Saturday, January 4

खेलकुद

चितवन लगातार जित निकाल्ने दाउमा, सुखद सुरूवात गर्ने पोखराको लक्ष्य

चितवन लगातार जित निकाल्ने दाउमा, सुखद सुरूवात गर्ने पोखराको लक्ष्य

खेलकुद
१८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो १ बजे सुरु हुनेछ । सोमबारको पहिलो खेलमा काठमाडौंलाई ५ विकेटले हराएको चितवन भोलिपल्ट नै दोस्रो खेल खेल्न लागेको हो । पोखरा एभेन्जर्स भने आफ्नो पहिलो खेल खेल्दैछ । यस खेललाई दुई कुशलबीचको कौशलताको खेल भनेर पनि भन्न सकिन्छ । चितवनको कप्तानमा कुशल मल्ल छन् भने पोखराको कप्तानमा कुशल भुर्तेल छन् । चितवनले पहिलो खेलको जितको लयलाई निरन्तरता दिन चाहनेछ भने पहिलो खेल खेल्न लागेको पोखरा सुखद सुरूवात गर्ने दाउमा हुनेछ । चितवनलाई काठमाडौंसँग भएको पहिलो खेलमा भेट्रान खेलाडी शरद भेषावकर र युवा खेलाडी सन्तोष कार्कीले क्रिजमा टिकेर खेल्दै जिताएका थिए । काठमाडौंलाई १११ रनमै रोक्न बलरहरूले पनि राम्रो प्रद...
टस जितेर विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

टस जितेर विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

खेलकुद
१८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो दिनको पहिलो खेलमा आज विराटनगर किंग्स र सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुँदैछ । विराटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको छ । विराटनगर उद्घाटन खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिम आफ्नो पहिलो खेल खेल्दैछ ।...
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित

अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित

खेलकुद
१७ मंसिर, काठमाडौं । कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ । अनिलको अविजित ६२ रन मदतमा जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५.१ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो । ओपनर अनिलले ४२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे । अनिलले मार्की खेलाडी आसिफ शेखसँग पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । आसिफले २९ बल खेल्दै २ चौका र २ छक्का मदतमा ३६ रन जोडे । दोस्रो विकेटका लागि अनिल र लाहिरु मिलान्थाले ३३ रनको साझेदारी गरे । अघिल्लो खेलमा विराटनगर विरुद्ध अर्धतशक बनाएका मिलान्थाले १३ बलमा २ चौका र २ चौका प्रहार गर्दै २४ रन बनाए । जिम् नीशमले अविजित १६ रन योगदान गरे । ८ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । कर्णालीका मौसम ढकाल र निशान मक्सुदले समान १ विकेट ल...
अर्जुन र सोमपालको आक्रामक ब्याटिङ, कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य

अर्जुन र सोमपालको आक्रामक ब्याटिङ, कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य

खेलकुद
१६ मंसिर, काठमाडौं । कर्णाली याक्सले एनपीएलमा जनकपुर बोल्टस्‌लाई १४२ रनको लक्ष्य दिएको छ । कर्णालीका अर्जुन घर्ती र सोमपाल कामीले अन्तिम दुई ओभरमा विष्फोटक ब्याटिङ गर्दै ३९ रन जोडेपछि कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको हो । अर्जुनले १९औं ओभरमा २२ रन जोडे भने अन्तिम ओभरमा सोमपालले २१ रन जोडे । अन्तिम दुई ओभर विदेशी बलरलाई गराउनु जनकपुरका लागि महँगो सावित भयो ।...
चितवन राइनोजको विजयी सुरुवात

चितवन राइनोजको विजयी सुरुवात

खेलकुद
१६ मंसिर, काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा चितवनले काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै २ अंक जोडेको हो । काडमान्डुले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो । चितवनक लागि सन्तोष कार्कीले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । सन्तोषले ३१ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । लुक बेन्केन्सटेइनले २२ रन योगदान गरे । शरद भेषावकर ११ रनमा अविजित रहे । काठमान्डुका लागि शाहब आलमले ३ विकेट लिएपनि चितवनलाई जितबाट रोक्न पर्याप्त भएन । त्यसअघि सोहेन तनविरले ५ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो । काठमान्डुका सुमित महर्जनले २९ र माइकल लेभिटले २५ रन बनाएका थिए । चितवनका सोहेल तनविरले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएका थ...
बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल

बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल

खेलकुद
१६ मंसिर, काठमाडौं । यूएईमा जारी एसीसी यू–१९ एसिया कपमा बंगलादेशविरुद्ध नेपालले ब्याटिङ गरिरहेको छ । बंगलादेशले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो । नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध हार बेहोरेको छ । बंगलादेशले भने पहिलो खेलमा अफगानिस्तानलाई हराएको छ ।
एसिसी यू-१९ एसिया कपमा‌ नेपालले बंगलादेशसँग खेल्दै

