च्याम्पियन्स लिग : पीएसजीको मैदानमा बार्सिलोनाको जित
२९ चैत, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसैको मैदानमा ३-२ ले पराजित गरेको छ ।
अवे मैदानमा प्राप्त यस जितले बार्सिलोनाको लागि घरेलु मैदानमा हुने दोस्रो लेगमा केही सहज बन्नेछ ।
पेरिसस्थित पार्क डे प्रिन्समा भएको खेलमा राफिन्हाको गोलमार्फत बार्सिलोनाले ३७औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफमा अग्रता कायम गरेको बार्सिलोनाले दोस्रो हाफको सुरुवातमै दुई गोल खायो । ४८औं मिनेटमा बार्सिलोनाकै पूर्व खेलाडी उसमान डेम्बेले तथा ५१औं मिनेटमा भिटिन्हाले गोल गरेपछि पीएसजीले खेलमा २-१ को अग्रता बनाएको थियो ।
तर बार्सिलोनाले पनि पुनरागमन गर्यो । ६२औं मिनेटमा बार्सिलोनाका राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका आन्द्रे क्रिस्ट...