Monday, December 23

मौसम

दुई दिन मौसम घमाइलो, शुक्रबारदेखि फेरि हल्का वर्षाको सम्भावना

दुई दिन मौसम घमाइलो, शुक्रबारदेखि फेरि हल्का वर्षाको सम्भावना

ताजा समाचार, मौसम
२ असोज, काठमाडौं । असोज लागेसँगै मौसम घमाइलो हुन थालेको छ । आज र भोलि दुई दिन सामान्यतया मौसम सफा भएर घमाइलो हुने मौसमविदले बताएका छन् । तर अर्को प्रणालीले शुक्रबारदेखि केही वर्षा हुने सम्भावना छ । तर त्यो वर्षा निरन्तर नभई छोटो अवधिका लागि हुने मौसमविद विनोद पोखरेलले जानकारी दिए । देशको पश्चिम क्षेत्रको आधाजसो भूभागमा अझै बादल लागेको छ । तर पछिल्लो १२ घण्टामा पानी भने परेको छैन । काठमाडौं उपत्यकामा पनि अहिले पारिलो घाम लागेको छ । केहीबेर बादलले छोप्ने र फेरि घाम लाग्ने भइरहेको छ । मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा छ । तर शुक्रबार पानी पार्ने प्र...
जुम्लाको लामाचौर पाटनमा चट्याङ लागेर ५६ भेडा मरे

जुम्लाको लामाचौर पाटनमा चट्याङ लागेर ५६ भेडा मरे

ताजा समाचार, मौसम
१६ भदौ, सुर्खेत । जुम्लाको लामाचौर पाटनमा चट्याङ लागेर ५६ भेडा मरेका छन् । तातोपानी गाउँपालिका-४ स्थित लामाचौर पाटनमा शनिबार राति चट्याङ पर्दा ५६ वटा भेडा मरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी छेदिलाल कामतीले जानकारी दिए । उनका अनुसार पातरासी-२ तल्फिका ६ जना किसानका ५६ भेडा मरेको हुन् । ‘घटनाको पूरै विवरण आइसकेको छैन् । स्थानीयका अनुसार अहिलेसम्म ५६ भेडा मरेको जानकारी प्राप्त भएको छ,’ डिएसपी कामतीले भने, ‘प्रहरी टोली घटनास्थल गएको छ ।’ प्रहरी चौकी तल्फीबाट ७ जनाको प्रहरी टोली घटनास्थल गएको छ । प्रहरी टोली बिहानै हिंडे पनि भौगोलिक विकटताका कारण पुग्न ढिला भएको छ । प्रहरी टोली घटनास्थलमा पुगेपछि थप विवरण आउने डिएसपी कामतीले बताए । पाटमा मोबाइल नेटवर्कले काम नगर्ने भएको हुँदा सम्पर्क गर्न समस्या भएको प्रहरीले जनाएको छ । यो पाटनमा गर्मीयाम सुरु भएसँगै पातरासीका किसानहरूले...
चितवनमा भारी वर्षा

चितवनमा भारी वर्षा

ताजा समाचार, मौसम
१६ भदौ, चितवन । चितवनका विभिन्न स्थानमा भारी वर्षा भएको छ । वर्षाका कारण बाढी र डुबानको समस्या देखिएको छ । भरतपुर महानगरपालिका १० मा पर्ने स्याउली बजारमा भलले गर्दा केही घण्टासम्म बाटो बन्द भएको थियो । हाकिम चोकबाट नेपाल विद्युत् प्राधिकरणको कार्यालयतर्फ जाने बाटो जलमग्न भएको थियो । बाटो किनारका घर र पसलहरुमा पनि भेलबाढी पसेको थियो । सडकमा आउ–जाउ बन्द भएको थियो । अहिले भने त्यहाँको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार कालिका नगरपालिकाको बुई खोला किनारका केही झुप्रा घरहरुमा पनि बाढी पसेको थियो । तर त्यहाँ जोखिम नरहेको र कसैलाई पनि स्थानान्तरण गर्नुपर्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा गराउने बादल विकसित भएको छ । बादल पूर्वबाट पश्चिमतिर स...
देशभर वर्षा, नारायणगढ-मुग्लिङ सडकखण्डमा उच्च सतर्कता अपनाउन आग्रह

देशभर वर्षा, नारायणगढ-मुग्लिङ सडकखण्डमा उच्च सतर्कता अपनाउन आग्रह

ताजा समाचार, मौसम
१६ भदौ, काठमाडौं । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा गराउने बादल विकसित भएको छ । बादल पूर्वबाट पश्चिमतिर सरिरहेको छ । त्यसको असरले आज देशभर नै वर्षा भइरहेको छ । त्यसको प्रभाव क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ । कतिपय स्थानमा अति भारी वर्षा रेकर्ड भएको छ । वर्षाका कारण बाढी र पहिरोको जोखिम भएकाले पहिरो गइरहने नारायणगढ-मुग्लिन सडकखण्डमा उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरका अनुसार मनसुन न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ भए पनि बंगालको खाडीमा विकसित चक्रवातको बाहिरी घेराका बादल तथा तीब्बत तर्फबाट पनि बादल नेपालमा आएकाले वर्षा भइरहेको छ । ‘एउटा चक्रवात अरेबियन सीबाट पश्चिम तिर गइसकेको छ तर बंगालको खाडीमा बनेको डिप्रेसन जमिनभित्र छिरे पनि त्यसको सबैभन्दा बाहिरी घेराक...
पहिरोले कर्णाली राजमार्ग क्षतिग्रस्त

