Thursday, December 26

ताजा समाचार

ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ताजा समाचार
९ पुस, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ मोतीचौरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय लुरु सिलवाल छन् । उनको उपचारको क्रममा गएराति आठ बजे बी एण्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बेलुका साढे सात बजे बाटो काट्दै गर्दा लुम्बिनी प्रदेश ०१ ००२ प ६६६३ नम्बरको मोटरसाइकलले सिलवाललाई ठक्कर दिएको थियो । सो दुर्घटनामा मोटरसाइकल चालक सामान्य घाइते भएका छन् । उनलाई बाडेगाउँ प्रहरीले नियन्त्रणमा लिएको छ ।...
मनोमानी करले उधोग, व्यापार धवस्त हुँदैछन् : प्रभु साह

मनोमानी करले उधोग, व्यापार धवस्त हुँदैछन् : प्रभु साह

ताजा समाचार
९ पुस, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सरकारको मनोमानी कर प्रणालीले मुलुकको उधोग, व्यापार ध्वस्त हुदै गइरहेको टिप्पणी गरेका छन् । तीन तहको सरकारको मनोमानी कर एवं लुटतन्त्रले उधोगी, व्यापारी, सर्वसधारण लगायत समस्यामा पर्दै गइरहेको उनले बताए । काठमाडौंको कोटेश्वरस्थित आजपाको केन्द्रीय कार्यालयमा विद्यार्थीहरूसँगको भेटमा अध्यक्ष साहले यस्तो बताएका हुन् । मनोमानी करको विरुद्धमा संघर्षको विकल्प नभएको उनले बताए । ‘सरकार अहिले विदेशीसंग ऋण लिएर त्यसमा लुटने काम गरिरहेको छ’, उनी थप्छन्, ‘नेपाली जनतालाई ऋणको भारी बोकाएर राज्यको ढुकुटी लुटिरहेको सरकारले मनोमानी कर पनि लगाएको छ ।’ हरेक क्षेत्रमा मनोमानी करले सबै क्षेत्र तहसनहस भएको उनले बताए ।...
विराटनगर–१२ का वडाध्यक्ष पक्राउ

विराटनगर–१२ का वडाध्यक्ष पक्राउ

ताजा समाचार
९ पुस, विराटनगर । बैंकिङ कसुर आरोपमा प्रहरीले विराटनगर महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मोरङको जहदा गाउँपालिका ३ का एक पीडितको जाहेरीका आधारमा कामत पक्राउ परेका हुन् । बैकिङ कसुर आरोपमा मंसिर २५ गते मोरङ अदालतले कामतविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि कामतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार ५ लाखको चेक बाउन्स भएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।...
एनओसी निर्वाचन : विवादका बाबजुद अनलाइनबाट मनोनयन

एनओसी निर्वाचन : विवादका बाबजुद अनलाइनबाट मनोनयन

ताजा समाचार
९ पुस, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन प्रकिया थप विवादमा फसेको छ । विवादास्पद बनिरहेको एनओसी निर्वाचनका लागि सोमबार उम्मेदवारी मनोनयनको कार्यक्रम तोकिएको थियो । तर अदालतले निर्वाचनका विषयमा सोमबार कारण देखाउ आदेश जारी गरेपनि एनओसी नेतृत्वले भने जबरजस्ती चुनावी प्रक्रिया अघि बढाएपछि विवादले नयाँ रुप लिएको छ । यसअघि नै विवादास्पद बनिसकेको निर्वाचन प्रक्रियामा सोमबार बिहान प्रहरीले नै हस्तक्षेप गर्दा थप विवाद बनेको हो । नेपाल ओलम्पिक कमिटी नेतृत्वले एनओसीको आगामी चार वर्षे कार्यकालको लागि यही १३ पुसका लागि निर्वाचन गर्ने गरी मिति तय गरेको थियो । त्यसमा लागि सोमबारसम्म मनोनयन दर्ता गर्ने मिति तोकिएको थियो । नेपाल रग्वी संघ सहित चार खेल संघले दायर गरेको रिटमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनले निर्वाचनको विषयमा कारण देखाउ आदेश जारी गरेको हो । यस्तै अदालतले अन्तरिम आद...
लोप हुँदै झिँगटीले छाएका घर, कालिगढ पाउनै मुश्किल

