Wednesday, January 1

खेलकुद

लुम्बिनीका विदेशी खेलाडी टम मूर्स नेपाल आइपुगे

लुम्बिनीका विदेशी खेलाडी टम मूर्स नेपाल आइपुगे

खेलकुद
१४ मंसिर, काठमाडौं । शनिबारदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सबाट खेल्नका लागि पहिलो विदेशी खेलाडी नेपाल आइपुगेका छन् । इंग्ल्याण्डका विकेटकिपर ब्याटर टम मूर्स बिहीबार राति काठमाडौं आइपुगेका हुन् । उनलाई टिमका अफिसियलहरूले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । लुम्बिनीका अन्य विदेशी खेलाडीमा अस्ट्रेलियाका स्टार अलराउण्डर बेन कटिङ, क्यानडाका कीर्तिमानी अलराउण्डर साद बिन जफर, अमेरिकाका भारतीय खेलाडी उन्मुक्त चन्द र वेस्ट इन्डिजका रामोन सिमण्ड्स छन् । मूर्सबाहेक अन्य खेलाडी आउन बाँकी छ । लुम्बिनीले आफ्नो पहिलो खेल बुधबार दिउँसो सवा १ बजे विराटनगर किंग्ससँग खेल्ने छ । टिमको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल छन् । उनीसँगै राष्ट्रिय टोलीका विस्फोटक ब्याटर सन्दीप जोरा तथा राष्ट्रिय टोलीबाट खेलिसकेका विवेक यादव, अर्जुन साउद र सू...
यू-१९ एसिया कप : नेपाल र श्रीलंका खेल्दै

यू-१९ एसिया कप : नेपाल र श्रीलंका खेल्दै

खेलकुद
१४ मंसिर, काठमाडौं । युएईमा आज देखि सुरु हुने एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र श्रीलंकाबीचको खेल शारजहास्थित शारजहा क्रिकेट स्टेडियममा ९ बजे सुरु हुनेछ । आजै समूह बी मा रहेका बंगलादेश र अफगानिस्तानबीच पनि खेल हुनेछ । राष्ट्रिय टिमबाट खेलिसकेका पेस बलर हेमन्त धामीको कप्तानीमा रहेको नेपाली टोली बुधबारै युएई पुगिसकेको छ । नेपालको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् । नेपालले यू-१९ एसिया कपको तयारी स्वरुप घरेलु मैदानमा भारतको कर्नाटक यू-१९ टोलीसँग ५ अभ्यास खेलको सिरिज खेलेको थियो । त्यो अभ्यास खेलबाट टिमको बलियो र कमजोर पक्ष थाहा हुने अवसर सँगै टिम कम्पोजिसन बनाउन सहज हुने प्रशिक्षक गौचनले बताएका छन् । पहिलो पटक यू-१९ टिमको प्रशिक्षण सम्हालेका गौचनले राम्रो नतिजा ल्याउने आशा राखेका छन् । यू-१९ एसिया कपको समूह बी मा भारत र ...
टिमका लागि भरपर्दो अलराउण्डर बोपारा

टिमका लागि भरपर्दो अलराउण्डर बोपारा

खेलकुद
१३ मंसिर, काठमाडौं । रविन्दर सिंह बोपारा अर्थात् रवि बोपारा २०१५ अघि इंग्ल्याण्डको क्रिकेट सेटअपमा चिनिने नाममध्येकै एक थिए । सन् १९८५ मा लण्डनको एक ब्रिटिश-पञ्जाबी परिवारमा जन्मिएका बोपारालाई सानै उमेरमा क्रिकेटप्रति रुचि बढ्यो। उनी स्थानीय क्रिकेट क्लबहरूमा जान थाले र क्रिकेटका आधारभूत सीपहरू विकास गरे। बोपाराले आफ्नो क्रिकेट प्रतिभा फ्रेनफोर्ड क्लबमा निखार्न थाले। दाँयाहाते ब्याटिङ तथा मिडियम पेस बलिङ गर्ने उनको क्रिकेट यात्रा एसेक्स ब्वाइज क्लबको तर्फबाट यू-१४ प्रतियोगितामा प्रतिनिधित्व गर्ने क्रममा सुरु भयो। एसेक्स क्लब बोपाराको करियरभरि घरजस्तै बन्यो, जहाँ उनले क्रमिक रूपमा प्रगति गर्दै इंग्ल्याण्ड क्रिकेटमा आफ्नो पहिचान बनाए। बोपाराले एसेक्स ब्वाइज क्लबबाट उमेर समूह क्रिकेटमा फड्को मारे । १७ वर्षको उमेरमा उनले प्रतिष्ठित काउन्टी क्रिकेटमा एसेक्सको तर्फबाट डेब्यू गरे। यसले उनला...
ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपाल पाकिस्तानसँग पराजित

ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपाल पाकिस्तानसँग पराजित

खेलकुद
१२ मंसिर, काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले हार व्यहोरेको छ ‌। नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १०१ रनको लक्ष्य पाकिस्तानले ६.४ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । पाकिस्तानका नइमत उल्लाहले सर्वाधिक ७३ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर १०० रन बनाएको थियो । नेपालका लागि ओपनर भरत थापाले सर्वाधिक ३९ रन बनाएका थिए । पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले त्यसपछि दुई खेल जितेको थियो ।...
चितवनबाट खेल्न नेपाल आइपुगे बेनकेन्सटाइन र लफ्टी इटन

