Monday, December 23

खेलकुद

काभा वुमन्स नेसन्स लिगमा नेपालले आज इरानसँग खेल्दै

काभा वुमन्स नेसन्स लिगमा नेपालले आज इरानसँग खेल्दै

अन्तरास्ट्रिय, खेलकुद, ताजा समाचार
‍२० साउन, काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले आझ आफ्नो तेस्रो खेलमा इरानसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ । शनिबार भारतमाथि ऐतिहासिक जित निकालेको नेपालको उच्च मनोबलमा छ र इरानसँग खेल्दा नेपालको नजर लिगमा शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुग्ने हुनेछ । इरानलाई पराजित गरेमा नेपाल शीर्ष स्थानमा रहने लगभग पक्का हुनेछ । किनभने नेपालले श्रीलंका र भारतलाई पराजित गरिसकेकोछ भने अन्तिम खेल तुलनात्मक रुपमा कमजोर टोली माल्दिभ्ससँग हुनेछ । दुई खेलबाट ५ अंकसहित नेपाल हाल दोस्रो स्थानमा छ । तीन खेल खेलिसकेको भारत दुई जित र एक हारबाट ७ अंकसहित शीर्ष स्थानमा छ भारतले अब श्रीलंकासँग मात्र खेल्न बाँकी छ । नेपालले इरानलाई सोझो सेट वा ३-१ को सेटमा पराजित गरेमा भारतलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । आजै हु...
पेरिस ओलम्पिक पदक तालिकामा जापान शीर्ष स्थानमा , चीन र अष्ट्रेलिया पछ्याउँदै

पेरिस ओलम्पिक पदक तालिकामा जापान शीर्ष स्थानमा , चीन र अष्ट्रेलिया पछ्याउँदै

अन्तरास्ट्रिय, खेलकुद
१६ साउन, काठमाडौं । पेरिस ओलम्पिकमा मंगलबारसम्मको खेल सकिंदा एसियाली राष्ट्र पदक तालिकामा शीर्ष स्थानमा रहेको छ । जापानले मंगलबारसम्म सर्वाधिक ७ स्वर्ण जितेको छ । यस्तै २ रजत र ४ कांस्य पनि जितेको जापानले कुल १३ पदक जितेको छ । जापानलाई एसियाकै चीन अनि अष्ट्रेलियाले पछ्याइरहेको छ । चीनले ६ स्वर्ण, ६ रजत र २ कांस्य गरी १४ पदक जितेको छ । अष्ट्रेलियाले ६ स्वर्ण, चार रजत र एक कांस्यसहित ११ पदक जितेको छ । आयोजक फ्रान्सले पनि ५ स्वर्ण जित्दा ४ रजत र एक कांस्य गरी ११ पदक जितेको छ । पाँचौ स्थानमा रहेको दक्षिण कोरियाले ५ स्वर्ण, ५ रजत र ३ कांस्य गरी ११ पदक जितेको छ । ओलम्पिकको सबैभन्दा सफल राष्ट्र अमेरिका भने छैटौं स्थानमा छ । अमेरिकाले ४ स्वर्ण, ११ रजत र १ कांस्यसहित २६ पदक जितेको छ । यस्तै बेलायत ४ स्वर्ण ५ रजत र ३ कांस्यसहित १२ पदक जोडेर सातौं स्थानमा छ । इटली ३ स्वर्ण जितेर आठौं...
जुडोकी मनिता पेरिस ओलम्पिकमा पराजित

