Monday, December 23

मौसम

अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ ।

अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ ।

मौसम, समाज, सुचना/संचार
४ भदौ, बुटवल। अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान परेको वर्षापछि शितगंगा नगरपालिका-१३, सिमलपानीमा पक्की पिल्लरसहित २ तले गोठ माथिबाट खसेको पहिरोले पुरिंदा ३५ वर्षीय बिष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पहिरो खस्न थालेपछि पशुचौपायालाई गोठबाट बाहिर निकाल्न गएका थापालाई पहिरोले च्याँप्दा घटनास्थलमै थापाको मृत्यु जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका सूचना अधिकारी प्रहरी निरक्षिक दीपेन्द्र रावलले बताए । पहिरोले गोठमा रहेको एउटा पाडो र दुईवटा बाख्रा समेत च्यापिएर मरेका प्रहरीले जनाएको छ । उक्त गोठ पक्की पिल्लरसहित २ तले थियो । @अनलाइनखबर...
नवलपुरको डण्डामा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

नवलपुरको डण्डामा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

ताजा समाचार, मौसम
४ भदौ, काठमाडौं । पछिल्लो ३ घण्टामा नवलपुरको डण्डास्थित वर्षामापन केन्द्र लगायत आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । सो क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । सो क्षेत्र भई बहने नारायणी नदी र त्यसका सहायक नदीहरु तथा अन्य स-साना खोलामा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान महाशाखाको छ । त्यसैले नदी तटीय क्षेत्रका बासिन्दालाई दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । नवलपुरमा ६ घण्टाको अवधिमा १४७.४ र तीन घण्टा अवधिमा ८६.६ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी चितवनको देवघाटमा तीन घण्टाको अवधिमा ७१.४ र पाल्पाको अर्चलेमा ६०.६ मिलिमिटिर वर्षा मापन भएको छ । नवलपरासी पश्चिमको देउरालीमा ५७.२ मिलिमिटर वर्षा मापन भएको छ ।...
देशभर वर्षा, नदी किनारका क्षेत्रमा सतर्कता अपनाउन आग्रह

देशभर वर्षा, नदी किनारका क्षेत्रमा सतर्कता अपनाउन आग्रह

ताजा समाचार, मौसम
२ भदौ, काठमाडौं । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मध्यमदेखि भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा भएसँगै खोला तथा नदीहरुमा पनि बहाव बढेको छ । आज बिहान कपिलवस्तुको भगवानपुर, दाङको लालमटिया, रोल्पाको लिवाङ, बाँकेको नेपालगञ्ज एयरपोर्ट र खजुरा, बर्दियाका रम्भापुर र रानीजरुवा, दैलेखको कट्टी र कैलालीको टीकापुरमा मध्यमदेखि भारी वर्षा भएको छ । ६ घण्टाको अवधिमा गोरखाको आरुघाट र पर्साको मुडलीमा पनि भारी वर्षा मापन भएको छ । विगत १२ घण्टाको अवधिमा देशका अधिकांश स्थानमा वर्षा भएको छ । १२ घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा रुपन्देहीको भैरहवामा मापन भएको छ । त्यहाँ १७८ मिलिमिटर वर्षा मापन भएको छ । अहिले वर्षा बागमती र लुम्बिनी प्रदेशमा बढी भइरहेकाले खोला तथा नदीहरुमा बाढीको जोखिम बढेको छ । काठमाडौं उपत्यकास्थित वाग्मती नदीको खोकना जलमापन केन्द्रमा जलसतह...
जल संकटसँग जुध्न बर्लिनमा बनाइँदैछ विशाल इनार