एसिसी यू-१९ एसिया कपमा‌ नेपालले बंगलादेशसँग खेल्दै

खेलकुद
१६ मंसिर, काठमाडौं । यूएईमा जारी एसिसी यू-१९ एसिया कपमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दै छ । खेल विहान पौने ११ बजेदेखि दुबईमा सुरु हुने छ । पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल पहिलो जितको खोजीमा छ । उता बंगलादेशले भने पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले पराजित गरेको थियो । बंगलादेश लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । नेपाली टोली हेमन्त धामीको कप्तानीमा यूएई पुगेको छ । नेपाल रहेको समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।...
ब्लाइण्ड टी२० विश्वकपको सेमिफाइनलमा नेपालले पाकिस्तानसँग खेल्दै

ब्लाइण्ड टी२० विश्वकपको सेमिफाइनलमा नेपालले पाकिस्तानसँग खेल्दै

खेलकुद
१६ मंसिर, काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालले आज सेमिफाइनल खेल खेल्दै छ । मुल्तानमा हुने पहिलो सेमिफाइनल खेलमा नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्न लागेको हो । खेल अपरान्ह पौनेे १२ बजेदेखि सुरू हुनेछ । नेपालले लिग चरणमा दुई जित र तीन हारसहित ४ अंक र भारतसँगको खेलमा वाकओभरमार्फत पाएको ६ अंकसहित शीर्ष चारमा रहँदै सेमिफाइनलमा स्थान बनाएको थियो । नेपाल श्रीलंकासँग ७० रनले, बंगलादेशसँग ६७ रनले पराजित भएको थियो । त्यसपछि अफगानिस्तानलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको नेपालले दक्षिण अफ्रिकामाथि ११ रनको रोमाञ्चक जित निकालेको थियो । पाकिस्तानसँग नेपाल लिग चरणमा १० विकेटले सहजै पराजित भएको थियो । लिग चरणमा अपराजित रहँदै शीर्ष स्थानमा रहेको पाकिस्तान उपाधिकै दाबेदार टोली हो । तर सेमिफाइनलमा घरेलु टोलीलाई कडा चुनौती दिने गरी मैदान उत्रने नेपाली टोलीका म...
मिलान्थाको सानदार ब्याटिङमा जनकपुरको विजयी सुरुवात

मिलान्थाको सानदार ब्याटिङमा जनकपुरको विजयी सुरुवात

खेलकुद
१५ मंसिर, काठमाडौं । बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा विराटनरग किंग्सलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । मिलान्थाको अविजित अर्धशतक मद्दतमा विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट मात्र गुमाएर १३१ रन बनाउदै पूरा गर्‍यो । मिलान्थाले ५३ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ७५ रन बनाए । उनलाई साथ दिएका थाकरले ३३ बलमा अविजित २६ रन बनाए । विराटनगरका क्रिस सोलले वाइड फालेपछि जनकपुरले पहिलो ओभरको पहिलो बलमै ११ रन जोडेको थियो । तर, सोलले आसिफ शेखलाई बोल्ड गर्दै विराटनगरलाई विकेट दिलाएका थिए । कप्तान अनिल शाह पनि व्यक्तिगत ५ रनमा आउट हुँदा जनकपुरले १५ रनमै २ विकेट गुमाएको थियो । प्रतिश जिसीले कप्तान अनिललाई बोल्ड गरेका थिए । तर, त्...
एनपीएल खेल्न शिखर धवन नेपाल आइपुगे

एनपीएल खेल्न शिखर धवन नेपाल आइपुगे

खेलकुद
१४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सको टिमबाट खेल्न भारतका चर्चित खेलाडी शिखर धवन नेपाल आइपुगेका छन् । उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन् । उनलाई कर्णाली याक्स टिमका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । एनपीएल खेल्न आउने धवन सबैभन्दा ठुलो नाम हो । बाँयाहाते ब्याटर उनले ओपनिङमा खेल्ने गर्छन् भने भारतीय टोलीबाट सन् २०१३ को च्याम्पियन्स ट्रफी तथा सन् २०१६ र २०१८ को एसिया कप जितेका छन् । त्यसैगरी आइपीएल टीम सनराइजर्स हैदराबादबाट आइपीएलको उपाधि पनि जितेका छन् । उनले भारतका लागि टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६६ खेलबाट १७५९ रन बनाएका छन् भने सबैखाले टी२०मा ३३४ खेल खेल्दा २ शतक र ७० अर्धशतकसहित ९७९७ रन बनाएका छन् । आइपीएलमा मात्र उनको ६७६९ रन छ । कर्णालीका अन्य विदेशी खेलाडीमा हङकङका बाबर हायात, वेस्टइन्डिजका चाडविक वाल्टन र ओम...