Friday, December 27

ताजा समाचार

बजेट संशोधन गदै काठमाडौं महानगर, बोलाइयो नगरसभा

बजेट संशोधन गदै काठमाडौं महानगर, बोलाइयो नगरसभा

ताजा समाचार
८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले १४ पुसमा नगरसभा राख्ने भएको छ । महानगरको आज बसेको कार्यपालिका बैठकले नगरसभाको १६ औं अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो । महानगरका एक कार्यपालिका सदस्यका अनुसार नगर सभा बजेट संशोधनको लागि बोलाइएको हो । ‘बजेटको सिलिङ नबिग्रिने गरी केही शिर्षकमा बजेट रकमान्तर हुन्छ, बजेटको अंक संशोधन नभएपनि अन्य केही विषयगत विभाग, महाशाखामा बजेट कार्यान्वयनको क्रममा आवश्यकता थपघट हुनसक्छ,’ ती कार्यपालिका सदस्यले अनलाइनखबरसँग भने । उनले नगर सभामा केही ऐन संशोधन, नयाँ ऐन पारित गर्ने विषय समेत रहेको बताए । प्रज्ञा भवनको सिद्धिचरण कक्षमा १४ गते दिउँसो १ बजे बस्नेगरी नगर सभा आह्वान भएको हो ।...
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुला गर्न पहल

सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुला गर्न पहल

ताजा समाचार
८ पुस, काठमाडौं । नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारी गर्न कार्यदल गठन गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अतिरिक्त सचिव डा टंक बराकोटीको नेतृत्वमा सेना तथा प्रहरीका अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने गरी व्यवस्था गर्न कार्यदल बनाएका हुन् । कार्यदललाई सर्वसाधारणलाई समेत सेवा दिनका लागि आवश्यक कार्यविधि तयार गर्न र कार्यान्वयनको सम्भावनाबारे जानकारीसहितको प्रतिवेदन दिन भनिएको छ । गत जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र नेपाली सेना मातहतका संस्थाबाट सर्वसाधारणका लागि स्वास्थ्य सेवा खुला गर्ने र स्वास्थ्य मन्त्रालयबाट सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य सेवा प्रवाह गर्ने सहकार्यको ढाँचा एवं कार्यविधि बनाउने निर्णय गरेको थियो । मन्त्री पौडेलले गत सात...
लुम्बिनी विकास कोषको कार्यालयमा धर्ना दिन गएका स्थानीय र प्रहरीबीच झडप

लुम्बिनी विकास कोषको कार्यालयमा धर्ना दिन गएका स्थानीय र प्रहरीबीच झडप

ताजा समाचार
८ पुस, बुटवल। विभिन्न मागसहित लुम्बिनी विकास कोषको कार्यालयमा धर्ना दिन पुगेका स्थानीय र प्रहरी बिच झडप भएको छ । प्रहरीले विरोध प्रदर्शनमा उत्रेका स्थानीय महिलाहरुमाथि बल प्रयोग गर्दा दोहोरो झडप भएको हो । लुम्बिनी बचाउ महाअभियान र लुम्बिनी विकास कोषबिच यसअघि भएको १२ बुँदे सम्झौता कार्यन्वयन नभएको भन्दै स्थानीयले कोषको केन्द्रिय कार्यालय लुम्बिनीमा प्रदर्शन गरिरहदा प्रहरीले बल प्रयोग गरेको स्थानीयको आरोप छ । मायादेवी मन्दिरभित्र परम्परागत पूजापाठ गर्न पाउनुपर्ने, अदालतको आदेशविपरीत लगाइएको मायादेवी मन्दिर प्रवेश शुल्क खारेज गर्नुपर्ने, उत्खनन्‌काबेला प्राप्त मूर्ति र अस्तुधातुलगायतका सामाग्री खोजी गरी लुम्बिनीमै पुनर्स्थापित गर्नुपर्ने लगायतका मागसहितविरोध प्रदर्शन गरिरहेका स्थानीयलाई प्रहरीले धक्कामुक्की र लाठी समेत प्रहार गर्दै कार्यालय हाता बहिर निकालेको थियो। प्रदर्शनकारी महिला...
परदेशमा बालबालिकालाई नेपाली भाषा सिकाइरहेका साहित्यकार