लोप हुँदै झिँगटीले छाएका घर, कालिगढ पाउनै मुश्किल

ताजा समाचार
९ पुस, फुङ्लिङ (ताप्लेजुङ) । जिल्लामा झिँगटीले छाएका घर अहिले हराउँदै गएका छन् । पहाडी क्षेत्रमा रहेका यस्ता घरले स्थानीय कला र वास्तुकलालाई समेटेर स्थानीय पहिचान निर्माण गरेका थिए । पछिल्लो समय झिँगटीले छाएका घर देखिन छाडेका छन् । सिदिङवा गाउँपालिका–४ साब्लाखुका जुमप्रकाश गौतम अहिले ९० वर्ष पुगे । गाउँमा दक्ष झिँगटीको छाना लगाउने कालिगड उनले गाउँका धेरै घरमा झिँगटी बनाउने र घरमा छानो लगाउने काम गर्थे । अहिले उनका सहकर्मी कालिगड सबैको निधन भइसक्यो । गाउँमा झिँगटीको छाना लगनाउने उनी मात्र छन् । तर उनी अहिले अन्यको साहारामा बाँच्नुपरेको छ । गाउँमा उनले नै बनाएको झिँगटीको घरसमेत चुइन थालेका छन् । धेरैले त भत्काएर अर्को घर बनाएका छन् । सोही गाउँका मदन बरालका बुबाले २००४ साल अर्थात् ७७ वर्ष अगाडि झिँगटी छानो भएको घर निर्माण गरेका थिए । लामो समयपछि छानोबाट पानी चुइन थाल्यो । घरमा प्रयोग भएका...
मौसमजस्तै सलह आक्रमणको पूर्वानुमान पत्ता लाग्यो : शोध

मौसमजस्तै सलह आक्रमणको पूर्वानुमान पत्ता लाग्यो : शोध

ताजा समाचार
९ पुस, विराटनगर । सलहलाई खेतीका लागि सबैभन्दा खतरनाक प्रवासी किराको रुपमा चिनिन्छ । त्यसैले खाद्य सुरक्षाका लागि यसको नियन्त्रण अति जरुरी मानिन्छ । यसबाट जोगिने उपायको खोजी भइरहेका बेला क्याम्ब्रिज विश्वविद्यालयका शोधकर्ताको एक अनुसन्धानले मौसमजस्तै सलहको आक्रमणको पनि पूर्वानुमान गर्न सकिने निष्कर्ष निकालेका छन् । उनीहरुका अनुसार अत्याधुनिक कम्प्युटेसनल मोडलको उपयोगबाट सलहको झुण्ड नयाँ भोजन र प्रजननका लागि कहाँ जान्छन् भन्ने पत्ता लगाएर तीबाट जोगिन तयारी गर्न सकिन्छ । शोधकर्ताले विकास गरेको नयाँ प्रविधिले सलहको प्रजनन स्थल, जीवनचक्र, गतिविधि, उनीहरुको भोजनको उपलब्धता र उनीहरुले यात्रा गर्ने बाटो पत्ता लगाउने दाबी गरिएको छ । पीएलओएस कम्प्युटेसनल बायोलोजी पत्रिकामा प्रकाशित शोध पत्रमा लेखिएको छ– सलहको प्रकोप कहाँ सुरु हुन्छ भनेर अब पूर्वानुमान गर्न सकिन्छ र यसबाट जोगिन सहयोग पुग्...
बजेट संशोधन गदै काठमाडौं महानगर, बोलाइयो नगरसभा

बजेट संशोधन गदै काठमाडौं महानगर, बोलाइयो नगरसभा

ताजा समाचार
८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले १४ पुसमा नगरसभा राख्ने भएको छ । महानगरको आज बसेको कार्यपालिका बैठकले नगरसभाको १६ औं अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो । महानगरका एक कार्यपालिका सदस्यका अनुसार नगर सभा बजेट संशोधनको लागि बोलाइएको हो । ‘बजेटको सिलिङ नबिग्रिने गरी केही शिर्षकमा बजेट रकमान्तर हुन्छ, बजेटको अंक संशोधन नभएपनि अन्य केही विषयगत विभाग, महाशाखामा बजेट कार्यान्वयनको क्रममा आवश्यकता थपघट हुनसक्छ,’ ती कार्यपालिका सदस्यले अनलाइनखबरसँग भने । उनले नगर सभामा केही ऐन संशोधन, नयाँ ऐन पारित गर्ने विषय समेत रहेको बताए । प्रज्ञा भवनको सिद्धिचरण कक्षमा १४ गते दिउँसो १ बजे बस्नेगरी नगर सभा आह्वान भएको हो ।...
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुला गर्न पहल

सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुला गर्न पहल

ताजा समाचार
८ पुस, काठमाडौं । नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारी गर्न कार्यदल गठन गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अतिरिक्त सचिव डा टंक बराकोटीको नेतृत्वमा सेना तथा प्रहरीका अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने गरी व्यवस्था गर्न कार्यदल बनाएका हुन् । कार्यदललाई सर्वसाधारणलाई समेत सेवा दिनका लागि आवश्यक कार्यविधि तयार गर्न र कार्यान्वयनको सम्भावनाबारे जानकारीसहितको प्रतिवेदन दिन भनिएको छ । गत जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र नेपाली सेना मातहतका संस्थाबाट सर्वसाधारणका लागि स्वास्थ्य सेवा खुला गर्ने र स्वास्थ्य मन्त्रालयबाट सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य सेवा प्रवाह गर्ने सहकार्यको ढाँचा एवं कार्यविधि बनाउने निर्णय गरेको थियो । मन्त्री पौडेलले गत सात...
लुम्बिनी विकास कोषको कार्यालयमा धर्ना दिन गएका स्थानीय र प्रहरीबीच झडप

लुम्बिनी विकास कोषको कार्यालयमा धर्ना दिन गएका स्थानीय र प्रहरीबीच झडप

ताजा समाचार
८ पुस, बुटवल। विभिन्न मागसहित लुम्बिनी विकास कोषको कार्यालयमा धर्ना दिन पुगेका स्थानीय र प्रहरी बिच झडप भएको छ । प्रहरीले विरोध प्रदर्शनमा उत्रेका स्थानीय महिलाहरुमाथि बल प्रयोग गर्दा दोहोरो झडप भएको हो । लुम्बिनी बचाउ महाअभियान र लुम्बिनी विकास कोषबिच यसअघि भएको १२ बुँदे सम्झौता कार्यन्वयन नभएको भन्दै स्थानीयले कोषको केन्द्रिय कार्यालय लुम्बिनीमा प्रदर्शन गरिरहदा प्रहरीले बल प्रयोग गरेको स्थानीयको आरोप छ । मायादेवी मन्दिरभित्र परम्परागत पूजापाठ गर्न पाउनुपर्ने, अदालतको आदेशविपरीत लगाइएको मायादेवी मन्दिर प्रवेश शुल्क खारेज गर्नुपर्ने, उत्खनन्‌काबेला प्राप्त मूर्ति र अस्तुधातुलगायतका सामाग्री खोजी गरी लुम्बिनीमै पुनर्स्थापित गर्नुपर्ने लगायतका मागसहितविरोध प्रदर्शन गरिरहेका स्थानीयलाई प्रहरीले धक्कामुक्की र लाठी समेत प्रहार गर्दै कार्यालय हाता बहिर निकालेको थियो। प्रदर्शनकारी महिला...
परदेशमा बालबालिकालाई नेपाली भाषा सिकाइरहेका साहित्यकार

परदेशमा बालबालिकालाई नेपाली भाषा सिकाइरहेका साहित्यकार

ताजा समाचार
काठमाडौं । आफ्नो देश छाडेर परदेश पुग्दा भाषा, संगीत र संस्कृति नै आफ्नो पहिचान बन्छ । सन् २००२ मा उत्तर अमेरिकी मुलुक क्यानडा पुग्दा साहित्यकार तथा लेखक सुरेन उप्रेतीलाई पनि त्यस्तै महसुस भयो । क्यानडामा पाइला राखेको केही समयमै उनलाई नेपाली भाषा, साहित्य र संस्कृति जगेर्ना र प्रवर्द्धनका लागि केही गरौं भन्ने हुटहुटी जाग्यो । त्यहाँ रहेका नेपालीहरुलाई उनले हेरे आफ्नो भाषाभन्दा अंग्रेजी र फ्रेन्च बोल्न र सिक्न लालयित देखे । इन्जिनियरिङ पृष्ठभूमिका उनी साहित्य लेखनमा नेपालमा हुँदै सक्रिय थिए । ‘एक हिसाबले त्यहाँ त्यो बाध्यता पनि थियो होला । तर पनि बाबुआमाले नै नेपाली नबोलिदिएपछि बालबालिकाले कसरी सिक्छन् भन्ने चिन्ता मलाई लाग्यो,’ अनलाइनखबरसँगको भेटमा लेखक उप्रेतीले भने, ‘त्यसैले नेपाली बच्चालाई आफ्नो भाषा सिकाउन केही गर्ने अठोट गरें ।’ बाल साहित्यका थुप्रै पुस्तकहरु लेखेका छन् उप्रेत...