जुडोकी मनिता पेरिस ओलम्पिकमा पराजित

खेलकुद, ताजा समाचार
१४ साउन, काठमाडौं । नेपाली जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान पेरिस ओलम्पिक–२०२४ को महिला ५७ केजीमुनि तौलसमूहमा सोमबार पराजित भएकी छन् । इलिमिनेसन राउन्ड अफ ३२ को प्रतिस्पर्धामा ‘म्याट’ मा १ मिनेट ०२ सेकेन्ड बिताएकी मनिता इप्पोनका आधारमा पराजित भएकी हुन् । पेरिसस्थित च्याम्प डि मार्स एरिनामा भएको खेलमा सर्बियाकी मरिका पेरिसिकले मनितालाई १०–० अंकले पन्छाइन् । दस वर्षको उमेरदेखि जुडो करियर सुरु गरेकी २५ वर्षीया मनिताले १२औं र १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजतका साथै अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदक जितेकी छन् । ‘कन्टिनेन्टल क्वालिफिकेसन’ कोटाबाट पेरिस ओलम्पिकमा स्थान बनाएकी मनिता समग्रमा ओलम्पिक खेल्ने छैटौ नेपाली जुडो खेलाडी हुन् । मनिताअघि गंगाबहादुर डंगोल र ऋषिराम प्रधानले सन् १९८८ को सिओल ओलम्पिक, देबु थापाले सन् २००८ को बेइजिङ ओलम्पिक, फुपु ल्हामु खत्रीले सन् २०१६ को...
नेपाली राष्ट्रिय पुरुष र महिलाको रग्बी टोली घोषणा

नेपाली राष्ट्रिय पुरुष र महिलाको रग्बी टोली घोषणा

अन्तरास्ट्रिय, खेलकुद, ताजा समाचार
१४ साउन, काठमाडौं । एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफीका लागि महिला र पुरुषको नेपाली राष्ट्रिय रग्बी टोली घोषणा भएको छ । एसिया रग्बीको आयोजना र नेपाल रग्बीको व्यवस्थापनमा आगामी असोज १७ गतेदेखि १९ गतेसम्म एसिया रग्बी सेभेन्स ट्रफी २०२४ नेपालमा हुँदै छ । सोही ट्रफीका लागि पुरुष र महिला दुवैमा १६ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक न्युजिल्यान्डका मुर्रे पल स्टर्टले दुवैतर्फ राष्ट्रिय टोली घोषणा गरेका हुन् । उनी अन्तर्राष्ट्रिय लेभल थ्री प्रशिक्षक तथा एजुकेटर हुन् । राष्ट्रिय टिम छनोटका लागि पहिलो चरणमा सात वटै प्रदेश र तीन विभागीय टोलीबाट प्रारम्भिक खेलाडी छनोट गरिएको थियो । पुरुषतर्फ ३८ जना र महिलामा २८ जना प्रारम्भिक टोलीमा छनोट गरिएको थियो । तीमध्येबाट दोस्रो चरणमा समान २० जना महिला तथा पुरुष खेलाडी गरिएको थियो । त्यहाँबाट अन्तिम छनोट गरि...
जुडो खेलाडी मनिताले आज प्रतिस्पर्धा गर्दै, प्रिन्सको दोस्रो खेल पनि आजै

जुडो खेलाडी मनिताले आज प्रतिस्पर्धा गर्दै, प्रिन्सको दोस्रो खेल पनि आजै

अन्तरास्ट्रिय, खेलकुद, ताजा समाचार
१४ साउन, काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा आज पनि दुई नेपाली खेलाडीको प्रतिस्पर्धा रहेको छ । जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनि तौलमा आज प्रतिस्पर्धा गर्दैछिन् । उनले पहिलो खेलमा सर्बियाकी मारिया पेरिसिकको सामना गर्नेछिन् । यो खेल फ्रान्सको स्थानिय समय अनुसार बिहान १० बजे अर्थात नेपाली समय अनुसार दिउँसो १:४५ बजे हुनेछ । यस्तै ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाले समूह चरणमा आफ्नो दोस्रो खेल आज खेल्नेछन् । मेन्स सिंगल्सको समूह पी मा रहेका प्रिन्सले आयरल्याण्डका एनहात गुएनसँग प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल फ्रान्सको स्थानिय समय अनुसार राती ९:१० बजे हुने । नेपाली समय अनुसार पौने १२ बजे प्रिन्सको खेल हुनेछ । प्रिन्स समूहको पहिलो खेलमा विश्व नम्बर दुई डेनिस खेलाडी भिक्टोर एक्सेलसनसँग २-० ले पराजित भएका थिए । गुएनले भने पहिलो खेलमा इजरायलका मिसा जिरब्यानलाई २-१ ले परा...
सुटिङकी सुस्मिता र पौडीकी डुवानाको खेल आज

