Thursday, January 9

भिडियो

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

भिडियो
काठमाडौँ । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकका खातावाला भीम प्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बीमा रकम हस्तान्तरण गरिएको जनाइएको छ । सानिमा बैंकको तर्फबाट विर्तामोड शाखाका शाखा प्रबन्धक माधव प्रसाद वाग्ले र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रदेश प्रमुख ठाकुर उप्रेतीले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरे । दुर्घटनाका कारण मृत्यु भएका निरौलाले सानिमा बैंकको विर्तामोड शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थिए । सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखसम्मको १३ घातक रोगहरुको उपचार बीमा, रु. १० हजारसम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधी उपचार बीमा र रु. ५० हजा...
हेलिकप्टर चढेर सिन्धुली पुगे ३ मन्त्री

हेलिकप्टर चढेर सिन्धुली पुगे ३ मन्त्री

भिडियो
२२ असोज, काठमाडौं । नेपाली सेनाको हेलिकप्टरमार्फत गृहमन्त्री रमेश लेखकसहित तीन मन्त्री सिन्धुलीको खुर्कोट पुगेका छन् । गृहमन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राईसहितको टोली खुर्कोटमा पुगेको हो । १२ र १३ असोजमा आएको वर्षाका कारण वीपी राजमार्ग अवरुद्ध भएको १० दिनपछि लेखक अनुगमनमा निस्किएका हुन् । उनीहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरेका छन् । रामेछापतर्फको ५१ मिटर बगेको बेलीब्रिज यातायात सञ्चालनका लागि नेपाली सेनाले प्रारम्भिक काम थालनी गरिसकेको छ । उनीहरूले सो कामको निरीक्षणसमेत गरेका छन् । साथै उनीहरुले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा तत्काल भइरहेको सडक पूर्वाधारको पुनर्निर्माण, उद्धार र राहतका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी लीलाप्रसा...
फ्लाइटमा एक्कासि अश्लील फिल्म चल्न थालेपछि

फ्लाइटमा एक्कासि अश्लील फिल्म चल्न थालेपछि

भिडियो
सिड्नी । अस्ट्रेलियाको सिड्नीबाट जापानको हानेदा जाँदै गरेको क्वान्टास एयरवेजको क्यूएफ ५९ उडानमा यात्रुको अगाडिको स्क्रिनमा एक्कासि अश्लील फिल्म चल्न थाल्यो । प्राविधिक गडबडीका कारण सो फिल्म चलेको थियो । तर यसका कारण विमानमा सवार सबै यात्रुहरू विशेषगरी बालबालिकासहित यात्रा गर्ने परिवारले असहज अवस्थाको सामना गर्नु पर्‍यो । उडानको क्रममा देखाइएको फिल्ममा अश्लील यौन सामग्री र नग्न दृश्यहरू थिए । फिल्म रोक्न वा स्क्रिनको चमक घटाउन वा यसलाई बन्द गर्न सम्भव नभएको एक यात्रीले रेडिटमा लेखेका छन् यसलाई फेर्न करिब एक घण्टा लागेको उनले बताए । स्क्रिनमा चलिरहेको चलचित्र राम्रो नभएको थाहा पाएपछि एयरलाइन्सका कर्मचारीले यात्रुहरूले सो चलचित्र हेर्न नसकुन् भन्ने प्रयास गरेका थिए । तर पनि स्क्रिनबाट फिल्मलाई हटाउन सकिएन । क्वान्टास एयरलाइन्सले यस घटनाको पुष्टि गर्दै उडानभित्रको मनोरञ्जन प्रणालीमा प्र...
निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेल समक्ष आयोगको प्रतिवेदन पेस

निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेल समक्ष आयोगको प्रतिवेदन पेस

भिडियो
काठमाडौँ । निर्वाचन आयोगले आर्थिक वर्ष २०८०–०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ । मंगलबार राष्ट्रपति कार्यालय शितलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिवेदन पेस गरिएको हो । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवम् स्थायित्वको एउटा आधार भएको बताए । उनले निर्वाचनकै माध्यमबाट जनताले लोकतान्त्रिक हक अधिकारको प्राप्ति र उपयोग गर्न सक्ने हुँदा यो लोकतन्त्रको सुन्दर र अपरिहार्य पक्ष भएको धारणा व्यक्त गरे । @रातोपाटी...