Monday, December 23

खेलकुद

रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु

रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु

खेलकुद, जीवनशैली
काठमाडौं । भारतको महाराष्ट्रको रायगढ जिल्लाको कुम्भे झरना नजिकै साथीहरूसँग घुम्न गएकी अन्वी कामदार नामकी युवतीको खाल्डोमा खसेर मृत्यु भएको छ । मुम्बई निवासी अन्वी कामदार महाराष्ट्रको रायगढमा रहेको कुम्भे झरना हेर्न गएकी थिइन् । इन्स्टाग्राम रिल बनाउनेक्रममा झरना नजिक गएकी अन्वी ३ सय फिट गहिरो खाल्डोमा चिप्लिएर खसेकी थिइन् । २७ बर्षिय अन्वी कामदार सामाजिक सञ्जालमा सक्रिय रहेकी थिइन् भने उनका इन्स्टाग्राममा दुई लाखभन्दा बढी फलोअर्स छन् । चार्टड एकाउन्टेन्ट समेत रहेकी अन्वी ट्राभलर ब्लगर समेत रहेको बताइएको छ । कुम्भे झरनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अन्वी जुलाई १६ मा आफ्ना साथीहरूसँग घुम्न गएकी थिइन् । प्रहरीले जुलाई १६ को बिहान ९ बजेतिर चिप्लो सडकका कारण अन्वीको खुट्टा चिप्लिएर झरनामा खसेको बताएको छ । घाइते अवस्थामा रहेकी अन्वीलाई करिब ६ घण्टापछि निकालिएको र तुरुन्त अस्पताल पु...
काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज किर्गिस्तानसँग खेल्दै

काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज किर्गिस्तानसँग खेल्दै

खेलकुद, ताजा समाचार
४ साउन, माले । काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेलमा किर्गिस्तानसँग खेल्दैछ । नेपाल र कीर्गिस्तानबीचको खेल नेपाली समय अनुसार राति ९:१५ बजे मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुनेछ । पहिलो खेलमा श्रीलंकासँग पराजित भएको नेपाली टोली पहिलो जितको खोजीमा छ । श्रीलंकासँग नेपाल ३-१ को सेटमा पराजित भएको थियो । उता किर्गिस्तानले भने पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो । नेपालले पहिलो खेलमा रिसिभ र डिफेन्समा राम्रो प्रदर्शन गर्न नस्कदा हार व्यहोरेको थियो । पहिलो खेलमा गरेको गल्तीलाई नदोहोर्‍याई कीर्गिस्तान विरुद्ध राम्रो प्रदर्शन गर्ने नेपालका मुख्य प्रशिक्षक कुमा राईले बताए । पहिलो खेलमा स्पाईकर सलिना बुढामगर र मिना सुनारबाहेक अन्य खेलाडीको प्रदर्शन राम्रो हुन सकेन । पहिलो खेल भएकोले पनि खेलाडीको तालमेल र यहाँको वातावरणमा खेल्न ...

काभा यु-२० वुमन्स भलिबल खेल्न नेपाली टोली उत्साहित

खेलकुद
२ साउन, माले । पहिलोपटक काभा यु-२० वुमन्स भलिबल च्याम्पियनसिप खेल्न माल्दिभ्स आइपुगेको नेपाली यु-२० महिला टोली प्रतियोगिताका लागि उत्साहित छन् । बिहीबारदेखि माल्दिभ्सको राजधानी मालेका हुने प्रतियोगितामा नेपाल र माल्दिभ्ससहित चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । त्यसका लागि नेपाल, श्रीलंका र कीर्गिस्तानको टोली मंगलबार नै माले आइपुगिसकेको छ । नेपाली टोलीका प्रशिक्षक र खेलाडी पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न उत्साहित भएका छन् । ‘हामी सबै खेलाडी एकदमै उत्साहित छौं । पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न विदेश आएका छौं,’ कप्तान जेनिशा विश्वकर्माले भनिन् । यस्तै नेपालमा महिला भलिबल खेलाडी उत्पादन गर्दै आएका दुई प्रशिक्षक कुमार राई र अर्जुन घिमिरे नेपाली टोलीको प्रशिक्षकमा छन् । राईले न्यू डायमण्डमार्फत र घिमिरे बुटवलको एभरेष्ट स्कुलमार्फत महिला भलिबल खेलाडीहरु उत्पादन ग...
एम्बाप्पेको सपना पूरा भएको दिन