पहिरोले कर्णाली राजमार्ग क्षतिग्रस्त

ताजा समाचार, मौसम, सुचना/संचार
कालिकोट — बुधबार बेलुकीदेखिको अविरल वर्षाले कर्णाली राजमार्गको दैलेख-कालीकोट खण्ड क्षतिग्रस्त भएको छ । पहिरोले दैलेखको खिड्कीज्युलादेखि कालीकोटको हुल्मसम्म २२ किलोमिटर सडक भत्काएको हो । पहिरोले कर्णाली राजमार्ग क्षतिग्रस्त कालीकोटको हुल्म, कालेखोला, एस मोड, गगनेखोला, दैखोला, सिराडी, किटु, मालाचौरलगायतका ठाउँमा पर्ने सडक पूर्णरुपमा अवरुद्ध भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए । 'कतिपय ठाउँमा त सडक थियो र ! भन्ने अवस्था छ,' उनले भने, 'बेमौसमी वर्षाले सडक अस्तव्यस्त बनायो ।' उनकाअनुसार कालीकोटको गगनेखोलामा पूरै सडक भत्किएको छ भने कालीकोट र दैलेखको सिमाना दैखोलामा पक्की पुलसहित क्षति भएको छ । दैखोलामा बाढीसहितको पहिरोले पुल चर्किएको छ भने पुलको छेउबाट कटान गरेर खोला बगिरहेको छ । गगनेखोलामा गत वर्ष सडक विभागले ठेक्कामार्फत लगाएको २ करोड रुपैयाँ लागतमा लगाइएको पर्खा...
भारतलाई दोष, बंगलादेशमा बाढीबाट ४० लाख प्रभावित

भारतलाई दोष, बंगलादेशमा बाढीबाट ४० लाख प्रभावित

अन्तर्वार्ता, ताजा समाचार, मौसम
१३ भदौ, काठमाडौं । बंगलादेशमा बाढीका कारण ११ जिल्ला प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा करिब ४० लाख व्यक्ति बाढीबाट पीडित छन् । बीबीसीका अनुसार बंगलादेशमा २० अगष्टेखि आएको बाढीले उत्तर–पूर्वी, पूर्वी र दक्षिण–पूर्वी क्षेत्र चपेटामा परेका छन् । ती क्षेत्रका फेनी, कोमिला, मौलवीबजार, हबीगञ्ज र चटगाउँ सबैभन्दा बढी प्रभावित छन् । बंगलादेशको विपत व्यवस्थापन एवम् राहत मन्त्रालयका अनुसार बाढीका कारण कम्तीमा २३ जनाको मृत्यु भइसकेको छ । केही व्यक्तिहरु बेपत्ता छन् । लाखौं विस्थापित भएका छन् । रेलवे लाइन र राजमार्ग जलमग्न भएका छन् । राजधानी ढाका र चटगाउँबीचको सडक सम्पर्क टुटेको छ । फेनी, कमिला, र सिलहट जिल्लामा पनि यस्तै अवस्था छ । पहिरोका कारण चटगाउँ र कोक्स बजारमा रेलवे लाइनमा क्षति पुगेको छ । यस्तै अवस्था दोहाजरी र नजिरहाट रेलमार्गमा पनि छ । बंगलादेश बाढीको चपेटामा पर्दा स्थानीयक...
कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

ताजा समाचार, मौसम
१३ भदौ, काठमाडौं । आज कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाबाट दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना छ । त्यसैले भारी वर्षाबाट हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोपको जोखिमबाट बच्न विभागले सबैलाई अनरोध गरेको छ । विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ । त्यसको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली छ । गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा पनि भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसमी बुलेटिनमा लेखिएअनुसार आज दिउँसो देशका केही...
मनसुनी वायुको प्रभाव कायमै : यी क्षेत्रमा मध्यमदेखि भारी वर्षा

मनसुनी वायुको प्रभाव कायमै : यी क्षेत्रमा मध्यमदेखि भारी वर्षा

ताजा समाचार, मौसम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाको अनुरोध छ । ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा ...
सुक्खा पहिरो खसेपछि अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध

सुक्खा पहिरो खसेपछि अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध

मौसम, राजनीति, सुचना/संचार
९ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् । बाटो खुलाउने प्रयास जारी छ । वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको प्रहरी प्रवक्ता डीएसपी राजकुमार श्रेष्ठले बताए । उक्त राजमार्गको जिरोकिलो–दोलालघाट खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ ।...
बेनीमा बाढीले गाडी बगायो, विद्यालय र ज्येष्ठ नागरिक आश्रमको भवनमा क्षति

बेनीमा बाढीले गाडी बगायो, विद्यालय र ज्येष्ठ नागरिक आश्रमको भवनमा क्षति

ताजा समाचार, मौसम
९ भदौ, म्याग्दी । शनिबार रातिको वर्षाले बेनीबजार आसपासका क्षेत्र बाढीबाट प्रभावित भएका छन् । बाढीबाट विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ । यस्तै, एउटा गाडी बगाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पोखराबाट बेनीतर्फ आइरहेको ग२च ९३५५ नम्बरको बोलेरो जिपलाई बागलुङ-बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ हुलाकेको खोल्साको बाढीले बगाएको छ । यात्रु र चालकले भागेर ज्यान जोगाएका छन् । बेनी नगरपालिका-९ मा रहेको जडभरत संस्कृत माध्यमिक विद्यालयको पाँचकोठे भवनको कक्षाकोठाभित्र बाढी पसेर पुरिएको छ । सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज नेपालका अनुसार बेनी-जोमसोम सडकमा पहिरो खसेपछि खोल्सा र नालीको पानी बस्तीतर्फ सोझिँदा विद्यालयसँगै रहेको पुलहपुलत्स्य अन्नक्षेत्र र गलेश्वर ज्येष्ठ नागरिक आश्रमको भोजनालयमा बाढी पसेको छ ...