वुमन्स नेसन्स लिग : लिग चरणको अन्तिम दुई खेल आज

काभा वुमन्स नेसन्स लिग : लिग चरणको अन्तिम दुई खेल आज

खेलकुद, ताजा समाचार
२१ साउन, काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिग अन्तर्गत लिग चरणका अन्तिम दुई खेल आज हुँदैछ । जसमा घरेलु टोली नेपालले माल्दिभ्ससँग खेल्नेछ भने भारतले श्रीलंकासँग खेल्नेछ । आज हुने दुवै खेलको समय परिवर्तन भएको छ । नेपाल भलिबल संघका अनुसार भारत र श्रीलंकाबीचको पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ । यस्तै नेपाल र माल्दिभ्सबीचको दोस्रो खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ । आजको खेलपछि लिगचरणका खेलहरु सकिनेछन् र सेमिफाइनल समीकरण तय हुनेछ । पाँच राष्ट्र सहभागी प्रतियोगितामा इरान, भारत, नेपाल र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । माल्दिभ्स भने एक खेलअघि नै अन्तिम हुने निश्चित भएपछि लिगबाटै बाहिरिएको छ । लिगको चारै खेल खेलिसकको इरान ३ जित र १ हारबाट ७ अंक जोडेर शीर्ष स्थानमा छ । तीन खेल खेलेको भारतले २ जित र १ हारबाट ७ अंक नै जोडेको...
विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालका चन्द्रलाई रजत

विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालका चन्द्रलाई रजत

अन्तरास्ट्रिय, खेलकुद, ताजा समाचार
२० साउन, काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालका खेलाडी चन्द्रबहादुर बोहराले रजत पदक जितेका छन् । पुरुष ५०-५५ केजी तौलको प्रतिस्पर्धामा फाइनलमा चन्द्र थाइल्याण्डको खेलाडीसँग अंकको आधारमा पराजित भएका हुन् । प्रतियोगितामा आइतबार नेपालकी मेग्मा गुरुङले पनि फाइनल खेल्दैछिन् भने राजेन्द्र तामाङ र ईमा थापाको सेमिफाइनल खेल छ । अगस्त १ देखि थाइल्याण्डको नन्थावुरी स्टेडियममा सुरु भएको च्याम्पियनसिप अगष्ट ४ मा सकिनेछ । प्रतियोगितामा नेपालबाट कुल ६ खेलाडी सहभागी छन् ।...