कांग्रेसको चेतावनी : रवि लामिछानेलाई जोगाउन महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग नगरियोस्
२८ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्न मानिसहरूलाई बचाउन राज्यका संवैधानिक निकायको दुरुपयोग नगर्न सरकारलाई चेतावनी दिएको छ ।
कांग्रेस सांसद प्रदीप पौडेलका अनुसार संसदीय दलको बैठकमा सांसदहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीमा कतै उजुरी र जाहेरी नपरेको पत्र महान्यायाधिवक्ता कार्यालयले दिएको विषय उठाएका थिए ।
छलफलमा उठेका विषयबारे जानकारी दिंदै उनले भने, ‘महान्यायाधिवक्ता कार्यालयले रवि लामिछानेलाई क्लिनचिट दिने कुरा राज्यका निकायको दुरुपयोग हो । यस सन्दर्भमा खबरदारी गर्नु प्रमुख प्रतिपक्षी दलको दायित्व बन्न आउँछ ।’
महान्यायाधिवक्ता कार्यालयले उपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगीमा जाहेरी नपरेको, अनुसन्धान नभएको र अभियोग नलागेको भनेर दिएको पत्र सार्वजनिक भएको छ ।
गत मंगलबार लामिछानेलाई महान्यायाधिवक्ता कार्याल...