Monday, December 23

मौसम

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

ताजा समाचार, मौसम
१९ कात्तिक, काठमाडौँ । प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन । ‘मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित भएको छ । सुगम क्षेत्रका विमानस्थलको उडान नियमित रूपमा सञ्चालन भइरहेको छ’, उनले भने । काठमाडौँ विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्र भइरहेको छ । मौसमका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान हुनसकेको छैन । उडान प्रभावित हुँदा गन्तव्यमा हिँडेका उल्लेख्य सङ्ख्यामा पर्यटक अलपत्र परेका विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौँबाट तराई क्षेत्रका विमानस्थलमा उडा...
कस्तो छ आजको मौसम पूर्वानुमान ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

ताजा समाचार, मौसम
१८ कात्तिक, काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाएको छ । देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । तर कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको ठाउँमा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । ‘कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ’, महाशाखाले सूचनामार्फत भनेको छ । साथै कोशी प्रदेश, ब...
भाइटीकाको दिन कुन-कुन ठाउँमा हुँदैछ वर्षा ?

भाइटीकाको दिन कुन-कुन ठाउँमा हुँदैछ वर्षा ?

ताजा समाचार, मौसम
१७ कात्तिक, काठमाडौं । यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ । मौसमविद् सञ्जिव अधिकारीले आज पनि मौसम बदली भई भाइटीकाको दिन अझै बढी मौसम बदली हुने र हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिए । ‘आइतबार (भाइटीकाको दिन) कोशी प्रदेशको पहाडी भू-भागका एक दुई स्थान तथा तराईका केही भू–भाग, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना छ, काठमाडौँ उपत्यकामा पनि मौसम बदली भई हल्का वर्षा हुन सक्छ,’ उनले भने, ‘तर पानी परे पनि क्षणिक रुपमा पर्ने हो । कुनै पनि स्थानमा निरन्तर पर्दैन । अधिकारीका अनुसार देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । माहाशाखाले शुक्रबार साँझ जारी गरेक...
देशभरको मौसम सफा रहने पूर्वानुमान

देशभरको मौसम सफा रहने पूर्वानुमान

ताजा समाचार, मौसम
काठमाडौं । हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकीमा भागमा मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी प्रदेशका पहाडी भागका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । त्यसैगरी, आज राति कोशी प्रदेशलगायात बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भा...
तिहारमा यी प्रदेशमा वर्षाको सम्भावना

तिहारमा यी प्रदेशमा वर्षाको सम्भावना

ताजा समाचार, मौसम
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले तिहारको अवधिमा विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको बताएको छ । आज एक विशेष बुलेटिन जारी गर्दै महाशाखाले यस्तो जानकारी दिएको हो । तिहारको चतुर्दशी (१५ गते), औँसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते)का दिनहरूमा देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उक्त दिनहरूमा देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम घट्दो क्रममा रहने सम्भावना रहेको सूचनामा उल्लेख छ ।...
बढ्यो प्रदूषण : काठमाडौंदेखि दिल्लीसम्म वायुको गुणवत्ता खराब

बढ्यो प्रदूषण : काठमाडौंदेखि दिल्लीसम्म वायुको गुणवत्ता खराब

ताजा समाचार, मौसम
११ कात्तिक, काठमाडौं । काठमाडौंमा वायु प्रदूषण बढ्न थालेको छ । अहिले बिहान साढे १० बजेसम्म सबैभन्दा खराब वायु काठमाडौंको शंखपार्क क्षेत्रमा छ । सो क्षेत्रमा एयर क्वालिटी इन्डेक्स ११३ रहेको वातावरण विभागको एयर क्वालिटी मनिटरिङ स्टेसनमा उल्लेख छ । शंखपार्क क्षेत्रको हावा विशाक्त रहेको भनेर सुन्तला रंगले संकेत गरिएको छ । यसैगरी रत्नपार्क, भक्तपुर र दाङ देउखुरी क्षेत्रमा पनि प्रदूषित वायु रहेको वातावरण विभागले जनाएको छ । हावामा धुँलोका कण र धुँवाको मात्रा बढ्दा वायु प्रदूषित हुने गरेको छ । धूलोलाई पखाल्ने गरी पानी नपर्दासम्म र बेस्सरी हावा नचल्दासम्म प्रदूषण झन् बढ्ने गर्दछ । काठमाडौं उपत्यका वरिपरि अग्ला पहाड भएकाले कचौरा आकारमा धुलोका कण जम्मा भएर बस्न अनुकुल हुने गर्दछ । अहिले पोष्ट मनसुन अवधिमा काठमाडौंमा पानी समेत नपरेकाले वायु प्रदूषण बढेको हो । साथै छिमेकी देश भारततर्फबाट प्...
‘ऊर्जा सुरक्षा र दक्षतामा जलवायु परिवर्तन ठूलो चुनौती’

