Tuesday, January 7

ताजा समाचार

किस्ताबन्दीमा डेडिकेटेड तथा ट्र‌ङ्क लाइनको महसुल बुझाउन सकिने

किस्ताबन्दीमा डेडिकेटेड तथा ट्र‌ङ्क लाइनको महसुल बुझाउन सकिने

ताजा समाचार
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्र‌ङ्क लाइनबाट विद्युत खपत गरेका उद्योगहरुले किस्ताबन्दीमा बक्यौता महसुल बुझाउन सक्ने व्यवस्था मिलाइएको जनाएको छ । जसअनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरेका उपभोक्ताहरूले प्राधिकरणलाई तिर्न बाँकी रहेको विद्युत महसुल अधिकतम २८ मासिक किस्तामा भुक्तानी गर्न सक्ने गरी व्यवस्था मिलाइएको प्राधिकरणले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । किस्ताबन्दी सुविधा लिन इच्छुक उपभोक्ताहरूले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी उपलब्ध सुविधाको लाभ लिन सक्ने प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ ।...
आजदेखि मनकामना केबुलकार ५० दिन बन्द

आजदेखि मनकामना केबुलकार ५० दिन बन्द

ताजा समाचार, समाज
चितवन । मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको जनाइएको छ । यसका दक्ष प्राविधिक अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका छन् । मनकामना केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो । केबुलकार सेवा बन्द रहे पनि उक्त अवधिभर चितवन...
संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

What's Hot, ताजा समाचार, राजनीति
३१ असार, काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजे बस्नेछ । त्यस्तै अपरान्ह ४ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकको सम्भवित कार्यसूचि सार्वजनिक भएको छैन । मन्त्रीपरिषद् बिस्तारसँगै नयाँ सम्भावित कार्यसूचिका लागि सभामुख र राजनीतिक दलका प्रमुख सचेतकबीच छलफल हुनेछ । सोही अनुसार आजको बैठकका लागि कार्यसूचि तय गरिने संसद सचिवालयले जनाएको छ ।...
एमालेबाट देवेन्द्र दाहाल भौतिक पूर्वाधारमन्त्री

एमालेबाट देवेन्द्र दाहाल भौतिक पूर्वाधारमन्त्री

ताजा समाचार, राजनीति
३१ असार, काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउने भएको छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँग छलफल गरेर नाम टुंगो लगाएका हुन् । राष्ट्रियसभा सदस्य दाहाल भौतिक पूर्वाधार मन्त्री बन्नेछन् । दाहालले पनि मन्त्री बन्न लागेको पुष्टि गरे ।...
त्रिशूलीमा बेपत्ता बस खोज्न सरकारले माग्यो भारत र बंगलादेशको सहयोग

त्रिशूलीमा बेपत्ता बस खोज्न सरकारले माग्यो भारत र बंगलादेशको सहयोग

Travel, What's Hot, जीवनशैली, ताजा समाचार
३१ असार, काठमाडौं । त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ । आइतबार गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरुले भारत र बंगलादेशका अधिकारीहरुसँग सम्पर्क गरी सहयोग मागेका हुन् । स्थलगत अनुगमन टोलीमा सहभागी गृह मन्त्रालय अन्तर्गतको द्वन्द्व तथा विपद व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले अनलाइनखबरसँग भने, ‘हामीले नेपालमा उपलब्ध सबै खालका प्रविधि र जनशक्ति प्रयोग गरेर खोजी गरिरहेका छौं । खोजी कार्यमा सहयोग गर्न भारत र बंगलादेशलाई भने भनेका छौं ।’ भारतीय टोलीसँग भारतमा सिधै सम्पर्क गरेर सहयोग मागेको उनले बताए । उनीहरुलाई घटनास्थलको अवस्था र पानीको बहावको वेग लगायतका जानकारी आइतबार नै पठाइएको भन्दै भूसालले उताबाट प्रतिउत्तरको प...
भारततर्फ नहरमा दुई जना पुरुषको शव फेला, सशस्त्रको टोली पठाइयो

भारततर्फ नहरमा दुई जना पुरुषको शव फेला, सशस्त्रको टोली पठाइयो

ताजा समाचार
नवलपरासी । पूर्वी नवलपरासीको त्रिवेणीस्थित भारततर्फको वाल्मीकि नहरमा दुई जना पुरुषको शव फेला परेको छ । सशस्त्र प्रहरीका अनुसार शवको पहिचान खुलेको छैन । सहजीकरण तथा समन्वयको लागि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट त्रिवेणीबाट प्रहरी खटिएका छन् । सहायक प्रहरी निरीक्षकको कमान्डमा ७ जनाको टोली खटिएको प्रहरीले जनाएको छ।...
सिमलताल दुर्घटनास्थलमा गृह सचिवसहितको टोली