एम्बाप्पेको सपना पूरा भएको दिन

खेलकुद
१ साउन, काठमाडौं । रियल मड्रिडको जर्सी लगाउने केलियन एम्बाप्पेको सपना मंगलबार पूरा भएको छ । फ्रेन्च फर्वाड एम्बाप्पेलाई सान्टिएगो बेर्नाबाउमा करिब ८० हजार समर्थकले स्वागत गरेका थिए । २५ वर्षका फर्वाडले ५ वर्षको सम्झौता गरेका छन् । सम्झौतामा हस्ताक्षरपछि मैदान प्रवेश गरेका उनलाई ठूलो संख्यामा उपस्थित समर्थकले स्वागत गरे । ९ नम्बर जर्सी लगाएका उनले स्पानिस भाषामा भने, ‘यो मेरा लागि अविश्वसनीय दिन हो । बालक हुँदादेखि नै मैले मड्रिडका लागि खेल्ने सपना देखेको थिएँ र आज म यहाँ छु । यो मेरा लागि निकै महत्वपूर्ण छ ।’ एम्बाप्पेलाई अनुबन्ध गर्नुलाई रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले क्लबका लागि ऐतिहासिक काम भनेका छन् । उनले भने, ‘आज हामी एक असाधारण खेलाडीलाई स्वागत गर्दैछौं, जसले आफ्नो बाल्यकालको सपना पूरा गर्दैछन् ।’ उनले अगाडि भने, ‘आज तपाईं यहाँ हुनुहुन्छ, जुन तपाईंले चाहनुभएक...
एसीसी एसिया कपको अभ्यास खेलमा नेपालको जित

एसीसी एसिया कपको अभ्यास खेलमा नेपालको जित

खेलकुद
१ साउन, काठमाडौं । श्रीलंकामा हुने एसीसी एसिया कपको तयारी स्वरुप खेलेको अभ्यास खेलमा नेपाली टोलीले श्रीलंका वुमन्स डेभलप्मेन्टलाई २ रनले हराएको छ । आज भएको तेस्रो खेलमा नेपालले जित हात पारेको हो । यसअघिका २ खेलमा भने यही टिमसँग नेपाल पराजित भएको थियो । पहिले ब्याटिङ गरेको नेपालले ११२ रन बनायो । जवाफी ब्याटिङ उत्रिएको श्रीलंका वुमन्स डेभलप्मेन्ट टिमले ११० रन मात्रै बनाउन सक्यो । श्रीलंकाका लागि भी बालासूर्याले ४ चौकासहित सर्वाधिक ३८ रन बनाइन् । आर नेर्थान्जलीले २६ र सेवान्दनीले १० रन बनाए । नेपालका लागि बलिङमा कविता जोशीले सर्वाधिक ३ विकेट लिइन् । कृतिका मरासिनीले २ र कविता कुँवरले १ विकेट लिए । त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि रुबिना क्षेत्री बेलबासेले ३ छक्का र १ चौकासहित सर्वाधिक ३७ रन बनाइने । बिन्दु रावलले २०, सीता राना मगर १५, इन्दु बर्मा ११ र सम्झना खड्काले १० रन बनाइन् ।...
के होला लगातार दुई युरो फाइनल हारेपछि प्रशिक्षक साउथगेटको भविष्य ?

के होला लगातार दुई युरो फाइनल हारेपछि प्रशिक्षक साउथगेटको भविष्य ?

अन्तरास्ट्रिय, खेलकुद
३१ असार, काठमाडौं । लगातार २ युरो फाइनलमा पुर्‍याए पनि उपविजेतामै सीमित हुनुपर्दा इंग्ल्यान्डका प्रशिक्षक ग्यारथे साउथगेटले भविष्यबारे चर्चा सुरु भएको छ । ५३ वर्षीय साउथगेट सन् २०१६ देखि इंग्ल्यान्डको प्रशिक्षक छन् । उनको हालको सम्झौता आउने डिसेम्बरमा सकिँदैछ । साउथगेटको प्रशिक्षणमा इंग्ल्यान्ड लगातार दुई पटक युरो कप फाइनल सन् २०१८ को विश्वकप फाइनल र २०२२ को क्वाटरफाइनल खेलेको थियो । जर्मनीमा इंग्ल्यान्ड समूह विजेता बनेर नकआउट चरणमा पुगे पनि उनको आलोचना भएको थियो । समूह चरणमा स्लोभेनियासँग गोलरहित बराबरी खेलेपछि समर्थकले साउथगेटलाई लक्षित गर्दै प्लास्टिक कपहरु फालेका थिए । साउथगेटले जहाँसम्म पुग्यो त्यसका लागि खेलाडीहरुलाई क्रेडिट दिनुपर्ने बताउँदै नजिक पुगेपछि त्यो अवसरलाई प्राप्त गर्नुपर्ने बताए । २०२० को युरो फाइनलमा घरेलु मैदानमै इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भएको इंग्ल्य...
६ खेलाडी युरो २०२४ मा सर्वाधिक गोलकर्ता