‘ऊर्जा सुरक्षा र दक्षतामा जलवायु परिवर्तन ठूलो चुनौती’

ताजा समाचार, मौसम
७ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले जलवायु परिवर्तनका नकारात्मक असरका परिणाम स्वरूप ऊर्जा सुरक्षा र उर्जा दक्षता कायम राख्न ठूलो चुनौती सामना गर्नुपरिरहेको बताएका छन् । भारत जयपुरमा ५ कात्तिकदेखि सुरु ‘साउथ एसियन क्लिन इनर्जी फोरम २०२४’ को दोस्रो फोरम बैठकमा ऊर्जा सचिव आचार्यले एक महिनाअघिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले जलविद्युत् आयोजनामा भएको क्षतिको शोधभर्ना गर्दै त्यस्ता आयोजना पुनर्संञ्चालन गर्न र भविष्यमा यस्ता क्षतिबाट जोगिन प्रयास भइरहेको बताए । प्राकृतिक विपद‌बाट जोगिन दक्षिण एसियाली राष्ट्रहरूको साझा समझदारी र प्रयास अनिवार्य हुनुपर्नेमा जोड दिँदै आचार्यले स्वच्छ एवं हरित ऊर्जालाई प्राथमिकता साथ अगाडि बढाउने नेपाल सरकारको प्रयास‌लाई सहभागी सबै राष्ट्रले समर्थन गर्नुपर्ने उल्लेख गरे । त्यसैगरी नेपालले ५३ मेगावाटको दुहवी मल्टिफ्युल थर्मल प्ला...
दिल्लीमा झन् खराब बन्यो वायु प्रदूषण

दिल्लीमा झन् खराब बन्यो वायु प्रदूषण

अन्तरास्ट्रिय, मौसम
नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा वायुको गुणस्तर लगातार खस्किँदै गएको छ । मंगलबार बिहान पनि दिल्लीका धेरैजसो स्थानहरूमा वायुको गुणस्तर ‘धेरै खराब’ रेकर्ड भयो । मंगलबार, दिल्लीको एक्यूआई ३१८ थियो । यो भनेको निकै खराबको श्रेणीमा पर्दछ । राजधानीका अन्य कयौँ स्थानमा पनि एक्यूआई २७८ देखि ३८७ सम्म मापन भएको थियो । विगत केही वर्षदेखि, जाडो मौसममा दिल्लीको वायुको गुणस्तर लगातार खतरनाक स्तरमा पुगिरहेको छ । यसैबिच, हावाको कम गतिका कारण दिल्लीमा मात्र नभई पूरै देशमा प्रदूषण स्तर बढिरहेको दिल्लीका वातावरणमन्त्री गोपाल राईले समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा बताएका थिए । @रातोपाटी...
आज केही ठाउँमा चट्याङसहित वर्षा हुने

आज केही ठाउँमा चट्याङसहित वर्षा हुने

ताजा समाचार, मौसम
३ कात्तिक, काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा आंशिकदेखि साधारणतया बदली रही र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । महाशाखाका अनुसार समाचार तयार हुँदासम्म कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम म...
बुटवलबाट काठमाडौं हिडेको विङ्गर पहिरोमा पुरिदा १४ जनाको ज्यान गयो

बुटवलबाट काठमाडौं हिडेको विङ्गर पहिरोमा पुरिदा १४ जनाको ज्यान गयो

ताजा समाचार, मौसम, समाज
बुटवलबाट काठमाडौं हिडेको विङ्गर पहिरोमा पुरिदा १४ जनाको ज्यान गयो बुटवल । बुटवलबाट काठमाडौँ जाँदै गरेको विङ्गर गाडी पहिरो सँगै पुरिँदा बुटवलका १४ जनाको ज्यान गएको छ। ज्यान जानेमा जिप चालक रमेश लुइँटेल समेत छन्। पृथ्वी राजमार्गको नागढुंगा (नौबिसे सडक खण्डमा आएको पहिरोमा परेर अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन्। ती मध्ये १३ जनाले बुटवलबाट टिकट लिएको र १ जना नारायणगढबाट चढेका यात्रु हुन सक्ने बताइएको छ। पश्चिम नेपाल बस व्यवसायी प्रालिका अनुसार शुक्रबार बिहान काठमाडौँ जानका लागि बुटवलको ट्राफिक चोकमा रहेको काउन्टरबाट १० जना र राजमार्ग चौराहाबाट टिकट लिएर ३ जना चढेका थिए। यात्रुहरूले नाम नलेखाई समूहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा ४ जनाको मात्रै नाम उल्लेख गरिएको छ। ती मध्ये, बोम कार्की र प्रकाश कुंवर मात्रै उल्लेख गरिएको छ भने एक जनाको मोबाइल नम्बर मात्रै उल्लेख छ। पश्चिम ने...