Tuesday, January 7

ताजा समाचार

नयाँबानेश्वरमा गुडिरहेको बसमा धुवैंधुवाँ

नयाँबानेश्वरमा गुडिरहेको बसमा धुवैंधुवाँ

ताजा समाचार
३ साउन, काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको एक बसबाट धुँवाको मुस्लो निस्किएपछि यात्रुहरुलाई ओरालिएको छ । भक्तपुरबाट काठमाडौंको रत्नपार्क जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९५५४ नम्बरको बस नयाँबानेश्वरस्थित संसद भवन नजिक आइपुग्दा धुँवैधुवाँ भएको थियो । ‘इन्जिनबाट धुँवाको मुस्लो निस्किन थालेपछि बसलाई रोकेर यात्रुहरु ओरालिएको र मेकानिक्स बोलाएर मर्मतको काम भइरहेको छ,’ नयाँबानेश्वर प्रहरीका डिएसपी शिवराज बुढाथोकीले भने । अहिले अवस्था सामान्य छ । सडकमा अन्य सवारी साधनहरु सामान्य रुपमा सन्चालन भइरहेका छन् ।...
चितवनको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट एक बिरामीले हाम फाले

चितवनको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट एक बिरामीले हाम फाले

ताजा समाचार, स्वास्थ्य
३ साउन, चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचाररत एक बिरामी अस्पतालको तेस्रो तलाबाट हाम फालेका छन् । कलेज स्रोतका अनुसार ती बिरामी केही दिनदेखि अस्पतालमा उपचार गराइरहेका थिए । क्यान्सरको उपचार गराइरहेका ती बिरामीको ७० वर्ष माथि भएको कलेज स्रोतको भनाइ छ । भवनबाट हाम फालेर घाइते भएका उनको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।...
चीनमा सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

चीनमा सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

अन्तरास्ट्रिय, ताजा समाचार, स्वास्थ्य
३ साउन, काठमाडौं । चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । शिन्हुहान प्रान्तको जिगोंग शहरमा १४ तले सपिङ सेन्टरमा बुधबार बेलुकी आगलागी भएको थियो । सरकारी समाचार एजेन्सीका अनुसार घटनास्थलमा रातभर आगो निभाउने र उद्धार गर्ने काम जारी थियो । त्यहाँबाट ३० जनालाई सुरक्षित उद्धार गरिएको थियो । आगलागीको कारण खुलेको छैन । तर प्रारम्भिक अनुसन्धानमा भवनमा जारी निर्माण कार्य भइरहेका बेला त्यहीँबाट आगो सल्किएको अनुमान छ । आगो लागेको बेला भवन भित्र र त्यस वरपरको क्षेत्रमा कालो धुँवाको मुस्लो उडेको थियो । चीनमा धेरैजसो बिजुली सर्ट भएर वा ग्याँस लिक भएर आगलागीका घटना हुने गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार गत मई महिनासम्मको अवधिमा आगलागीका घटना गत वर्षको तुलनामा १९ प्रतिशत बढी भएको छ । होटल र रेष्टुरेन्टमा मात्रै ४० प्रतिशतले आगलागीका घटना बढेका छन् ।...
जिन्दगी यसरी जिऔं कि हरेक पलमा खुसी मिलोस्

जिन्दगी यसरी जिऔं कि हरेक पलमा खुसी मिलोस्

जीवनशैली, ताजा समाचार
अहिलेका युवाको जीवनको सबैभन्दा ठूलो लक्ष्य धनी बन्ने देखिन्छ । यस्तोमा ७०–८० प्रतिशत युवाहरू धनी बन्न चाहन्छन् भने ५० प्रतिशतभन्दा बढी युवा प्रसिद्ध बन्न चाहन्छन् । पैसा वा नाम कमाएर मात्र कसरी खुसी हुन सकिन्छ ? ७५ वर्षसम्म चलेको अध्ययनको निष्कर्ष छ- सम्बन्ध जोड्नु जीवनको सबैभन्दा ठूलो लक्ष्य हुनुपर्छ । असल र राम्रो सम्बन्ध नै खुसीको कारक हो । अधिकतम धन र सफलता प्राप्त गर्न दिनरात कडा परिश्रम गर्न सिकाइन्छ । हामीलाई लाग्छ कि यसबाट मात्र जीवन राम्रो हुन्छ । तर यसको पछाडि दौडिरहँदा हामी सम्बन्धमा लगानी गर्न पछाडि पर्छौं । जब हामी बूढो हुँदै जान्छौं तब हामीले महसुस हुन्छ कि धन र सफलताको पछि लाग्दालाग्दै जीवन त फिक्का भएछ भनेर । हार्वर्ड स्टडी अफ एडल्ट डेभलपमेन्ट मानव जीवनमा गरिएको सबैभन्दा लामो अध्ययन हो, जसमा ७५ वर्षसम्म ७२४ व्यक्तिको जीवन अध्ययन गरिएको थियो । यसमा उनीहरूको काम, जीवन...
शरीरलाई चाहिन्छ आराम पनि