सिमलताल दुर्घटनास्थलमा गृह सचिवसहितको टोली

ताजा समाचार
३० असार, काठमाडौं । गृह सचिव एकनारायण अर्यालसहितको टोलीले सिमलताल पहिरोमा परी त्रिशूलीमा हराइरहेका बसका खोजी तथा उद्धार कार्यस्थल अनुगमन गरेको छ । टोली आइतबार सिमलताल पुगेर स्थलगत अनुगमन गरेको हो । अवलोकनमा राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्टका संयोजक एवं गृह मन्त्रालय, विपद् तथा द्वन्द्ध व्यवस्थापन महाशाखाका सहसचिव भीष्मकुमार भूसाल, सहसचिव वसन्त अधिकारी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत सहभागी थिए । असार २८ गते भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा पहिरो खस्दा २ वटा यात्रुबाहक बस त्रिशूलीमा बेपत्ता छन् । शुक्रबार बिहान बीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स...
सरुवा मापदण्ड : बेथिति रोक्न कडा व्यवस्थाहरू प्रस्ताव

सरुवा मापदण्ड : बेथिति रोक्न कडा व्यवस्थाहरू प्रस्ताव

ताजा समाचार
३० असार, काठमाडौं । सरकारले सरुवा, काज तथा कामकाज सम्बन्धी मापदण्ड, २०८१ प्रस्ताव गरेको छ । मनपरी हुने सरुवालाई रोक्न भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मापदण्डको मस्यौदा बनाएर विभिन्न मन्त्रालयसँग राय मागेको हो । ६ असारको सचिव बैठकले यस्तो मापदण्ड बनाउने र आगामी सचिव बैठकमा सहमति जुटाएर मन्त्रिपरिषदमार्फत निर्णय गरेर लागु गर्ने निर्णय गरेको थियो । निजामती कर्मचारीहरुको सरुवा, पदस्थापन, काज, कामकाज तथा सरुवा सम्बन्धी प्रशासनलाई व्यवस्थित, निष्पक्ष, पारदर्शी, वस्तुगत, अनुमानयोग्य एवम् विश्वसनीय बनाउन यस्तो मापदण्ड बनाउन लागिएको हो । निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० को नियम ३६ को उपनियम (१५) ले दिएको अधिकार प्रयोग गरेर मापदण्ड जारी हुन लागेको हो । सहकारीतामूलक संघीयताको मर्म अनुरुप प्रभावकारी जनशक्ति व्यवस्थापन गर्ने र सरुवा प्रणालीलाई वस्तुनिष्ठ, पा...
स्थानीय तहमा नगएकालाई प्रमुख प्रशासकीय अधिकृतमा खटाइने

स्थानीय तहमा नगएकालाई प्रमुख प्रशासकीय अधिकृतमा खटाइने

ताजा समाचार
३० असार, काठमाडौं । सरकारले स्थानीय तहमा खटाइने प्रमुख प्रशासकीय अधिकृतलाई कम्तीमा दुई वर्ष सरुवा नगर्न प्रस्ताव गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मनपरी हुने सरुवालाई रोक्न सरुवा, काज तथा कामकाज सम्बन्धी मापदण्ड, २०८१ प्रस्ताव गर्दै त्यसमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा हालसम्म स्थानीय तह नगएका खटाउनेसहितका विशिष्ट व्यवस्था प्रस्ताव गरेको हो । अहिले स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड, २०७४अनुसार सरूवाहरू हुँदै आएका छन् । तर, संघीय मामिला मन्त्रालयले जथाभावी सरूवाका निर्णय गर्दा २२० भन्दा बढी स्थानीय तहमा अहिले प्रमुख प्रशासकीय अधिकृतहरू छैनन् । ६ असारको सचिव बैठकले सरुवा मापदण्ड बनाउने र आगामी सचिव बैठकमा सहमति जुटाएर मन्त्रिपरिषदमार्फत निर्णय गरेर लागु गर्ने निर्णय गरेको थियो । त्यसअनुसार प्रस्तावित मापदण्डमा प्रत्येक स्थानीय तहमा एक प्रमुख प्रशासकीय अधिकृत ख...
सिमलताल पहिरो : गैंडाकोट र गोलाघाटमा भेटिएका मृतक दुवै भारतीय नागरिक

सिमलताल पहिरो : गैंडाकोट र गोलाघाटमा भेटिएका मृतक दुवै भारतीय नागरिक

ताजा समाचार, समाज
३० असार, चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–७ स्थित नारायणी नदी किनार र चितवनको भरतपुर–२८ गोलाघाटमा भेटिएका दुवै पुरुषको शवको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गैंडाकोटमा भेटिएको शव भारत बेतिया मझेलिया थाना, गुठिया ईन्दु घर भएका ३० वर्षका सजाद अन्सारीको हो । उनका दाजु मेराज हुसेनले शवको सनाखत गरेका हुन् । उनी कलंकीमा ब्यवसाय गरेर बस्ने गरेको खुलेको छ । उनी वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसका यात्रु रहेको प्रहरीले जनाएको छ । उनको शव मुचुल्का गरेपछि पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ । यस्तै पश्चिम चितवनको भरतपुर–२८ गोलाघाटमा आइतवार बिहान भेटिएको अर्को शवको पनि सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार मृतक व्यक्ति ३० वर्षीय भारतीय नागरिक जयप्रकाश ठाकुर हुन् । भारत ब...