Wednesday, January 8

खेलकुद

बसिरको अर्धशतकमा विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य

बसिरको अर्धशतकमा विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य

खेलकुद
२८ मंसिर, काठमाडौं । बसिर अहमदले अर्धशतक बनाएपछि विराटनगर किंग्सले नपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको हो । एनपीएलमा आफ्नो पहिलो अर्धशतक बनाएका बसिरले अविजित ६८ रन जोडे । उनले ४४ बल खेल्दै समान ४ चौका र छक्का प्रहार गरे । यस्तै राजेश पुलामी मगरले अविजित ३३ रन बनाए । मार्टिन गप्टिलले ४५ रन बनाए । कमजोर सुरुवात गरे पनि इनिङ्सको अन्तिममा आक्रमक बनेको विराटनगरले अन्तिम चार ओभरमा ६९ रन बनाएको थियो । कुनैबेला १० रनमै ३ विकेट गुमाएको विराटनगर ३३-४ को अवस्थामा थियो । तर बसिर र मार्टिन गप्टिलले पाँचौ विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गरे । ओपनर लोकेश बम र वान डाउनमा आएका दिपक बोहरा पहिलो ओभरमै आउ...
विराटनगरका बसिर मोहमदले बनाए अर्धशतक

विराटनगरका बसिर मोहमदले बनाए अर्धशतक

खेलकुद
२८ मंसिर, काठमाडौं। जारी एनपीएलमा विराटनगर किंग्सका बसिर मोहम्मदले अर्धशतक पुरा गरेका छन् । उनले ३९ बलमा २ छक्का र चार चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् । चितवन राइनोजविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले १८ ओभरमा ५ विकेट गुमाउँदै १४३ रन बनाएको छ ।
लुम्बिनीलाई हराउँदै प्लेअफको नजिक कर्णाली

लुम्बिनीलाई हराउँदै प्लेअफको नजिक कर्णाली

खेलकुद
काठमाडौँ । नेपाल प्रिमियर लिगको २२ औँ खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराउँदै प्लेअफको सम्भावना बलियो बनाएको छ । १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २३ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन जोडे । उनले ३५ बलमा ४ चौका र १ छक्का हिर्काए । सन्दीप जोराले २१ बलमा २४ रन जोडे । उनले २ छक्का प्रहार गरे । ओपनर अशुतोष घिरैयाले २१ बलमा १६ रन बनाए । उनले २ चौका प्रहार गरे । अर्का ओपनर अर्जुन साउदले ६ बलमा १३ रन जोडे । उनले ३ चौका हिर्काए । कप्तान रोहित पौडेल ८ बलमा १० रन बनाएर पभेलियन फर्किए । उनले २ चौका प्रहार गरे । साद बिन जाफर ११ बलमा १६ रन बनाएर रन आउट भए । कर्णालीका लागि जिसान मक्सुदले २ विकेट लिए । ३ ओभरमा उनले मात्र १२ रन खर्चिए । सोमपाल कामी, विपिन शर्मा र विलियम बोसिस्टोले १–१ विकेट लिए । ...
कर्णालीले लुम्बिनीलाई दियो १२९ रनको लक्ष्य

कर्णालीले लुम्बिनीलाई दियो १२९ रनको लक्ष्य

खेलकुद
२८ मंसिर, काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको हो । कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए । ३० बल खेलेका उनले समान ३ चौका र ३ छक्का प्रहार गरे । अर्जुन घर्तीले २५ र बाबर हायतले २० रन बनाए । बलिङमा लुम्बिनीका लागि एनपीलएका डेब्यु गरेका विकास आग्रीले ३ तथा तिलक भण्डारीले २ विकेट लिए । एनपीएलमा पहिलो खेल खेलेका दुई बलर मिलेर ५ विकेट लिएका हुन् ।...
विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

खेलकुद
२७ मंसिर, काठमाडौं । विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको हो । विराटनगरका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बल खेल्दै ५ चौका प्रहार गरे । ओपनर लोकेश बमले २६ र निकोलस किर्टोनले १९ रन जोडे । बसिर अहमदले २० बल खेल्दै १ छक्का मदतमा अविजित २१ रन बनाए । पोखराका लागि बलिङम सागर ढकालले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । रेमोन रेइफरले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।...
काठमान्डुसँग हारेपछि लुम्बिनी लायन्स प्लेअफ होडबाट बाहिरियो

