Thursday, January 9

ताजा समाचार

रोजगारीका लागि नेपाल आउनेमा चिनियाँ नागरिक सबैभन्दा बढी

रोजगारीका लागि नेपाल आउनेमा चिनियाँ नागरिक सबैभन्दा बढी

अन्तरास्ट्रिय, ताजा समाचार
काठमाडौँ । नेपालमा रोजगारीका लागि सबैभन्दा बढी श्रम स्वीकृति लिनेमा चिनियाँ नागरिक रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । विदेशमा काम गर्नका लागि नेपालबाट हरेक दिन औसतमा १५ सय युवायुवती बाहिरिने गरेको तथ्याङ्क रहे पनि नेपालमा ९६ देशका नागरिकले श्रम स्वीकृति लिएकामा सबैभन्दा बढी चिनियाँ नागरिक रहेको विभागले जनाएको हो । नेपालमा सञ्चालन भएका आयोजनाहरूले पाँच प्रतिशत मात्र विदेशी कामदार राख्न सकिने प्रावधान श्रम ऐनमा छ । नेपालमा रहेका एयरलाइन्स, इलेकट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन् । नेपालमा रहेका रोजगारदातामध्ये सबैभन्दा बढी विदेशीलाई काठमाडौँ–तराई–मधेस द्रुतमार्गमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रोजगारी दिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा रोजगारी खोज्दै नेपाल आउने विदेशी श्रमिकको सङ्ख्या...
उपसभामुखको सचिवालयले अमेरिका पठाउनका लागि ९ लाख रुपैयाँ उठाएको मुकुल ढकालको दाबी

उपसभामुखको सचिवालयले अमेरिका पठाउनका लागि ९ लाख रुपैयाँ उठाएको मुकुल ढकालको दाबी

ताजा समाचार, राजनीति
काठमाडौँ। रास्वपाका पूर्वमहामन्त्री डा मुकुल ढकालले उपसभामुख इन्दिरा रानाको सचिवालयले असम्बन्धित व्यक्तिलाई अमेरिका पठाउन रकम उठाएको जिकिर गरेका छन् । आफूले गरेको आन्तरिक छानबिनका क्रममा एक जना पीडित महिलाले उपसभामुखको सचिवालयलाई ९ लाख रुपैयाँ बुझाएको पाइएको ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार बताएका हुन् । उनले आफूलाई गत वैशाख ४ गते सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठमार्फत उपसभामुखको सचिवालयले आर्थिक चलखेल गरेको विषय सहितको सूचना आएको बताएका छन् । श्रेष्ठले ढकाललाई सूचना पठाउँदा पार्टीका एक जना पालिका सभापतिसँग गरेको टेलिफोन संवादको रेकर्ड पनि पठाएको ढकालको भनाइ छ । ‘उपसभामुखलाई सोधखोजपछि पनि म पीडितको सम्पर्कमा आफैँ पुग्न चाहेँ तर सम्पर्कमा आएको पीडितले ती पालिका सभापतिलाई ‘तपाईँले कुरा कता कता पुर्‍याउनु भयो, मेरो पैसा फिर्ता आयो’ बताइन् । ९ लाख रुपैयाँ उपसभामुख सचिवालयले ल...
अस्पताल बनाउने भनेर चर्च बनाइयो : शाही

अस्पताल बनाउने भनेर चर्च बनाइयो : शाही

ताजा समाचार, राजनीति
काठमाडौँ । राप्रपा सांसद ज्ञानबहादुर शाही कैलालीमा अस्पताल बनाउने भन्दै चर्च बनाइएकोबारे संसद्‍मा जानकारी गराएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद शाहीले झुटो विवरण पेस गरेर भवन र गाडी खरिद समेत गरिए पनि पछि त्यहाँ चर्च बनाइएको र स्थानीयहरू विरोधमा उत्रिएको बताए । ‘कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को मनेरामा अस्पताल बनाउन स्थानीय तहबाट अनुमति लिइयो । भवन पनि बनाइयो र गाडी पनि खरिद गरियो । पछि वैदिक सनातन मान्ने मान्छेहरूलाई सैतान भन्दै चर्च बनाइयो । र अहिले त्यहाँ स्थानीयबासीहरू विरोधमा उत्रेका छन्’, उनले भने, ‘धर्म मान्न पाइन्छ सबैको अधिकार हो तर अर्काको धर्मलाई गाली गर्न पाइँदैन । झुटो विवरण पेस गरेर धर्म, मन्दिर र चर्च बनाउन र विदेशीले धर्म प्रचार गराउन पाइँदैन ।’ उनले यसरी धर्म प्रचार गर्ने दुई जना कोरियन नागरिक रहेको भन्दै उनीहरूलाई पक्राउ गरी कारबाही गर्न माग...
मनसुन पछिको प्राकृतिक विपद‍्बाट क्षति : यस्तो छ गृहमन्त्रीको रिपोर्ट

मनसुन पछिको प्राकृतिक विपद‍्बाट क्षति : यस्तो छ गृहमन्त्रीको रिपोर्ट

ताजा समाचार, मौसम
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले यस वर्षको मनसुन प्रारम्भपछि प्राकृतिक प्रकोपमा भएको जनधनको क्षतिबारे संसद्लाई जानकारी गराएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा मन्त्री लेखकले गत जेठ २८ देखि हालसम्म १ हजार ५९२ विपद्का घटना भएको बताए । उनले त्यसक्रममा १३० जनाको मृत्यु र १४४ जना घाइते भएको बताए । त्यस्तै ४८ जना बेपत्ता भएको र ५९४ पशुचौपाया नोक्सानी भएको उनले बताए । यसवर्षको बाढी पहिरोबाट २३१ घर र ८४ गोठमा क्षति पुगेको भन्दै उनले ४३ वटा पुल र २ सरकारी भवन भत्किएको बताए । त्यस्तै ४ हजार ४ परिवार विस्थापित हुने अवस्था आएको र जसमध्ये १ हजार ५९ परिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए । प्राकृतिक विपदबाट देशका ७७ वटै जिल्ला प्रभावित भएको र विपद्पछिको खोज तथा उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ र सशस्त्र प्रहरीका ३ हजार ९५६ जना खटिएको उनले बताए । ती सुरक्षाकर्मीले ९८९ जना...
५ हजार घुस प्रकरण : छानबिन गर्न गृहमन्त्रीको निर्देशन

५ हजार घुस प्रकरण : छानबिन गर्न गृहमन्त्रीको निर्देशन

ताजा समाचार
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोले आफ्नो छोराको प्रमाणपत्र प्रमाणित गर्न बिचौलियालाई ५ हजार घुस दिनुपरेको घटनाबारे तत्काल छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा मन्त्री लेखकले उक्त घटनाबारे आफूले व्यक्तिगत रूपमा सांसद महतोसँग कुरा गरेर ती व्यक्तिको पहिचान गरिदिन आग्रह गरेको भन्दै प्रहरीलाई छानबिनका लागि निर्देशन दिइसकेको बताएका हुन् । ‘व्यक्तिगत रूपमा पनि मैले उहाँलाई सोधेर त्यो मान्छे चिनाउन सहयोग गर्न आग्रह गरेको छु’, मन्त्री लेखकले भने, ‘प्रहरीलाई उक्त घटनाको तत्काल छानबिन गर्न आवश्यक निर्देशन दिइसकिएको छ र यो विषय सरकारले अत्यन्त गम्भीरतापूर्वक लिएको छ ।’...
भारतले सुनचाँदीको भन्सार शुल्क घटायो

भारतले सुनचाँदीको भन्सार शुल्क घटायो

अन्तरास्ट्रिय, ताजा समाचार, विजनेस
८ साउन, काठमाडौं । भारतले सुन र चाँदीको भन्सार शुल्क घटाउने घोषणा गरेको छ । वित्त वर्ष २०२४/२५ का लागि वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार सार्वजनिक गरेको बजेटमा यस्तो घोषणा गरिएको हो । बजेट भाषणमा भनिएको छ, ‘सुन र बहुमूल्य धातुमा आन्तरिक मूल्य अभिवृद्धि गर्न सुन र चाँदीमा भन्सार घटाउने प्रस्ताव गरिएको छ ।’ प्रस्तावित भन्सार दर सुन र चाँदीमा ६ प्रतिशत कायम गर्ने उल्लेख छ । यसले भारतभित्र सुन र चाँदीको मूल्य अहिलेको तुलनामा कम हुने छ । हाल भारतीय बजारमा सुनको भाउ प्रति १० ग्राम ७३ हजार ५८० भारु (१ लाख १७ हजार ७२८ रुपैयाँ) छ । नेपाली बजारमा भने प्रति १० ग्राम सुनको भाउ १ लाख २५ हजार ४३० रुपैयाँ छ । अहिले नै नेपाल र भारतमा सुनको मूल्यान्तर प्रति १० ग्राममा ७ हजार ७०२ रुपैयाँ छ । अब भारतमा भन्सार दर घटेपछि सुनको भाउमा नेपालसँगको अन्तर अझ धेरै हुनेछ । यसले भारतीय बजारमा तस्करी घ...
पूर्वराज्यमन्त्री रायको हत्याबारे सुक्ष्म अनुसन्धान भइरहेको छ : गृहमन्त्री लेखक