शरीरलाई चाहिन्छ आराम पनि

जीवनशैली, ताजा समाचार, स्वास्थ्य
भनिन्छ, राम्रो स्वास्थ्यका लागि खाना र व्यायाम जत्तिकै आराम पनि आवश्यक हुन्छ । मान्छे अधिकांश समय क्रियाशील हुन्छ, कडा मेहनत गरिरहेको हुन्छ । यसरी क्रियाशील हुँदा प्रतिमिनेट हजारौंको संख्यामा कोषिकाहरु नष्ट हुन्छन् । दिनभरि काम गर्दा लाखौंको संख्यामा कोषिका नष्ट हुन्छ । कोषिका नष्ट हुनेसँगै थोरै मात्रामा निर्माण पनि हुन्छ तर धेरै ऊर्जा काममा खर्च भएको हुनाले नष्ट भएको कोषिकाको ठाउँमा नयाँ कोषिका बन्न पाउँदैन । तर जब हामी आराम गर्छौं, त्यो बेला ऊर्जा खर्च हुँदैन र शरीरले नयाँ कोषिका बनाउन पाउँछ । दिनभरि काम गरेर अर्को दिन कामका लागि ऊर्जा प्राप्त गर्न आरामको आवश्यकता पर्छ । आराम शरीरका लागि धेरै महत्त्वपूर्ण हुन्छ, यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र रोगहरूबाट बचाउँछ । शरीरलाई ऊर्जा दिन पनि आराम पनि आवश्यक हुन्छ, यदि शरीर र दिमागलाई ऊर्जा दिने हो भने आराम गर्नुपर्छ । आरामले शरीरलाई...
लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

ताजा समाचार, राजनीति
३ साउन, बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारको नेतृत्व पहिलो चरणमै पाउनुपर्ने दाबी गरेको छ । केन्द्रमा कांग्रेस–एमालेले नयाँ गठबन्धन बनाउँदा एमालेले नेतृत्व गर्ने सहमति भएको भनिए पनि त्यो आधिकारिक र अन्तिम निर्णय नभएको प्रदेशका नेताहरुले बताएका छन् । कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले लामो समय माओवादी र एमालेले सरकारको नेतृत्व गरेकाले यसपटक आफूहरूको मुख्यमन्त्री दाबी रहेको बताए । ‘हामीले यसपटक आफैं नेतृत्व गर्नुपर्छ भन्ने अडानमा छौं, तर अन्तिम निर्णय त शीर्ष नेताहरुले केन्द्रबाटै गर्नुहोला,’ पुनले भने, ‘तर, प्रदेशलाई बलियो बनाउन प्रदेश सरकारको निर्णय प्रदेश समितिलाई नै गर्न दिनुपर्छ भन्ने हाम्रो अडान छ ।’ कांग्रेसकै एक प्रदेश सभा सदस्यले रुपन्देहीबाट एमाले उपाध्यक्ष विष्णु पौडेल संघीय सरकारको अर्थमन्त्री भइसकेकाले प्रदेशमा भेगीय शक्ति सन्तुलन मिलाउन पहिलो चरणको मुख्...
लिंकनदेखि ट्रम्पसम्म : अमेरिकी राष्ट्रपतिहरूमाथि भएका आक्रमणको इतिहास

