Friday, December 27

ताजा समाचार

रवि लामिछानेसहित ४ जनालाई अदालत उपस्थित गराइयो

रवि लामिछानेसहित ४ जनालाई अदालत उपस्थित गराइयो

ताजा समाचार
९ पुस, काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको हो । चार जनालाई अदालत उपस्थित गराइए पनि छविलाल जोशीको मात्रै बयान भइरहेको छ । छविको बयान सकिएपछि मात्रै अरूको सुरु हुनेछ । छविको बयान हुँदा अरुलाई जिल्ला अदालतमै राखिएको छ । सञ्चालक कृष्ण गुरूङलाई भने बिरामी परेका कारण अस्पताल लगिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि बयान सुरू भएको हो । उनीहरूविरुद्ध सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाइएको छ ।...
एनओसी उपाध्यक्ष सुनिलले निर्वाचन प्रक्रियामा सहभागिता नजनाउने

एनओसी उपाध्यक्ष सुनिलले निर्वाचन प्रक्रियामा सहभागिता नजनाउने

ताजा समाचार
९ पुस, काठमाडौं । नेपाल ओलम्पिक कमिटी एनओसीका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले एनओसीको निर्वाचन प्रक्रियामा सहभागिता नजनाउने भएका छन् । नेपाल फेन्सिङ संघका अध्यक्ष समेत रहेका उनले एनओसीका निर्वाचन अधिकृतलाई पत्र लेख्दै निर्वाचनमा सहभागी हुन नसक्ने जानकारी गराएका हुन् । निर्वाचनका लागि दिइएको सूचनाअनुसार निर्वाचन प्रक्रियामा सहभागिता जनाउँदा उच्च अदालत पाटनले जारी गरेको कारणदेखाउ आदेशको अवज्ञा हुने, राष्ट्रिय खेलकुद परिषदको पत्रको उल्लंघन हुने र युवा तथा खेलकुद र गृह मन्त्रालयको आदेशको विपरित हुने भएकोले उनी निर्वाचन प्रक्रियामा सहभागी नहुने भएका हुन् । नेपाल ओलम्पिक कमिटी नेतृत्वले एनओसीको आगामी चार वर्षे कार्यकालको लागि यही १३ पुसका लागि निर्वाचन गर्ने गरी मिति तय गरेको थियो । त्यसमा लागि सोमबारसम्म मनोनयन दर्ता गर्ने मिति तोकिएको थियो । नेपाल रग्वी संघ सहित चार खेल संघले दायर ...
सरकार ११ बुँदे सहमतिबाट पछाडि हट्न खोज्यो : सिके राउत

सरकार ११ बुँदे सहमतिबाट पछाडि हट्न खोज्यो : सिके राउत

ताजा समाचार
९ पुस, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले सरकार आफूहरुसँग भएको सहमतिबाट पछाडि हट्न खोजेको बताएका छन् । प्रतिनिधि सभामा विचाराधीन केही नेपाल ऐन (संशोधन) विधेयकको दफा ६४ फिर्ता लिने सरकारको निर्णयले यही संकेत गरेको उनको भनाइ छ । विधेयकको दफा ६४ मा सशस्त्र द्वन्द्व वा भूमिगत रहेको राजनीतिक शक्ति शान्तिपूर्ण राजनीतिमा आए जुनसुकै अदालतको जुनसुकै तहमा रहेको मुद्दा फिर्ता लिन सक्ने व्यवस्था छ । यो व्यवस्था आफूहरूसँगको सहमति कार्यान्वयन गर्नका ल्याइएको जनमत पार्टीका अध्यक्ष राउतले बताए । ‘केही नेपाल ऐनको दफा ६४ फिर्ता लिनु भनेको सरकार राजनीतिक सहमतिबाट पछाडि हट्नु हो, सहमतिप्रति वेइमानी गर्नु हो’ अध्यक्ष राउतले अनलाइनखबरसँग भने । २०७५ साल फागुन २४ गते सीके राउत नेतृत्वको पार्टी र तत्कालीन सरकारबीच ११ बुँदे सहमति भएको थियो । त्यसबेला प्रधानमन्त्रीमा केपी शर्मा ओली नै थिए भने गृहम...
पुराना घरमा नयाँ पुस्तालाई हुर्किइरहेकी ‘महिला स्वयंसेविका’

