Tuesday, January 7

खेलकुद

नेपाल यू-१९ र हङकङबीच मुलपानीमा ओडीआई सिरज हुने

नेपाल यू-१९ र हङकङबीच मुलपानीमा ओडीआई सिरज हुने

खेलकुद
२५ मंसिर, काठमाडौं । नेपाल यू-१९ क्रिकेट टिम र हङकङ चाइना यू-१९ टिमबीच मुलपानी क्रिकेट मैदानमा एक ओडीआई क्रिकेट सिरिज हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सिरिज यही डिसेम्बर १६ देखि २० सम्म हुनेछ । सिरिजका लागि क्यानले अभिषेक तिवारीको कप्तानीमा टोली घोषणा गरेको छ । टोलीमा यू-१९ एसिया कि खेलेका ५ खेलाडी छन् ।...
एसियन कप छनोट : तेस्रो चरणमा नेपालले को‍-कोसँग खेल्ने?

एसियन कप छनोट : तेस्रो चरणमा नेपालले को‍-कोसँग खेल्ने?

खेलकुद
२४ मंसिर, काठमाडौं । सन् २०२७ मा साउदी अरबमा हुने एएफसी एसियन कप छनोटको तेस्रो चरण ड्र सम्पन्न भएको छ । जसमा नेपाल समूह एफमा परेको छ । सोमबार मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा भएको ड्र अनुसार नेपाल रहेको समूहमा भियतनाम, मलेसिया र लाओस छन् । लाओससँग नेपालले विश्वकप र एसियन कप छनोटको प्रारम्भिक चरणमा समेत खेलेको थियो । जसमा घरेलु मैदानमा लाओससँग बराबरी खेलेको नेपालले अवे मैदानमा जित हात पार्दै अघिल्लो चरणमा पुगेको थियो । यसैगरी नेपालले भियतनामसँग अहिलेसम्म दुई खेल खेलेकोमा दुवैमा पराजित भएको छ । मलेसियासँग भने ७ खेल खेल्दा ६ खेलमा पराजित भएको नेपालले १ खेल बराबरी गरेको छ । लाओससँग भने ५ खेल खेल्दा नेपाल अपराजित छ । ४ खेल नेपालले जितेको छ भने एक खेल बराबरी भएको छ । तेस्रो चरणमा २४ टिमलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ४ टिम छन् । समूहका खेलहरु होम एण्ड अवेका आ...
सुदूरपश्चिमको अपराजित यात्रामा चितवनले लगायो ब्रेक

सुदूरपश्चिमको अपराजित यात्रामा चितवनले लगायो ब्रेक

खेलकुद
२३ मंसिर, काठमाडौं । लगातार तीन खेल जित्दै उत्कृष्ट सुरुवात गरेको सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो हार व्यहोरेको छ । आइतबार भएको दिनको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोएल्सलाई ३३ रनले पराजित गर्दै अपराजित यात्रामा ब्रेक लगाएको हो । चार खेलमा सुदूरको यो पहिलो हार हो । चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.२ ओभरमा सबै विकेट गुमाएर १३१ रनमा अलआउट भयो । जितपछि चितवनले चितवनले पनि सुदूरपश्चिम समान ४ खेलबाट ६ अंक नै जोडेको छ । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो । उता चितवनले यसअघि काठमान्डु गुर्खाज र पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो भने कर्णाली याक्ससँग पराजित भएको थियो । यसअघिका तीन खेलमा ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेको सुदूरपश्चिमको ब्याटिङ चितवन विरुद्ध भन...
हसनको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य

हसनको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य

खेलकुद
२३ मंसिर, काठमाडौं । हसन इसाखिलको अर्धशतक मदतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सलाई १६५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको हो । चितवनका लागि ओपनर हसनले ५२ बल खेल्दै ६ चौका र ३ छक्का मदतमा ६५ रन बनाए । यस्तै रवि बोपाराले १८ बल खेल्दै समान २ चौकमा र छक्कामा ३६ रन षोगदान गरे । विपिन रावलले १७ र कप्तान कुशल मल्लले १३ रन जोडे । पहिलो पटक ओपनिङ गरेकार सन्तोष कार्की ९ रनमा आउट भए । अमर सिंह राउटेलाले ६ र जान निकोल लफ्टी इटन २ रनमा अविजित रहे । बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ब्राण्डन म्याकमुलेन, कप्तान दीपेन्द्र सिंह ऐरी र सैफ अली जैबले १-१ विकेट लिए ।...
लुम्बिनीमाथि जनकपुरको १ रनको रोमाञ्चक जित

