Monday, January 6

खेलकुद

बोपाराको अर्धशतक मद्दतमा कर्णालीलाई १३१ रनको लक्ष्य

बोपाराको अर्धशतक मद्दतमा कर्णालीलाई १३१ रनको लक्ष्य

खेलकुद
२१ मंसिर, काठमाडौं । रवि बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ । बोपाराले ४० बल खेल्दै ७ चौका र१ छक्का प्रहार गर्दै अविजित ५९ रन बनाए । टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले बोपाराको अविजित ५९ रन मद्दतमा ७ विकेट गुमाए र१३० रन बनाएको हो । कप्तान कुशल मल्लले २३ र विपिन रावलले ११ रन जोडे । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा कर्णाली याक्सका युवा बलर विपिन प्रसाद शर्माले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २१ रन खर्चिए । जिसान मक्सुले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।...
नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हरायो

नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हरायो

खेलकुद
२० मंसिर, काठमाडौं । नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हराएको छ । युवा बलर नरेन साउदले ५ विकेट लिएपछि सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको हो । नरेनले ५ विकेट लिएपछि १६८ रनको लक्ष्य पछ्याएको काठमान्डु गुर्खाज १५.५ ओभरमा ९४ रनमै अलआउट भयो । नरेन जारी एनपीएद्यमा एकै खेलमा ५ विकेट लिने दोस्रो बलर तथा पहिलो नेपाली खेलाडी बने । यसअघि चितवन राइनोजका पाकिस्तानी बलर सोहल तनविरले काठमान्डु विरुद्ध नै ५ विकेट लिएका थिए । नरेन यू१९ एसिया कप खेलेर हिजो मात्रै काठमाडौं आइपुगेका हुने र भोलीपल्ट एनपीएलमा डेब्यु गर्दै सानदार प्रदर्शन गर्दै ५ विकेट लिए ।...
पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्‌लाई दियो १३९ रनको लक्ष्य

पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्‌लाई दियो १३९ रनको लक्ष्य

खेलकुद
१० मंसिर, काठमाडौं । पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्‌लाई दियो १३९ रनको लक्ष्य दिएको छ । पोखराले ७ विकेटको क्षतिमा पूरा ओभर खेल्दै १३८ रन जोडेको हो । खेलमा म्याट क्रिट्ले सर्वाधिक ३५ रन जोडे भने माइकल लिस्कले २५ रनको योगदान गरे । जनकपुर बोल्टसका ललित राजवंशीले उत्‍कृष्ट बलिङ गरे । उनले खेलमा ३ विकेट लिए ।...
एनपीएलमा विराटनगर किङ्सको पहिलो जित

एनपीएलमा विराटनगर किङ्सको पहिलो जित

खेलकुद
१९ मंसिर, काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हात पारेको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गरेको हो । विराटनगरले लगातार दुई हारपछि पहिलो जित निकाल्दा लुम्बिनी पहिलो खेलमै पराजित भयो ।...
लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको लक्ष्य

लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको लक्ष्य

खेलकुद
१९ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सले नपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाएको हो । जारी एनपीएलमा एकै खेलमा बनेको यो उच्च स्कोर हो । यसअघि मंगलबार सुदूरपश्चिम रोएल्सले विराटनगर विरुद्ध नै १८२ रन बनाएको थियो ।...
रोमाञ्चक खेलमा काठमान्डुले कर्णालीलाई हरायो

रोमाञ्चक खेलमा काठमान्डुले कर्णालीलाई हरायो

खेलकुद
१९ मंसिर, काठमाडौं। काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हात पारेको छ । सोमपाल कामीको कप्तानीङ्गा रहको कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमान्डुले पहिलो जित निकालेको हो । कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले ३ बल अगावै ७ विकेट गुमाएर १५३ रन बनाउँदै पूरा गरेको हो । काठमान्डुका लागि सुमित महर्जनले अविजित ४० रन बनाए । उनले ३७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । यस्तै जेरार्ड एरासमसले ३८ तथा कप्तान करण केसीले २८ रन बनाए ।...
धवनको अर्धशतकमा कर्णालीले काठमान्डुलाई दियो १५० रनको लक्ष्य

