Monday, December 23

मौसम

भक्तपुर डुबानमा, ५ जना बेपत्ता

भक्तपुर डुबानमा, ५ जना बेपत्ता

ताजा समाचार, मौसम
१२ असोज, काठमाडौं । अविरल वर्षाले भक्तपुर पूरै डुबानमा परेको छ । पहिरो र बाढीमा परी करिब पाँच जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीका अनुसार ठिमीमा पहिरोले चार जना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका हुन् । उनीहरुको नाम ठेगाना नखुलेको र खोजीकार्य जारी रहेको उनले बताए । मनोहरा, हनुमन्ते घट्टेखोलाको बाढीले सडक र बस्ती डुबानमा पर्दा जनजीवन अस्तव्यस्त भएको छ । घट्टेखोलाले पुल नै भत्काएको छ । भक्तपुरको सिद्धी स्मृति अस्पताल, जगाती, इवामुरी अस्पताल, सल्लाघारी, महेश्वरी खेल मैदान, राम मन्दिर, राधेराधे लगायतका क्षेत्र जलमग्न छन् । अस्पताल नै जलमग्न हुँदा उपचारका लागि आउने बिरामी, कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समस्यामा परेका छन् । बाराहीस्थान लगायत क्षेत्र र धान खेतहरु पनि डुबानमा परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रव...
नख्खु खोलाले हेर्दाहेर्दै ४ जनालाई बगायो

नख्खु खोलाले हेर्दाहेर्दै ४ जनालाई बगायो

ताजा समाचार, मौसम
काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. १४ स्थित नखिपोटको नख्खु खोलाले चार जनालाई बगाएको छ । खोलामा जस्ताको घरको माथि बसिरहेका दुई बच्चासहित चार जनालाई हेर्दाहेर्दै खोलाले बगाएको हो । प्रहरीले उद्धारको लागि डोरी दिएर प्रयास गरेपनि बगाएको छ । प्रहरीले डोरीमा क्यारेट पठाएर त्यसको माध्यमबाट उद्धार गर्न खोजेको थियो । त्यही क्रममा उक्त घर नै ढलेपछि उनीहरु खाेलामा परेका छन् । भिडिओ बनाउने स्थानीयले महानगरको उपस्थिति शून्य रहेको उल्लेख गरेका छन् भने आफूहरुले भन्नुपर्ने ठाउँमा सबै भनिसकेको पनि बताएका छन् । हेलिकप्टरले उद्धार गरिएको भए उनीहरुलाई सकुशल निकाल्न सकिने उनीहरुको भनाइ छ ।...
लुम्बिनीका सबै पहाडी जिल्लाका सडक अवरुद्ध, तत्काल खुलाउन नसकिने

लुम्बिनीका सबै पहाडी जिल्लाका सडक अवरुद्ध, तत्काल खुलाउन नसकिने

ताजा समाचार, मौसम
बुटवल। शुक्रबार साझदेखि अवरुद्ध बनेको उक्त सडक शनिबार विहान पहिरो सफा गरेपछि मात्रै खुला हुने बताइएको छ । निरन्तरको वर्षा र रातको समय भएका कारण पहिरो खुलाउन शनिबारसम्म कुर्नुपर्ने अवस्था आएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यसैगरी पाल्पाको बर्तुङ पोखरा सडक पनि पहिरोले अवरुद्ध भएको छ । बगनासकाली–१ मा पहिरोले बाटो अवरुद्ध भएको हो । उता रोल्पा त्रिबेणी गाउँपालिकास्थित सहिद मार्ग पनि पहिरोले पूर्ण रुपमा अवरुद्ध भएको छ । त्यस्तै गुल्मीको छत्रकोट गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो जाँदा रिडी तम्घास सडक खण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरोका कारण लुम्बिनी प्रदेशका पहाडी जिल्ला रोल्पा, रुकुमपूर्य, प्यूठान, अर्घाखाँची, गुल्मी, पाल्पाका विभिन्न मुख्य तथा सहायक सडकहरु पूर्ण अवरुद्ध भएका छन् । निरन्तर वर्षा भइरहेकाले यहाँका बाटो खुलाउन समय लाग्ने त्यहाँस्थित प्रहरी कार्यालयहरुले ज...
बुटवल-पाल्पासहित विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध, सूचारु हुन कति लाग्छ समय ?

बुटवल-पाल्पासहित विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध, सूचारु हुन कति लाग्छ समय ?

ताजा समाचार, मौसम
बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडक शुक्रबार साँझदेखि पहिरोले अवरुद्ध भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिका ५ केराबारी भन्ने स्थानमा पहिरोले सडक पुरिएपछि पूर्ण रुपमा अवरुद्ध बनेको छ । सडक अवरुद्ध हुँदा बुटवलदेखि पाल्पा, पोखरा, स्याङ्जा, गुल्मी लगायतका ठाउँका लागि हिडेका तथा त्यहाँबाट बुटवलतर्फ आउँदै गरेका सवारीहरु बीच बाटोमै अलपत्र परेका छन् । शुक्रबार साझ ६ बजेदेखि अवरुद्ध बनेको उक्त सडक शनिबार विहान पहिरो सफा गरेपछि मात्रै खुला हुने बताइएको छ । निरन्तरको वर्षा र रातको समय भएका कारण पहिरो खुलाउन शनिबारसम्म कुर्नुपर्ने अवस्था आएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यसैगरी पाल्पाको बर्तुङ पोखरा सडक पनि पहिरोले अवरुद्ध भएको छ । बगनासकाली–१ मा पहिरोले बाटो अवरुद्ध भएको हो । उता रोल्पा त्रिबेणी गाउँपालिकास्थ...
सप्तकोशीको बहाव बढ्यो, कोशी ब्यारेजका सबै ढोका खोलियो