लुम्बिनीमाथि जनकपुरको १ रनको रोमाञ्चक जित

खेलकुद
२३ मंसिर, काठमाडौं । हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि जनकपुर रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ । थाकरले अन्तिम बलमा सन्दिप जोरालाई आउट गरेपछि जनकपुरले रोमाञ्चक जित हात पारेको हो । जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो । लिगमा जनकपुरको यो लगातार चौथो जित हो । ४ खेलबाट ८ अंक जोडेर जनकपुर शीर्ष स्थानमा उक्लेको छ ।...
अभिशेषको उत्कृष्ट बलिङमा जनकपुरको संघर्ष, लुम्बिनीलाई १३७ रनको लक्ष्य

अभिशेषको उत्कृष्ट बलिङमा जनकपुरको संघर्ष, लुम्बिनीलाई १३७ रनको लक्ष्य

खेलकुद
२३ मंसिर, काठमाडौं । अभिशेष गौतमले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स विरुद्ध ब्याटिङमा संघर्ष गर्दै लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको हो । जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन बनाए । लाहिरु मिलान्थाले २४ र आसिफ शेखले १६ रन जवडे । कुश कंसाकारले अविजित २२ रन बनाए । बलिङमा लुम्बिनीका लागि युवा स्पीनर अभिशेष गौतमले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । यस्तै कप्तान रोहित पौडेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । साद विन जफरले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । सन्दिप जोराले २ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । जनकपुरले राम्रो सुरुवात गरेपनि मिडल ओभरमा अभिशेषले उत्कृष्ट बलिङ गर्दा लगातार...
गौसको कीर्तिमानी शतकमा पोखराको पहिलो जित, कीर्तिमानको वर्षा

गौसको कीर्तिमानी शतकमा पोखराको पहिलो जित, कीर्तिमानको वर्षा

खेलकुद
२१ मंसिर, काठमाडौं । आन्द्रेस गौसको सानदार शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । गौस र दिनर्श खरेलले कीर्तिमानी साझेदारी गरेपछि पोखराले शुक्रबारको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो । पोखराले पहिलो जितमा एनपीएलमा चार कीर्तिमान पनि बनायो । जसमा गौसको पहिलो शतक समेत रह्यो । गौसको अविजित १०४ रनमा पोखराले १७१ रनको लक्ष्य १६.५ ओभर खेल्दै १७६ रन बनाएर पूरा गर्‍यो । एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बने उनी । १६औं ओभरको अन्तिम बलमा विवेक यादवलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरे । उनले ५४ बल खेल्दै १२ चौका र ५ छक्का मदतमा शतक बनाएका हुन् । गौसले ५५ बल खेल्दै अविजित १०४ रन जोडे । उनले १२ चौका र ५ छक्का नै प्रहार गरे । यसैगरी विजयी छक्का प्रहार गरेका दिनेशले ४६ बल खेल्दै अविजित ६१ रन जोडे । उनले ४ चौका र ४ छक्का प्रहार गरे ...
एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बने आन्द्रेस

एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बने आन्द्रेस

खेलकुद
काठमाडौं । आन्द्रेस गौस एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बनेका छन् । पोखरा एभेन्जर्सबाट खेल्दै गौसले लुम्बिनी लायन्स विरुद्ध प्रतियोगिताकै पहिलो शतक प्रहार गरे । १६औं ओभरको अन्तिम बलमा विवेक यादवलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरे । उनले ५४ बल खेल्दै १२ चौका र ५ छक्का मदतमा शतक बनाएका हुन् ।
रोहितको ९५ रन मद्दतमा लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

रोहितको ९५ रन मद्दतमा लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

खेलकुद
२१ मंसिर, काठमाडौं । कप्तान रोहित पौडेलको ९५ रनको मद्दतमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको हो ।
पोखरा विरुद्ध टस जितेर ब्याटिङ गर्दै लुम्बिनी

पोखरा विरुद्ध टस जितेर ब्याटिङ गर्दै लुम्बिनी

खेलकुद
२१ मंसिर, काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को ११ औं खेलमा टस जितेर लुम्बिनी लायन्सले पोखराविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । लुम्बिनी र पोखरा दुवै टोली पहिलो जितको खोजीमा छन् । पोखराले लगातार दुई खेल हारिसककेो छ भने लुम्बिनी आफ्नो पहिलो खेलमा पराजित भएको थियो । यसअघि बिहान भएको खेलमा कर्णालीले चितवन राइनोजमाथि रोमाञ्चक जित निकालेको थियो ।...