जल संकटसँग जुध्न बर्लिनमा बनाइँदैछ विशाल इनार

अन्तरास्ट्रिय, ताजा समाचार, मौसम
२७ साउन, काठमाडौं । जर्मनीको राजधानी बर्लिन शहरको सरकारले बढ्दो तापमान, खडेरी र सडकमा भल बग्ने समस्या समाधान गर्ने उद्देश्यले वर्षाको पानी जम्मा गर्ने उपाय अपनाएको छ । त्यसका लागि ठाउँठाउँमा ठूला–ठूला इनार बनाइएको छ । जर्मनीको राजधानी बर्लिन सुख्खा क्षेत्रको रुपमा चिनिन्छ । यहाँ हरेक वर्ष गर्मीको बेला पानीको समस्या हुन्छ । वर्षाको बेला ढल फुटेर ओभरफ्लो पनि हुन्छ । यही कारण बर्लिनमा स्पन्जले जसरी पानी सोस्ने र वर्षाको पानी भण्डारण गर्ने उपाय खोजिएको हो । यदि आवश्यक परेमा भण्डारण गरेर राखिएको त्यही पानी शुद्धीकरण गरेर उपयोग गर्न पनि सकिन्छ । पानीको समस्या समाधान गर्नका लागि भूमिगत बेसिनहरू बनाइएका छन् । यी बेसिनहरुले खेर जाने पानीलाई पार्किङ गरेजस्तै राख्ने काम गर्छन् । वर्षा भएको बेला आसपासका क्षेत्रबाट पानी त्यही बेसिनमा गएर जम्मा हुन्छ । त्यो पानीलाई ट्रिटमेन्ट प्लान्टमा लगिन्छ ।...
बस्तीमा बाढी पस्ने डरले निदाउन सक्दैनन् नरैनापुर र सोनारीवासी

बस्तीमा बाढी पस्ने डरले निदाउन सक्दैनन् नरैनापुर र सोनारीवासी

ताजा समाचार, मौसम
२४ साउन, बाँके । तीन दिनदेखि जारी बर्सातले राप्ती नदीमा बाढीको सतह बढ्दै जाँदा बाँकेको राप्ती सोनारी र नरैनापुरवासीको निद्रा हराएको छ । ‘विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर बगिसक्यो, राप्ती नदी अव कटान गर्दै गाउँतिर सोझिएको छ’, राप्ती सोनारी–७ खल्लाझगडियाका शङ्कर यादवले भने, ‘ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले बर्सातको समयमा राम्ररी निदाउन पनि सकिन्न ।’ दिउँसो नदीमा बाढी आएको थाह हुने भए पनि रातिमा धेरै समस्या हुने यादवको भनाइ छ । तटबन्ध नहुँदा राप्तीको तल्लोतटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँजसो कटान गरिरहेको छ। अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको छ । राप्ती नदीबाट बस्ती जोगाउन गरिएको तटबन्ध दुई वर्षअघि आएको बाढीले भत्काएपछि यतिबेला शङ्कर मात्र नभई राप्ती सोनारी–७ मा पर्ने देउपुर्व...
मौसममा केही सुधार, हट्यो ‘रेड अलर्ट’

मौसममा केही सुधार, हट्यो ‘रेड अलर्ट’

ताजा समाचार, मौसम
२४ साउन, काठमाडौं । दुई दिन अघिको जस्तो मौसमी अवस्थामा केही सुधार आएको मौसमविद्ले बताएका छन् । यद्यपि मनसुन सिजन जारी रहेकाले केही स्थानमा भारी वर्षा हुने र त्यसबाट क्षति पुग्न सक्ने सम्भावना भने कायमै रहने छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले साउन २२ र २३ गते ३४ जिल्लामा अति जोखिम हुने भन्दै रेड अलर्ट जारी गरेको थियो । आज त्यो अवस्था नरहेको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । ‘हिजो अस्तीको जस्तो रेड अलर्ट अब छैन,’ उनले अनलाइनखबरसँग भने । महाशाखाले २१ गते विशेष बुलेटिन जारी गर्दै २२ गतेदेखि २३ गतेसम्म ३४ जिल्ला अति जोखिममा र ३६ जिल्ला मध्यम जोखिममा रहेकाले सतर्कता अपनाउन भनेको थियो । अति जोखिममा रहेका जिल्लामा रात्रिबस नचलाउन सरकारले निर्देशनसमेत दिएको थियो । त्यतिबेला मनसुन न्यूनचापीय रेखा नेपालतर्फ सरेको थियो । मनसुन न्यूनचापीय रेखा सरदर स्थान...
आजको मौसम : केही ठाउँमा धेरै वर्षा हुने

