Friday, December 27

राजनीति

अस्पताल बनाउने भनेर चर्च बनाइयो : शाही

अस्पताल बनाउने भनेर चर्च बनाइयो : शाही

ताजा समाचार, राजनीति
काठमाडौँ । राप्रपा सांसद ज्ञानबहादुर शाही कैलालीमा अस्पताल बनाउने भन्दै चर्च बनाइएकोबारे संसद्‍मा जानकारी गराएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद शाहीले झुटो विवरण पेस गरेर भवन र गाडी खरिद समेत गरिए पनि पछि त्यहाँ चर्च बनाइएको र स्थानीयहरू विरोधमा उत्रिएको बताए । ‘कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को मनेरामा अस्पताल बनाउन स्थानीय तहबाट अनुमति लिइयो । भवन पनि बनाइयो र गाडी पनि खरिद गरियो । पछि वैदिक सनातन मान्ने मान्छेहरूलाई सैतान भन्दै चर्च बनाइयो । र अहिले त्यहाँ स्थानीयबासीहरू विरोधमा उत्रेका छन्’, उनले भने, ‘धर्म मान्न पाइन्छ सबैको अधिकार हो तर अर्काको धर्मलाई गाली गर्न पाइँदैन । झुटो विवरण पेस गरेर धर्म, मन्दिर र चर्च बनाउन र विदेशीले धर्म प्रचार गराउन पाइँदैन ।’ उनले यसरी धर्म प्रचार गर्ने दुई जना कोरियन नागरिक रहेको भन्दै उनीहरूलाई पक्राउ गरी कारबाही गर्न माग...
के अमेरिका प्रथम महिला राष्ट्रपति चुन्न आतुर छ ?

के अमेरिका प्रथम महिला राष्ट्रपति चुन्न आतुर छ ?

अन्तरास्ट्रिय, ताजा समाचार, राजनीति
लोटस अर्थात् कमल/कमला । पोटस अर्थात् प्रेसिडेन्ट अफ द युनाइटेड स्टेट्स । हालका डेमोक्र्याट राष्ट्रपति जो बाइडेनले आगामी चुनावको दौडबाट खुट्टा झिकेसँगै एकैपल्ट उपराष्ट्रपति कमला ह्यारिसको नाम ह्वाइट हाउसकी आकांक्षीका रूपमा यति बेला विश्व चर्चामा छ । लोटस्, अर्थात् भारतीय मुलकी कमलालाई अर्का रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पकी प्रतिस्पर्धीका रुपमा सुरु चर्चासँग के अमेरिका प्रथम महिला राष्ट्रपतिलाई स्वागत गर्न आतुर भएको हो भनी अड्कलबाजीहरू सुरु भएका छन् । उसो त अमेरिकामै स्थापित भनाइ छ– रंगभेद कहीँ न कहीँ सुषुप्त रुपमा रहेको यो महाशक्तिले बरु कालाजातिका नेता छान्ला, तर महिला छान्न कठिन छ । नभन्दै अमेरिकाले बाराक ओबामा छान्यो, तर हिलारी क्लिन्टन छानेन । कमला ह्यारिसका लागि यी दुवै संयोग एकै साथ उपलब्ध छन् । उनी अश्वेत पनि हुन्, अनि महिला पनि । तै पनि यो लडाइँमा उनी आफ्नो दलभित्र अब्ब...
अध्यागमन विभाग पुगेर गृहमन्त्रीले भने – तपाईंहरुको सेवा स्मार्ट र स्माइलिङ हुनुपर्‍यो

अध्यागमन विभाग पुगेर गृहमन्त्रीले भने – तपाईंहरुको सेवा स्मार्ट र स्माइलिङ हुनुपर्‍यो

ताजा समाचार, राजनीति
८ साउन, काठमाडौं । अध्यागमन विभाग पुगेर गृहमन्त्री रमेश लेखकले स्मार्ट र स्माइलिङ सेवा दिन कर्मचारीलाई निर्देशन दिएका छन् । मुलुकमा आउने हरेक मानिसले सुरुमा देख्ने देशको अनुहार अध्यागमन भएको भन्दै उनले यसको सेवा चुस्त र दुरुस्त हुनुपर्ने बताए । ‘तपाईंहरुलाई भेट्ने बित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहींबाट थाहा हुन्छ’, उनले भने, ‘त्यही सम्झेर काम गर्नुस् ।’ देशभन्दा बाहिर जाने मानिसकरुलाई पनि विदाइ गर्ने अन्तिम नेपाली पनि अध्यागमनकै कर्मचारी भएको भन्दै मन्त्री लेखकले भने, ‘अलि स्मार्ट र स्माइलिङ हुनुपर्‍यो । गतल ढंगले मान्छे आउने र जाने कुरामा कर्मचारीको संलग्नता देखिए कारबाही गरे हुन्छ ।’ पछिल्लो समय भिजिट भिसाका नाममा मानव तस्करी भएको घटनाहरु पनि सुन्नमा आएको भन्दै उनले त्यस्ता अवाञ्छनीय गतिविधि स्वीकार्य नहुने बताए । उनले भने, ‘मानव बेचबिखन पूर्ण रुपमा रोकिनु...
मोदीको तेस्रो कार्यकालको पहिलो बजेट : नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान

मोदीको तेस्रो कार्यकालको पहिलो बजेट : नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान

अन्तरास्ट्रिय, ताजा समाचार, राजनीति
८ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट मंगलबार सार्वजनिक गरिएको छ । वित्तमन्त्री निर्मला सीतारमणले वित्त वर्ष २०२४/२५ को बजेट सार्वजनिक गरेकी हुन् । भारतको नियमित बजेट फेब्रुअरीमा आउँछ । नयाँ सरकार गठनपछि मंगलबार पूर्ण बजेट ल्याइएको हो । यस बजेटमा नेपालले पाउने अनुदान गत फेब्रुअरीमा तोकिएकै हाराहारी अर्थात ७ अर्ब भारु (नेरु ११ अर्ब २० करोड) रुपैयाँ राखिएको छ । वित्त वर्ष २०२३/२४ मा सुरु विनियोजन ५ अर्ब ५० करोड गरेको भारतीय सरकारले अनुदान संशोधन गरी ६ अर्ब ५० करोड भारु अनुदान दिएको थियो । वित्त वर्ष २०२२/२३ मा भने भारतले ४ अर्ब ३४ करोड भारु अनुदान नेपाललाई दिएको हो । भारतले आफ्नो बजेटबाट सबैभन्दा धेरै वैदेशिक सहायता भुटानलाई दिँदै आएको छ । भुटानले वित्त वर्ष २०२४/२५ मा १० अर्ब ७८ करोड अनुदान र ९ अर्ब ८९ करोड ऋण गरी २० अर्ब ६८ करोड...
बागमतीकाे मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिं लामाकाे दाबी पेश

बागमतीकाे मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिं लामाकाे दाबी पेश

ताजा समाचार, राजनीति
८ साउन, हेटौंडा । बागमती प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिं लामाले दाबी पेश गरेका छन् । कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदकाे समर्थनसहित लामाले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख शर्माले मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए । मंगलबार नै साँझ पाँच बजेपछि प्रदेश प्रमुख शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेकाे प्रदेश प्रमुख कार्यालयले जानकारी दिएकाे छ । नुवाकाेटका लामा बागमती प्रदेशमा कांग्रेसबाट र तामाङ समुदायबाट पहिलाे पटक मुख्यमन्त्री बन्दैछन् । लामाले साेमबार नै मुख्यमन्त्रीमा दावी गर्ने कार्यक्रम तय भएकाे थियाे । तर, मन्त्रालय भागबण्डामा सहमति हुन बाँकी र एमालेभित्र मन्त्री छनाैटकाे समस्या कारण दलका नेता ...
डेडिकेटेड र ट्रंकलाइन विवादमा प्रधानमन्त्रीलाई जोडेको भन्दै एमाले सांसदको प्रतिवाद

डेडिकेटेड र ट्रंकलाइन विवादमा प्रधानमन्त्रीलाई जोडेको भन्दै एमाले सांसदको प्रतिवाद

ताजा समाचार, राजनीति
८ साउन, काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनावश्यक आरोप लगाएको भन्दै विरोध जनाएका छन् । मंगलबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले माओवादी सांसदहरुले प्रधानमन्त्रीले नभनेको कुरा भनेको भन्द्र भ्रम छरेको बताए । ‘प्रमुख प्रतिपक्ष दलले आज भन्दा यही विषयमा निकै लामो समय लिएर सम्माननीय प्रधानमन्त्रीज्यूका विषयलाई जुन प्रकारले आम जनतामा भ्रम छर्ने गरी अभिव्यक्ति दिनुभयो । त्यसको जवाफ यही सदनबाट दिनुपर्ने हाम्रो दायित्व हुन्छ, हाम्रो जिम्मेवारी हुन्छ’, सांसद गिरीले भने । प्रधानमन्त्रीले यदि कुनै उद्योगी व्यवसायीहरुले नियम बमोजिम राज्यलाई शुल्क तिरेको छैन भने अनिवार्य तिर्नुपर्छ, त्यसमा इफ बट हुँदैन भनेको गिरीले बताए । ‘तर कुनै आग्रह पूर्वाग्रह राखेर, नियम भन्दा विपरीत, कुनै लेनदेन निमिलेका कारण, कुनै स...
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यको दाबी पेश