६ खेलाडी युरो २०२४ मा सर्वाधिक गोलकर्ता

खेलकुद
३१ असार, काठमाडौं । युरो २०२४ मा ६ खेलाडी संयुक्त रुपमा सर्वाधिक गोलकर्ता बनेका छन् । फाइनलमा पुगेका स्पेनका डानी ओल्मो र इंग्ल्याण्डका कप्तान ह्यारी केनलाई गोल थप्दै सर्वाधिक गोलकर्ताको अवार्ड एक्लै जित्ने अवसर थियो । तर फाइनलमा यी दुवै खेलाडीले गोल गर्न नसकेपछि ३-३ गोल गरेका ६ खेलाडी संयुक्त रुपमा सर्वाधिक गोलकर्ता बनेका छन् । यसमा ओल्मो र केनसँगै जर्मनीका जमाल मुसिएला, नेदरल्याण्ड्सका कोडी गाक्पो, स्लोभाकियाका इभान रान्सज र जर्जियाका जिओर्जस मिकाउडाड्जे छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले यसपटक देखि एकभन्दा बढी खेलाडीको समान गोल भएमा ट्रफी बाँड्ने नियम ल्याएको छ । यसअघि यूईएफएले समान गोल भए असिस्टका आधारमा सर्वाधिक गोलकर्तालाई अवार्ड दिंदै आएको थियो । यसपटक पनि त्यही नियम लागू भएको भए २ असिस्ट समेत गरेका ओल्मोले नै सर्वाधिक गोलकर्ताको अवार्ड पाउँथे । यसअघि २...
स्पेन र इंग्ल्याण्ड इतिहास रच्ने लक्ष्यमा, यी हुन् अहिलेसम्मका विजेता

स्पेन र इंग्ल्याण्ड इतिहास रच्ने लक्ष्यमा, यी हुन् अहिलेसम्मका विजेता

खेलकुद
३० असार, काठमाडौं । मिनी विश्वकपको रुपमा रहेको युरो २०२४ को फाइनल खेल आज राति हुँदैछ । फाइनल खेल मध्यराति १२:४५ बजे बर्लिनस्थित ओलम्पिक स्टेडियममा हुनेछ । २४ टोलीले सुरु गरेको यात्रामा अब स्पेन र इंग्ल्याण्ड दुई टोलीमात्र उपाधि होडमा छन् । यी दुई मध्ये एकले जर्मनीको बर्लिनमा युरोको ट्रफी उचाल्ने छ । उपाधि दाबेदारकै रुपमा दुई टोली फाइनल पुगेकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । स्पेनले सेमिफाइनलमा बलियो डिफेन्स भएको फ्रान्स र इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई पराजित गरेर फाइनल भेट पक्का गरेका हुन् । स्पेनले यस युरोमा उत्कृष्ट लय कायम राख्दै फाइनलसम्मको यात्रा तय गर्दा सबै खेल जितेको छ । उता इंग्ल्याण्ड भने अन्तिम समयमा नतिजा उल्टाउँदै संघर्ष गरेर फाइनलसम्म पुगेको हो । इतिहास रच्ने अवसर यी दुई टोली मध्ये फाइनल जसले जिते पनि इतिहास रच्ने छ । स्पेनले जर्मनीसँगै अहिले...
आईपीएल फाइनल आज : कोलकाता र हैदराबाद भिड्दै

आईपीएल फाइनल आज : कोलकाता र हैदराबाद भिड्दै

खेलकुद
काठमाडौँ — सनराइजर्स हैदराबादले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा कोलकाता नाइट राइडर्सको सामना गर्दै छ । टोलीका अस्ट्रेलियाली विश्वकप विजेता कप्तान प्याट कमिन्सले आइतबार एक अर्को ठूलो उपाधि जित्ने हो भने टिमबाट उत्कृष्ट प्रदर्शन आवश्यक हुनेछ । आईपीएल फाइनल आज : कोलकाता र हैदराबाद भिड्दै कोलकाताको हातबाट प्लेअफमा सजिलै पराजित भएको ५ दिनपछि फेरि उही प्रतिद्वन्द्वीको सामना गर्न लागेको हो । शुक्रबार भएको अन्तिम क्वालिफायरमा हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले हराएको थियो । यससँगै टिम तेस्रोपल्ट आईपीएल फाइनल पुगेको थियो । मंगलबार भएको पहिलो क्वालिफायरमा यही टिम दुईपल्टको च्याम्पियन कोलकाताको हातबाट हैदराबाद ८ विकेटले पराजित भएको थियो । हैदराबादले विश्व ट्वान्टी–२० को सबैभन्दा धनी प्रतियोगिताको उपाधि एकैपल्ट जितेको छ । यो सन् २०१६ मा अर्का अस्ट्रेलियाली खेलाडी डेविड वार...
क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने

क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने

अन्तरास्ट्रिय, खेलकुद
२ जेठ, काठमाडौं । स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको छ । ‘हामी भोलि सम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउँछौं । हामी १०० प्रतिशत सन्दीपलाई खेल्न पठाउँछौं । क्यानले आफ्नो खर्च गरेर भए पनि सन्दीपलाई पठाउँछ,’ क्यानका कोषाध्यक्ष पदम खड्काले भने । आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ । नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ । कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्ने खड्का बताउँछन् । ‘१५ को ठाउँमा १६ हुन्छ । सन्दीपको खर्च क्यानले व्यह...