Monday, December 23

भिडियो

उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने हिमालय एयरलाइन्सको निर्णय

उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने हिमालय एयरलाइन्सको निर्णय

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, स्वास्थ्य
काठमाडौँ । हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने निर्णय गरेको छ । एयरलाइन्सले शुक्रबार जारी गरेको विज्ञप्तिमा यात्रुहरूलाई सहज बनाउन २१ नोभेम्बर देखि नै उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने निर्णय गरेको उल्लेख गरेको छ । एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने कारण देखाउँदै काठमाडौँबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यसम्मको उडानमा उच्च हवाई भाडा लिएको भनी आएको जनगुनासो प्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । एयरलाइन्सले हवाई टिकटको कालोबजारी नियन्त्रण गर्न तथा विदेश यात्रा गर्ने सर्वसाधारणका लागि उचित भाडा उपलब्ध गराउन आफ्नो सिट क्षमताको परिधिमा रहेर भाडा दर कायम गरेको पनि जानकारी गराएको ेछ । एयरलाइन्सले विज्ञप्तिमा भनेको छ, ‘हिमालय एयरलाइन्सले सबै ट्राभल एजेन्टहरूलाई न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न सूचि...
आईएलटीएस टेस्टको शुल्क अब आइएमई पेबाट तिर्न सकिने

आईएलटीएस टेस्टको शुल्क अब आइएमई पेबाट तिर्न सकिने

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, सुचना/संचार, स्वास्थ्य
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे"ले IELTS टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ। यस सुबिधा मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत आफ्नो IELTS परिक्षा शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय र मेहनत बचाउन सक्ने कम्पनीले जनाएको छ । जसअनुसार प्रयोगकर्ताहरुले IELTS को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, IELTS UKVI को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, Life Skills A1/A2, B1 को निम्ती भुक्तानी आइएमई पे एप मार्फत गर्न सक्नेछन्। सिमित अवधिको लागि आइएमई पे एपबाट IELTS टेस्टको शुल्क भुक्तानीमा फ्लाट रु.१००० क्यासब्याक पनि प्राप्त गर्न सकिने आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।...
सौराहामा डेढ अर्ब लगानीमा बन्यो पाँच तारे ‘रोयल टुलिप’ होटल

सौराहामा डेढ अर्ब लगानीमा बन्यो पाँच तारे ‘रोयल टुलिप’ होटल

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, स्वास्थ्य
चितवन । देशको पर्यटन क्षेत्रमा गतिविधि बढ्न थालेसँगै चितवनमा पनि लगानी बढिरहेको छ । कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रमा पछिल्लो समय विदेशी पर्यटक आगमन वृद्धि भएसँगै लगानीकर्ताहरू यसतर्फ आकर्षित भएका हुन् । यसैक्रममा चितवनको पर्यटकीय नगरी सौराहामा जिल्लाकै पहिलो पहिलो पाँच तारे होटेल रोयल टुपील निर्माण सम्पन्न भई आगामी अँग्रेजी नयाँ वर्ष २०२५ को जनवरीदेखि सञ्चालनमा ल्याउन लागिएको छ । झन्डै ३ वर्ष लगाएर रत्ननगर नगरपालिका वडा–५ जनकौली सामुदायिक वन कार्यालय अगाडि नै केटीएम हस्पिटालिटी ग्रुपको लगानीमा निर्माण सम्पन्न भई लुभ्र होटल्स ग्रुपको सहकार्यमा ‘रोयल टुलिप’ सञ्चालनमा आउन लागेको हो । होटलमा झन्डै १ अर्ब ५० करोड बढी लगानी भएको छ । विश्व बजारमा सफलता हासिल गरिरहेको बहुराष्ट्रिय फ्रान्सेली समूह लुभ्र होटल्स अन्तर्गतको चेन आउँदा नेपालको पर्यटन क्षेत्रलाई विश्व बजारमा अझ प्रवर...
‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका

‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, सुचना/संचार, स्वास्थ्य
काठमाडौँ । ‘आइएमई पे’ले ‘बैंक लिङ्क गरौँ, मोबाइल जितौँ’ नामक योजना सार्वजनिक गरेको छ । यो योजना मार्फत आइएमई पे एपले प्रयोगकर्ताहरूलाई आफ्नो बैंक खातालाई आइएमई पे एपमा लिङ्क गर्न र सहज डिजिटल भुक्तानी सुविधाको अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्य रहेको जनाइएको छ । मङ्सिर ६ देखि माघ ६ गतेसम्म २ महिनाको लागि चल्ने यस योजनामा आइएमई पेका प्रयोगकर्ताहरुले आफ्नो बैंकको खातालाई आइएमई पे एपमा लिङ्क गरी बैंक खाताबाट सिधै आइएमई पे वालेटमा पैसा लोड गरी कम्तीमा ३ विभिन्न भुक्तानीहरू गरेर स्मार्टफोन जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजनाअन्तर्गत हरेक १५ दिनमा एक जना भाग्यशाली विजेताले एउटा स्मार्टफोन जित्न सक्ने कम्पनीको भनाइ छ । प्रयोगकर्ताहरुले आफ्नो बैंक खातालाई सिधै आइएमई पे एपमार्फत अथवा कनेक्ट आइपिएस् मार्फत आइएमई पे एपमा लिङ्क गर्न सक्ने जनाइएको छ । यो अफरमा सहभागी ह...
लुम्बिनीमा हजार बुद्ध गुम्बा निर्माण

लुम्बिनीमा हजार बुद्ध गुम्बा निर्माण

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, लुम्बिनी । लुम्बिनीमा पाल थुप्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर) निर्माण गरिएको छ । कानिङ सेडुप लिङ गुम्बा सङ्गठन तथा विकास कोष परिवारद्वारा निर्मित उक्त गुम्बाको आज एक समारोहकाबीच बौद्ध गुरु छोकी निमा रिन्पोछे र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले उद्घाटन गरे। बौद्ध गुरु निमा रिन्पोछेले देश तथा विदेशका चन्दादाताको सहयोगबाट हजारबुद्ध महाविहार निर्माण भएको जानकारी दिए। उनले बुद्धको जन्मस्थल लुम्बिनीमा विहार निर्माण गर्न पाउँदा खुसी लागेको बताए । कोषका उपाध्यक्ष लामाले उक्त गुम्बा निर्माणले बुद्ध दर्शनको प्रवर्द्धनमा ठूलो टेवा पुग्ने उल्लेख गरे । उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले लुम्बिनीमा बिहार निर्माणले बौद्ध पर्यटनमा टेवा पुग्ने बताए । विहार उद्घाटन अघि यही मङ्सिर ४ गतेदेखि प्राण प्रतिष्ठान पूजा गरिएको थियो। ...
जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा २० हजार घुससहित पक्राउ

जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा २० हजार घुससहित पक्राउ

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट एक कर्मचारी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखामा कार्यरत नायब सुब्बा अशोककुमार यादव छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई आज सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो । सवारी ज्यान मुद्दामा सवारी धनी पक्षले पीडितपक्षलाई दिने क्षतिपूर्ति तथा क्रिया खर्चबाट लिएको २० हजार रुपैयाँ घुससहित कार्यालयबाटै पक्राउ गरेको आयोगले जनाएको छ ।...
विकास परियोजनाले कालीगण्डकी नदी संकटमा पर्ने चिन्ता