काठमान्डुसँग हारेपछि लुम्बिनी लायन्स प्लेअफ होडबाट बाहिरियो

खेलकुद
२६ मंसिर, काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ होडबाट बाहिरिएको छ । बुधबार भएको खेलमा काठमान्डु गुर्खाजसँग १८ रनले पराजित भएपछि लुम्बिनी एक खेल अगावै लिग चरणबाट बाहिरिने पक्का भएको हो । ६ खेल खेलिसकेको लुम्बिनीले जम्मा १ खेल जित्दा ५ खेलमा हार व्यहोरेको छ । काठमान्डुले भने ४ खेलमा दोस्रो जित हो र ४ अंक खातामा जोडेको छ । काठमान्डुले प्लेअफ सम्भावना पनि कायम राखेको छ । काठमान्डुले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमा अलआउट भयो । लुम्बिनीका लागि सन्दिप जोराले २९ बल खेल्दै २ चौका मदतमा सर्वाधिक २६ रन बनाए । यस्तै उन्मुक्त चन्दले १४ रन जोडे । सूर्य तामाङले अविजित ११ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा काठमान्डुका कप्तान करण केसीले ४ ओभरमा १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । दिपेश कँडेल...
लुम्बिनीविरुद्ध काठमान्डु १०३ रनमा अलआउट

लुम्बिनीविरुद्ध काठमान्डु १०३ रनमा अलआउट

खेलकुद
२६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध काठमान्डु गुर्खाज १०३ रनमा अलआउट भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको हो ।
काठमान्डुले टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

काठमान्डुले टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

खेलकुद
२६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिगमा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । काठमान्डुका कप्तान करण केसीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ । काठमान्डु पाँच दिनको ब्रेकपछि पहिलो खेल खेल्दैछ । तीन खेलमा एक जितबाट काठमान्डुको २ अंक छ । पाँच खेल खेलिसकेको लुम्बिनीले जम्मा एक खेल जितेर २ अंक जोडेको छ । लगातार खेलिरहेको लुम्बिनी आज पराजित भएमा लिग चरणबाटै बाहिरिनेछ ।...
सुदूरपश्चिमको घातक बलिङसामु निरीह जनकपुर, अपराजित यात्रा टुङ्गियो

सुदूरपश्चिमको घातक बलिङसामु निरीह जनकपुर, अपराजित यात्रा टुङ्गियो

खेलकुद
२६ मंसिर, काठमाडौं । सुदूरपश्चिमका स्पीनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) मा पहिलो हार व्यहोरेको छ । बुधबार भएको खेलमा शीर्ष स्थानको जनकपुर दोस्रो स्थानको सुदूरपश्चिमसँग ७२ रनले पराजित भयो । सुदूरपश्चिमका बलरले घातक बलिङ सामु जनकपुरका ब्याटर निरिह हुँदा १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ अलआउट भयो । यसअघि चार खेल जितेर सानदार सुरुवात गरेको जनकपुर पहिलो हार व्यहोरेपछि प्लेअफका लागि अझै कुर्नुपर्ने भएको छ । ५ खेलपछि जनकपुर र सुदूरपश्चिमको समान ८ अंक भएको छ । जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरको बलिङ सामु आज जनकपुरका ब्याटरसँग कुनै जवाफ थिएन । लगातार चार खेल जितेर अपराजित रहेको जनकपुरले सुदूर विरुद्ध बलिङमा राम्रो गरेपनि ब्याटिङमा भने निकै कमजोर प्रदर्शन ग...
सुदूरपश्चिमले दियो जनकपुरलाई १२४ रनको लक्ष्य

सुदूरपश्चिमले दियो जनकपुरलाई १२४ रनको लक्ष्य

खेलकुद
२६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टस्लाई १२४ रनको लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १२३ रन बनाएको हो । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३, सैब जैबले २३ इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए । अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । जनकपुरका किशोर महतोले ४, शेर मल्ल र अरनिको यादवले दुई/दुई तथा हर्श ठाकरले एक विकेट लिए ।...