पुराना घरमा नयाँ पुस्तालाई हुर्किइरहेकी ‘महिला स्वयंसेविका’

ताजा समाचार
बागलुङ । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार छेउमा छ– भगवती टोल । टोलमा परम्परागत घर नै रहेका छन् । तिनै पुराना घरमा हुर्किरहेका छन् ३५ बालबालिका । साथै टोलमा केही गर्भवती पनि रहेका छन् । ढोरपाटन–१ स्थित सो टोलमा सशक्त आमा समूह छ ‘मिलिजुली’ । आमा समूहमा गर्भवती, सुत्केरी र उनीहरूका एकाघरका आमाहरूको जमघट छ । यो समूहको नेतृत्व भने महिला स्वयंसेविका चन्द्रकला भण्डारीले गर्छिन्। उमेरले हजुरआमा पुस्ताकी उनी आमा पुस्ताभन्दा कम छैनन् । यो समूह गर्भवती, सुत्केरी तथा नवजात शिशुहरूको सुरक्षा र बालबालिका तथा आमाको पोषणका विषयमा छलफल गर्न बनेको हो । त्यसैले यहाँ हरेक महिनाको पहिलो शनिबार आमा जम्मा भएर स्वास्थ्यका विषयमा छलफल गर्छन् । समस्या भएकालाई स्वास्थ्य संस्था जान सल्लाह दिन्छन् । स्वास्थ्य स्वयंसेविकाले ल्याएका सन्देश सुन्छन्, बुझ्छन् र कार्यान्वयन गर्छन् । पोषणयुक्त खाना खान्छन् । तिनै ...
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा समाचार
काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल हुनेछ । बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुने कार्यसूची तय भएको छ । त्यस्तै दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विज्ञसँग छलफल हुनेछ ।...
नतिजाका आधारमा विद्यालयलाई अनुदान

नतिजाका आधारमा विद्यालयलाई अनुदान

ताजा समाचार
कैलाली । जानकी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न नतिजाका आधारमा विद्यालयलाई अनुदान दिन सुरु गरेको छ । आधारभूत तहमा कक्षा ८ को परीक्षा र एसइईको नतिजामा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयलाई अनुदान दिएको हो । जसअनुसार माध्यमिक तहतर्फ भृकुटी मावि प्रथम भएको छ । जसले रु चार लाख अनुदान प्राप्त गरेको छ । त्यसैगरी दोस्रो जनता नमूना मावि मुनुवाले रु दुई लाख ५० हजार प्राप्त गरेको छ भने तेस्रो अरुणोदय मावि खैरीफाँटाले रु एक लाख ५० हजार प्राप्त गरेको छ । आधारभूत तहतर्फ राष्ट्रिय आधारभूत विद्यालय खैरीपुर प्रथम भएको छ । राष्ट्रिय आधारभूत विद्यालयले रु तीन लाख नगद पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी दोस्रो हिमालय राष्ट्रिय मावि अमरावतीले रु दुई लाख प्राप्त गरेको छ । यसले विद्यालयलाई प्रतिस्पर्धामा ल्याउने विश्वास गाउँपालिकाको छ । गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले विद्यालयको गुण...
नेपाल-भारत खुला सीमा संवाद समूहका अध्यक्ष झालाई मिथिला रत्न सम्मान