लिंकनदेखि ट्रम्पसम्म : अमेरिकी राष्ट्रपतिहरूमाथि भएका आक्रमणको इतिहास

अन्तरास्ट्रिय, ताजा समाचार, राजनीति
३ साउन, काठमाडौं । गत आइतबार अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक चुनावी र्‍यालीका क्रममा गोली प्रहार भयो। उक्त घटनामा ट्रम्पको दाहिने कानलाई छोएर गोली बाहिर निस्कियो । उक्त हमलामा एक जनाको मृत्यु र अरु दुईजना घाइते भए । ट्रम्पमाथि भएको आक्रमणलाई सुरक्षामा भएको ठुलो कमजोरी मानिएको छ र अमेरिकी संयन्त्रहरु यो घटनाको अनुसन्धानमा जुटिरहेका छन् । २० वर्षीय थोमस म्याथू क्रुसले ट्रम्पमाथि गोली प्रहार गरेका र उनलाई घटनास्थलमै गोली हानी मारिएको एफबीआईले जनाएको छ । अमेरिकाको राजनीतिक इतिहासमा कुनै राजनेतामाथि गोली प्रहार भएको यो पहिलो घटना भने होइन । यसअघि पनि अमेरिकाका कैयन् राष्ट्रपतिहरुमाथि गोली प्रहारका घटना भैसकेका छन् । त्यसमा कतिपयको मृत्यु भएको थियो भने केही बाँच्न सफल भए । जसले आक्रमणमा ज्यान गुमाए  जोन एफ केनेडी केनेडी अमेरिकाका ३५औं राष्ट्रपति हुन् । सन् ...
नेपाल र गणतन्त्र किरिबाटीबीच कूटनीतिक सम्बन्ध कायम

नेपाल र गणतन्त्र किरिबाटीबीच कूटनीतिक सम्बन्ध कायम

अन्तरास्ट्रिय, ताजा समाचार
३ साउन, काठमाडौं । नेपाल र गणतन्त्री किरिबाटीबीच बुधबार कूटनीतिक सम्बन्ध कायम भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८३ पुगेको छ । नेपालका तर्फबाट प्रतिनिधि राजदूत लोकबहादुर थापा र गणतन्त्र किरिबाटीका प्रतिनिधि टेबुरो टिटोबीले दुवै राष्ट्रबीच कूटनीति सम्बन्ध कायम गर्न न्युयोर्कमा हस्ताक्षर गरे । साथै, उनीहरुले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसलाई कूटनीतिक सम्बन्ध कायम भएकोबारे जानकारी दिन संयुक्त पत्र पठाउन पनि हस्तारक्ष गरेका छन् । संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले कूटनीतिक सम्बन्ध कायम भएसँगै दुवै राष्ट्रबीच द्विपक्षीय सम्बन्ध बलियो बनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरममा आपसी सहकार्य हुने विश्वास लिएको छ । किरिबास भनेर चिनिने किरिबाटी मध्य प्रशान्त महासागरको एक टापु देश हो । यो १२ जुलाई १९७९ मा ब्रिटिशबाट स्वतन्त्र भएक...
१८ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च, अधिकांश हाइड्रोपावर

१८ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च, अधिकांश हाइड्रोपावर

ताजा समाचार, विजनेस
३ साउन, काठमाडौं । सेयर बजार बढ्दै जाँदा डेढ दर्जन कम्पनीको मूल्य भने हालसम्मकै उच्च भएको छ । बुधबार उच्च मूल्य कायम भएका अधिकांश कम्पनी यसअघिको बुल चरण सकिएपछि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेकाहरू छन् । यतिबेला कुनै पनि सेक्टरका सूचकले उच्च अंकको रेकर्ड बनाएका छैनन् । तर १८ कम्पनीको भाउ अहिलेसम्मकै उच्च भएको छ । यसअघि बोनस सेयर वा हकप्रद सेयर दिएको अवस्थामा समायोजनसहित १८ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको हो । हालसम्मकै उच्च मूल्य भएका कम्पनीमा अधिकांश हाइड्रोपावर छन् । बुधबार इन्ट्राडे वा कारोबार बन्द हुँदा १८ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको हो । तीमध्ये एक होटल, एक विकास बैंक, एक फाइनान्स कम्पनी छन् भने बाँकी १५ हाइड्रोपावर कम्पनी छन् । सिटी होटल, ग्रीन डेभलपमेन्ट बैंक तथा मल्टिपर्पस फाइनान्सको मूल्य हालसम्मकै उच्च भएको छ । मूल्य अहिलेसम्मकै उच्च हुने हाइड्रोपावर कम्पनीह...
बेनिघाट-आरुघाट सडक अवरुद्ध

बेनिघाट-आरुघाट सडक अवरुद्ध

ताजा समाचार, समाज
३ साउन, गोरखा । गोरखाको बेनिघाट-आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ । भीमसेन थापा गाउँपालिका-७ र सहिद लखन गाउँपालिका-९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका-७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । गत वर्ष निर्माण भएको डाइभर्सन पुल एक वर्ष पूरा नहुँदै बाढीले क्षति पुर्याएको हो । भीषण बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याविन वाल’ पनि बगाएको छ । पुल भत्किएपछि बेनिघाट-आरुघाट सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ । ‘सडक अवरुद्ध हुँदा काठमाडौंबाट बेनिघाट, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने सवारीसाधान चल्न सकेका छैनन्, वडाधयक्ष श्रेष्ठले भने, ‘सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न गर्न...