Thursday, January 9

ताजा समाचार

सर्लाहीका जितेन्द्र रामको सपना त्रिशूलीमै बग्यो

सर्लाहीका जितेन्द्र रामको सपना त्रिशूलीमै बग्यो

ताजा समाचार
८ असार, सर्लाही । गत असार २८ गते बिहान भरतपुर महानगरपालिका–२८,नारायणगढ-मुग्लिन सडकको सिमलतालमा पहिरो खस्दा दुईवटा बसमा सवार ६५ बढी यात्रुले अकालमै ज्यान गुमाउनुपर्‍यो। नदीमा बससँगै धेरैको जीवनमा केही गर्ने सपना बिलायो भने उनीहरुका परिवारले सदस्य मात्रै गुमाएनन्, बाँच्ने आधार पनि सधैँको लागि अन्त्य भएको छ । सर्लाहीको रामनगर गाउँपालिका-३, का जितेन्द्र रामको विदेशमा कमाएर परिवारको पेट पाल्ने सपना पनि सोही घटनामा विलीन भयो । परिवारका अनुसार जितेन्द्र गाउँकै अर्का (हाल बेपत्ता) साथी रामा दाससँगै वैदेशिक रोजगारको तयारीमा थिए । उनी म्यानपावर कम्पनीले विदेश जानुपूर्व गरिने स्वास्थ्य परीक्षण गर्न बोलाएपछि असार २४ गते मात्र काठमाडौँ पुगेका थिए । स्वास्थ्य परीक्षण गरी घर फर्कंदै गर्दा असार २८ गते झिसमिसेमा उनी सवार बस पहिरोमा परेर त्रिशूलीमा खसेको थियो । जितेन्द्रले २७ गते साँझ ७ बजेतिर आफू ...
अध्यागमन विभाग पुगेर गृहमन्त्रीले भने – तपाईंहरुको सेवा स्मार्ट र स्माइलिङ हुनुपर्‍यो

अध्यागमन विभाग पुगेर गृहमन्त्रीले भने – तपाईंहरुको सेवा स्मार्ट र स्माइलिङ हुनुपर्‍यो

ताजा समाचार, राजनीति
८ साउन, काठमाडौं । अध्यागमन विभाग पुगेर गृहमन्त्री रमेश लेखकले स्मार्ट र स्माइलिङ सेवा दिन कर्मचारीलाई निर्देशन दिएका छन् । मुलुकमा आउने हरेक मानिसले सुरुमा देख्ने देशको अनुहार अध्यागमन भएको भन्दै उनले यसको सेवा चुस्त र दुरुस्त हुनुपर्ने बताए । ‘तपाईंहरुलाई भेट्ने बित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहींबाट थाहा हुन्छ’, उनले भने, ‘त्यही सम्झेर काम गर्नुस् ।’ देशभन्दा बाहिर जाने मानिसकरुलाई पनि विदाइ गर्ने अन्तिम नेपाली पनि अध्यागमनकै कर्मचारी भएको भन्दै मन्त्री लेखकले भने, ‘अलि स्मार्ट र स्माइलिङ हुनुपर्‍यो । गतल ढंगले मान्छे आउने र जाने कुरामा कर्मचारीको संलग्नता देखिए कारबाही गरे हुन्छ ।’ पछिल्लो समय भिजिट भिसाका नाममा मानव तस्करी भएको घटनाहरु पनि सुन्नमा आएको भन्दै उनले त्यस्ता अवाञ्छनीय गतिविधि स्वीकार्य नहुने बताए । उनले भने, ‘मानव बेचबिखन पूर्ण रुपमा रोकिनु...
मोदीको तेस्रो कार्यकालको पहिलो बजेट : नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान

मोदीको तेस्रो कार्यकालको पहिलो बजेट : नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान

अन्तरास्ट्रिय, ताजा समाचार, राजनीति
८ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट मंगलबार सार्वजनिक गरिएको छ । वित्तमन्त्री निर्मला सीतारमणले वित्त वर्ष २०२४/२५ को बजेट सार्वजनिक गरेकी हुन् । भारतको नियमित बजेट फेब्रुअरीमा आउँछ । नयाँ सरकार गठनपछि मंगलबार पूर्ण बजेट ल्याइएको हो । यस बजेटमा नेपालले पाउने अनुदान गत फेब्रुअरीमा तोकिएकै हाराहारी अर्थात ७ अर्ब भारु (नेरु ११ अर्ब २० करोड) रुपैयाँ राखिएको छ । वित्त वर्ष २०२३/२४ मा सुरु विनियोजन ५ अर्ब ५० करोड गरेको भारतीय सरकारले अनुदान संशोधन गरी ६ अर्ब ५० करोड भारु अनुदान दिएको थियो । वित्त वर्ष २०२२/२३ मा भने भारतले ४ अर्ब ३४ करोड भारु अनुदान नेपाललाई दिएको हो । भारतले आफ्नो बजेटबाट सबैभन्दा धेरै वैदेशिक सहायता भुटानलाई दिँदै आएको छ । भुटानले वित्त वर्ष २०२४/२५ मा १० अर्ब ७८ करोड अनुदान र ९ अर्ब ८९ करोड ऋण गरी २० अर्ब ६८ करोड...
एआईजीमा बढुवा नभई अवकाश पाएका पोखरेलको रिट दर्ता गर्न सर्वोच्चको आदेश

एआईजीमा बढुवा नभई अवकाश पाएका पोखरेलको रिट दर्ता गर्न सर्वोच्चको आदेश

ताजा समाचार
७ साउन, काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएपछि नियुक्ति नपाई डीआईजीबाटै अवकाश पाएका पोषराज पोखरेलको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । एआईजी बढुवामा सिफारिस हुँदा समेत नियुक्ति नदिएका कारण डीआईजीबाटै अवकाश भएको भन्दै पोखरेलले ६ साउनमा सर्वोच्च अदालत रिट निवेदन पेश गरेका थिए । तर सर्वोच्च अदालत प्रशासनले उनको रिट दरपिठ (दर्ता गर्न अस्वीकार) गरेको थियो । आफ्नो रिट दरपीठ भएपछि पोखरेलले दरपीठविरुद्ध अर्को निवेदन दिएका थिए । मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले पोखरेलको माग बमोजिम रिट निवेदन दर्ता गर्न आदेश दिएको हो । अब पोखरेलको रिट दर्ता हुनेछ । १० असारमा गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो । सिफारिस अनुसार बढुवा भएको भए उनी २० र २१ असारमा दुई ...
बागमतीकाे मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिं लामाकाे दाबी पेश

बागमतीकाे मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिं लामाकाे दाबी पेश

ताजा समाचार, राजनीति
८ साउन, हेटौंडा । बागमती प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिं लामाले दाबी पेश गरेका छन् । कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदकाे समर्थनसहित लामाले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख शर्माले मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए । मंगलबार नै साँझ पाँच बजेपछि प्रदेश प्रमुख शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेकाे प्रदेश प्रमुख कार्यालयले जानकारी दिएकाे छ । नुवाकाेटका लामा बागमती प्रदेशमा कांग्रेसबाट र तामाङ समुदायबाट पहिलाे पटक मुख्यमन्त्री बन्दैछन् । लामाले साेमबार नै मुख्यमन्त्रीमा दावी गर्ने कार्यक्रम तय भएकाे थियाे । तर, मन्त्रालय भागबण्डामा सहमति हुन बाँकी र एमालेभित्र मन्त्री छनाैटकाे समस्या कारण दलका नेता ...
डेडिकेटेड र ट्रंकलाइन विवादमा प्रधानमन्त्रीलाई जोडेको भन्दै एमाले सांसदको प्रतिवाद

डेडिकेटेड र ट्रंकलाइन विवादमा प्रधानमन्त्रीलाई जोडेको भन्दै एमाले सांसदको प्रतिवाद

ताजा समाचार, राजनीति
८ साउन, काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनावश्यक आरोप लगाएको भन्दै विरोध जनाएका छन् । मंगलबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले माओवादी सांसदहरुले प्रधानमन्त्रीले नभनेको कुरा भनेको भन्द्र भ्रम छरेको बताए । ‘प्रमुख प्रतिपक्ष दलले आज भन्दा यही विषयमा निकै लामो समय लिएर सम्माननीय प्रधानमन्त्रीज्यूका विषयलाई जुन प्रकारले आम जनतामा भ्रम छर्ने गरी अभिव्यक्ति दिनुभयो । त्यसको जवाफ यही सदनबाट दिनुपर्ने हाम्रो दायित्व हुन्छ, हाम्रो जिम्मेवारी हुन्छ’, सांसद गिरीले भने । प्रधानमन्त्रीले यदि कुनै उद्योगी व्यवसायीहरुले नियम बमोजिम राज्यलाई शुल्क तिरेको छैन भने अनिवार्य तिर्नुपर्छ, त्यसमा इफ बट हुँदैन भनेको गिरीले बताए । ‘तर कुनै आग्रह पूर्वाग्रह राखेर, नियम भन्दा विपरीत, कुनै लेनदेन निमिलेका कारण, कुनै स...
सिमलतालदेखि घुमाउने-केराबारीसम्म दोहोर्‍याएर खोजिंदै

सिमलतालदेखि घुमाउने-केराबारीसम्म दोहोर्‍याएर खोजिंदै

ताजा समाचार, मौसम
८ साउन, काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूली नदीमा हराइरहेका दुईवटा बस र ती बसमा सवार यात्रुहरुको खोजी आज १२ औं दिन पनि जारी छ । आज बिहान साढे आठ बजेदेखि सिमलतालदेखि घुमाउने–केराबारीसम्म दोहोर्‍याएर खोजी गर्न लागिएको छ । खोजीमा संलग्न प्राविधिकहरुका अनुसार त्यहाँ केही शंकास्पद वस्तु देखिएकाले दोहोर्‍याएर खोज्न लागिएको हो । नेपाली गोताखोर र भारतको राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ) का प्राविधिकहरुसहितको संयुक्त टोलीले आज बिहान ८ः३० बजेबाट सिमलतालदेखि घुमाउने–केराबारीसम्म दोहोर्याएर खोजी कार्य गर्ने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका थिए । उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल ...
सेती र महाकाली नदीमा ३ दिनसम्म बाढीको जोखिम

सेती र महाकाली नदीमा ३ दिनसम्म बाढीको जोखिम

ताजा समाचार, मौसम
८ साउन, काठमाडौं । सुदूरपश्चिममा तीन दिनसम्म बाढीको जोखिम रहेको पूर्वानुमान गरिएको छ । वर्षाका कारण महाकाली र कर्णाली नदीमा पानीको सतह बढिरहेकोले त्यस क्षेत्रमा बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यी दुई नदी र सहायक नदीहरूमा अझै तीन दिनसम्म पानीको सहत बढ्ने भएकोले त्यस क्षेत्रमा बाढीको जोखिम बढेको महाशाखाले जनाएको छ । बाढी पूर्वानुमान महाशाखाले बाढीको जोखिम भएकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सूचित गरेको छ । यसका साथै आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, लमजुङ, कास्की, पर्वत, सल्यान, सुर्खेत, दैलेख, अछाम र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरुमा बहाव बढ्ने तथा केही स-साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ ।...
क्रोएसियामा नर्सिङ होममा गोली चल्दा ६ जनाको मृत्यु

क्रोएसियामा नर्सिङ होममा गोली चल्दा ६ जनाको मृत्यु

अन्तरास्ट्रिय, ताजा समाचार, स्वास्थ्य
८ साउन, काठमाडौं । क्रोएसियाको एक स्याहार केन्द्र (नर्सिङ होम)मा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार सोमबार बिहान १० बजेर १० मिनेटमा एक व्यक्ति नर्सिङ होममा प्रवेश गरी वृद्धवृद्धाहरुमाथि अन्धाधुन्द गोली चलाएका थिए । यो घटनामा ५ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको बीबीसीले जनाएको छ । घटनामा केही घाइते भएका छन् । चार जना घाइतेहरुको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्ति त्यहाँबाट फरार भएर एक क्याफेमा लुक्न गएका थिए । उनलाई प्रहरीले त्यहीँबाट पक्राउ गरेको छ । उनको साथबाट अवैधानिक बन्दुक बरामद भएको क्रोएसियाका मिडियाहरुले उल्लेख गरेका छन् । उनी सेवानिवृत्त सैन्यकर्मी भएको खुलेको छ । तर उनले गोली चलाउनुको कारण भने खुलेको छैन । स्थानीय मिडियाहरुका अनुसार उनले गोली चलाएर हत्या गरेका व्यक्तिहरुमध्ये एक जना उनको नातेदार पनि ह...
आज – ०८ साउन २०८१ मंगलवार को राशिफल

आज – ०८ साउन २०८१ मंगलवार को राशिफल

What's Hot, ताजा समाचार
आज - ०८ साउन २०८१ मंगलवार को राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । कुनै न कुनै कुराले मनमा शान्ति र खुसियाली मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्...