Monday, January 6

ताजा समाचार

सहकारी सञ्चालकहरुसँग छलफल गर्ने संसदीय विशेष समितिको निर्णय

सहकारी सञ्चालकहरुसँग छलफल गर्ने संसदीय विशेष समितिको निर्णय

ताजा समाचार, विजनेस
१ साउन, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारी सञ्चालकहरुसँग छलफल गर्ने निर्णय गरेको छ । समिति सभापति सूर्यबहादुर थापाका अनुसार देशभरि राम्रो सञ्चालन भइरहेका सहकारीहरूसँग प्रतिनिधिमुलक छलफल गर्न लागिएको हो । ‘राम्रा सहकारीहरु पनि छन् । उनीहरुसँग प्रतिनिधिमुलक रुपमा छलफल गर्न लागिएको छ’ सभापति थापाले भने । उनका अनुसार देशभरीबाट राम्रो सहकारी संचालन गरिरहेकाहरुलाई बोलाउने तय भएको छ । यसका लागि समिति सचिवालयले गृहकार्य अगाडि बढाएको छ । मंगलबार बसेको समितिको बैठकले आवश्यक कागजात मागिएका निकायहरूसँग सम्पर्क व्यक्तिसहित फलोअप गर्ने निर्णय पनि गरेको छ । समितिले विभिन्न व्यक्तिहरूसँग गरिने सोधपुछको प्राविधिक तयारी र व्यवस्थापन गर्ने तयारी गरेको छ । विभिन्न निकायहरूसँग क्रस डिस्कसन मिटिङ र सहकारी संसथाहरूका लेखापरीक्षकहरूको अनुभवमा...
संस्थागत सुधारको पहल गरे, रविको निर्णयमा चुके

संस्थागत सुधारको पहल गरे, रविको निर्णयमा चुके

ताजा समाचार
१ साउन, काठमाडौं । करिब १९ महिना जिम्मेवारी सम्हालेर महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले पदबाट राजीनामा दिएका छन् । नयाँ प्रधानमन्त्री नियुक्त भएपछि अघिल्लो प्रधानमन्त्रीले नियुक्त गरेका महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिलाई राजीनामा बुझाउने अभ्यास छ । सरकारवादी मुद्दाको अभियोजन र प्रतिरक्षा गर्ने सरकारी वकिलहरूको नेतृत्व गर्ने संवैधानिक जिम्मेवारी बोकेको महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हो । डेढ वर्षको अवधिमा महान्यायाधिवक्ता कार्यालयले दुई वटा विवादास्पद काम गर्‍यो । ती बाहेक पोखरेलले महान्यायाधिवक्ता कार्यालयको संस्थागत विकास र सरकारी वकिल समूहको वृत्तिविकासको काम गरे । काठमाडौं प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोग गरेको विषयमा अनुसन्धान गरेको थियो । महान्यायाधिवक्ता कार्यालयले त्यसमा मुद्दा नचल्ने निर्णय गरिदिय...
सिमलतालबाट हराएका बस खोज्न ३०१ सशस्त्र प्रहरी परिचालन

सिमलतालबाट हराएका बस खोज्न ३०१ सशस्त्र प्रहरी परिचालन

ताजा समाचार, मौसम, समाज
१ साउन, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता दुई बस र यात्रु खोज्न सशस्त्र प्रहरी बलका तीन सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् । मंगलबार १ साउनदेखि सशस्त्र प्रहरी बलले गण्डक ब्यारेजसम्म ३०१ जना सुरक्षाकर्मी पठाएर खोजी सुरु गरेको हो । गण्डक ब्यारेज दुर्घटनास्थलबाट १३२ किलोमिटर टाढा छ । दुर्घटनास्थल सिमलताल वरिपरिका ठाउँहरुमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटारबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा ११ जना गोताखोरसहित ८६ जनाको सुरक्षा टोलीले २ वटा मोटर बोट र ७ वटा र्‍याफ्ट बोटसहित खोजी गरिरहेका छन् । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा १ सय १५ जनाको सुरक्षा फौज विभिन्न १५ वटा टोली बनाएर घटनास्थल, देवघाटदेखि शिवघाटसम्म, शिवघाटदेखि सिसवारसम्म, सिसवारदेखि...
बागमतीमा कांग्रेस–एमालेले मन्त्रालय घटाउलान् ?

बागमतीमा कांग्रेस–एमालेले मन्त्रालय घटाउलान् ?

ताजा समाचार
१ साउन, हेटौंडा । कुनैबेला ‘झ्याल–झ्यालमा मन्त्रालय’ भनेर आलोचना भएको बागमती प्रदेशमा अहिले पनि १३ वटा मन्त्रालय छन् । राजेन्द्र पाण्डे मुख्यमन्त्री भएका बेला १४ वटासम्म पुगेको मन्त्रालय संख्या वर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ११ वटामा झारेका थिए, फेरि उनैले बढाएर १३ वटा पुर्‍याए । सत्ता साझेदार दलहरुलाई भाग पुर्‍याउन मन्त्रालय थपेपछि जम्कट्टेलको आलोचना भएको थियो । तर अहिले सत्ता गठबन्धन फेरिएर कांग्रेस र एमाले दुई दलबीच सहकार्य भएपछि सरकार बनाउन धेरै दलको सहयोग लिनुपर्ने अवस्था छैन । तर कांग्रेस र एमालेले यो विषयमा छलफल गरेका छैनन् । अनौपचारिक कुराकानीमा दुबै दल पार्टीभित्र आकांक्षी धेरै देखिएकाले मन्त्रालय संख्या घटाउने अवस्था नरहेको बताउँछन् । कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामा मन्त्रालयको संख्या घटाउन गाह्रो हुने बताउँछन् । ‘पहिल्यै मन्त्रालयको संख्या बढाइ...
संखुवासभामा पहिरोमा पुरिएर २ जनाको मृत्यु