सुटिङकी सुस्मिता र पौडीकी डुवानाको खेल आज

खेलकुद, ताजा समाचार
१३ साउन, काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा आज नेपालका दुई खेलाडीको प्रतिस्पर्धा हुँदैछ । सुटिङ खेलाडी सुस्मिता नेपाल र पौडीकी डुवाना लामाले आज प्रतिस्पर्धा गर्दैछन् । सुटिङमा सुस्मिता नेपालले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । उनको खेल नेपाली समय अनुसार दिउँसो १ बजे सुरु हुनेछ । यस्तै पौडीमा डुवाना लामाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् । उनी हिट चरणको हिट एक मा छिन् । उनको प्रतिस्पर्धा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । शुक्रबार उद्घाटन भएको पेरिस ओलम्पिकमा शनिवार नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गरेकोमा दुवै खेलाडी पराजित भए । टेबलटेनिसका श्यान्टु श्रेष्ठ मेन्स सिंग्ल्सको प्रारम्भिक चरणमै सेनेगलका खेलाडीसँग ४-० ले पराजित हुँदै बाहिरिए । ब्याडमिन्टनको मेन्स सिंगल्समा प्रिन्स दाहाल समूह पी को पहिलो खेलमा विश्वनम्बर दुई तथा ओलम्पिकको साविक स्वर...
ओलम्पिक सोचेभन्दा फरक हुने रहेछ : श्यान्टु

ओलम्पिक सोचेभन्दा फरक हुने रहेछ : श्यान्टु

खेलकुद, ताजा समाचार
१३ साउन,काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा पहिलो चरणबाटै बाहिरएपछि नेपाली टेबलटेनिस खेलाडी श्यान्टु श्रेष्ठले ओलम्पिक सोचेभन्दा फरक भएको बताएका छन् । पहिलो पटक ओलम्पिक खेलेका श्यान्टु प्रिलिमिनरी राउन्डको पुरुष सिंगल्समा सेनेगलका इब्राहिम डिउसँग ४–० ले पराजित भएका थिए । ‘बेस्ट अफ सेभेन’ को खेलमा इब्राहिमले श्यान्टुलाई १२–१०, ११–३, ११–४ र ११–५ ले हराए । इब्राहिमलाई जित निकाल्न २४ मिनेट लागेको थियो । हारसँगै श्यान्टु प्रतियोगिताबाट बाहिरिएका छन् भने इब्राहिम राउन्ड अफ ६४ मा प्रवेश गरेका छन् । खेलपछि श्यान्टुले सोचेभन्दा फरक भएको भन्दै प्रतिद्वन्द्वी आफूभन्दा धेरै माथिल्लो स्तरका खेलाडी भएको बताए । ‘प्रतिद्वन्द्वी राम्रो भएपनि ४–० को नतिजा मैले सोचेको नतिजा भने होइन । ओलम्पिकमा पहिलो सहभागिता भएकाले पनि नर्भस पनि भएँ’, २४ वर्षीय श्यान्टुले भने, ‘दक्षिण एसियाली खेलकुद, एसियाली खेलक...
सन्दिपविरुद्ध पुनरावेदन नगर्न आग्रह गर्दै सरकारी वकिल कार्यालयमा निवेदन

