अर्जुनरसिंह केसीको प्रस्ताव– शेखर वा गगनले सरकारमा नेतृत्व गर्नुस्, नभए म जान्छु
३० असार, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आफ्नो समूहका दुई नेतामध्ये एकले कांग्रेसबाट सरकारमा नेतृत्व गर्नुपर्ने बताएका छन् ।
नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आइतबार बसेको बैठकमा नेता कोइरालाले डा. शेखर कोइराला वा महामन्त्री गगन थापा पार्टीबाट सरकारमा सम्मिलित हुनुपर्ने जोड गरेका हुन् । शेखर वा गगन कांग्रेसबाट नेतृत्व गरेर नजाने भए आफूलाई पठाउन केसीले समूहको बैठकमा प्रस्ताव गरेका हुन् ।
सरकारमा कांग्रेसबाट जानेले गठबन्धनमा समन्वय गर्नसक्ने हुुनुपर्ने बताउँदै केसीले समूह बैठकमा भने, ‘शेखर जी जाने भए जानुस्, होइन भने महामन्त्री जानुस् ।’
शेखर र गगन सरकारमा नेतृत्व गरेर नजाने हो आफूलाई पठाउन केसीले आग्रह गरे । दुई शीर्ष तहका नेता नगए समूहबाट नेतृत्व गरेर जाने स्वभाविक व्यक्ति आफू भएको केसीले सुनाएका थिए । ‘तपाईंहरु जानुहुन्न भने शीर्ष तहका आधार...