चितवनबाट खेल्न नेपाल आइपुगे बेनकेन्सटाइन र लफ्टी इटन

खेलकुद
१२ मंसिर, काठमाडौं । आगामी मंसिर १५ देखि काठमाडौंमा सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न चितवन राइनोजका थप दुई विदेशी खेलाडी नेपाल आइपुगेका छन् । बुधबार इंग्ल्याण्डका लुक बेनकेन्सटाइन र नामिबियाका जान निकोल लफ्टी इटन नेपाल आइपुगेका हुन् । उनीहरूलाई टिमका एमडी आयुष न्यौपानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । चितवनका पाँच विदेशी खेलाडीहरूमध्ये अफगानिस्तानका हसन एइसाखिल यसअघि नै आइसकेका थिए भने अब इंग्ल्याण्डका रवि बोपारा र अर्का एक विदेशी आउन बाँकी छ । चितवनको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउण्डर कुशल मल्ल छन् । टिममा भेट्रान खेलाडी शरद भेषावकर पनि छन् ।...
ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालको लगातार दोस्रो जीेत

ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालको लगातार दोस्रो जीेत

खेलकुद, ताजा समाचार
११ मंसिर, काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ‌। नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हराएको हो । नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १८७ रन मात्र बनायो । उसका लागि बुले भिडलाले अविजित १०० रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १९८ रन बनाएको थियो । नेपालका लागि नरेशले सर्वाधिक ८० रन बनाएका थिए । पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले सोमबार अफगानिस्तानलाई हराएको थियो । दक्षिण अफ्रिकाकालाई हराएसँगै नेपालले सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनेको छ ।...
प्रधानमन्त्री ओलीको नजरमा एनपिएलका आठ मार्की खेलाडी

प्रधानमन्त्री ओलीको नजरमा एनपिएलका आठ मार्की खेलाडी

खेलकुद, ताजा समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक गरे । उनले सुन्धारास्थित धरहरा परिसरमा ट्रफी सार्वजनिक गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले गौरवशाली धरहराको काखमा एनपिएलको ट्रफी सार्वजनिक कार्यक्रमले खेलकुदमा नयाँ जाँगर पैदा गरेको जिकिर गरे । उनले आजको दिन नेपाली खेलकुद क्षेत्रका लागि विशेष महत्वको दिन रहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले नेपाली क्रिकेट खेलाडी तथा एनपिएलका आठ टोलीकै मार्की खेलाडीको खुलेर प्रशंसासमेत गरे । उनले सम्बोधनको क्रममा सुरुमै जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखको प्रशंसा गरे । उनले शेखले स्पोर्टम्यानसीप देखाउँदै आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको श्रव्यदृश्य आफूले पनि हेरेको उल्लेख गर्दै उनलाई ‘क्याप्टेन कूल’को उपनाम दिनुपर्ने बताए । उनले भने, “जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखले स्पोर्टम्यानसिप देख...
धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण

धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण

खेलकुद, ताजा समाचार
१० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले आज बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् । ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा समावेश छ । अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको बताए । एनपीएलमा सहभागी सबै टिमलाई आफ्नो समर्थन रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘अहिले सबैलाई शुभकामना दिन्छु, जितेपछि जित्नेलाई बधाई दिन्छु ।’ प्रधानमन्त्री ओलीले एनपीएलले पर्यटन प्रवद्र्धन पनि गर्ने विश्वास व्यक्त गरे ।...
एनपीएल ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा

एनपीएल ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा

खेलकुद, ताजा समाचार
१० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी आज अनावरण कार्यक्रम छ । धरहरा परिसरमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफी अनावरण गर्दैछन् । एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले जानकारी दिए । यो ट्रफीमात्र नभई विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत रहेको उनले बताए । आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले एनपीएलको ट्रफीमा प्रयोग गरिएको ढुंगा ल्याएका थिए । ट्रफी अनावरण कार्यक्रममा उनीहरुलाई खादा ओढाएर सम्मानसमेत गरिएको छ । एनपीएलको पहिलो संस्करण यही मंसिर १६ गतेदेखि सुरु भई पुस ६ गते सम्पन्न हुने छ ।...
प्रिया राईले जितिन् अल्ट्रा रेस युटिएमबी मलेसियाको उपाधि

प्रिया राईले जितिन् अल्ट्रा रेस युटिएमबी मलेसियाको उपाधि

खेलकुद
४ मंसिर, काठमाडौं । नेपाली अल्ट्रा धावक प्रिया राईले मलेसियामा भएको अल्ट्रा रेस युटिएमबी बाई मलेसियाको उपाधि जितेकी छन् । मलेसियाको टिपिङमा भएको रेस अन्तर्गत प्रियाले महिला ५४ किमीतर्फ पहिलो हँदै उपाधि जितेकी हुन् । उनले निर्धारित दूरी ६ घण्टा ५० मिनेटमा पूरा गरिन् । रेसमा एक हजार भन्दा बढी धावकको सहभागिता रहेको थियो । खराब मौसममा कारण रेस केही समय प्रभावित बनेको थियो । आयोजकले रनरहरुलाई डेढ घण्टा चेक पोइन्टमा रोकेर पुन: रेस सुरु गराएको थियो । पछिल्लो समयमा प्रियाले अन्तर्राष्ट्रिय ट्रेल रेसमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् । गत असोजमा मलेसियामै भएको एसिया ट्रे मास्टर्स रेसको उपाधि जितेकी प्रियाले कात्तिकमा दक्षिण कोरियामा भएको एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपको सर्ट रेस (४० किमी) महिलातर्फ दोस्रो भएकी थिइन् ।...