नेपाल-भारत खुला सीमा संवाद समूहका अध्यक्ष झालाई मिथिला रत्न सम्मान

ताजा समाचार
९ पुस, जनकपुरधाम । नेपाल भारत खुला सीमा संवाद समूहका अध्यक्ष राजीव झालाई ‘मिथिला रत्न’ सम्मान प्रदान गरिएको छ । झालाई भारतको झारखण्डस्थित देवघरमा सम्पन्न अन्तर्राष्ट्रिय मैथिली सम्मेलनमा ‘मिथिला रत्न’ सम्मान प्रदान गरिएको हो । क्लोथ बैंक नेपालका अध्यक्ष समेत रहेका झाले मिथिलाञ्चलको सामाजिक सेवामा महत्वपूर्ण योगदान पुर्‍याएबापत सम्मान गरिएको विद्यापति सेवा संस्थानका अध्यक्ष डा. बैद्यनाथ चौधरीले बताए । क्लोथ बैंकका संस्थापक झा असहाय तथा विपन्नलाई कपडा उपलब्ध गराउने कार्य गर्नुको साथै नेपाल भारत खुल्ला सीमा व्यवस्थापन गर्दै दुई देशबीच बेटीरोटीको सम्बन्ध प्रगाढ हुनुपर्ने पैरवीसमेत उनले गर्ने गरेका छन् ।...
एकीकृत समाजवादीको गण्डकी प्रदेशको अधिवेशन १९ पुसदेखि

एकीकृत समाजवादीको गण्डकी प्रदेशको अधिवेशन १९ पुसदेखि

ताजा समाचार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेशको प्रथम अधिवेशन यही पुस १९ र २० गते पोखरामा हुने भएको छ । अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए । उनले अधिवेशनलाई सम्पन्न गर्न प्रदेश कमिटी, सबै उपसमिति र पार्टी सदस्यहरूलाई जिम्मेवारी दिएको जानकारी दिए । पार्टीले आगामी फागुनभित्रमा सबै प्रदेश अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ । अहिलेसम्म कर्णाली प्रदेश अधिवेशन सम्पन्न गरिएको छ । पार्टीले हालै नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन सम्पन्न गरेको छ ।...
ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ताजा समाचार
९ पुस, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ मोतीचौरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय लुरु सिलवाल छन् । उनको उपचारको क्रममा गएराति आठ बजे बी एण्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बेलुका साढे सात बजे बाटो काट्दै गर्दा लुम्बिनी प्रदेश ०१ ००२ प ६६६३ नम्बरको मोटरसाइकलले सिलवाललाई ठक्कर दिएको थियो । सो दुर्घटनामा मोटरसाइकल चालक सामान्य घाइते भएका छन् । उनलाई बाडेगाउँ प्रहरीले नियन्त्रणमा लिएको छ ।...
मनोमानी करले उधोग, व्यापार धवस्त हुँदैछन् : प्रभु साह

मनोमानी करले उधोग, व्यापार धवस्त हुँदैछन् : प्रभु साह

ताजा समाचार
९ पुस, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सरकारको मनोमानी कर प्रणालीले मुलुकको उधोग, व्यापार ध्वस्त हुदै गइरहेको टिप्पणी गरेका छन् । तीन तहको सरकारको मनोमानी कर एवं लुटतन्त्रले उधोगी, व्यापारी, सर्वसधारण लगायत समस्यामा पर्दै गइरहेको उनले बताए । काठमाडौंको कोटेश्वरस्थित आजपाको केन्द्रीय कार्यालयमा विद्यार्थीहरूसँगको भेटमा अध्यक्ष साहले यस्तो बताएका हुन् । मनोमानी करको विरुद्धमा संघर्षको विकल्प नभएको उनले बताए । ‘सरकार अहिले विदेशीसंग ऋण लिएर त्यसमा लुटने काम गरिरहेको छ’, उनी थप्छन्, ‘नेपाली जनतालाई ऋणको भारी बोकाएर राज्यको ढुकुटी लुटिरहेको सरकारले मनोमानी कर पनि लगाएको छ ।’ हरेक क्षेत्रमा मनोमानी करले सबै क्षेत्र तहसनहस भएको उनले बताए ।...