सन्दिपविरुद्ध पुनरावेदन नगर्न आग्रह गर्दै सरकारी वकिल कार्यालयमा निवेदन

खेलकुद, ताजा समाचार
११ साउन, काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्न आग्रह गर्दै गौशाला-२६ को नामबाट उच्च सरकारी वकिलको कार्यालय, पाटनमा निवेदन परेको छ । क्रिकेटर सन्दिप लामिछाने मुछिएको बहुचर्चित बलात्कार मुद्दा उच्च अदालतबाट फैसला भएको हो । गत शुक्रबार मात्रै फैसलाको पूर्णपाठ सार्वजनिक भएको थियो । ‘एक किशोरी आएर निवेदन छाडेकी हुन्, पीडित नै स्वयम आएकी हुन् कि अरु आएका हुन् हामीलाई थाहा भएन’ उच्च सरकारी वकिलको कार्यालयस्रो तले भन्यो, ‘यो मुद्दाको कारण मलाई अन्यन्त तनाव भयो, झेल्नै नसक्ने अवस्थामा पुगेँ । मैले उच्च अदालत पाटनको फैसला स्वीकार गर्छु । सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिनुहोला भन्ने आग्र सहितको व्यहोरा उल्लेख रहेछ ।’ जिल्ला अदालतले क्रिकेटर सन्दिप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद फैसला गरेको थियो । जिल्लाले पीडितलाई नाबालिक भन्न नमि...
काभा यु-२० महिला भलिबल : नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्दै

काभा यु-२० महिला भलिबल : नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्दै

खेलकुद, ताजा समाचार
७ साउन, काठमाडौं । माल्दिभ्समा जारी काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज सेमिफाइनलमा कीर्गिस्तानसँग खेल्दैछ । लिग चरणमा दोस्रो भएको कीर्गिस्तान र तेस्रो भएको नेपालबीचको खेल आज राति नेपाली समय अनुसार सवा ९ बजे सुरु हुनेछ । यो खेलको विजेता फाइनल पुग्नेछ । त्यसअघि लिगमा पहिल‍ो भएको श्रीलंका र चोथै भएको माल्दिभ्सबीच पहिलो सेमिफाइनल हुनेछ । लिग चरणमा श्रीलंकाले सबै तीन खेल जित्दै शीर्ष स्थानमा रहेको थियो । कीर्गिस्तानले दुई तथा नेपालले एक खेल जित्दा माल्दिभ्स सबै तीन खेलमा पराजित भएको थियो । लिग चरणमा नेपाल कीर्गिस्तानसँग सोझो सेटमा पराजित भएको थियो । आज नेपालसामु कीर्गिस्तानविरुद्ध लिग चरणमा बेहोरेको हारको बदला लिने अवसर छ । नेपाली टोली सेमिफाइनल खेललाई लिएर उत्साहित छ । आजको खेल जसरी पनि जित्दै फाइनल पुग्ने नेपालको लक्ष्य छ ।...
ओलम्पिक खेल्ने खेलाडी र प्रशिक्षकलाई राष्ट्रपतिबाट बिदाइ

ओलम्पिक खेल्ने खेलाडी र प्रशिक्षकलाई राष्ट्रपतिबाट बिदाइ

खेलकुद, ताजा समाचार
४ साउन, काठमाडौं । ३३औं गृष्मकालीन पेरिस ओलम्पिक २०२४ मा सहभागी हुने खेलाडी र प्रशिक्षकलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिदाइ गरेका छन् । विदाइ कार्यक्रममा ओलम्पिक खेल्ने ४ खेलाडी मात्रै संलग्न थिए । बिदाईमा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र ब्याडमिन्टनका प्रिन्स दाहाल संलग्न रहेका थिए । आज बिदाइमा ६ खेलका ५ प्रशिक्षक उपस्थित रहेका थिए । जसमा जुडोकी देभु थापा, पौडीकी नयना शाक्य, टेबल टेनिसका राजेन्द्र कपाली, एथ्लेटिक्सका कान्ती महतो र सुटिङका प्रदिप खाती रहेका थिए । ब्याडमिन्टनका प्रिन्स दाहाल भने प्रशिक्षक बिना ओलम्पिक खेल्नेछन् । विदाइमा राष्ट्रपति पौडेलले खेलकुद भनेको राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताए । उनले हार र जित खेलको पाटो भएको बताउँदै ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाड...