Wednesday, January 8

ताजा समाचार

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै

ताजा समाचार, राजनीति
६ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिंदैछन् । नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्तासाझेदारी तोड्दै नयाँ समीकरण बनाएपछि अल्पमतमा परेका जम्कट्टेल संवैधानिक व्यवस्था अुनसार आज विश्वासको मत लिन लागेका हुन् । अल्पमतमा परेको १३ दिनपछि प्रदेश सभामा दिउँसो १ बजे विश्वासको मत लिने तयारीमा रहेका जम्कट्टेलको पक्षमा ३० सांसद मात्रै देखिएका छन् । यो अवस्थामा सरकार टिकाइराख्ने जम्कट्टेलसँग कुनै संसदीय विकल्प देखिंदैन । उनको पक्षमा आफ्नै दल नेकपा माओवादी केन्द्रका २१, नेकपा (एकीकृत समाजवादी)का ७ र हाम्रो नेपाली पार्टीका दुई जना सांसद छन् । नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाले विश्वासको मत नदिने निर्णय गरेका छन् । प्रतिपक्षी दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पनि जम्कट्टेलको विपक्षमा उभिने भएको छ । २४ असारमा एमालेले सरकारलाई दिएको स...
बङ्गलादेशबाट थप १७ नेपाली विद्यार्थी काठमाडौं फर्कंदै

बङ्गलादेशबाट थप १७ नेपाली विद्यार्थी काठमाडौं फर्कंदै

अन्तरास्ट्रिय, ताजा समाचार, शिक्षा
६ साउन, काठमाडौं । बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा प्रभावित भएका नेपाली विद्यार्थी काठमाडौं फर्किन थालेका छन् । आजमात्रै १७ जना विद्यार्थी नेपाल फर्किन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीका अनुसार परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन लागिएको हो । प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गरेका छन् । बंगलादेशमा कति जना नेपाली विद्यार्थी छन् भन्ने यकिन नभए पनि सबै सुरक्षित रहेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै अत्यावश्यकवाहेक बाहिर ननिस्किने विद्यार्थीलाई सूचित गरेको छ । आवश्यक सहयोगका लागि ...
राहुघाट आयोजनाको मुख्य सुरुङ छिचोल्ने काम अन्तिम चरणमा

राहुघाट आयोजनाको मुख्य सुरुङ छिचोल्ने काम अन्तिम चरणमा

जीवनशैली, ताजा समाचार, समाज
६ साउन, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण गरिरहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको पहिलो र दोस्रो अडिट जोड्ने दुई हजार तीन सय ३२ मिटर लामो सुरुङ निर्माण पूरा हुन लागेको हो । रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा रहेको बाँधबाट वडा नं ३ अँधेरीखोलाको दोस्रो अडिट जोड्ने १३ मिटर सुरुङ खन्न बाँकी रहेको आयोजनाका व्यवस्थापक राजबहादुर विष्टले बताए । ‘छ हजार दुई सय मिटरमध्ये शनिबारसम्म छ हजार एक सय ८७ मिटर सुरुङ निर्माण भएको छ’, उनले भने, ‘केही दिनमा मुख्य सुरुङ छिचोल्ने तयारी भएको छ ।’ तीन हजार आठ सय ३६ मिटर लामो दोस्रो र तेस्रो नम्बर अडिटको सुरुङ गत फागुनमा छिचोलिएको थियो । रघुगङ्गा गाउँपालिका–३ पिप्लेस्थित मुख्य ...
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

ताजा समाचार, राजनीति
६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री ओली नेपाली कांग्रेससमेतको समर्थनमा ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तिमा १३८ मत चाहिन्छ । ओलीसँग दुई तिहाई बहुमत देखिएको छ । कांग्रेस (८८), एमाले (७९), जसपा (७) र लोसपा (४) सरकारमा सहभागी छन् भने जनमत, नागरिक उन्मुक्ति लगायतका दलले पनि समर्थन गर्ने बताएका छन् । उनको विपक्षमा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा र राप्रपालगायत दल छन् ।...
आजको तपाइको राशिफल यसप्रकार छ – Aajako Rashifal

आजको तपाइको राशिफल यसप्रकार छ – Aajako Rashifal

ताजा समाचार, राशिफल
मेष : बोल्दा ख्याल गर्नुपर्नेछ। आफन्तबाट भन्दा अपरिचित व्यक्तिको सहयोग मिल्नेछ। लगानी उठाउन विवाद गर्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : बोलीले प्रभावित बनाउन सक्नु हुनेछ। परोपकारमा मन जानेछ। मनमा उत्साह र उमंग रहने दिन छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। प्राविधिक क्षेत्रबाट नाम र दाम मिल्नेछ। परिवारको लगानीमा विवाद हुनेछ। मिथुन : दिन रमाइलो छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुन्छ। निर्णय क्षमतामा प्रश्न उठ्ने देखिन्छ। कर्कट : काम गर्दा मेहनत गर्नुपर्नेछ। डरका कारण बनेको काम बिग्रने जोखिम देखिन्छ। लक्ष्यमा पुग्न मेहनत गर्नुपर्ने दिन छ। दिउँसोपछि सोचेको काम बन्नेछ। परिवारसँगको सल्लाहले गरेको कामले खुशी मिल्नेछ। सिंह : दिन राम्रो छ। लामो...
गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै

गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै

Uncategorized, ताजा समाचार
६ साउन, काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले यस दिन विभिन्न मिष्ठान्न भोजनका साथ सम्मान गर्ने परम्परा रही आएको छ । गुरु पूर्णिमाका दिन विभिन्न विद्यालय एवं संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गर्दछन् । व्यास जयन्ती आजै वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउ...
कांग्रेस–एमालेको ७ बुँदे सहमति प्रधानमन्त्रीले भोलि संसदबाट सार्वजनिक गर्नुपर्छ : गगन थापा

कांग्रेस–एमालेको ७ बुँदे सहमति प्रधानमन्त्रीले भोलि संसदबाट सार्वजनिक गर्नुपर्छ : गगन थापा

ताजा समाचार, राजनीति
५ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस र एमालेबीच भएको सहमति प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदबाट सार्वजनिक गर्नुपर्ने बताएका छन् । ४२ औं बीपी स्मृति दिवशको अवसरमा आयोजित कार्यक्रममा उनले आफैं हस्ताक्षरकर्ता नै भएकाले ओलीले उक्त सहमति सार्वजनिक गर्नु उनको जिम्मेवारी भएको बताए । प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । ‘भोलि हाम्रो समर्थनमा बन्ने प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा, संसदमा आफ्नो विचारहरु राख्दै गर्दाखेरि… नेपाली कांग्रेस र नेकपा एमालेबीच ७ बुँदाका बीचमा सहझदारी भयो भनिएको छ । ७ बुँदा के हो भन्ने कुरा त्यहाँ पढेर सुनाउनुपर्छ भन्ने म ठान्छु’, थापाले भने । कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति आफूहरुले पढेको र कांग्रेसले त्यसै अनुसार कार्यसम्पादन समिति र संसदीय दलबाट निर्णय गरेको थापाले बताए । ...
लुम्बिनीका मुख्यमन्त्री महराले भोलि विश्वासको मत लिने

लुम्बिनीका मुख्यमन्त्री महराले भोलि विश्वासको मत लिने

ताजा समाचार, राजनीति
५ साउन, बुटवल । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् । आइतबार दिउँसो १ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची पनि थप्न आग्रह गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार कमल रायमाझीले जानकारी दिए । प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार मुख्यमन्त्री महराले भोलिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि छलफल भई उठेका प्रश्नहरुको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । यस्तै बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट मौजुदा मन्त्रिपरिषदमा कार्यविभाजन गरी पुनर्गठन गरिएको पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ । केन्द्रमा कांग्रेस–एमाले सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिनुका साथै समर्थन फिर्ता लिएका थिए । सत्ता साझेदार दलले समर्थन फिर्ता लि...
बंगलादेशको आरक्षण विरोधी आन्दोलनमा ३५ जनाको मृत्यु, देशभर कर्फ्यु

बंगलादेशको आरक्षण विरोधी आन्दोलनमा ३५ जनाको मृत्यु, देशभर कर्फ्यु

अन्तरास्ट्रिय, ताजा समाचार
५ साउन, काठमाडौं । बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । आन्दोलन भड्किएर हिंसात्मक बन्दै गएपछि सरकारले देशभर कर्फ्यु आदेश जारी गरेको छ । त्यहाँ आरक्षणको विरोधमा विद्यार्थी र युवाहरू प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोध गरेका छन् । आन्दोलनलाई थप हिंसात्मक हुन नदिने सरकारले ठूलोमात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ । तर, कर्फ्यकाबीच पनि ठाउँठाउँमा सुरक्षाकर्मीसँगै झडप भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आन्दोलन नियन्त्रण गरी शान्ति सुुव्यवस्था कायम गर्न सरकारले सेना खटाउने तयारी गरेको छ । बंगला देशमा नेपाली विद्यार्थी पनि रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार त्यहाँ रहेका सबै विद्यार्थी सुरक्षित छन् । थप स...
आगामी तीन दिन यी नदीमा बढ्नेछ जलसतह

आगामी तीन दिन यी नदीमा बढ्नेछ जलसतह

ताजा समाचार, मौसम
काठमाडौँ । देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले नदी तथा खोलानालामा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्दो हुने महाशाखाको पूर्वानुमान छ । यता मौसम पूर्वानुमान महाशाखाले पनि कोशी, बागमती, गण्डकी  र सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेकोले  ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।...