संखुवासभामा पहिरोमा पुरिएर २ जनाको मृत्यु

ताजा समाचार
१ साउन, सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा आज बिहान खसेको पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए । पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए । ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।...
बाराको सिमरामा बस दुर्घटना हुँदा १५ जना घाइते

बाराको सिमरामा बस दुर्घटना हुँदा १५ जना घाइते

ताजा समाचार
१ साउन, काठमाडौं । बाराको सिमरामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ । चितवनको नारायणगढबाट पर्साको वीरगञ्ज आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस आज बिहान ११ बजेतिर बाराको जीतपुरसिमरा–२३ मा सडकमै पल्टिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । घाइतेहरुको वीरगञ्जको गण्डकस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक र सहचालकलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी न्यौपानेले बताए ।...
सिमलताल दुर्घटना : भारतीय सीमावर्ती जिल्लामा समन्वय

सिमलताल दुर्घटना : भारतीय सीमावर्ती जिल्लामा समन्वय

अन्तरास्ट्रिय, ताजा समाचार, मौसम, समाज
चितवन । नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ । भारतीय सीमा क्षेत्र नजिक नारायणी नदीमा बेपत्ताको शव भेटिएपछि बगाएर भारत पुग्नसक्ने आकलनमा भारततर्फका जिल्लामा समन्वयमा खोजी गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उत्तरप्रदेशको महाराजगञ्ज र बिहारको पश्चिम चम्पारण डिस्ट्रिकका डिएमसँग समन्वय गरिएको हो । यादवले आफूले पश्चिम चम्पारण र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का प्रमुख जिल्ला अधिकारीले महाराजगञ्जका डिएमसँग समन्वय गरिरहेको बताए । नदीमा शव भेटिएमा जानकारी दिन दुवै डिएमलाई आग्रह गरिएको यादवले जानकारी दिए । उनका अनुसार हालसम्म शव भेटिएको कुनै जानकारी आएको छैन । गण्डक ब्यारेजसम्म शव पुगेपछि त्यहाँबाट पारिसमेत जान सक्ने भएकाले समन्वय गरिएको उनले बताए । सी...
सिमलताल पहिरो : अहिलेसम्म १५ जनाको शव भेटियो

सिमलताल पहिरो : अहिलेसम्म १५ जनाको शव भेटियो

ताजा समाचार, मौसम
१ साउन, काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ । सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज बिहान ९:३० बजेसम्म मृतकमध्ये आठ जनाको सनाखत भएको छ । दुर्घटनामा परी तीन भारतीय नागरिकको पनि मृत्यु भएको छ । भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारीको सनाखत भएको छ । यसैगरी चिवनको माडी-१ का २२ वर्षीय विकास परियार, सर्लाहीको वरथहवा-३ का १९ वर्षीय रमितकुशर माझी, भरतपुर महानगरपालिका-२२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर-६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटका १७ वर्षीय फिरोज राहुप मियाँको सनाखत भएको छ । उनीहरुको शव आफन्...
चितवन मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुरु

चितवन मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुरु

ताजा समाचार, स्वास्थ्य
१ साउन, चितवन । चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा आजदेखि स्वास्थ्य बीमा कार्यक्रम पुनः सुरु भएको छ । अस्पतालले गत जेठ १८ गते स्वास्थ्य बीमा बोर्डसँग सम्झौता गरी मंगलबारदेखि स्वास्थ्य बीमामार्फत् उपचार सेवा सुरु गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले ५ बर्षसम्म चलेको स्वास्थ्य बीमा कार्यक्रम बीचमा दुई बर्ष रोकिएपछि पुनः सञ्चालन गरेको बताए । ‘बीमा गरेका बिरामी टाढा टाढाबाट समेत आउने गरेको तर, बीमाको सुविधा नहुँदा समस्या पर्ने कुरालाई मध्यनजर गर्दै यो सेवा पुनः नियमित गरिएको छ’, उनले भने, ‘इमर्जेन्सीमा आउने बाहेकले पहिलो विन्दु तोकिएको अस्पतालबाट रिफर ल्याउनुपर्ने हुन्छ ।’ स्वास्थ्य बीमा बोर्डले बीमा मार्फत उपचार सुविधा लिँदा निजी अस्पतालमा २० प्रतिशत रकम बिरामीले भुक्तानी गर्नुपर्ने नियम लगाएको छ । सोही अनुसार स्...
महानगरको श्रम बैंकमार्फत ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान

महानगरको श्रम बैंकमार्फत ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान

ताजा समाचार, विजनेस, समाज
काठमाडौँ । काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ बर्षको कार्ययोजना बनाई कम्तिमा १५००० जनालाई तालिम तथा ५००० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना 'रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि' तथा 'श्रम बैंक' स्वर्णिम योजना अगाडि बढाएको हो । यसको सुरूवात भएको आर्थिक बर्ष २०८०/८१ मा सीप मेला २०८१ मार्फत २५५५ जना, महानगरको तालिम केन्द्रहरुमार्फत १४६७ जना र अनलाइनमार्फत २००० गरि जम्मा ६०२२ जनाले तालिम सम्पन्न गरेका छन् । यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरि जम्मा ९११ जनाले रोजगारी पाएका छन् । जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ । महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरु रोजगार/स्वरोजगार भएका छन् । महानगरको सानो प्रयासले एक आर्...