विकास परियोजनाले कालीगण्डकी नदी संकटमा पर्ने चिन्ता

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, पोखरा । अप्राकृतिक दोहनको चपेटामा परेका कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले नदीको अस्तित्व नै संकटमा पर्ने सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । कालीगण्डकी नदीमा ठूला पूर्वाधार आयोजना निर्माण गर्दा नदी नदी–प्रणाली र त्यसमा आश्रित समुदायमा गम्भीर संकट निम्तिने खतरा बढेको ‘कालीगण्डकी बचाऔँ अभियान’ले एक विज्ञप्तिमार्फत् जनाएको छ । उक्त अभियानले विज्ञप्तिमार्फत सरकारले प्रस्तावित गरेका कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना, कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाजस्ता परियोजना अघि बढाउँदा तटीय क्षेत्रको जनजीवन र सांस्कृतिक धरोहरमा असर पुग्ने जनाएको छ । कालीगण्डकी नदीको पानी पथान्तरण (डाइभर्सन) गरी तिनाउमा खसालेर रुपन्देहीसहितका क्षेत्रमा खानेपानी, सिँचाइ सुविधा र जलविद्युत् आयोजना निर्माण गर्ने सरकारको लक्ष्य छ । यस्तै बागलुङ र पर्वत जिल्ला समेटिने गरी कालीगण्डक...
२० वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?

२० वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?

What's Hot, कृषि, ताजा समाचार, भिडियो, समाज
कैलाली । अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झरे । २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झरेका उनी टीकापुर बहुमुखी क्याम्पसको नाममा भएको जग्गा अतिक्रमण भइरहेको क्षेत्रमा आएर बसे । सरकारले गरिबलाई जग्गा वितरण गरिरहेको छ भन्ने लागेर उनी टीकापुर झरेका थिए । टीकापुर पुग्दा बुदेले सोचे जस्तो भएन । अछाममा हुँदा पनि अरुको काम गरेर दैनिकी गुजारा गर्ने बुदे टीकापुर झरेपछि अछाम फर्किएनन् । “अछाममा पनि केही थिएन, यता पनि केही छैन । जता बसे पनि सुकुम्वासी”, उनले भने, “१९ वर्षदेखि सरकारले व्यवस्थापन गर्छ कि भन्ने आशामा छौँ । आशा गर्दागर्दै मर्ने बेला भइसक्यो ।” अछामकै तडिगैराबाट ५० वर्षको उमेरमा टीकापुर पुगेका नन्दे लुहारलाई बुढ्यौलीले छोइसकेको छ । जग्गा पाइएला भन्ने आशामा बस्दा बस्दै लुहार सामाजिक सुरक्षा भत्ता पाउने उमेरको भइसके । उनले भने, “अब त म...
गुगल सीईओले ट्रम्पलाई गरे फोन, बीचमा आए एलन मस्क !

गुगल सीईओले ट्रम्पलाई गरे फोन, बीचमा आए एलन मस्क !

ताजा समाचार, भिडियो, सुचना/संचार
७ मंसिर, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कबीचको मित्रता जगजाहेर नै छ । मस्क र ट्रम्प विभिन्न ठाउँमा सँगै देखिने गरेका पनि छन् । यतिसम्म कि डोनाल्ड ट्रम्पलाई आउने फोनकलमा समेत एलन मस्क छिर्ने गरेका छन् । हालै गुगल सीईओ सुन्दर पिचाइले ट्रम्पलाई बधाई दिनका लागि फोनकल गर्ने बेलामा समेत यस्तै घटना भएको छ । एलन मस्कलाई नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै एउटा विशेष भूमिका प्रदान गरिसकेका छन् । ट्रम्पले सरकारी दक्षता विभाग (DOGE) को जिम्मेवारी मस्कलाई सुम्पिएका छन् । ट्रम्पले चुनावी अभियानकै क्रममा उक्त पदको संकेत गरेका थिए । मस्कले विवेक रामास्वामीसँगै उक्त विभागको नेतृत्व गर्नेछन् । मस्क र रामास्वामीलाई दिइएको जिम्मेवारीका बारेमा ट्रम्पले भनेका छन्– यी दुईजना अमेरिकी मिलेर मेरो कार्यकालमा सरकारी निकायहरुको भार...
निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो वार्षिक प्रतिवेदन

निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो वार्षिक प्रतिवेदन

भिडियो
२२ असोज, काठमाडौं। निर्वाचन आयोगले आर्थिक वर्ष २००/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति पौडेलसमक्ष पेश गरेका हुन् । प्रतिवेदनमा मतदाता अध्यावधिकको विषय, इभोटिङको विषय, निर्वाचनमा महिला सहभागिता र लैंगिक तथा समावेशीताको विषय समेटिएका छन् । @अनलाइनखबर...