परदेशमा बालबालिकालाई नेपाली भाषा सिकाइरहेका साहित्यकार

ताजा समाचार
काठमाडौं । आफ्नो देश छाडेर परदेश पुग्दा भाषा, संगीत र संस्कृति नै आफ्नो पहिचान बन्छ । सन् २००२ मा उत्तर अमेरिकी मुलुक क्यानडा पुग्दा साहित्यकार तथा लेखक सुरेन उप्रेतीलाई पनि त्यस्तै महसुस भयो । क्यानडामा पाइला राखेको केही समयमै उनलाई नेपाली भाषा, साहित्य र संस्कृति जगेर्ना र प्रवर्द्धनका लागि केही गरौं भन्ने हुटहुटी जाग्यो । त्यहाँ रहेका नेपालीहरुलाई उनले हेरे आफ्नो भाषाभन्दा अंग्रेजी र फ्रेन्च बोल्न र सिक्न लालयित देखे । इन्जिनियरिङ पृष्ठभूमिका उनी साहित्य लेखनमा नेपालमा हुँदै सक्रिय थिए । ‘एक हिसाबले त्यहाँ त्यो बाध्यता पनि थियो होला । तर पनि बाबुआमाले नै नेपाली नबोलिदिएपछि बालबालिकाले कसरी सिक्छन् भन्ने चिन्ता मलाई लाग्यो,’ अनलाइनखबरसँगको भेटमा लेखक उप्रेतीले भने, ‘त्यसैले नेपाली बच्चालाई आफ्नो भाषा सिकाउन केही गर्ने अठोट गरें ।’ बाल साहित्यका थुप्रै पुस्तकहरु लेखेका छन् उप्रेत...
डीपी अर्याललाई रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी

डीपी अर्याललाई रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी

ताजा समाचार
८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले पाएका छन् । रास्वपाको आइतबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय भएको एक पदाधिकारीले जानकारी दिए । जारी भर्चुअल बैठकमा पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल चलिरहेको उनले जानकारी दिए ।...
कांग्रेसभित्र विचलन छ, सभापतिबाटै गुट फस्टाउने काम भयो : शेखर कोइराला

कांग्रेसभित्र विचलन छ, सभापतिबाटै गुट फस्टाउने काम भयो : शेखर कोइराला

ताजा समाचार
८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसभित्र विचलन रहेको स्वीकार गरेका छन् । सोमबार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो स्वीकार गरेका हुन् । आफूलाई ४०/६० को भागबण्डामा लागेको आरोप लागेपनि पार्टी सभापतिले सबै नेताहरूको कुरा नसुनेपछि बाध्य हुनपरेको जिकिर गरे । ‘वास्तवमा अहिले पार्टीमा हामीबीच विचलन छ । स्वीकार्नुपर्छ । अघि राजेशजीले भन्नुभयो, शेखरजी पनि अब त भागबण्डामा लागि सक्नुभयो भनेर । ४०/६० को भागबण्डा भनेर भन्नुभयो,’ कोइरालाले भने, ‘मैले पहिला भनेकै हो । तर भागबण्डा भनेर चुप लागेर बस्ने त होइन नि । सभापतिजीले केही पनि सुन्दै नसुन्ने हो भने त अफ्ठ्यारोमा पर्छ । राजनीति गर्नेहरूलाई अफ्ठ्यारो पर्छ । यो हामीले बुझ्न जरुरी छ ।’ पार्टी सभापति देउवा पूर्वप्रधानमन्त्री स्व. भट्टराई...
विशेषको फैसला त्रुटिपूर्ण दाबी गर्दै भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वमन्त्री श्रेष्ठ पुगे सर्वोच्च

विशेषको फैसला त्रुटिपूर्ण दाबी गर्दै भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वमन्त्री श्रेष्ठ पुगे सर्वोच्च