आजको मौसम : केही ठाउँमा धेरै वर्षा हुने

ताजा समाचार, मौसम
काठमाडौँ — देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास भएको जनाउँदै जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा बदली र वर्षाको पूर्वानुमान गरेको छ । विभागले जारी गरेको मौसम बुलेटिनअनुसार हाल कोशी, मधेस र वाग्मती प्रदेशमा साधारणदेखि पूर्ण बदली भएको छ भने बाँकी प्रदेशमा आंशिकदेखि साधारण बदली भएको छ । कोशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रही कोशी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै वर्षा हुने विभागको पूर्वानुमान छ । त्यसैगरी, आज राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी...
बडिगाड पहिरोमा ३ बालबालिका अझै बेपत्ता

बडिगाड पहिरोमा ३ बालबालिका अझै बेपत्ता

जीवनशैली, ताजा समाचार, मौसम, समाज
बागलुङ — बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेका तीन बालबालिका अझै बेपत्ता छन् । पहिरोमा परेर ७ वर्षकी मधु बुढा, १० वर्षका मनोज बुढा र ११ वर्षका सुमन थापा अझै हराइरहेको एसपी ऋषिराम कँडेलले बताए । उनीहरूको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । पहिरोले घर पुरिँदा आरुपाटाका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षका यमलाल विक, ११ वर्षीया सीता पुन, ८ वर्षीय अमल बुढा, सोही घरमा आश्रय लिन पुगेकी छिमेकी सञ्जु विककी ६ महिने छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको मृत्यु भएको थियो । चार जना बेपत्ता रहेकामा ३ वर्षका आरुस थापाको शव बुधबार भेटिएको छ । घाइते भएका १० जनामध्ये गम्भीर रहेका १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया संगीता बुढालाई उपचारका लागि काठमाडौं पठाइएको छ । उनीहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको गाउँप...
सिन्धुपाल्चोकमा भारी वर्षा

सिन्धुपाल्चोकमा भारी वर्षा

ताजा समाचार, मौसम
२४ साउन, काठमाडौं । सिन्धुपाल्चोकमा गएराति भारी वर्षा भएको छ । गत १२ घण्टाको अवधिमा जिल्लाका ढुंगे, मेलम्ची घ्याङ, तार्के घ्याङ र ढुंगे वर्षा मापन केन्द्रमा भारी वर्षा भएको हो । बाँसखर्क, बाह्रबिसे, चन्द्रखु, गुम्ताङ, दुवाचौर, गोब्रे, बाहुनेपाटी लगायत स्थानमा पनि राम्रै वर्षा भएको छ । १२ घण्टाको अवधिमा सबैभन्दा धेरै ढुंगेमा ६९.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले मध्यराति सूचना जारी गरी मेलम्ची, इन्द्रावती लगायत नदी तथा आसपासका सहायक खोलाहरुमा आकस्मिक बाढी र पहिरोको जोखिम रेको भन्दै सतर्क रहन भनेको थियो । राति वर्षा भए पनि ठूलो क्षतिको जानकारी भने नभएको जिल्ला प्रहरी कार्यालयले सिन्धुपाल्चोकले जनाएको छ । प्रहरी प्रवक्ता एवम् डिएसपी निरञ्जन भट्टराईले सामान्य बाढी-पहिरो आउने क्रम जारी रहे पनि मानवीय र भौतिक क्षति नभएको बताए ।...
मनसुनी विपद् : बुधबारसम्म १६७ जनाको मृत्यु, ५० जना बेपत्ता

मनसुनी विपद् : बुधबारसम्म १६७ जनाको मृत्यु, ५० जना बेपत्ता

ताजा समाचार, मौसम
काठमाडौँ — यसवर्षको मनसुनी विपद्‌मा परी गत जेठ २८ देखि बुधबारसम्म १ सय ६७ जनाको मृत्यु भएको छ । विपद्‌मा परी ५० जना बेपत्ता भएका छन् भने ४ हजार २ सय ७२ परिवार विस्थापित भएका छन् । मनसुनी विपद् : बुधबारसम्म १६७ जनाको मृत्यु, ५० जना बेपत्ता गत जेठ २८ गते अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना र बागमती प्रदेशमा ३० जनाको मृत्यु भएको छ । त्यस्तै, गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको छ । त्यस्तै, काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४४ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्‍चिम प्रदेशमा १४ जना गरी जम्मा १...