धवनको अर्धशतकमा कर्णालीले काठमान्डुलाई दियो १५० रनको लक्ष्य

खेलकुद
१९ मंसिर, काठमाडौं । शिखर धवनले अर्धशतक प्रहार गरेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनायो । धवनले ५१ बल खेल्दै ४ चौका र ५ छक्का मदतमा अविजित ७२ रन जोडे । एक छेउबाट सुरुदेखि नै विकेट गएपनि धवनले अर्को छेउबाट टिकेर इनिङ्स सम्हालेका थिए । धवनले छैटौं विकेटका लागि जिसान मक्सुदसँग अविजित ६५ रनको साझेदारी गरे । मक्सुदले ११ बल खेल्दै १ चौका मदतमा अविजित १४ रन जोडे । चाडविक वाल्टनले २१, बाबा रहायतले १३ र गुल्सन झा ले २ रन जोडे । अर्जुन घर्ती ४ रनमा आउट भए भने ओपनर देव खनालले खाता खोल्न सकेनन् । बलिङमा काठमाडौंका जेरार्ड एरासमसले २ तथा करण केसी, नाथन सोटर र दिपेश कँडेलले १-१ विकेट लिए ।...
चितवनको लगातार दोस्रो जित

चितवनको लगातार दोस्रो जित

खेलकुद
१८ मंसिर, काठमाडौं । ब्याटिङमा रवि बोपाराको अर्धशतक तथा बलिङमा सोहेल तनविर र रिजन ढकालको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार भएको दिनको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो । तनविर, रिजन र लुक बेन्केन्सटेइनले ३-३ विकेट लिएपछि १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रनमा अलआउट भयो । पोखराका लागि लोअर अर्डरमा आएका नारायण जोशीले सर्वाधिक ३० रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । जोशीले २४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । म्याट क्रिटलेले १७ रन जोडे । पोखरालाई अलआउट गर्न चितवनका तनविरले ३ ओभरमा १ मडन राख्दै ६ रन मात्र खर्चेर ३ विकेट लिए । रिजनले पनि ३ ओभरमा १ मेडन राख्नदै १० रन खर्चेर ३ विकेट लिए । लुकले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । दिपक बोहराले १ विकेट लिए ।...
एनपीएल : विराटनगरलाई ९० रनले पराजित गर्दै सुदूरपश्चिमको सानदार सुरुआत

एनपीएल : विराटनगरलाई ९० रनले पराजित गर्दै सुदूरपश्चिमको सानदार सुरुआत

खेलकुद
१८ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध सानदार जीत निकाल्दै नेपाल प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ । सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर किंग्सले ९२ मात्रै बनायो । विराटनगरका बसिर अहमदले २४, निकोलस किर्टोनले १५,क्रिस सोलेले १० र अनिल खरेलले १० रन बनाए । अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । आक्रामक ब्याटिङ गरेको सुदूरपश्चिमले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्‍यो । विराटनगरविरुद्ध फराकिलो जीत निकाल्ने क्रममा अविनाश बोहोरा र स्कटले तीन/तीन, ब्रान्डन, इशान पाण्डे र सैफ जैबले एक/एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्र सिंह ऐरीको आक्रमक ब्याटिङमा १८२ रन बनाएको थियो । कप्तान ऐरीले अन्तिम दुई बलमा लगातार छक्का प्रहार गर्दै सानदार फिनिसिङ गरे ...
दीपेन्द्रको आक्रामक अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य

दीपेन्द्रको आक्रामक अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य

खेलकुद
१८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ । यो लक्ष्य जारी एनपीएलको उच्च हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो । कप्तान दीपेन्द्रसिंह ऐरीले ५७, ब्रान्डनले ३६, बिनोद भण्डारीले २३, इशान पाण्डेले २१, सैफ जैबले १४, स्कटले १० रन बनाए । विराटनगरका अनिल खरेलले तीन, क्रिस सोले, इस्मत अलाम र बसिर अहमेदले एक/एक विकेट लिए ।...