ताजा समाचार
८ पुस, काठमाडौं । विशेष अदालतको फैसला त्रुटिपूर्ण भएको दाबी गर्दै पूर्वमन्त्री रामकुमार श्रेष्ठ सर्वोच्च अदालत पुगेका छन् । विशेष अदालतले आफूलाई दोषी ठहर गरेको फैसला त्रुटिपूर्ण दाबी गर्दै उनले सर्वोच्चमा पुनरावेदन दिएका हुन् । सर्वोच्चका प्रवक्ता अच्युत कुईंकेलले श्रेष्ठले पुनरावेदनको निवेदन दिएको पुष्टि गरे । ८ असोजमा पूर्वसचिव तथा पूर्वमन्त्री श्रेष्ठलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । अख्तियारले उनीविरुद्ध २०७८ फागुनमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले श्रेष्ठलाई ६ महिना कैद र ९८ लाख २९ हजार ५ सय ३७ रुपैयाँ बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको थियो । ६ महिनामात्र कैद सुनाएकाले बाहिरै बसेर पुनरावेदन गर्ने सुविधा उनले पाएका थिए ।...
विमानस्थलमा पर्यटकलाई सहजीकरण गर्न पर्यटनमन्त्रीको निर्देशन

विमानस्थलमा पर्यटकलाई सहजीकरण गर्न पर्यटनमन्त्रीको निर्देशन

ताजा समाचार
८ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटक सेवामा सहजीकरण गर्न विमानस्थल सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरोकारवाला बैठकमा मन्त्री पाण्डेले उक्त निर्देशन दिएका हुन् । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संवेदनशील क्षेत्र हो । राजनीतिक मान्छेको सरल पहुँच भएका कारण यस क्षेत्रको धेरै गुनासो आउने गरेको छ । सुरक्षा निकायको भूमिका अझैं प्रभावकारी बनाउनुपर्ने देखिन्छ । हाम्रा सेवा यात्रुमैत्री हुन जरुरी छ,’ उनले भने, ‘एक पटक आउने विदेशी पर्यटकलाई पटक–पटक आउने खालको वातावरण बनाउनुपर्छ ।’ उनले त्रिभुवन विमानस्थल विदेशीका लागि प्रमुख प्रवेशद्वार भएकाले यहाँका कर्मचारीले राष्ट्रिय पहिचान झल्किने खालको पोसाक लगाउन समेत आग्रह गरे । मन्त्री पाण्डेले वार्षिक ४६ लाख यात्रु क्षमता भएको त्रिभुवन विमानस्थलले ...
ठगी बढेपछि थाइल्याण्ड र म्यानमार जाने नेपालीका लागि ट्राभल एडभाइजरी जारी

ठगी बढेपछि थाइल्याण्ड र म्यानमार जाने नेपालीका लागि ट्राभल एडभाइजरी जारी

ताजा समाचार
८ पुस, काठमाडौं। सरकारले थाइल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस लगायत देशमा जान चाहने नेपालीहरुका लागि ट्राभल एडभाइजरी जारी गरेको छ । आकर्षक तलब सुविधाको प्रलोभन देखाएर जबरजस्ती अवैध काममा लगाइएको पाइएपछि परराष्ट्र मन्त्रालयले ट्राभल एडभाइजरी जारी गरेको हो । वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्‍याइ अलपत्र पार्ने एवं प्रचलित कानुन बमोजिम निषेध गरिएका कार्यहरुमा संलग्न हुने काम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्यहरु नगर्न/नगराउन पनि मन्त्रालयले भनेको छ । थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक तलब र सुविधा दिने प्रलोभनहरु देखाई नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा युएई लगायतका मुलुकहरुमा रहेका नेपालीहरूलाई थाइल्याण्डको बैंकक र याङ्गुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न म...
टाउकोमा सिलौटाले हानेर श्रीमतीको हत्या

टाउकोमा सिलौटाले हानेर श्रीमतीको हत्या

ताजा समाचार
बुटवल । बुटवलमा एक महिलाको हत्या हत्या भएको छ । सोमबार बुटवल उपमहानगरपालिका ११ माझगाउँ बस्ने २६ वर्षिय सागर बिकले २२ वर्षिया श्रीमती अन्जना बिकको हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। २ बजेको समयमा सागरले अन्जनालाई विवादका क्रममा टाउकोमा सिलौटाले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजय पण्डितले जानकारी दिए । प्रहरीले सागरलाई नियन्त्रणमा लिएको छ भने शवलाई पोष्टमाटम गर्नको लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान सुरु भएको पण्डितले बताए ।...