पूर्वराज्यमन्त्री रायको हत्याबारे सुक्ष्म अनुसन्धान भइरहेको छ : गृहमन्त्री लेखक

ताजा समाचार
८ साउन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणबारे प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताएका छन् । सर्लाहीको चन्द्रनगर गाउँपलिका–१ मा सोमबार भएको रायको हत्याबारे प्रतिनिधिसभामा प्रश्न उठेपछि मंगलबार गृहमन्त्री लेखकले जवाफ दिएका थिए । उनले घटना हुनुअघि घरमा आएका तीन जना शंकास्पद व्यक्तिहरुको खोजी भइरहेको बताए । ‘उहाँको टाउकोको बायाँ पट्टीको भागमा धारिलो हतियार प्रहार भएको छ’, उनले भने, ‘घरमा काम गर्ने सर्लाहीका २१ वर्षीय रामउजैन रायलाई घटनाबारे सोध्दा तत्काल परिचय नखुलेको ४०/४५ उमेरका तीन जना व्यक्तिहरु आएको र जग्गाको कुरा कहिले मिलाइदिने भनेको भनेका छन् ।’ त्यसपछि रामचन्द्रले आफूलाई ‘सुत्न जा’ भनेको उनले प्रहरीसँग बताएका छन् । ती व्यक्तिहरु राति १ बजेतिर आएको गृहमन्त्री लेखकले भनेका छन् । रामउजैनले आफू राति शौचालय जान फर्किएर आउँदा पूर्वर...
बुटवल-तानसेन सडकखण्ड हिउँदे खोला नजिकै सडक भासियो

बुटवल-तानसेन सडकखण्ड हिउँदे खोला नजिकै सडक भासियो

ताजा समाचार, समाज
८ साउन, बुटवल। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा खण्डको हिउँदे खोला नजिकै सडक भासिएको छ । उक्त स्थानमा झन्डै ६० मिटर सडक भासिएको हो । तिनाउ गाउँपालिका ५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । यही खण्डमा दुई वर्ष अघि पनि सडक भासिदा यात्रुले एक हप्ता बढी सास्ती भोग्नु परेको थियो। अहिले फेरि सडक भासिदा यात्रु र सवारीसाधन जोखिम मोलेरै यात्रा गर्न बाध्य छन । सडक भासिए पनि यातायात भने सुचारु छ। तल्लो भागमा रिटेनिङ वाल लगाएको र माथिल्लो भागमा सडक चौडा गरेको भए पनि सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले जानकारी दिए। सडकको तल्लो भाग भासिने र माथिल्लो भागबाट पहिरोको जोखिम रहेकोले सावधानि अपनाएर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुरोध गरेको छ। ठूला सवारी सञ्चालन गर्दा अझ सडक भासिएर जोखिम निम्ती...
के अमेरिका प्रथम महिला राष्ट्रपति चुन्न आतुर छ ?

के अमेरिका प्रथम महिला राष्ट्रपति चुन्न आतुर छ ?

अन्तरास्ट्रिय, ताजा समाचार, राजनीति
लोटस अर्थात् कमल/कमला । पोटस अर्थात् प्रेसिडेन्ट अफ द युनाइटेड स्टेट्स । हालका डेमोक्र्याट राष्ट्रपति जो बाइडेनले आगामी चुनावको दौडबाट खुट्टा झिकेसँगै एकैपल्ट उपराष्ट्रपति कमला ह्यारिसको नाम ह्वाइट हाउसकी आकांक्षीका रूपमा यति बेला विश्व चर्चामा छ । लोटस्, अर्थात् भारतीय मुलकी कमलालाई अर्का रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पकी प्रतिस्पर्धीका रुपमा सुरु चर्चासँग के अमेरिका प्रथम महिला राष्ट्रपतिलाई स्वागत गर्न आतुर भएको हो भनी अड्कलबाजीहरू सुरु भएका छन् । उसो त अमेरिकामै स्थापित भनाइ छ– रंगभेद कहीँ न कहीँ सुषुप्त रुपमा रहेको यो महाशक्तिले बरु कालाजातिका नेता छान्ला, तर महिला छान्न कठिन छ । नभन्दै अमेरिकाले बाराक ओबामा छान्यो, तर हिलारी क्लिन्टन छानेन । कमला ह्यारिसका लागि यी दुवै संयोग एकै साथ उपलब्ध छन् । उनी अश्वेत पनि हुन्, अनि महिला पनि । तै पनि यो लडाइँमा उनी आफ्नो दलभित्र अब्ब...
प्रहरी हुँ भन्दै रकम मागेको आरोपमा एकजना पक्राउ

प्रहरी हुँ भन्दै रकम मागेको आरोपमा एकजना पक्राउ

ताजा समाचार
८ साउन, काठमाडौं । प्रहरी हुँ भन्दै धम्की दिएर रकम माग गरेको आरोपमा एक जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१६ बाटुलेचौर बस्ने २१ वर्षीय सुजित क्षेत्री रहेका छन् । क्षेत्रीले सामाजिक सञ्जालमार्फत सम्पर्क गरी विभिन्न व्यक्तिहरुसँग रकम माग गरेको पाइएको कास्कीका एसपी मोहनकुमार थापाले बताए । ‘म जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ, तपाईंहरूको केही काम छ भने भन्नुहोस गरिदिन्छु,’ भनी रकम माग गरेको भन्ने सूचनाको आएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कास्की प्रहरीले आइतबार पोखराकै लामाचौरबाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेका क्षेत्रीविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा पाँच दिन म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।...