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यको दाबी पेश

ताजा समाचार, राजनीति
७ साउन, काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य प्रदेश मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । ५६ सांसदको समर्थनसहित उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । आचार्यले नेकपा एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको समर्थनसहित दाबी पेश गरेका हुन् । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ । एमालेबाट संसदीय दलका नेता लीला गिरी भए पनि अन्तिममा आएर आचार्यलाई केन्द्रबाट मुख्यमन्त्री बनाउन निर्देशन भएको थियो । अर्घाखाँची १ (क) बाट निर्वाचित सांसद आचार्य यसअघि आर्थिक मामिला तथा योजनामन्त्री थिए । नेकपा माओवादी जोखबहादुर महराले आइतबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । महराले लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २४ औं बैठकलाई आइतवार सम्बोधन...
शंकर पोखरेल निकटलाई प्रदेशमा रोक्दा गिरी आफैं रोकिए

शंकर पोखरेल निकटलाई प्रदेशमा रोक्दा गिरी आफैं रोकिए

ताजा समाचार, राजनीति
७ साउन, बुटवल । लीला गिरी लामो समयसम्म शंकर पोखरेलसँगै थिए । एमालेभित्रको आन्तरिक गुटबन्दी जेलिँदै जाँदा उनी बिस्तारै पाखा पर्न थाले । यति हुँदा पनि ०७९ पुसमा छोटो कार्यकाल लुम्बिनीको मुख्यमन्त्री बन्ने अवसर उनै गिरीलाई थियो । एमाले महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेलबीच आन्तरिक खिचातानी हुँदा गिरी सहजकर्ताकै रुपमा समेत देखा पर्ने गर्थे । पौडेल निकट हुँदै गएका गिरीलाई त्यस बेला पोखरेलले रोक्न चाहेनन् । तर एमाले लुम्बिनी प्रदेश अधिवेशनका बेला भने गिरीले आफ्नो रुचि लुकाउन सकेनन् । एमाले अध्यक्ष केपी ओली र पोखरेलले प्रदेश अध्यक्षमा प्युठानका हरि रिजाललाई देख्न चाहे पनि प्रदेशका प्रतिनिधिहरु दुई खेमामा प्रष्टै बाँडिए । रुपन्देही तिलोत्तमा घर भएका यिनै गिरीले प्रतिनिधिहरुलाई रिजाल होइन, पाल्पाका राधाकृष्ण कँडेललाई जिताउन अनौपचारिक अपिल गरे । गिरीको अपिलले निर्णायक काम पनि गर्‍यो । ...
प्रधानमन्त्रीको जवाफमा वर्षमानको नियमापत्ति, सभामुखको रुलिङ

प्रधानमन्त्रीको जवाफमा वर्षमानको नियमापत्ति, सभामुखको रुलिङ

ताजा समाचार, राजनीति
७ साउन, काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चलिरहेका बेला सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषय केन्द्रित भएर जवाफ दिन निर्देशन दिएका छन् । सोमबार प्रश्नोत्तर कार्यक्रमको सुरुमा कांग्रेस उपसभापति धनराज गुरुङले प्रश्न सोधेका थिए । उनले सरकारले बजेटमा घोषणा गरेको गण्डकी त्रिभुज आयोजना अन्तर्गत बुटवल, पोखरा राजमार्ग दुई लेन बनाउने भनिएको तर त्यो काम कहिले सुरु गरेर कहिले सक्ने लक्ष्य छ भनेर सोधे । त्यस्तै उनको दोस्रो प्रश्न थियो– आँधीखोला उच्च बाँध आयोजनाको वर्तमान अवस्था के छ र कहिलेदेखि सुरु गर्ने तयारी छ ? उनको तेस्रो प्रश्न थियो, –गैरकानुनी कारोबार अन्त्य गर्न सरकारको तयारी के छ ? त्यसपछि जवाफ दिन सुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत प्राधिकरण र उद्योगी व्यवसायीबीच रहेको डेडिकेटेड र ट्रंकलाइन विवादका विषयमा बोले ।...
संसदमा रिसाए प्रधानमन्त्री, जथाभावी नबोल्न चेतावनी

संसदमा रिसाए प्रधानमन्त्री, जथाभावी नबोल्न चेतावनी

ताजा समाचार, राजनीति
८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रमको सुरुमा प्रधानमन्त्री ओलीले डेडिकेटेड र ट्रंक लाइनको विवादलाई लिएर आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै प्रतिवाद गरेका हुन् । त्यसअघि शून्य समयमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले यो विवादमा प्रधानमन्त्रीले झुट बोलेको दाबी गरेका थिए । अदालतले समेत विद्युत महसुल उठाउन आदेश दिइसकेको अवस्थामा केही उद्योगको लाइन काटिएको भन्दै उनले भनेका थिए, ‘हिजो प्रधानमन्त्रीले रोष्टमबाटै सफेद झुट बोल्नुभयो । सबै प्रमाण अवज्ञा गर्नुभयो र विचौलियाको भाषामा विद्युत लाइन जोड्ने…।’ दाहाल बोल्दाबोल्दै समय सकियो । शून्य समयपछि प्रश्नोत्तरका लागि रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले संसदमा भएको कुरा गर्न र जथाभावी नबोल्न आग्रह गरे । डेडिकेटेड र ट्रं...