ज्यान जोखिममा राखेर तुइनबाट वारपार
हुम्ला, असार ४ गते । कर्णाली नदीमा हालसम्म नयाँ पक्की पुल बन्न नसक्दा स्थानीय बासिन्दा तुइन चढ्न बाध्यता छन् । पूर्वाधार विकास कार्यालय सिमकोटले लालीबगरमा कर्णाली नदीमाथि पक्की पुल निर्माणका लागि निर्माण कम्पनी छनोट गरेको भए पनि निर्माण कम्पनी पक्षले पुल नबनाउदा खार्पुनाथ गाउँपालिकाका तीन वटा वडाका बासिन्दालाई तुइनमा ओहोरदोहोर गर्न बाध्य छन् ।
खार्पुनाथ गाउँपालिका वडा नम्बर १ र २ लाली, प्युस, गोक्पा, देउखुरी, राया र थाली गाउँका सयौँ बासिन्दाले वारपार गर्ने ठाउँमा तुइन छ, न त पक्की पुल बन्न सकेको छ, न त झोलुङ्गे पुल बन्न सकेको छ ।
स्थानीय वीरसिंह रावलले लालीबगरमा स्थानीयलाई नदी वारपार गर्न तुइन तर्नु पर्दा ज्यान जोखिममा पर्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “तुइन नतरे ४ घण्टा लामो बाटो हिँड्नुपर्छ । तुइन चढाँै, ज्यान कतिबेला कर्णाली नदीमा खस्ला भन्ने डर छ । हाल तुइन भएको क...