सप्तकोशीको बहाव बढ्यो, कोशी ब्यारेजका सबै ढोका खोलियो

ताजा समाचार, मौसम
सुनसरी । सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । शनिबार सप्तकोशीमा बिहान ८ बजे चार लाख १९ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो । सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा अहिले एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।...
पहिरोले तम्घास रिडी सडक अवरुद्ध

पहिरोले तम्घास रिडी सडक अवरुद्ध

ताजा समाचार, मौसम
१२ असोज, गुल्मी । अविरल वर्षासँगै पहिरोले तम्घास रिडी सडक अवरुद्ध भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका-३ लुम्छा र गुल्मीदरबार गाउँपालिकाको- ४ बिरवासमा पहिरोले कालोपत्रे सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । बाटो सञ्चालन गर्न निर्माण व्यवसायी समान्तर कन्टस्ट्रक्सनसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । अहिले रिडीदेखि बिरवाससम्मको २५ किलोमिटर सडक स्तरोन्नति र कालोपत्र गर्न काम भइरहेको छ । गुल्मी सदरमुकाम तम्घास भित्रिने मुख्य सडक हो । सडक विस्तारको क्रममा रहेकाले अन्य समयमा पनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ ।...
बाढी पहिरोको विपद्‌बारे छलफल गर्न गृहमन्त्रीले डाके बैठक

बाढी पहिरोको विपद्‌बारे छलफल गर्न गृहमन्त्रीले डाके बैठक

ताजा समाचार, मौसम
१२ असोज, काठमाडौं । अविरल वर्षाले भएको बाढी, पहिरोसहितका प्राकृतिक प्रकोपबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको डाकेका छन् । विपद्मा परेका नागरिकको राहत, उद्दार तथा सहायता लगायतका विषयमा छलफल गर्न बैठक डाकिएको सचिवालयले जनाएको छ । बैठक साढे १० बजे बोलाइएको छ ।
नख्खुखोलाले बगाउँदा ४ जना बेपत्ता

नख्खुखोलाले बगाउँदा ४ जना बेपत्ता

ताजा समाचार, मौसम
१२ असोज, काठमाडौं । काठमाडौंको नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक जना महिला, २ जना पुरुष र एकजना बच्चा छन् । आज बिहान करिब ९ बजेको समयमा खोलाले बगाएर बेपत्ता बनाएको नेपाल सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
नेपालतिर सोहोरियो पानी पार्ने प्रणाली, विपत्तिको जोखिम

नेपालतिर सोहोरियो पानी पार्ने प्रणाली, विपत्तिको जोखिम

ताजा समाचार, मौसम
९ असोज, काठमाडौं । मौसमविदले नेपालभर जारी मनसुन अवधिकै भीषण वर्षाको सम्भावना औंल्याएका छन् । त्यसैले विहीबारदेखि आइतबारसम्म उच्चसतर्कता अपनाउनुपर्ने उनीहरुको सुझाव छ । वरिष्ठ मौसमविद् एवम् त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्रध्यापक डा. विनोद पोखरेलका अनुसार नेपालका केही स्थानमा चार सय मिलिमिटरसम्म वर्षा हुने सम्भावना छ । यसले दशैंको मुखमा बाढी, पहिरो र डुबानको समस्या ल्याउने खतरा छ । बंगालको खाडी र अरब सागर दुवैतर्फबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेकाले अत्यधिक वर्षाका लागि अनुकूल वातावरण बनेको छ । साथै यस वर्ष अत्यधिक गर्मी भएकाले वायुमण्डलमा न्युनचापीय क्षेत्र विकास भएको छ । न्युन चापीय क्षेत्र भन्नाले हावाको चाप कम भएको र वर्षा गराउने बादल बनेको क्षेत्र भनेर बुझिन्छ । अहिले यो क्षेत्र अधिक गहिरो (जमिनको सतहदेखि वायुमण्डलको मध्यक्षेत्रसम्म फैल...
यो वर्ष दसैँसम्म पानी पर्ने : मंगलबारदेखि लगातार वर्षाको सम्भावना

यो वर्ष दसैँसम्म पानी पर्ने : मंगलबारदेखि लगातार वर्षाको सम्भावना

ताजा समाचार, मौसम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले आगामी मंगलबारसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । मौसम विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले यो वर्ष दसैँसम्म पानी पर्ने सम्भावना रहेको जानकारी दिइन् । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ र आगामी केही दिन देशका अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको उनले बताइन् । मनसुनको न्यून चापीय रेखा औसत स्थानको दक्षिणतिर रहेको हुँदा वर्षाको सम्भावना अझै सक्रिय रहेको विभागको भनाई रहेको छ । अघिल्लो वर्ष असोजको पहिलो सातामा मनसुन सकिने भए पनि यो वर्ष लम्बिएको मौसमविद् मानन्धरले बताइन् । भारतमा पनि यो वर्ष मनसुन लम्बिएको बताउँदै उसले पनि अहिलेसम्म मनसुन सकिएको घोषणा नगरेको उल्लेख गरिन् । उनले भनिन्– ‘अघिल्लो वर्ष सेप्टेम्बर २३ मा मनसुन सकिने गरे पनि यो वर्ष अक्टोबरको पहिलो सातासम्म सक्रिय रहने अवस्था छ । पर...