अधुरै रह्यो पीएसजीबाट च्याम्पियन्स लिग जित्ने एमबाप्पेको चाहना
२६ वैशाख, काठमाडौं । च्याम्पियन्स लिग जितेर पीएसजीबाट सुखद बहिर्गनमको तयारीमा रहेका २५ वर्षीय फ्रेन्च स्टार एमबाप्पेको चाहना अधुरै रह्यो ।
च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डसँग १-० ले पराजित भएपछि पीएसजी फाइनल पुग्नबाट वञ्चित भयो । पहिलो लेग पनि १-० ले जितेको डर्टमण्ड समग्रमा २-० को जित निकाल्दै फाइनल पुगेको छ ।
‘एमबाप्पेका लागि यो असामान्य अवस्था हो’, इंग्ल्याण्डका पूर्वडिफेन्डर रियो फर्डिनान्डले टीएनटी स्पोर्ट्सलाई भने, ‘उनी त्यस्ता खेलाडी हुन् जसलाई हामी सबैभन्दा ठूलो क्षणहरूमा, सबैभन्दा ठूलो स्टेजमा हेर्ने बानी छ ।’
सेमिफाइनलको दुवै लेगमा एमबाप्पे चल्न नसकेको र उनले निर्णायक प्रदर्शन गर्न नसकेको फर्डिनान्डले बताए ।
हारको निराशा
खेलपछि एमबाप्पे टाउको निहुराएर र तिघ्रामा हात राखेर अगाडि झुके । उपाधि नजिक पुगेर पनि टाढा हुनुको पीडा उनमा...